घृणापूर्ण अभिव्यक्तिसम्बन्धी नीति

हामी हाम्रा क्रिएटर, दर्शक र साझेदारहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्छौँ। हामी तपाईंहरू हामीलाई यो अद्वितीय र जीवन्त समुदायलाई सुरक्षित बनाउन मद्दत गर्नुहुन्छ भन्ने अपेक्षा गर्छौँ। तपाईंले हाम्रा आचारसंहिता र ती आचारसंहिताले YouTube सुरक्षित राख्ने हाम्रो साझा दायित्व पूरा गर्न कस्तो भूमिका निर्वाह गर्छ भन्ने बारेमा राम्रोसँग बुझ्नु पर्ने हुन्छ। पर्याप्त समय लगाएर तलको नीति पढ्नुहोस्। तपाईं यो पेजमा गएर हाम्रा आचारसंहिताको पूर्ण सूची पढ्न पनि सक्नुहुन्छ।
घृणापूर्ण अभिव्यक्ति समावेश गरिएको कन्टेन्ट YouTube मा हाल्न पाइँदैन। हामी YouTube को नीतिअन्तर्गत संरक्षित समूह भनी जनाइने निम्नमध्ये कुनै पनि विशेषताका आधारमा व्यक्ति वा समूहविरुद्धको हिंसा वा घृणालाई बढावा दिने कन्टेन्ट हाल्न दिँदैनौँ:
  • उमेर
  • जात, जातीयता वा जाति
  • अपाङ्गता
  • आप्रवासनको स्थिति
  • राष्ट्रियता
  • धर्म
  • लैङ्गिक जानकारी, यौन झुकाव वा लैङ्गिक पहिचान
  • भूतपूर्व सैन्य स्थिति
  • ठुला हिंसात्मक घटनाका पीडित व्यक्ति तथा तिनका परिवारजन

केही अवस्थाहरूमा हामी शिक्षा, वृत्तचित्र, विज्ञान वा कलासँग सम्बन्धित सन्दर्भ समावेश गरिएका कन्टेन्टमा अपवादहरू लागू गर्न सक्छौँ। यसमा सार्वजनिक हितका लागि बनाइएका कन्टेन्ट पनि समावेश हुन्छन्।

तपाईंले यो नीतिको उल्लङ्घन गर्ने कुनै सामग्री भेट्टाउनुभएको खण्डमा उक्त सामग्रीका बारेमा रिपोर्ट गर्नुहोस्। हाम्रा आचारसंहिता उल्लङ्घन गर्ने सामग्रीका बारेमा रिपोर्ट गर्ने तरिकासम्बन्धी निर्देशनहरू यहाँ दिइएका छन्। तपाईं कुनै च्यानलमा अपलोड गरिएका केही भिडियो वा कमेन्टहरूका बारेमा रिपोर्ट गर्न चाहनुहुन्छ भने तपाईं उक्त च्यानलका बारेमा रिपोर्ट गर्नसक्नुहुन्छ।

यो नीतिले तपाईंलाई पार्ने प्रभावहरू

तपाईं कुनै कन्टेन्ट पोस्ट गर्दै हुनुहुन्छ भने

कुनै कन्टेन्ट निम्नमध्ये कुनै पनि उद्देश्यसहित पोस्ट गर्न खोजिएको हो भने YouTube मा त्यस्तो कन्टेन्ट पोस्ट नगर्नुहोला:

  • कुनै संरक्षित समूहअन्तर्गत पर्ने व्यक्ति वा समूहविरुद्ध हिंसा गर्न उक्साउन। हामी YouTube मा धम्की दिने अनुमति दिँदैनौँ। हामी हिंसाको उद्देश्यसहित पोस्ट गरिएका कन्टेन्टलाई वास्तविक धम्कीका रूपमा लिन्छौँ। तपाईं धम्की र उत्पीडनका सम्बन्धमा हाम्रा नीतिहरूका बारेमा थप जान्न सक्नुहुन्छ।
  • कुनै संरक्षित समूहअन्तर्गत पर्ने व्यक्ति वा समूहविरुद्ध घृणा गर्न उक्साउन।

