नयाँ खरिद गर्दा विफल भएको वा अस्वीकार गरिएको भुक्तानीसम्बन्धी समस्या समाधान गर्नुहोस्

तपाईंले YouTube मा खरिद गर्न खोज्दा तपाईंको भुक्तानी अस्वीकार गरियो वा सफल हुन सकेन भने तलका अवस्थाहरूमध्ये कुन चाहिं अवस्था तपाईंको समस्यासँग मेल खान्छ पहिचान गर्नुहोस् र सुझावित कदमहरू चाल्नुहोस्। तपाईं आफ्नो सदस्यताको मासिक भुक्तानी गर्दा शुल्क अस्वीकार गरिने समस्याबारे मद्दत खोज्दै हुनुहुन्छ भने यहाँ गई थप पढ्नुहोस्।

क्रेडिट र डेबिट कार्डसम्बन्धी समस्याहरू समाधान गर्नुहोस्

क्रेडिट र डेबिट कार्ड प्रयोग गर्दा तपाईंले तल दिइएजस्ता केही सामान्य त्रुटिसम्बन्धी सन्देशहरू देख्न सक्नुहुन्छ:

  • "कार्ड अस्वीकार गरियो"
  • "कार्डसम्बन्धी यो जानकारी सच्याउनुहोस् वा अर्को कुनै कार्ड प्रयोग गरी हेर्नुहोस्।"
  • "कार्डको म्याद सकिएको छ"
  • "कृपया तपाईंको कार्डसम्बन्धी जानकारी पुष्टि गरी फेरि प्रयास गर्नुहोस्।"

तपाईंले तलका मध्ये कुनै वा यस्तै किसिमको त्रुटिसम्बन्धी सन्देश देख्नुभयो भने निम्न कदमहरू चाली हेर्नुहोस्:

तपाईंको कार्डसम्बन्धी जानकारी अद्यावधिक छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्

म्याद सकिएको क्रेडिट कार्ड वा गलत बिलिङ ठेगानाको कारण प्रायः भुक्तानी असफल हुने गर्छ। तपाईं आफूले Google Pay मा राखेका भुक्तानी विधिहरू र तिनको म्याद सकिने मिति हेर्न सक्नुहुन्छ। सूचीको कुनै भुक्तानी विधिमा भएको "सम्पादन गर्नुहोस्" क्लिक गरेर पनि तपाईंको zip कोड बिलिङ ठेगानामा भएको zip कोडसँग मेल खान्छ कि खाँदैन भनेर हेर्न सक्नुहुन्छ।

तपाईंको कुनै भुक्तानी विधिको म्याद सकिएको छ भने यी कदमहरू फलो गरेर त्यसलाई हटाउनुहोस् र त्यसपछि नयाँ भुक्तानी विधि थप्नुहोस्। नयाँ भुक्तानी विधि थपेपछि वा आफ्नो zip कोड अपडेट गरेपछि फेरि खरिद गर्ने प्रयास गर्नुहोस्।

अनुरोध गरिएको जानकारी पेस गर्नुहोस्

तपाईंले थप जानकारी Google लाई पेस गर्न अनुरोध गरेको त्रुटिसम्बन्धी सन्देश देख्नुभएमा कृपया दिइएका निर्देशन फलो गरी ती विवरणहरू पेस गर्नुहोस्। उदाहरणका लागि, आफ्नो Google खाता प्रयोग गरेर खरिद गर्नुअघि तपाईंले Google Pay मा आफ्नो पहिचान पुष्टि गर्नु पर्ने हुन सक्छ।

अलर्टहरू वा खाताको समस्या समाधान गर्नेसम्बन्धी अनुरोधहरू आएका छन् कि भनेर तपाईं जुनसुकै बेला Google Pay जाँच गर्न पनि सक्नुहुन्छ।

तपाईंसँग खरिद गर्न पर्याप्त रकम छ कि छैन जाँच गर्नुहोस्

कहिलेकहीँ पर्याप्त रकम भएन भने करोबार अस्वीकार गरिन्छ। तपाईंसँग खरिद गर्न पुग्ने पर्याप्त रकम छ भन्ने कुरा सुनिश्चित गर्न आफ्नो खाता जाँच गर्नुहोस्।

नोट: तपाईंले ट्रायलको लागि साइन अप गर्नुभयो भने तपाईंको खातामा अधिकार दिने कार्य होल्डमा छ भनेर देख्न सक्नुहुन्छ। भुक्तानी विधि वैध छ भन्ने कुरा सुनिश्चित गर्न यसरी होल्ड गरिन्छ। तपाईंको बैंकले स्वतः यो होल्ड हटाउने छ र केही समयपछि रकम फिर्ता गर्ने छ। तर तपाईंको खातामा होल्ड रकम छैन भने तपाईंले साइन अप गर्न सक्नुहुन्न। तपाईं यहाँ गई अधिकार दिने कार्य होल्डका बारेमा थप जान्न सक्नुहुन्छ।

आफ्नो बैंक वा कार्ड जारीकर्तालाई सम्पर्क गर्नुहोस्

तपाईंको कार्डमा केही खास प्रतिबन्धहरू भएकोले भुक्तानी हुन नसकेको हुन सक्छ। तपाईंको कार्ड जारी गर्ने बैंक वा कम्पनीलाई सम्पर्क गरेर कारोबारको बारेमा सोध्नुहोस् र भुक्तानी अस्वीकार हुनुको कारण तिनीहरूलाई थाहा छ कि सोध्नुहोस्।

