कमेन्टहरूको समीक्षा गर्ने र तिनको जवाफ दिने तरिका

 कमेन्टहरू मोडरेट गरेर र कमेन्टहरूको जवाफ दिएर च्यानलमा उत्कृष्ट समुदाय कायम राख्न सकिन्छ।

आफ्ना भिडियो र च्यानलमा गरिएका कमेन्ट हेर्ने तरिका

  1. YouTube Studio मा साइन इन गर्नुहोस्।
  2. बायाँ मेनुमा रहेको "कमेन्टहरू" चयन गर्नुहोस्।
  3. आफूले समीक्षा गर्न चाहेको ट्याब छनौट गर्नुहोस्:
    • प्रकाशित गरिएको: सबै जनाले हेर्न सक्ने कमेन्टहरू।
    • समीक्षाका लागि रोकिएको: तपाईंले तय गरेका सेटिङका आधारमा समीक्षा गर्ने प्रयोजनका लागि रोक्का गरेर राखिएका कमेन्ट र YouTube ले स्प्याम हुन सक्छ भनी स्वतः रोक्का गरेर राखेका कमेन्टहरू।

आफूले देख्ने कमेन्टहरू फिल्टर गर्न तपाईं हरेक ट्याबको सिरानमा रहेको फिल्टर बार  प्रयोग गर्न सक्नुहुन्छ। तपाईं खोज, प्रश्नहरू, जवाफको स्थिति र थप कुराहरू प्रयोग गरी कमेन्टहरू फिल्टर गर्न सक्नुहुन्छ।

योग्य क्रिएटरहरू आफ्नो कम्प्युटरमा भएको Studio मा "कमेन्ट तथा मेन्सनहरू" देख्ने छन्। मेन्सनसम्बन्धी योग्यताका बारेमा थप जान्नुहोस्

प्रकाशित गरिएका कमेन्टहरूमा प्रतिक्रिया जनाउनुहोस्

तपाईं "प्रकाशित गरिएको" ट्याबमार्फत निम्न कार्य गर्न सक्नुहुन्छ:

  • जवाफ दिन: सीधै कमेन्टको जवाफ दिन जवाफ दिनुहोस् चयन गर्नुहोस्।
  • हार्ट: कृतज्ञता प्रकट गर्न कमेन्टमुनि रहेको हार्ट  चयन गर्नुहोस्।
  • लाइक गर्न: कमेन्ट लाइक गर्न थम्ज अप  चयन गर्नुहोस्।
  • डिस्लाइक गर्न: कमेन्ट डिस्लाइक गर्न थम्ज डाउन  चयन गर्नुहोस्।
  • पिन गर्न: कमेन्ट हाइलाइट गर्न आफ्नो भिडियोको वाच पेजको सिरानमा रहेको थप '' and then पिन गर्नुहोस् चयन गर्नुहोस्। कुनै एउटा भिडियोमा गरिएका कमेन्टहरू हेर्दा मात्र यो विकल्प देखिन्छ।

सुझाव: तपाईंलाई कसले कमेन्ट गर्दै छ भन्ने कुरा थाहा पाउन सजिलो होस् भन्नाका लागि YouTube Studio मा कमेन्टरहरूको नामको छेउमा ब्याज देखाइन्छ। उदाहरणका लागि, शीर्ष कमेन्टर , च्यानलका सदस्यता र सार्वजनिक रूपमा सब्सक्राइब गरेका कमेन्टर को ब्याज देखाइन्छ।

समीक्षा गर्ने प्रयोजनका लागि रोक्का गरेर राखिएका कमेन्टहरूका सम्बन्धमा कारबाही गर्नुहोस्

तपाईं “समीक्षा गर्ने प्रयोजनका लागि रोक्का गरेर राखिएको” ट्याबमार्फत निम्न कारबाहीहरू गर्न सक्नुहुन्छ। तपाईं थप '' मा क्लिक गरेर "प्रकाशित गरिएको" ट्याबमा पनि यी विकल्पहरू भेट्टाउन सक्नुहुन्छ।

  • अनुमोदन गर्नुहोस्: कुनै कमेन्ट सार्वजनिक रूपमा देखाउन अनुमोदन गर्नुहोस्  चयन गर्नुहोस्।
  • हटाउनुहोस्: कुनै कमेन्ट हटाउन हटाउनुहोस्  चयन गर्नुहोस्।
  • स्प्याम वा दुरुपयोगका बारेमा रिपोर्ट गर्नुहोस्: कुनै कमेन्टलाई स्प्याम वा दुरुपयोगका रूपमा रिपोर्ट गर्न रिपोर्ट गर्नुहोस्  चयन गर्नुहोस्। स्प्याम कमेन्टहरूका बारेमा थप जान्नुहोस्
  • प्रयोगकर्ता लुकाइयोस्:  च्यानलबाट प्रयोगकर्ता लुकाउन "लुकाइयोस् Maps hide icon, visibility off" चयन गर्नुहोस्।​ निश्चित व्यक्तिले गरेका कमेन्ट लुकाउने कार्यका बारेमा थप जान्नुहोस्
  • सधैँ अनुमोदन गरियोस्: यो विकल्प “प्रकाशित गरिएको” ट्याबमा मात्र उपलब्ध छ। कुनै खास दर्शकले भविष्यमा गर्ने सबै कमेन्टहरू स्वतः अनुमोदन गर्न र ती कमेन्ट सार्वजनिक रूपमा देखाउन थप '' and then यी प्रयोगकर्ताका कमेन्टहरू सधैँ अनुमोदन गरियोस् चयन गर्नुहोस्।

