आफ्नो YouTube Premium सदस्यताबाट पाइने लाभहरू प्रयोग गर्नुहोस्

YouTube Premium एक सशुल्क सदस्यता सेवा हो जसले तपाईंको YouTube को अनुभवलाई बढाइदिन्छ। Premium सदस्यताबाट पाइने लाभहरूका बारेमा थप जान्न तल हेर्नुहोस् वा Premium सदस्यताका अफरहरू ब्राउज गर्नुहोस्

विज्ञापनरहित भिडियोहरू हेर्नुहोस्

YouTube Premium प्रयोग गररे तपाईं लाखौं भिडियोहरू हेर्न सक्नुहुन्छ त्यो पनि भिडियो ओभरले विज्ञापनहरू लगायत भिडियोको सुरुमा र बीचमा कुनै विज्ञापनहरूको अवरोधबिना। तपाईंले कुनै थर्ड-पार्टीकाे ब्यानर विज्ञापनहरू र खोज विज्ञापनहरू पनि देख्नुहुने छैन।

तपाईं निर्माताले भिडियो सामग्रीमा इम्बेड गरेको ब्रान्डिङ वा प्रवर्द्धनात्मक सामग्री भने अझै देख्न सक्नुहुन्छ। साथै सामग्रीभित्र वा अघिपछि थप गरिएका वा अन गरिएका प्रवर्द्धनात्मक लिङ्कहरू, सेल्फहरू र सुविधाहरू पनि देख्न सक्नुहुन्छ। यस्ता लिङ्कहरू, सेल्फहरू र सुविधाहरू उनीहरूको वेबसाइटको लागि, व्यापारिक सामानको लागि, उनीहरूको च्यानलको सदस्यताको लागि, कार्यक्रमको टिकटहरूको लागि, अथवा अन्य उनीहरूले प्रवर्द्धन गरिरहेका गन्तव्यहरूका लागि हुनसक्छन्।

विज्ञापनरहित भिडियोहरू तपाईंले आफ्नो Google खाता प्रयोग गरी साइन इन गर्न सक्ने सबै डिभाइसहरू र प्लेटफर्महरूमा चल्छ। कम्प्याटिबल स्मार्ट TV हरू/गेमिङ कन्सोलहरू र तपाईंको लोकेसनमा उपलब्ध छन् भने YouTube, YouTube Music र YouTube Kids मोबाइल एपहरू सबैमा विज्ञापनरहित भिडियो चल्छ।

YouTube Music Premium ले पनि उस्तै विज्ञापनरहित अनुभव प्रदान गर्छ। तपाईं YouTube Music एपमा विज्ञापनरहित सङ्गीत सामग्रीको आनन्द लिन सक्नुहुन्छ।

अफलाइनमा हेर्नको लागि भिडियोहरू डाउनलोड गर्नुहोस्

तपाई इन्टरनेटमा कनेक्ट नभएको बेलामा अफलाइनमा हेर्नको लागि भिडियोहरू र प्लेलिस्टहरू डाउनलोड गर्नुहोस्। तपाईं YouTube एप प्रयोग गरी अफलाइनमा हेर्नको लागि भिडियो डाउनलोड गर्न सक्नुहुन्छ। त्यस्तै, YouTube Music एप प्रयोग गरी अफलाइनमा सुन्नको लागि गीतहरू डाउनलोड गर्न सक्नुहुन्छ, र YouTube Kids एप प्रयोग गरी स्वतः डाउनलोड भएको भिडियोहरू हेर्न सक्नुहुन्छ।

स्मार्ट डाउनलोड मार्फत अफलाइनमा हेर्न वा सुन्नको लागि सिफारिस गरिएको सामग्री स्वतः तपाईंको लाइब्रेरीमा हालिन्छन्। अन-द-गो भिडियोहरूको आनन्द लिनुहोस् र खोज्ने झन्झट बिना नै नयाँ सामग्री भट्टाउनुहोस्। आफ्ना स्मार्ट डाउनलोड व्यवस्थापन गर्ने वा बन्द गर्ने तरिका सिक्नुहोस्।

