निर्माताका लागि तयार पारिएको सारांश

निर्माताका लागि तयार पारिएको नवीनतम सारांशका बारेमा जानकार रहन यो लेख पढ्नुहोस्। अन्य विषयका बारेमा जानकारी प्राप्त गर्न यी लेखहरू पढ्नुहोस्:

नवीनतम अपडेट

विगत २ हप्तादेखिका अपडेट

समुदाय र कमेन्टहरू

  • सामुदायिक पोस्टको उपलब्धता: हामी आगामी केही हप्ताभित्र YouTube मा अधिकांश च्यानलका पोस्टहरू एक्सेस गर्न सकिने सुविधा उपलब्ध गराउँदै छौँ। थप जान्नुहोस्
YouTube Analytics
  • "प्रेरणा" ट्याबमा गई आइडिया लिनुहोस्: "अनुसन्धान" ट्याबमा केही कुराहरू बदलिँदै छन्। हाल "अनुसन्धान" ट्याबको नाम बदलेर "प्रेरणा" ट्याब बनाइएको छ। अब क्रिएटरहरू डेस्कटपबाट YouTube Studio चलाउँदा "प्रेरणा" ट्याबमा गई सिर्जनात्मक आइडिया फुराउने र AI टुल प्रयोग गरी भिडियोका आउटलाइन बनाउने सुविधा प्रयोग गर्न सक्छन्।  थप जान्नुहोस्
  • अडियन्स रिटेन्सन फिल्टर: आफ्नो सामग्रीले हरेक प्रकारका दर्शकमाझ कस्तो पर्फर्मेन्स गरेको छ भन्ने कुरा हेर्न अब क्रिएटरहरू पर्फर्मेन्स मेट्रिक्समा रहेको वाच टाइम र नयाँ तथा फर्केर आउने दर्शकले भिडियो हेरेको औसत अवधि फिल्टर गर्न सक्छन्। थप जान्नुहोस्
  • इम्प्रेसन तुलना गर्नुहोस्: तपाईं अब नयाँ र फर्केर आउने दर्शकहरूका आधारमा इम्प्रेसनको सङ्ख्या र क्लिकथ्रु रेट (CTR) तुलना गर्न सक्नुहुन्छ। यो सुविधाका बारेमा थप जान्नुहोस्।
  • भर्टिकल लाइभसम्बन्धी ट्राफिक: दर्शकहरूले ट्राफिकका स्रोतका सहायताले भर्टिकल लाइभ कसरी फेला पार्छन् भन्ने बारेमा थप जानकारी प्राप्त गर्नुहोस्। तपाईं भर्टिकल लाइभ फिडको ट्राफिकको स्रोत नामक खण्डमा गई आफूले प्रकाशन गरेको भर्टिकल लाइभको प्लेब्याक स्थान र आफ्ना दर्शकहरूको स्रोत भेट्टाउन सक्नुहुन्छ।

