YouTube मा किन साइन इन गर्ने?

तपाईंलाई साइन इन ग‌र्दा पाइने लाभहरू प्राप्त गर्न सघाउन हामी मान्छेहरूलाई साइन इन गर्न सम्झाउने विभिन्न तरिकाहरू परीक्षण गर्दै छौँ। यो सुविधामा तपाईंले YouTube प्रयोग गर्दा देखिने साइन इन प्रम्प्ट समावेश हुन्छ। तपाईंले यो प्रम्प्ट देख्नुभयो तर तपाईं अहिले साइन इन गर्न चाहनुहुन्न भने तपाईं उक्त प्रम्प्ट हटाउन सक्नुहुन्छ।

आफ्नो Google खाता प्रयोग गरेर YouTube मा साइन इन गर्दा तपाईं आफूलाई मन पर्ने सामग्री भेट्टाउन, YouTube को समुदायसँग जोडिन र अन्य थुप्रै कुराहरू गर्न सक्नुहुन्छ। साइन इन गर्दा तपाईंलाई निम्न फाइदाहरू हुन्छ:

आफूलाई मन पर्ने च्यानल सब्सक्राइब गरेर उक्त च्यानलबाट थप सामग्री हेर्नुहोस्

तपाईं च्यानल सब्सक्राइब गर्न र नयाँ भिडियोहरू अपलोड हुँदा सूचना प्राप्त गर्ने विकल्प छनौट गर्न सक्नुहुन्छ। हामी तपाईंलाई च्यानलका हाइलाइटहरू मात्र स्वतः पठाउने छौँ।

प्लेलिस्टहरू बनाउनुहोस् र सेयर गर्नुहोस्

प्लेलिस्ट बनाएर आफूलाई मन पर्ने भिडियोहरू तुरुन्तै भेट्टाउनुहोस् र हेर्नुहोस्। तपाईं उक्त प्लेलिस्ट आफ्ना साथीहरूसँग सेयर गर्न र उनीहरूलाई त्यसमा सहकार्य गर्ने निम्तो दिन पनि सक्नुहुन्छ।

समुदायमा योगदान दिनुहोस्

तपाईं आफूलाई मन पर्ने च्यानल तथा कलाकारहरूसँग अन्तर्क्रिया गर्न सक्नुहुन्छ। तपाईंले भिडियो तथा पोस्टहरूमा गर्ने कमेन्टहरूले उनीहरूलाई तपाईंलाई उनीहरूको भिडियो कस्तो लाग्छ भन्ने कुरा थाहा पाउन, प्रश्नहरू सोध्न र अन्य फ्यानहरूसँग जोडिन सघाउन सक्छ।


तपाईं रिपोर्ट गर्नेब्लक गर्ने जस्ता हाम्रो समुदायमा उपलब्ध टुलहरू प्रयोग गरेर पनि YouTube लाई सबैका लागि अझ राम्रो बनाउन सघाउन सक्नुहुन्छ।

YouTube बाट अझ बढी लाभ लिने वैकल्पिक तरिकाहरू

यी वैकल्पिक सशुल्क सेवाहरू प्रयोग गरेर तपाईं YouTube बाट अझ बढी लाभ लिन सक्नुहुन्छ:

इन्कोग्निटो मोड प्रयोग गरी गोप्य रूपमा हेर्नुहोस्

YouTube ले तपाईंको गतिविधि सम्झिएको चाहनुहुन्न भने इन्कोग्निटो मोड प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईंले इन्कोग्निटो मोडमा भिडियो हेर्नुभयो भने तपाईंको खाताका लागि सिफारिस गरिएका भिडियोहरूमा कुनै परिवर्तन हुँदैन।


मोबाइलमा इन्कोग्निटो मोड खाताको मेनुमा हुन्छ। अथवा तपाईं आफूलाई मन पर्ने ब्राउजरको निजी मोड प्रयोग गर्न सक्नुहुन्छ। इन्कोग्निटो मोडका बारेमा थप जान्नुहोस्।

आफ्नो गोपनीयता नियन्त्रण गर्नुहोस्

YouTube तपाईंको गोपनीयता सुरक्षित राख्न प्रतिबद्ध छ। तपाईं साइन इन भएका बेला आफ्नो खातामा के कस्तो जानकारी भण्डारण गरिराखिएको छ भन्ने कुरा थाहा पाउन YouTube मा रहेको आफ्नो जानकारी हेर्न सक्नुहुन्छ। तपाईं गोपनीयतासम्बन्धी सेटिङमा भएका विस्तृत सुविधाहरू प्रयोग गर्न पनि सक्नुहुन्छ।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
13101526148873336278
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false