निम्नमा उपलब्ध छ: YouTube Premium, YouTube Music Premium।

ब्याकग्राउन्डमा प्ले गर्ने सुविधा

स्क्रिन अफ भएका बेला वा अन्य एपहरू प्रयोग गरेका बेला आफ्नो मोबाइल डिभाइसमा भिडियो प्ले गर्नुहोस्। तपाईं आफ्नो YouTube Premium सदस्यता खाताबाट साइन इन गर्नुभएको बेला YouTube, YouTube MusicYouTube Kids मोबाइल एपहरूमा (तपाईंको लोकेसनमा यी एप उपलब्ध भएका खण्डमा) ब्याकग्राउन्ड प्ले सुविधा प्रयोग गर्न सक्नुहुन्छ।

ब्याकग्राउन्ड प्ले कस्टमाइज गर्नुहोस् वा बन्द गर्नुहोस्

तपाईंले आफ्नो YouTube Premium सदस्यता खाताबाट साइन इन गरेपछि तपाईंको YouTube मोबाइल एपमा ब्याकग्राउन्ड प्ले उपलब्ध हुन्छ। स्वतः रूपमा भिडियोहरू सधैँ ब्याकग्राउन्डमा प्ले हुनेछन्।

ब्याकग्राउन्डमा प्ले गर्ने सुविधा परिवर्तन गर्न वा अफ गर्न:

  1. YouTube मा आफ्नो प्रोफाइल फोटो चयन गर्नुहोस् र "सेटिङ" मा जानुहोस्
  2. ब्याकग्राउन्ड तथा डाउनलोड and then प्लेब्याक चयन गर्नुहोस्।
  3. आफ्नो विकल्प चयन गर्नुहोस्:
    • सधैँ अन राख्नुहोस्: भिडियोहरू सदैव ब्याकग्राउन्ड (डिफल्ट सेटिङ) मा प्ले हुने छन्।
    • हेडफोन वा बाहिरी स्पिकरहरू: तपाईंको डिभाइस हेडफोन, स्पिकर वा कुनै बाहिरी अडियो आउटपुटमा कनेक्ट भएको छ भने मात्र भिडियोहरू ब्याकग्राउन्डमा प्ले हुने छन्।
    • अफ: भिडियोहरू कहिल्यै पनि ब्याकग्राउन्डमा प्ले हुने छैनन्। 

निम्नमा उपलब्ध छ: YouTube Premium, YouTube Music Premium।

YouTube Music Premium

तपाईंले आफ्नो लाभहरूको रूपमा YouTube Music Premium चलाउन पाउनुहुन्छ। YouTube Music Premium प्रयोग गरेर तपाईंले:

  • YouTube Music मा लाखौँ विज्ञापनरहित गीतहरू र भिडियोहरूको आनन्द लिन सक्नुहुन्छ।
  • अफलाइनमा सुन्नको लागि तपाईंको मोबाइल डिभाइसमा गीतहरू र भिडियोहरू डाउनलोड गर्न सक्नुहुन्छ।
  • अन्य एपहरू प्रयोग गर्दै गर्दा आफ्नो सङ्गीत बजाइरहन ब्याकग्राउन्ड प्ले प्रयोग गर्न सक्नुहुन्छ।
  • भिडियो लोड नगरिकन सङ्गीत सुन्नको लागि अडियो मात्र नामक मोड अन गर्न सक्नुहुन्छ।
हेरिरहनुहोस्

Premium सदस्यताको सहायताले तपाईं निर्बाध भ्यूको अनुभूति लिँदै आफूले जहाँ भिडियो हेर्न छोड्नुभएको थियो त्यहीँबाट भिडियो हेर्न जारी राख्न सक्नुहुन्छ।