अन्य ताजा जानकारी

  • New ambient display on smart TVs: Ambient display now shows on smart TVs and other devices during periods of inactivity. Ambient display is made up of stills from a diverse selection of soothing YouTube content and helps prevent screen burn-in. Learn more
  • च्यानल पेजको डिस्प्लेमा गरिएका परिवर्तनहरू: तपाईं सजिलैसँग आफ्ना भिडियोलाई सबैभन्दा नयाँ, पुरानो र बढी लोकप्रिय भिडियोका रूपमा एकै ठाउँमा क्रमबद्ध गर्न सक्नुहोस् भन्नाका लागि तपाईंको च्यानल पेजले अब फिल्टर चिपहरू प्रयोग गरी सबै भिडियोको भिजिबिलिटीको स्थिति (प्रकाशित, निजी, समयतालिका तोकिएका, सूचीबद्ध नगरिएका र सदस्यहरूका लागि उपलब्ध भिडियोहरू) देखाउने छ। तपाईं आफ्ना भिडियोमा लगाइएका प्रतिबन्ध र अपलोड गर्न नसकिएका भिडियोहरू पनि देख्न सक्नुहुन्छ। तपाईंका गोपनीयतासम्बन्धी सेटिङका बारेमा थप जान्नुहोस्
YouTube Shorts
  • कुनै रिमिक्सलाई रिमिक्स गर्नुहोस्: तपाईं अब पहिला रिमिक्स गरिसकिएको सामग्रीलाई फेरि रिमिक्स गर्न सक्नुहुन्छ। यसले तपाईंको Shorts बनाउने सिर्जनशीलतालाई अझ सबल बनाउँछ। थप जान्नुहोस्
YouTube Studio
  • YouTube Studio बाट क्लिपहरू व्यवस्थापन गर्ने सुविधा: अब क्रिएटरहरू YouTube Studio बाट क्लिपहरू हेर्न, व्यवस्थापन गर्न र सेयर गर्न सक्छन्। थप जान्नुहोस्
  • फेरबदल गरिएका सामग्रीसम्बन्धी सेटिङ: मार्च १८, २०२४ देखि विश्वव्यापी रूपमा लागू हुने गरी आफ्नो सामग्री अपलोड गर्ने क्रममा अनिवार्य रूपमा तपाईंको सामग्री अर्थपूर्ण रूपमा फेरबदल गरिएको वा सिन्थेटिक तरिकाले बनाइएको हो कि होइन भन्ने कुराको खुलासा गर्नु पर्ने छ। यो टुल पहिला कम्प्युटरबाट YouTube Studio प्रयोग गर्ने क्रिएटरहरूका लागि उपलब्ध हुने छ र त्यसपछि मोबाइलबाट बनाइने सामग्रीमा विस्तार गरिने छ। थप जान्नुहोस्
  • YouTube Studio को मोबाइल एपमार्फत भिडियो अपलोड गर्ने तरिका: तपाईं अब आफ्ना मोबाइल डिभाइसमार्फत सीधै YouTube Studio मा भिडियो तथा Shorts अपलोड गर्न र मनिटाइजेसनको स्थिति सेट गर्न सक्नुहुन्छ। YouTube Studio प्रयोग गरी भिडियोShorts अपलोड गर्ने तरिका सिक्नुहोस्। 
  • कमेन्ट पज गर्ने सुविधा: तपाईं कमेन्ट सेटिङअन्तर्गत रहेको पज गर्ने सुविधा प्रयोग गरी प्रकाशित भइसकेका कमेन्टहरू यथावत राखेर नयाँ कमेन्ट प्रकाशित हुन नदिने विकल्प प्रयोग गर्न सक्नुहुन्छ। कमेन्ट पज गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।
YouTube निर्माताहरूको च्यानलले उपलब्ध गराउने मासिक सारांश

YouTube Creators को मासिक राउन्डअप

अघिल्ला अपडेटहरू

पछिल्ला ६ महिनामा गरिएका अपडेटहरू

फेब्रुअरी २०२४

अन्य ताजा जानकारी

जनवरी २०२४

YouTube Studio

  • "समुदायमा सबैभन्दा लोकप्रिय रहेका क्लिप" खण्ड: तपाईं आफ्नो च्यानलको होम ट्याबमार्फत आफ्ना भिडियोका सबैभन्दा लोकप्रिय क्लिपहरू देखाउन सक्नुहुन्छ। यी क्लिपमा तपाईं वा तपाईंको समुदायले बनाएका क्लिपहरू समावेश हुन सक्छन्। तपाईंको होम ट्याबमा क्लिपहरू हालिसकेपछि क्लिपहरू सार्वजनिक रूपमा देखिन्छन् र लोकप्रियता तथा पछिल्लो पटक क्लिपहरू बनाइएको समयका आधारमा व्यवस्थापन गरिन्छन्। थप जान्नुहोस्