यो नीति उल्लङ्घन गर्ने अन्य प्रकारका कन्टेन्ट

  • कुनै संरक्षित समूहअन्तर्गत पर्ने व्यक्ति वा समूहहरूप्रति अमानवीय व्यवहार गरिएको वा उनीहरूलाई मान्छेभन्दा तल्लो प्रजाति भनेर होच्याइएको, उनीहरूलाई जनावर, किरा-फट्याङ्ग्रा, रोग वा गैर-मानवसँग तुलना गरिएको कन्टेन्ट।
  • संरक्षित समूहअन्तर्गत पर्ने व्यक्ति वा समूहविरुद्धको हिंसाको प्रशंसा वा प्रवर्धन गरिएको कन्टेन्ट।
  • जाति, धर्म वा अन्य कुरालाई लिएर अपमानजनक टिप्पणी गर्ने तथा परम्परागत विचारधारा व्यक्त गरी संरक्षित समूहअन्तर्गत पर्ने व्यक्ति वा समूहविरुद्ध हिंसा गर्न उक्साउने वा त्यसलाई बढावा दिने कन्टेन्ट। यसमा भाषण, लेख वा फोटो प्रयोग गरी परम्परागत विचारधारालाई बढावा दिने वा त्यसलाई तथ्यपूर्ण साबित गर्ने कन्टेन्ट सामेल हुन सक्छन्।
  • संरक्षित समूहका कुनै व्यक्ति वा समूह शारीरिक वा मानसिक रूपमा कमजोर, तुच्छ वा रोगले ग्रस्त छन् भन्ने दाबी गरिएको कन्टेन्ट। यसमा एउटा समूहलाई अर्को समूहभन्दा सानो देखाउने, उनीहरूलाई बुद्धिमत्ता र सामर्थ्यका आधारमा कम आँक्ने भनाइहरू सामेल हुन सक्छन्। यसमा संरक्षित समूहका कुनै व्यक्ति वा समूहमाथि दमन वा वर्चस्व कायम गर्न आह्वान गर्ने कुरा पनि सामेल हुन सक्छन्।
  • संरक्षित समूहका मान्छेहरूमाथि गरिने हिंसा, भेदभाव, जातिभेद वा बहिष्कारलाई जायज ठहऱ्याउन अर्को खास समूहका मान्छेहरूलाई सर्वश्रेष्ठ मानेर घृणापूर्ण सर्वोच्चतावादको प्रवर्धन गर्ने कन्टेन्ट। यसमा घृणापूर्ण सर्वोच्चतावादलाई अघि बढाउने उद्देश्यले नयाँ सदस्य भर्ना गर्ने वा आर्थिक मद्दत माग्ने प्रयोजनका लागि घृणापूर्ण सर्वोच्चतावादको प्रवर्धन गर्ने गीतका शब्द, मेटाडेटा वा फोटो प्रयोग गर्ने साङ्गीतिक भिडियो सामेल हुन सक्छन्।
  • यसमा संरक्षित समूहका व्यक्ति वा समूहहरूविरुद्ध षड्यन्त्र रचेर उनीहरू दुष्ट, भ्रष्ट वा हानिकारक हुन्छन् भन्ने दाबी गरिएका कन्टेन्ट सामेल हुन सक्छन्।
  • यसमा तथ्यमा आधारित प्रमाणहरू हुँदा हुँदै पनि कुनै ठुलो हिंसात्मक घटना भएको कुरालाई अस्वीकार गर्ने वा सानो घटनाका रूपमा प्रस्तुत गर्ने कन्टेन्ट सामेल हुन सक्छन्।

शिक्षा, वृत्तचित्र, विज्ञान र कलासँग सम्बन्धित कन्टेन्ट

कुनै कन्टेन्टमा शिक्षा, वृत्तचित्र, विज्ञान वा कलासँग सम्बन्धित अतिरिक्त सन्दर्भ समावेश गरिएको छ भने घृणापूर्ण अभिव्यक्ति समावेश गरिएकै भए पनि हामी त्यस्ता कन्टेन्ट हाल्न दिन सक्छौँ। अतिरिक्त सन्दर्भमा विचारहरूको विरोध गर्ने वा घृणापूर्ण अभिव्यक्तिमा व्यङ्ग्य गर्नेलगायतका निन्दा गर्ने र खण्डन गर्ने कुरा सामेल हुन सक्छन्। हामी अपवादका रूपमा विधायिका वा संसद्का कारबाही, चुनावी भाषण वा सरकारले गरिरहेका कारबाहीका बारेमा गरिने बहस जस्ता सार्वजनिक हितसँग जोडिएका कन्टेन्ट पनि हाल्न दिन सक्छौँ। तर यसको अर्थ घृणापूर्ण अभिव्यक्तिलाई बढावा दिने कार्यलाई छुट दिइन्छ भन्ने पटक्कै होइन। यसका उदाहरणहरू:

  • घृणा फैलाउने समूहका बारेमा बनाइएको वृत्तचित्र: यस्तो समूहलाई समर्थन नगर्ने वा यस्तो समूहका विचारहरूलाई बढावा नदिने शैक्षिक कन्टेन्ट पोस्ट गर्न दिइने छ। हिंसा वा घृणालाई बढावा दिने वृत्तचित्र पोस्ट गर्न दिइने छैन।
  • मानवहरूको वैज्ञानिक अध्ययनका बारेमा बनाइएको वृत्तचित्र: समयसँगै सिद्धान्तहरू कसरी परिवर्तन भएका छन् भन्ने बारेमा बनाइएको वृत्तचित्रमा निश्चित समूहहरूका कमजोरी वा श्रेष्ठताका बारेमा भएका सिद्धान्तहरू समावेश गरिएको भए तापनि यो एउटा शैक्षिक वृत्तचित्र भएकाले यसलाई पोस्ट गर्न दिइने छ। हामी आजको समयमा कुनै व्यक्ति वा समूह तुच्छ वा अमानवीय भएको वैज्ञानिक प्रमाण छ भनी दाबी गर्ने वृत्तचित्र पोस्ट गर्न दिँदैनौँ।
  • हिंसा वा घृणालाई बढावा नदिने दोस्रो विश्वयुद्ध जस्ता घटनाको ऐतिहासिक फुटेज।

यो नीति भिडियो, भिडियोको विवरण, कमेन्ट, लाइभ स्ट्रिम तथा YouTube का अन्य उत्पादन वा सुविधामा लागू हुन्छ। कृपया यी नीतिहरू तपाईंको कन्टेन्टमा भएका बाह्य लिंकहरूमा पनि लागू हुन्छन् भन्ने कुरा ध्यानमा राख्नुहोस्। यसअन्तर्गत क्लिक गर्न मिल्ने URL, भिडियोमा प्रयोगकर्ताहरूलाई बोलेर अन्य साइटहरूमा लैजाने कार्यका साथै अन्य स्वरूपका बाहिरी लिंकहरू पर्न सक्छन्।

शिक्षा, वृत्तचित्र, विज्ञान वा कलासँग सम्बन्धित भिडियोमा घृणापूर्ण अभिव्यक्ति समावेश गरिएको छ भने उक्त भिडियोको फोटो वा अडियोमा नै यसको सन्दर्भ देखिनु पर्छ। शीर्षक वा विवरणमा सन्दर्भ उपलब्ध गराएर मात्र हुँदैन।

मनिटाइजेसन र अन्य सजायहरू

हामी बिरलै अवस्थामा मात्र क्रिएटरले निम्न कुरा गरेमा कन्टेन्ट हटाउन वा अन्य सजाय दिन सक्छौँ:

  • दर्शकहरूलाई बारम्बार दुर्व्यवहार गर्न प्रोत्साहित गरेमा।
  • आफूले अपलोड गर्ने विभिन्न कन्टेन्टमा संरक्षित समूहअन्तर्गत पर्ने समूहलाई पटक-पटक लक्षित गर्ने, अपशब्द प्रयोग गर्ने वा तिनको अपमान गर्ने कार्य गरेमा।
  • कुनै संरक्षित समूहलाई उनीहरूमाथि स्थानीय सामाजिक वा राजनैतिक सन्दर्भका आधारमा भौतिक हमला हुने जोखिम पैदा गरेमा।
  • आफ्नो आर्थिक फाइदाका लागि YouTube को इकोसिस्टमलाई हानि पुऱ्याउने गरी संरक्षित समूहका कुनै समूहविरुद्ध शत्रुता सिर्जना गर्ने कन्टेन्ट बनाएमा।

उदाहरणहरू

YouTube मा हाल्न नपाइने घृणापूर्ण अभिव्यक्तिका केही उदाहरणहरू यस प्रकार छन्।

  • "म यो [हिंसात्मक घटना] भएकोमा खुसी छु। उनीहरूले [संरक्षित समूहका मान्छेलाई इङ्गित गर्दै] आफ्नो कर्मको फल पाए।”
  • “[संरक्षित समूहका मान्छेहरू] कुकुर हुन्” वा “[संरक्षित समूहका मान्छेहरू] जनावर जस्तै हुन्।”