तपाईंले कुनै भिडियो हेर्न स्टप गर्नुभयो भने हामी तपाईंको भिडियोको उक्त विन्दु सेभ गर्छौँ र तपाईंले आफ्ना जुनसुकै डिभाइसहरूमा उही विन्दुबाट उक्त भिडियो हेर्न सुचारु गर्न सक्नुहुन्छ।

निम्नमा उपलब्ध छ: YouTube Premium।

Premium कन्ट्रोलहरू प्रयोग गरी प्लेब्याक परिमार्जन गर्नुहोस्

तपाईं Premium सदस्यता लिई एकैसाथ एकभन्दा बढी कार्य गर्न र Premium कन्ट्रोलहरू प्रयोग गरी आफ्नै गतिमा भिडियोहरू हेरेर तिनको आनन्द लिन सक्नुहुन्छ। तपाईं सामग्री स्किप गर्न, प्लेब्याकको गति बदल्न र अन्य धेरै कार्य गर्न सक्नुहुन्छ।

YouTube मोबाइल एपबाट Premium कन्ट्रोलहरू एक्सेस गर्ने तरिका:

  1. आफूले साइन इन गरेको YouTube Premium खाताबाट कुनै भिडियो खोल्नुहोस्।
  2. सेटिङ Settings मा ट्याप गर्नुहोस्।
  3. अतिरिक्त सेटिङ मा ट्याप गर्नुहोस्।
  4. Premium कन्ट्रोलहरू चयन गर्नुहोस्।

तपाईंको भिडियोमा कन्ट्रोलहरूको ठुलो मेनु खुल्ने छ, तपाईं उक्त मेनुबाट निम्न कार्यहरू गर्न सक्नुहुन्छ:

  • भिडियोलाई बीच-बीचमा प्ले, पज वा स्किप गर्न सक्नुहुन्छ।
  • भिडियोलाई +/- १० सेकेन्ड स्किप फर्वार्ड/स्किप ब्याक गर्न सक्नुहुन्छ।
  • भिडियोलाई लाइक गर्न सक्नुहुन्छ
  • पछि हेर्नका लागि भिडियो सेभ गर्न।
  • तपाईं प्लेब्याकको गति परिवर्तन गर्न।
  • भोल्युम स्थिर राख्ने सुविधा अन वा अफ गर्न।

Premium कन्ट्रोलहरू Android, iPhone र ट्याब्लेटहरूमा उपलब्ध छन् तर डेस्कटपमा अझै उपलब्ध भइसकेका छैनन्।

निम्नमा उपलब्ध छ: YouTube Premium, YouTube Music Premium।

Picture-in-Picture (PiP)

तपाईं आफ्नो मोबाइल डिभाइसमा अन्य एपहरू प्रयोग गरिरहेका बेला picture-in-picture (PiP) प्रयोग गरी भिडियोहरू हेर्न सक्नुहुन्छ।

आफ्नो मोबाइल डिभाइसमा picture-in-picture प्रयोग गर्ने तरिकाका बारेमा थप जान्नुहोस्। Picture-in-picture सुविधा Android बाट लामा भिडियो र Shorts हेर्ने Premium प्रयोगकर्ताका लागि उपलब्ध हुन्छ।

भिडियोहरू मोबाइल डिभाइस र ट्याब्लेटहरूमा प्ले गर्न लाइनमा राख्नुहोस्

तपाईं आफूले हेरिरहेको भिडियोमा कुनै बाधा नपुर्‍याइकन त्यसपछि अर्को भिडियोहरू हेर्नको लागि लाइनमा सेट अप गर्न सक्नुहुन्छ। मोबाइल डिभाइस र ट्याब्लेटहरूमा लाइनमा राख्ने सुविधा YouTube Premium मार्फत मात्र उपलब्ध छ।

निम्नमा उपलब्ध छ: YouTube Premium।

आफ्नो भिडियोको गुणस्तर बदल्नुहोस्

YouTube Premium को सदस्यता लिएपछि तपाईं १०८० पिक्सेल Premium गुणस्तरका भिडियो हेर्न सक्नुहुन्छ।