नोभेम्बर २०२३

YouTube Music

YouTube Analytics

  • सामग्रीको प्रकारका आधारमा मेट्रिकहरू उपलब्ध गराइने सम्बन्धमा: तपाईं अब तपाईंका दर्शकहरू तपाईंको च्यानलमा राखिएका कुन स्वरूपका सामग्रीमा अन्तर्क्रिया गर्छन् भन्ने जान्न सामग्रीको प्रकारका आधारमा नयाँ र फर्केर आउने दर्शकहरूसम्बन्धी एनालिटिक्स हेर्न सक्नुहुन्छ। थप जान्नुहोस्
YouTube Studio
  • “तपाईंका लागि” खण्ड: तपाईंको च्यानलको होम ट्याबमा रहेको “तपाईंका लागि” खण्डबाट तपाईं दर्शकका रुचिअनुसार पर्सनलाइज गरिएका आफ्नो च्यानलका सामग्रीका मिक्स सेयर गर्न सक्नुहुन्छ। तपाईं नोभेम्बर ८, २०२३ देखि आफ्नो च्यानलको “तपाईंका लागि” खण्ड तयार गर्ने कार्य सुरु गर्न सक्नुहुन्छ। तपाईंका दर्शकले नोभेम्बर २०, २०२३ देखि उक्त खण्ड देख्न थाल्ने छन्। थप जान्नुहोस्
  • Studio एपमा भुक्तानीसम्बन्धी नयाँ जानकारी उपलब्ध गराइएको सम्बन्धमा: हामी YouTube Studio एपको नयाँ बिटा संस्करण उपलब्ध गराउँदै छौँ, उक्त संस्करणले YouTube Studio को मोबाइल एपमा रहेको "पैसा कमाउनुहोस्" ट्याबमा भुक्तानीसम्बन्धी जानकारी दिन्छ। योग्य क्रिएटरहरू आगामी आय कुन हिसाबले आर्जन भइरहेको छ भन्ने कुराको जानकारी र आफूले पाएको भुक्तानीको हिस्ट्री हेर्न सक्छन्। हाम्रो फोरममा रहेको पोस्टमा गई बिटा संस्करणका बारेमा थप जान्नुहोस्।
  • YouTube च्यानलको सरल होम ट्याब: अपडेट गरिएको YouTube च्यानलको होम ट्याबबाट खाली ट्याबहरू लुकाइन्छन् र प्रयोगकर्तालाई अझ सरल अनुभव दिलाउन "बारेमा" र "च्यानलहरू" नामक ट्याबहरू हटाइन्छन्। पहिला यी ट्याबहरूमा उपलब्ध हुने जानकारीहरू तपाईंको च्यानलका अन्य स्थानहरूमा उपलब्ध हुन्छन्। तपाईं च्यानलको हेडरमा र होम ट्याबमा देखाइने कुनै पनि विशेष च्यानलमा आफ्नो च्यानलसम्बन्धी विवरण भेट्टाउन सक्नुहुन्छ।
  • तपाईंको च्यानलमा महत्त्वपूर्ण लिंकहरू देखाउन: अब च्यानलको होम ट्याबमा देखाइने क्रिएटरहरूसँग सम्बन्धित लिंकहरू "सब्सक्राइब गर्नुहोस्" बटन नजिकै च्यानलको प्रोफाइलको हेडरमा महत्त्वका साथ देखाइने छन्। अब क्रिएटरहरू ब्यानरमार्फत लिंकहरू देखाउन पाउने छैनन्।
  • आफ्नो Artist Recap हेर्नुहोस्: आफूले वर्षभरि हासिल गरेका उपलब्धिहरूको खुसियाली मनाउन आफ्नो Artist Recap प्रयोग गर्नुहोस् र तपाईंका फ्यानहरू YouTube मा तपाईंको सङ्गीतसँग कसरी अन्तर्क्रिया गर्छन् भन्ने कुरा जान्नुहोस्। त्यसपछि कस्टम डेटा कार्डहरू प्रयोग गरी सोसल मिडियामा आफ्ना उपलब्धि सेयर गर्नुहोस्। आफ्नो Artist Recap का बारेमा थप जान्नुहोस्
 YouTube Shorts
  • Dream Track: Shorts मा भएको Dream Track भनेको परीक्षणको चरणमा रहेको गीत बनाउने टुल हो। यो टुलको प्रयोग गरी क्रिएटरहरू सहभागी कलाकारहरूको आवाजमा ३० सेकेन्डको अद्वितीय साउन्डट्र्याक बनाउन सक्छन्। यो टुल हाम्रा सङ्गीत उद्योगका साझेदारहरूका साथै Google DeepMind र YouTube का सबैभन्दा नयाँ अनुसन्धानकर्ताहरूको विशेषज्ञता प्रयोग गरी विकसित गरिएको हो। यसले क्रिएटरहरूलाई सर्ट बनाउने र कलाकारहरूसँग अन्तर्क्रिया गर्ने नयाँ तरिकाहरू प्रदान गर्ने छ। यो सुविधा संयुक्त राज्य अमेरिका र निश्चित मोबाइल डिभाइसहरूमा सीमित क्रिएटरहरूका लागि मात्र उपलब्ध छ। हामी कलाकार र क्रिएटरहरूलाई फाइदा पुग्न सक्ने सम्भावित उत्पादनका अवसरहरूमा यो परीक्षणबाट प्रतिक्रिया समावेश गर्ने आशा गर्छौँ। विश्वभरका दर्शकहरू साउन्डट्र्याकहरू प्रयोग गरी तिनलाई आफ्नै Shorts मा रिमिक्स गर्न सक्छन्।

