आफ्नो YouTube च्यानललाई एउटा ब्रान्ड खाताबाट अर्कोमा सार्ने तरिका

सुरु गर्नुअगाडि

YouTube च्यानल खातामा स्वतः कनेक्ट गरिन्छ। दुई प्रकारका खाता हुन्छन्:

Google खाता YouTube मा साइन इन गर्न तपाईंसँग Google खाता हुनु पर्छ। तपाईंको च्यानलको नाम स्वतः तपाईंको Google खातामा भएकै नाम हुन्छ।
ब्रान्ड खाता

ब्रान्ड खाता भनेको विशेष गरी तपाईंको ब्रान्डको लागि बनाइएको खाता हो। यो खाता तपाईंको व्यक्तिगत Google खाता भन्दा फरक हुन्छ। च्यानल ब्रान्ड खातामा लिंक गरिएको छ भने एकभन्दा बढी Google खाता सो च्यानलको व्यवस्थापन गर्न पाउँछन्।

ब्रान्ड खाता बनाउने तरिका सिक्नुहोस्।

  1. सर्वप्रथम तपाईंसँग पहिले नै ब्रान्ड खाता छ कि छैन जाँच्नुहोस्।
  2. YouTube मा साइन इन गर्नुहोस्।
  3. आफ्नो च्यानलको सूचीमा जानुहोस्।
  4. "च्यानल बनाउनुहोस्" मा क्लिक गर्नुहोस्।
  5. ब्रान्ड खाताको नाम राख्न र आफ्नो खाता पुष्टि गर्न विवरणहरू भर्नुहोस्।
  6. "बनाउनुहोस्" मा क्लिक गर्नुहोस्।

च्यानल ट्रान्स्फरका जोखिमहरू

तपाईं आफ्नो च्यानल र यसमा भएका भिडियो एउटा ब्रान्ड खाताबाट सारेर अर्को खातामा लैजान सक्नुहुन्छ। तर ती भिडियोहरू उही Google खाताका हुनुपर्छ। यो प्रक्रियालाई च्यानल ट्रान्स्फर भनिन्छ।

संवेदनशील जानकारी, साइन इनसम्बन्धी जानकारी संरक्षण गर्ने र आफ्नो खाताको एक्सेस नगुमोस् भन्नका लागि अग्रिम योजना बनाउने उत्तरदायित्व तपाईंकै हो। आफ्नो च्यानल रिकभर गर्न चाहनुहुन्छ भने खाता रिकभरी गर्ने यी सुझावहरू हेर्नुहोस्।

आफ्नो ब्रान्ड खातालाई अर्को ब्रान्ड खातामा सार्ने प्रक्रिया तपाईं आफै पूरा गर्न सक्नुहुन्छ तर यो प्रक्रिया आवश्यक भएको खण्डमा मात्र गर्नुपर्छ। ट्रान्सफर गलत तरिकाले गरियो भने गलत च्यानल मेटिने जोखिम हुन्छ।    

तपाईं ब्रान्ड खाताको ट्रान्सफर पूरा भएपछि के गुमाउनु हुने छ:

खाता गुम्ने सामग्री
ब्रान्ड खाता A: ट्रान्सफर गरिने च्यानल-सम्बद्ध
ब्रान्ड खाता B: प्रतिस्थापना गरिने च्यानल-सम्बद्ध (ब्रान्ड खाता A ट्रान्सफर गरेपछि मेटाइने)
  • भिडियोहरू
  • म्यासेजहरू
  • प्लेलिस्टहरू
  • च्यानल हिस्ट्री
  • प्रमाणीकरण ब्याज

आफ्नो च्यानल एउटा ब्रान्ड खाताबाट अर्को ब्रान्ड खातामा सार्ने तरिका:

तपाईंको खाता सुपरिवेक्षण गरिएको खाता हो भने, तपाईं आफ्नो च्यानल सार्न सक्नुहुन्न भन्ने कुरा ख्याल गर्नुहोस्। च्यानल ट्रान्स्फरको मापदण्ड पूरा गर्ने विद्यालय खाता को च्यानल ट्रान्सफर गर्न सकिने सम्भावना हुन्छ।

थाल्नुअघि निम्न कुरा पुष्टि गर्नुहोस्:

  1. YouTube मा साइन इन गर्नुहोस्।
  2. आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस्।
  3. आवश्यक भएमा खाता परिवर्तन गरेर आफूले सार्न चाहेको च्यानलसँग सम्बद्ध Google खाता बनाउनुहोस्।

    चेतावनी:

    तपाईं झुक्किएर अर्कै च्यानल मेटाउन सक्नुहुन्छ। यो गल्ती हुन नदिनका लागि आफू सार्न चाहेको च्यानलसँग सम्बद्ध Google खातामा हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुरा जाँच गर्नुहोस्। 

    उदाहरणका लागि, च्यानल A तपाईंको पुरानो च्यानल हो। च्यानल B तपाईंले ट्रान्सफर गरेर लग्ने च्यानल हो। तपाईंले च्यानल A को खातामा साइन इन गर्नुपर्छ।

  4. सेटिङहरू मा क्लिक गर्नुहोस्।
  5. उन्नत सेटिङहरूमा क्लिक गर्नुहोस्।
  6. "च्यानललाई ब्रान्ड खातामा सार्नुहोस्" मा क्लिक गर्नुहोस्।
  7. आफ्नो स्क्रिनमा देखिएको सूचीबाट सार्न चाहेको खाता छनौट गर्नुहोस्। खाताहरूको सूची देखिएन भने माथिका कदम चाली समस्या निवारण गर्नुहोस्
  8. तपाईंले छानेको खाता YouTube च्यानलसँग सम्बद्ध भइसकेको छ भने बदल्नुहोस् मा क्लिक गर्नुहोस्, अनि आउने बक्समा च्यानल मेटाउनुहोस् चयन गर्नुहोस्।
    • महत्त्वपूर्ण जानकारी: तपाईंले यो काम गर्नुभयो भने उक्त खातासँग सम्बद्ध भइसकेको च्यानल मेटिने छ। भिडियो, कमेन्ट, म्यासेज, प्लेलिस्ट र हिस्ट्रीसहित यस च्यानलसँग सम्बद्ध सबै सामग्री सदाका लागि मेटाइने छ।
  9. च्यानल सारेपछि आफ्नो च्यानलको नाम कसरी देखिएको छ जाँच गर्नुहोस् र "च्यानल सार्नुहोस्" मा क्लिक गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
1032035396274469443
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false