१०८० पिक्सेल Premium १०८० पिक्सेलको बिट रेट परिष्कृत गरी बनाइएको संस्करण हो। परिष्कृत बिट दरले प्रति पिक्सेल थप जानकारी प्रदान गर्छ। परिणामस्वरूप, उच्च गुणस्तरको हेराइ अनुभूति प्राप्त हुन्छ। भिडियोहरू १०८० पिक्सेलमा अपलोड गरिएका छन् भने मात्र ती परिष्कृत बिट रेटका निम्ति योग्य हुन्छन्। तपाईं निम्न सामग्रीमा १०८० पिक्सेल Premium मा भिडियो प्ले गर्ने विकल्प प्राप्त गर्नु हुने छैन:

  • लाइभ स्ट्रिमहरू
  • Shorts
  • १०८० पिक्सेल भन्दा उच्च वा कम रिजोल्युसनहरूमा अपलोड गरेको भिडियोहरू

उत्कृष्ट हेराइ अनुभूति प्रदान गर्नको लागि हेराइको स्थितिअनुरूप YouTube ले तपाईंको भिडियो स्ट्रिमको गुणस्तर परिवर्तन गर्दछ। तपाईंले Premium सदस्यता लिनुभएको छ भने तपाईंको भिडियोको रिजोल्युसन स्वतः १०८० पिक्सेल Premium मा सेट हुन सक्छ। तपाईं YouTube एपबाटै आफ्ना गुणस्तरसम्बन्धी सेटिङ अपडेट गर्न सक्नुहुन्छ।

निम्नमा उपलब्ध छ: YouTube Premium।

प्रिमियम ब्याजहरू

ब्याजहरू प्रयोगकर्तालाई Premium सदस्य बनेको अवधिअनुसार वफादारीका लागि दिइने रिवार्डसँग सम्बन्धित हुन्छन्, लाभसम्बन्धी ब्याजहरू भने प्रयोगकर्तालाई वफादारीका लागि रिवार्ड दिन प्रयोग गरिन्छन्। तपाईं जति लामो अवधिसम्म Premium सदस्य बन्नुहुन्छ र जति आफ्नो Premium सदस्यताबाट पाइने लाभहरूमा अन्तर्क्रिया गर्नुहुन्छ त्यति नै बढी ब्याजहरू प्राप्त गर्न सक्नुहुन्छ (जस्तै, आफ्टरपार्टी, YouTube Music, निरन्तर हेराइ)। ब्याजहरू हाल १८ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छन्।

तपाईं आफ्नो YouTube खातामा रहेको "तपाईंका Premium सदस्यताबाट पाइने लाभहरू" नामक पेजमा गई आफ्ना प्रिमियम ब्याजहरू भेट्टाउन सक्नुहुन्छ।

आफ्ना प्रिमियम ब्याजहरू भेट्टाउने तरिका:

  1. YouTube एप खोल्नुहोस्।
  2. आफ्नो होमपेजमा जानुहोस्।
  3. आफ्नो प्रोफाइल आइकनमा ट्याप गर्नुहोस्।
  4. Premium सदस्यताबाट पाइने लाभहरूमा क्लिक गर्नुहोस्
  5. आफ्ना Premium ब्याजहरू हेर्न तलतिर स्क्रोल गर्नुहोस्।

तपाईं लक गरिएका कुनै पनि ब्याजमा क्लिक गरी उक्त ब्याज प्राप्त गर्ने तरिकाका बारेमा थप जानकारी लिन सक्नुहुन्छ।

नोटहरू:

  • प्रयोगकर्ताहरूले वाच हिस्ट्री पज गरेका खण्डमा उनीहरू Premium सदस्यताबाट पाइने लाभहरूसँग सम्बन्धित ब्याजहरू प्राप्त गर्न सक्ने छैनन् (जस्तै, आफ्टरपार्टी, YouTube Music, निरन्तर हेराइ)।
  • प्रयोगकर्ताहरूले वाच हिस्ट्री रिसेट गरेका खण्डमा उनीहरूले पहिला प्राप्त गरिसकेका Premium सदस्यताबाट पाइने लाभहरूसँग सम्बन्धित ब्याजहरू हटाइने छन्। 
  • Premium सदस्यता रद्द गरेका खण्डमा प्रयोगकर्ताहरू ब्याजहरू स्टोर गरिने "तपाईंका Premium सदस्यताबाट पाइने लाभहरू" नामक पेजमा एक्सेस पाउँदैनन्।
  • Premium मा पुनः साइन अप गरेका खण्डमा प्रयोगकर्ताहरू आफूले पहिला प्राप्त गरिसकेका ब्याजहरू पुनः देख्न सक्छन्।

अगाडि बढ्नुहोस्

Premium को "अगाडि बढ्नुहोस्" सुविधामार्फत तपाईं आफूलाई उपयोगी हुने सामग्री अझ छिटो भेट्टाउन सक्नुहुन्छ। यो सुविधा YouTube भिडियोमा डबल ट्याप गरेर फास्ट फर्वार्डिङ गर्दा उपलब्ध हुन्छ। अगाडि बढ्नुहोस् बटनमा क्लिक गर्नुभयो भने यसले तपाईंलाई धेरैजसो प्रयोगकर्ताहरूले फास्ट फर्वार्ड गरेर हेर्ने भिडियोको अर्को भागमा लैजाने छ।

नोट: "अगाडि बढ्नुहोस्" सुविधा सबै YouTube भिडियोहरूमा नदेखिन सक्छ। यो सुविधा हाल संयुक्त राज्य अमेरिकामा मात्र उपलब्ध छ। यो सुविधा Short, प्रिमियर, लाइभ स्ट्रिम वा सङ्गीत, मुभी र सो जस्ता लाइसेन्स प्राप्त सामग्रीमा उपलब्ध छैन।

Premium सदस्यताबाट पाइने अन्य लाभहरू

YouTube Premium को सदस्य भएपछि अन्य सदस्यहरू-मात्र अन्तर्गतका सुविधाहरू प्रयोग गर्न सक्नुहुन्छ। जस्तै:

नोट: यीमध्ये केही सुविधाहरू निश्चित क्षेत्र, डिभाइस वा योजनाहरूमा मात्र उपलब्ध छन्। तपाईंलाई YouTube Premium को अझ परिष्कृत अनुभव दिलाउन हामी निरन्तर रूपमा नयाँ सुविधाहरू थप गर्छौँ, तपाईं हाम्रो Premium सम्बन्धी अपडेटहरू नामक पेजमा गई यसका बारेमा जान्न सक्नुहुन्छ।
सुझावहरू:
  • YouTube Premium र हाम्रा सशुल्क सदस्यताका बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।
  • तपाईंको YouTube Premium सदस्यताले YouTube निर्माताहरूलाई सहयोग गर्न कसरी मद्दत गर्छ भन्ने बारेमा जान्नुहोस्।
  • तपाईं YouTube Premium सदस्यताबाट पाइने लाभहरू प्रयोग गर्न सक्नुहोस् भन्नाका लागि YouTube एप अपडेट गरी नवीनतम संस्करणको बनाउनुहोस्।

Premium सदस्यताबाट पाइने लाभहरूको मजा लिन साइन अप गर्नुहोस्

Premium सदस्यताबाट पाइने लाभहरूको मजा लिन youtube.com/premium/inapp मा साइन अप गर्नुहोस्।

How to get YouTube Premium or YouTube Music Premium

ताजा समाचार, अपडेट र सुझावहरूका लागि YouTube Viewers च्यानल सब्सक्राइब गर्नुहोस्।

नोट: YouTube Premium वा Music Premium सदस्यताबाट पाइने लाभहरूमा YouTube TV, Primetime च्यानल, च्यानलका सदस्यताNFL Sunday Ticket समावेश गरिएका छैनन्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
2121260113944185387
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false