अक्टोबर २०२३

मनिटाइजेसन

  • YouTube बाट Buy on Google सुविधा हटाइँदै छ: अक्टोबर २६, २०२३ देखि YouTube मा एपभित्रै चेकआउट गर्ने सुविधाअन्तर्गत रहेको Buy on Google सुविधा संयुक्त राज्य अमेरिकामा उपलब्ध हुने छैन। अक्टोबर २५, २०२३ मा वा त्योभन्दा अघि गरिएका अर्डरहरू भने अझै पनि पूरा गरिने छन्। हामी हाम्रा खुद्रा विक्रेता, क्रिएटर तथा दर्शकहरूले छिटै नै साइटमा गरिने चेकआउटसम्बन्धी उपयोगी सुविधाहरू प्राप्त गर्न सकून् भन्नाका लागि अन्य तरिकाहरूलाई प्राथमिकता दिने छौँ।

सेप्टेम्बर २०२३

YouTube Studio
  • YouTube Studio बाट क्लिपहरू व्यवस्थापन गर्ने सुविधा: अब क्रिएटरहरू YouTube Studio बाट क्लिपहरू हेर्न, व्यवस्थापन गर्न र सेयर गर्न सक्छन्। थप जान्नुहोस्

अगस्ट २०२३

अन्य ताजा जानकारी

  • YouTube सँग सम्बन्धित परिवर्तनहरू लिंक गर्ने तरिका: स्प्याम र जालसाजी गर्ने प्रयास कम गर्न ३१ अगस्ट २०२३ देखि YouTube Shorts का कमेन्टहरू र Shorts का विवरणहरूमा क्लिक गर्न मिल्ने छैन र यो परिवर्तन क्रमिक रूपमा लागू गरिने छ। हामी १० अगस्ट २०२३ देखि ब्यानरमा भएका लिंकहरू पनि हटाउँदै छौँ र तपाईंको च्यानलको पेजमा महत्त्वपूर्ण लिंकहरू देखाउने नयाँ तरिका प्रस्तुत गर्दै छौँ। तपाईं १० अगस्टदेखि च्यानलका प्रोफाइल लिंकहरू बनाउन थाल्न सक्नुहुन्छ। दर्शकहरू भने ती लिंक २३ अगस्टदेखि देख्ने छन्। यो परिवर्तनका बारेमा थप जान्नुहोस्
  • YouTube मा नयाँ उन्नत सुविधा: अगस्ट १७, २०२३ देखि तपाईं आफ्ना Shorts सम्पादन गरी आफ्नो च्यानलमा रहेका भिडियोमा जाने लिंकहरू हाल्न सक्नुहुन्छ। उक्त लिंक Shorts प्लेयरमा देखिने छ, त्यसले दर्शकहरूलाई तपाईंका Shorts बाट YouTube मा राखिएका अन्य सामग्रीमा लैजान मद्दत गर्छ। थप जान्नुहोस्।

जुलाई २०२३

YouTube Studio
  • च्यानलसम्बन्धी अनुमतिहरूको विस्तारसम्बन्धी जानकारी: च्यानल चलाउने अनुमति पाएका प्रयोगकर्ताले YouTube तथा YouTube Studio बाट सीधै तपाईंको च्यानलसम्बन्धी कारबाहीहरू गर्न सक्छन्। अब च्यानल व्यवस्थापकका रूपमा वा च्यानल सम्पादन गर्ने अनुमति प्राप्त गरी च्यानलमा एक्सेस पाएका प्रयोगकर्ताहरू च्यानल मालिक जसरी नै Short बनाउन, सामग्री पोस्ट गर्न, प्लेलिस्ट व्यवस्थापन गर्न वा कुनै पनि YouTube भिडियोमा प्राप्त भएका कमेन्ट व्यवस्थापन गर्न सक्छन्। थप जान्नुहोस्।