थप उदाहरणहरू

  • “बाहिर निस्कनुहोस् र [संरक्षित समूहका मान्छे] लाई मुक्का हान्नुहोस्।”
  • “[संरक्षित समूहको व्यक्ति] धर्तीको बोझ हो।”
  • “[संरक्षित समूहका मान्छे] एउटा रोग जस्तै हुन्।”
  • “[संरक्षित समूहका मान्छे] को दिमाग हाम्रोभन्दा सानो हुनाले उनीहरू हामीभन्दा कम बुद्धिमानी छन्।”
  • “[संरक्षित समूहको हैसियतमा रहेको समूह] ले यो संसारलाई आफ्नै पाराले चलाउने र हामीबाट छुटकारा पाउने एजेन्डा बोकेको छ।”
  • “[संरक्षित समूहको व्यक्ति] शिक्षित हुनु हुँदैन त्यसैले उसलाई स्कुलमा पढ्न दिइनु हुँदैन।”
  • “यो यस हिंसक घटनाका सबै तथाकथित पीडितहरूको नाटक हो। कसैलाई पनि चोट लागेको थिएन, यो एउटा देखावटी मात्र हो।”
  • “यस घटनामा मान्छेहरू मरे तर मृतकको सङ्ख्या निकै कम थियो।”
  • कुनै व्यक्ति संरक्षित समूहको भए पनि वा नभए पनि उनका अगाडि “[संरक्षित समूहका मान्छे] किरा-फट्याङ्ग्रा हुन्!” भनेर चिच्याउनु।
  • माथि उल्लेख गरिएका कुनै पनि विशेषता भएको समूहमा हिंसा वा घृणालाई बढावा दिन विकास वा परिमार्जन गरिएको ("संशोधित") भिडियो गेम सामग्री।

कृपया यी कुरा केही उदाहरणहरू मात्र हुन् भन्ने कुरा याद राख्नुहोस्। तपाईंलाई कुनै कन्टेन्टले यो नीतिको उल्लङ्घन गर्छ जस्तो लाग्छ भने सो कन्टेन्ट पोस्ट नगर्नुहोला।

कुनै कन्टेन्टले यो नीतिको उल्लङ्घन गरेका खण्डमा के हुन्छ

तपाईंको कन्टेन्टले यो नीतिको उल्लङ्घन गरेका खण्डमा हामी सो कन्टेन्ट हटाउने छौँ र तपाईंलाई इमेल पठाएर त्यसका बारेमा जानकारी गराउने छौँ। हामीले तपाईंले पोस्ट गरेको लिंक सुरक्षित छ भन्ने कुरा पुष्टि गर्न नसकेका खण्डमा हामी सो लिंक हटाउन सक्छौँ। भिडियोमै वा भिडियोको मेटाडेटामा नीतिको उल्लङ्घन गर्ने URL हरू पोस्ट गरिएका छन् भने त्यस्तो भिडियो हटाइन सक्छ भन्ने कुरा ख्याल गर्नुहोस्।

तपाईंले पहिलो पटक हाम्रो आचारसंहिताको उल्लङ्घन गर्नुभएको हो भने तपाईंको च्यानललाई कारबाही नगरिकन तपाईंलाई चेतावनी मात्र दिइन सक्छ। तपाईं नीतिसम्बन्धी तालिम लिन सक्नु हुने छ र तपाईंले सो तालिम लिनुभयो भने यो चेतावनीको म्याद ९० दिनपछि सकिने छ। ९० दिनको समयावधि चेतावनी दिइनासाथ सुरु हुने नभई तालिम पूरा भएपछि सुरु हुने छ। तर तपाईंले ९० दिनको अवधिभित्र फेरि सोही नीतिको उल्लङ्घन गरेका खण्डमा यो चेतावनी कायम रहन सक्छ र तपाईंको च्यानलमा स्ट्राइक लगाइन सक्छ। उक्त तालिम पूरा गरेपछि तपाईंले अर्कै नीतिको उल्लङ्घन गर्नुभयो भने तपाईंलाई अर्को चेतावनी दिइने छ।

९० दिनको अवधिमा तपाईंको च्यानलमा ३ वटा स्ट्राइक लागेका खण्डमा तपाईंको च्यानल बन्द गरिन सक्छ। हाम्रो स्ट्राइक सिस्टमका बारेमा थप जान्नुहोस्।

तपाईंले बारम्बार आचारसंहिता वा सेवाका सर्तहरूको उल्लङ्घन गर्नुभयो भने हामी तपाईंको च्यानल वा खाता बन्द गर्न सक्छौँ। यसका साथै, तपाईंले एकै पटक मात्र पनि हाम्रो सेवाको गम्भीर दुरुपयोग गर्नुभयो वा तपाईंको च्यानलले बारम्बार कुनै नीतिको उल्लङ्घन गर्‍यो भने पनि हामी तपाईंको च्यानल वा खाता बन्द गर्न सक्छौँ। हामी हाम्रा नीतिहरू बारम्बार उल्लङ्घन गर्ने प्रयोगकर्ताहरूलाई भविष्यमा नीतिसम्बन्धी तालिम लिने अवसर नदिन सक्छौँ। च्यानल वा खाता बन्द गर्ने बारेमा थप जान्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
6543127830539698081
true
खोजसम्बन्धी मद्दत केन्द्र
false
true
true
true
true
true
59
false
false
false
false
false