कमेन्ट मोडरेटरलाई समावेश गर्नुहोस्

तपाईं मोडरेटरहरूलाई निम्तो गरेर आफ्नो च्यानल र भिडियोमा गरिएका कमेन्टहरू व्यवस्थापन गर्नका निम्ति मद्दत माग्न सक्नुहुन्छ। YouTube च्यानल भएका सबै मान्छे मोडोरेटर बन्न सक्छन्। YouTube Studio बाट मोडोरेटर हाल्न:

  1. YouTube Studio मा साइन इन गर्नुहोस्।
  2. बायाँ मेनुमा गई सेटिङ चयन गर्नुहोस्।
  3. समुदाय चयन गर्नुहोस्।
  4. “सामान्य मोडरेटरहरू” बक्समा मोडरेटरको च्यानलको URL हाल्नुहोस्।
  5. सेभ गर्नुहोस् चयन गर्नुहोस्।

तपाईं कुनै खास व्यक्तिले भिडियोमा गरेको कमेन्टबाट पनि निजलाई मोडोरेटर बनाउन सक्नुहुन्छ:

  1. YouTube एपमा आफ्ना भिडियोमध्ये कुनै एकमा जानुहोस् र तपाईंले जसलाई मोडोरेटर बनाउन चाहनुभएको हो उक्त व्यक्तिको कमेन्ट भेट्टाउनुहोस्। 
  2. निजको कमेन्टको छेउमा रहेको थप '' मा ट्याप गर्नुहोस्। 
  3. मोडोरेटरको भूमिका दिनुहोस् बटनमा ट्याप गर्नुहोस्। 
  4. म्यानेजिङ मोडोरेटर वा स्ट्यान्डर्ड मोडोरेटर चयन गर्नुहोस्।

मोडोरेटरलाई तपाईंले उहाँलाई मोडोरेटर बनाउनुभएको कुरा जानकारी गराइँदैन। उक्त मोडोरेटरलाई उहाँ अब कमेन्टहरू हटाउन सक्नुहुन्छ भन्ने कुराका बारेमा जानकारी दिनुहोस्।

कमेन्टका विषयहरू

कमेन्टका विषयहरू देखाउने सुविधाले YouTube भिडियोमा गरिएका कमेन्टहरू व्यवस्थित गर्न र तिनको सारांश बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गर्छ। तपाईं यो जानकारीका सहायताले तपाईंका दर्शकलाई रुचि लाग्ने कुराहरूका बारेमा जान्न, बहसमा अझ सजिलैसँग सहभागी हुन र नयाँ भिडियोहरू बनाउने प्रेरणा पाउन सक्नुहुन्छ। 

कमेन्टका विषयहरूको समीक्षा गर्न YouTube मोबाइल एपमा कुनै भिडियोको "कमेन्टहरू" खण्डमा जानुहोस्। त्यहाँ विषयहरू  छ भने त्यसमा ट्याप गर्नुहोस्।

ध्यान दिनु पर्ने कुरा: सबै भिडियोमा कमेन्टका विषयहरू देखाइँदैनन्। हाल अङ्ग्रेजी भाषाका भिडियो र कमेन्टहरूका हकमा YouTube मोबाइल एपमा भएका ठुला "कमेन्ट" खण्डमा मात्र कमेन्टका विषयहरू उपलब्ध छन्। 

कमेन्टका विषयहरूको सारांश मान्छेले नभएर AI ले बनाउने भएकाले गुणस्तर र सटीकता फरक पर्न सक्छ।

प्रायः सोधिने प्रश्न

कमेन्ट मोडोरेटर के के गर्न सक्छन्?

कमेन्ट मोडोरेटरले के के गर्न सक्छन् भन्ने कुरा उनी स्ट्यान्डर्ड मोडोरेटर हुन् कि म्यानेजिङ मोडोरेटर हुन् भन्ने कुरामा भर पर्छ। म्यानेजिङ मोडोरेटरसँग स्ट्यान्डर्ड मोडोरेटरका तुलनामा थप विकल्पहरू उपलब्ध हुन्छन्। दुवै प्रकारका मोडोरेटरहरू कमेन्टहरू समीक्षा गर्ने प्रयोजनका लागि रोक्का गर्न सक्छन्।
मोडोरेटरहरूसँग YouTube Studio मा तपाईंको च्यानलको एक्सेस हुँदैन। उक्त कमेन्ट "समीक्षा गर्ने प्रयोजनका लागि रोक्का गरेर राखिएको" लाइनमा समीक्षाका लागि रोक्का गरेर राखिने छ। तपाईंले यो कमेन्ट अनुमोदन नगरुन्जेल अन्य दर्शकहरू उक्त कमेन्ट देख्ने छैनन्।

कमेन्ट मोडोरेटरहरूले गर्न सक्ने कुराका बारेमा थप जान्नुहोस्।
कमेन्ट मोडरेसनले लाइभ च्याटमा अर्कै तरिकाले काम गर्छ। लाइभ च्याटका लागि मोडरेटर असाइन गर्ने तरिका सिक्नुहोस्।

कमेन्ट मोडोरेटर हटाउन के गर्नु पर्छ?