जुन २०२३

मनिटाइजेसन
  • अब संयुक्त राज्य अमेरिकाका सबै योग्य क्रिएटरहरूका लागि YouTube Shopping एफिलियट कार्यक्रम उपलब्ध छ: जून १३, २०२३ देखि संयुक्त राज्य अमेरिकाका योग्यताको मापदण्ड पूरा गर्ने सबै क्रिएटरहरूका लागि YouTube Shopping एफिलियट कार्यक्रम उपलब्ध भएको छ। क्रिएटरहरू YouTube Shopping एफिलियट कार्यक्रममार्फत ब्याकग्राउन्डबाटै लोकप्रिय ब्रान्ड तथा खुद्रा विक्रेताका उत्पादनहरू ट्याग गरी आफ्ना भिडियोमा देखाउने सुविधा प्राप्त गर्छन्। थप जान्नुहोस्
YouTube Analytics
YouTube Analytics मा ‘विभिन्न फर्म्याटका सामग्री हेर्ने दर्शकहरू’ नामक कार्ड उपलब्ध गराइएको सम्बन्धमा: YouTube Analytics मा रहेको सामग्री ट्याबमा तपाईं तपाईंको च्यानलमा फर्केर आउने दर्शकले एकभन्दा बढी फर्म्याटका सामग्री हेरेका भए कति जना दर्शकले एकभन्दा बढी फर्म्याटका सामग्री हेरे र एकभन्दा बढी सामग्री हेर्ने दर्शकहरूको सङ्ख्या कुन हदसम्म दोहोरिएको छ भन्ने कुरा हेर्न सक्नुहुन्छ। यो सुविधा भिडियो, Shorts र लाइभ सामग्रीहरूमा उपलब्ध छ। थप जान्नुहोस्।
Studio मा सपिङ एफिलियटसम्बन्धी नयाँ मेट्रिकहरू उपलब्ध गराइएको जानकारी: कम्प्युटर वा मोबाइल डिभाइसबाट एक्सेस गर्न सकिने आय ट्याबभित्र "एफिलियट" अन्तर्गत तपाईं सपिङ एफिलियटसम्बन्धी थप डेटा भेट्टाउन सक्नुहुन्छ। यी नयाँ मेट्रिकहरूले तपाईंलाई तपाईंको अनुमानित आय, कुल बिक्री, तपाईंले प्राप्त गरेका अर्डरको सङ्ख्या र उत्पादनको समग्र पर्फर्मेन्ससम्बन्धी थप विश्लेषणात्मक डेटा उपलब्ध गराउने छन्। थप जान्नुहोस्

मे २०२३

मनिटाइजेसन
  • तपाईंको Spring स्टोरमा राखिएका उत्पादनहरूमा २५% छुट: हामी तपाईंको Spring स्टोरमा राखिएका उत्पादनहरूमा २५% छुट सुविधा उपलब्ध गराउँदै छौँ। यो प्रवर्धन पहिला राखिएका सामग्रीमा पहिला छुट दिने नीतिमा आधारित छ र यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध छ। यो प्रवर्धनको फाइदा उठाउन आफ्नो कोड प्राप्त गर्नुहोस् र यो प्रवर्धन आफ्ना फ्यानहरूसँग सेयर गर्न सामग्रीमा आफ्ना उत्पादनहरू ट्याग गर्न सुरु गर्नुहोस्।