तपाईं संयुक्त राज्य अमेरिकाभन्दा बाहिर हुनुहुन्छ भने तपाईंको कार्ड र बैंकमार्फत अन्तर्राष्ट्रिय कारोबारहरू गर्न मिल्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्। तपाईंको देशअनुसार, तपाईंको कार्ड अनलाइन कारोबारको लागि प्रयोग गर्ने अधिकार दिन तपाईंले आफ्नो बैंकलाई सम्पर्क गर्नु पर्ने पनि हुन सक्छ।

अर्को भुक्तानी विधिमार्फत भुक्तानी गर्ने प्रयास गर्नुहोस् 

  • तपाईंले प्रयोग गर्न कोसिस गरेको पहिलो भुक्तानी विधिले काम गरेन भने अर्को विधि प्रयास गर्न सक्नुहुन्छ। खरिद स्क्रिनमा फर्कनुहोस् र अर्को भुक्तानी विधि चयन गर्नुहोस् वा थप्नुहोस्।

  • तपाईंले YouTube मा खरिद गर्दा खरानी रङले भरिएको भुक्तानी विधि देख्नुभयो भने यसको मतलब उक्त खरिदको लागि त्यो भुक्तानी विधि वैध छैन भन्ने हो। तपाईंको खरिद सम्पन्न गर्न अर्कै भुक्तानी विधि प्रयोग गर्नुहोस्।

सुझाव: YouTube मा खरिद गर्दा अझै पनि भुक्तानी विधिसम्बन्धी समस्या भइरहेको छ भने तपाईंले Google Play ब्यालेन्समार्फत (तपाईंको देशमा यो उपलब्ध छ भने) भुक्तानी गर्ने कि भनेर विचार गर्न सक्नुहुन्छ। कुन-कुन देशमा Google Play ब्यालेन्स उपलब्ध छ भन्ने कुरा तपाईं यहाँ भेट्टाउन सक्नुहुन्छ।

सुरुमा आफ्नो Google Play ब्यालेन्समा पैसा हाल्नुहोस् र त्यसपछि आफ्नो भुक्तानी विधिको रूपमा "Google Play ब्यालेन्स" विकल्प चयन गर्नुहोस्। तपाईं आफ्नो Google Play ब्यालेन्स रिडिम गर्नेबारे थप पढ्न पनि सक्नुहुन्छ।

अन्य भुक्तानी विधिसम्बन्धी समस्याहरू (जस्तै मोबाइल सेवा प्रदायकको बिलिङ)

सेवा प्रदायकको बिल भुक्तानी गर्ने सोझो सेवा वा प्रयोग गर्न मिल्ने अन्य भुक्तानी विधिमार्फत रकम भुक्तानी गर्दा आउने समस्याहरू निवारण गर्नका लागि तल दिइएका हाम्रा सुझावहरू हेर्नुहोस्।

मोबाइल सेवा प्रदायकको बिलिङ (सेवा प्रदायकको बिल भुक्तानी गर्ने सोझो सेवा)

सेवा प्रदायकको बिल भुक्तानी गर्ने सोझो सेवाको बिलिङसम्बन्धी समस्याहरू निवारण गर्नेबारे हाम्रो लेखमा जानुहोस्।

अन्य भुक्तानी विधिहरू

कुनै खास भुक्तानी विधिहरू प्रयोग गर्दा तपाईंले यस्तो सन्देश देख्न सक्नु हुन्छ: "तपाईंको खातासम्बन्धी समस्याको कारण तपाईंको भुक्तानी अस्वीकार गरियो।"
तपाईंले यो सन्देश देख्नुका कारणहरू यी हुन सक्छन्:
  • हामीले तपाईंको भुक्तानी प्रोफाइलमा शंकास्पद कारोबार देखेकोले।
  • तपाईंको खातालाई ठगीबाट जोगाउन हामीलाई केही थप जानकारी चाहिएकोले।
  • EU को कानुन (युरोपेली सङ्घका सदस्य राष्ट्रका ग्राहकहरूका लागि मात्र) पालना गर्न हामीलाई केही थप जानकारी चाहिएकोले।

केही अलर्टहरू वा खाताको समस्या समाधान गर्नेसम्बन्धी अनुरोधहरू आएका छन् कि भनेर Google Pay मा हेर्नुहोस्। उदाहरणका लागि, आफ्नो Google खाता प्रयोग गरेर खरिद गर्नुअघि तपाईंले Google Pay मा आफ्नो पहिचान पुष्टि गर्नु पर्ने हुन सक्छ। कुनै पनि सक्रिय अलर्ट वा अनुरोधहरू छैनन् भने तपाईंको नाम, ठेगाना र भुक्तानीसम्बन्धी जानकारी अप-टु-डेट छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्।

अब गर्न सकिने कारबाहीहरू

तपाईंले आफ्नो भुक्तानीसम्बन्धी जानकारी अपडेट गरिसकेपछि कृपया फेरि खरिद गर्ने प्रयास गर्नुहोस्। हामी तपाईंलाई फेरि स्वतः शुल्क लगाउने प्रयास गर्ने छैनौँ।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
14515267144144073057
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false