तपाईं माथि दिइएका कमेन्ट मोडोरेटर हाल्ने चरणहरूको पालना गरी त्यहाँ भएको हटाउनुहोस् नामक विकल्प चयन गरेर आफ्ना मोडोरेटरहरू व्यवस्थापन गर्न सक्नुहुन्छ।

मैले दर्शकहरूको कमेन्ट लाइक, डिस्लाइक वा पिन गर्दा वा त्यसमा हार्ट प्रयोग गरेर प्रतिक्रिया जनाउँदा वा त्यसको जवाफ दिँदा उनीहरूलाई उक्त कुरा जानकारी गराइन्छ?

तपाईंले कुनै कमेन्ट पिन गर्नुभयो वा कुनै कमेन्टको जवाफ दिनुभयो वा कुनै कमेन्टमा हार्ट प्रयोग गरेर प्रतिक्रिया जनाउनुभयो भने कमेन्टर आफ्नो सूचनाका सेटिङका आधारमा तपाईंले प्रतिक्रिया जनाएको भनी सूचना प्राप्त गर्न सक्नुहुन्छ।
लाइक र डिस्लाइक गर्ने मान्छेहरूको नाम अज्ञात हुन्छ। तपाईंले कुनै कमेन्ट लाइक गर्नुभयो भने कमेन्टर "कसैले तपाईंको कमेन्ट लाइक गरेका छन्" भन्ने कुरा बताइएको सूचना प्राप्त गर्न सक्नुहुन्छ। तपाईंले दर्शकहरूको कमेन्ट डिस्लाइक गरेका खण्डमा उनीहरू त्यसका बारेमा सूचना प्राप्त गर्दैनन्।

म कसरी कमेन्ट अनपिन गर्न सक्छु?

तपाईंले कुनै कमेन्ट वाच पेजको सिरानमा पिन गर्नुभयो तर अब उक्त कमेन्ट त्यहाँ नदेखाइयोस् भन्ने चाहनुहुन्छ भने तपाईं उक्त कमेन्ट अनपिन गर्न सक्नुहुन्छ। उक्त कमेन्टको छेउमा रहेको थप '' and then अनपिन गर्नुहोस् चयन गर्नुहोस्।
तपाईं अर्कै कमेन्ट पिन गर्न पनि सक्नुहुन्छ। यसो गर्दा अघिल्लो कमेन्ट अनपिन हुन्छ।

मैले कुनै कमेन्टलाई स्प्यामका रूपमा चिन्ह लगाएका खण्डमा के हुन्छ?

उक्त कमेन्ट तपाईंको च्यानलबाट सदाका लागि लुकाइने छ। YouTube ले स्प्याम पत्ता लगाउने प्रयोजनका लागि कमेन्ट र कमेन्टरको व्यवहारको पनि समीक्षा गर्न सक्छ।

कमेन्टका विषयहरूको सारांश कसरी बनाइन्छ र ती सारांश मोडरेट गर्न सकिन्छ कि सकिँदैन?

कमेन्टका विषयहरू देखाउने सुविधाले ठुला "कमेन्ट" खण्ड भएका YouTube भिडियोमा गरिएका कमेन्टहरू व्यवस्थित गर्न र तिनको सारांश बनाउन तिनको मानव समीक्षा नगरिकन Google को स्वामित्वमा रहेको AI प्रयोग गर्छ। कुनै विषयवस्तुको प्रतिनिधित्व गर्ने पर्याप्त कमेन्टहरू प्राप्त भएपछि मात्र कमेन्टका विषयहरू बनाइन्छन्। 

कमेन्टका विषयहरू देखाउने सुविधा बन्द गर्ने विकल्प छैन। तपाईंले कुनै निश्चित विषयअन्तर्गत देखिने कमेन्टहरू हटाउनुभयो भने उक्त विषय पनि हटाइन्छ। 

समीक्षा गर्ने प्रयोजनका लागि रोक्का गरेर राखिएका, निषेधित शब्दहरू प्रयोग गरिएका वा प्रयोगकर्ताहरूबाट लुकाइएका कमेन्टहरूका आधारमा विषय बनाइँदैन। 

कमेन्टका विषयहरू देखाउने सुविधाका बारेमा प्रतिक्रिया दिन: 

  1. YouTube एपमा भएको भिडियोको "कमेन्टहरू" खण्ड खोल्नुहोस्।
  2. विषयहरू  मा ट्याप गर्नुहोस्।
  3. थप '' मा ट्याप गर्नुहोस्।
  4. प्रतिक्रिया पठाउनुहोस् बटन मा ट्याप गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
4225484313646938481
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false