  • व्यापारिक अन्तिम स्क्रिन हाल्ने सुविधा हटाइँदै छ: YouTube मा हामी तपाईं आफ्ना दर्शकलाई आफ्ना उत्पादनसँग बढी अन्तर्क्रिया गराउने खालका सुविधाको प्रयोगमा जोड दिई आफ्नो व्यवसाय बढाउन सक्नुहोस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्छौँ। क्रिएटर तथा दर्शकहरूको किनमेलसम्बन्धी अनुभवमा सुधार गर्दै लैजान अब अन्तिम स्क्रिन हाल्ने सुविधा उपलब्ध गराइने छैन। दर्शकलाई आफ्ना उत्पादनसँग अन्तर्क्रिया गराउन ती उत्पादनहरूको महत्त्व झल्काउने किसिमका सामग्री बनाउनुहोस् र आफ्ना दर्शकले तपाईंले देखाएका उत्पादनहरू किन्न सकून् भन्नाका लागि आफ्ना सामग्रीमा उत्पादनहरू ट्याग गर्नुहोस्

YouTube Analytics
  • YouTube Analytics मा आयहरू छुट्याएर विस्तृत रूपमा हेर्न मिल्ने नयाँ सुविधा: तपाईं अब YouTube Analytics को आय ट्याबबाट वाच पेजमा देखाइने विज्ञापन, Shorts को फिडमा देखाइने विज्ञापन, सदस्यता, Supers, कनेक्ट गरिएका स्टोरहरू Shopping एफिलियटहरूबाट प्राप्त आय छुट्याएर विस्तृत रूपमा प्रस्तुत गरिएको देख्न सक्नुहुन्छ। थप जान्नुहोस्

  • YouTube Studio मा तपाईंका दर्शकले हेरेका नयाँ फर्म्याटका सामग्रीसम्बन्धी रिपोर्ट हेर्ने सुविधा: तपाईं अब दर्शक ट्याबमा गई तपाईंका दर्शकले विगत २८ दिनमा कुन फर्म्याट (भिडियो, Shorts तथा लाइभमध्ये) का सामग्री धेरै पटक दोहोर्‍याएर हेरे भन्ने जानकारी देखाउने रिपोर्ट भेट्टाउन सक्नुहुन्छ। यो डेटाले तपाईंलाई आफ्ना सामग्रीको रणनीति बनाउने कार्यमा मद्दत गर्न सक्छ। थप जान्नुहोस्

अन्य ताजा जानकारी
  • जून २६ देखि स्टोरी हाल्ने सुविधा उपलब्ध हुने छैन: जून २६ देखि स्टोरी हाल्ने सुविधा उपलब्ध हुने छैन र तपाईंले जून २६ मा पोस्ट गरेका स्टोरीहरू तपाईंले स्टोरी सेयर गरेको मितिबाट ७ दिनपछि निष्क्रिय हुने छन्। तपाईंलाई अझ सफल बनाउन र तपाईंको समुदाय बढाउन YouTube ले अन्य मुख्य सुविधाहरूलाई प्राथमिकता दिने छ। स्टोरिजमा प्राप्त भएका भ्यूहरू अझै पनि YouTube Analytics देखिने छन्। थप जान्नुहोस्

अप्रिल २०२३

YouTube Music लाइभ स्ट्रिमिङ
  • iPhones र iPad मार्फत लाइभ च्याटमा प्रतिक्रिया जनाउने सुविधा: दर्शकहरू iPhone वा iPad बाट लाइभ स्ट्रिम हेर्दै गर्दा कुनै विशेष क्षणमा आफ्नो रोजाइको प्रतिक्रियामा ट्याप गरेर आफ्नो अनुभूति व्यक्त गर्न सक्छन्। थप जान्नुहोस्
YouTube Shorts
  • क्लिपहरू रिमिक्स गर्ने सुविधा: तपाईं अब आफ्ना Shorts मा क्लिपहरू रिमिक्स गर्न सक्नुहुन्छ।रिमिक्स सामग्री प्रयोग गरी Shorts बनाउने तरिकाका बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्।

मार्च २०२३

YouTube Studio
  • YouTube Studio मा च्यानलसम्बन्धी अनुमतिहरू उपलब्ध भएको जानकारी: अब तपाईं च्यानलसम्बन्धी अनुमतिहरूमार्फत आफ्नो खाता चलाउन दिइएका व्यक्तिहरूको व्यवस्थापन गर्न सक्नुहुन्छ। अब खाता चलाउन दिइएका व्यक्ति कम्प्युटरबाट Studio मार्फत, Studio एपमार्फत वा YouTube एपमार्फत च्यानलका कारबाहीहरू गर्न सक्छन्। थप जान्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
9385870955499863121
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false