प्रयोगकर्ताहरूलाई च्यानलबाट लुकाउने सम्बन्धमा

तपाईं आफ्नो च्यानलका दर्शकमध्ये निश्चित दर्शकहरूलाई लुकाउन सक्नुहुन्छ।

तपाईंले कसैलाई लुकाउनुभयो भने उहाँका कमेन्टहरू तपाईंको च्यानलका साथै YouTube Studio को कमेन्टहरू नामक पेजमा देखिँदैनन्। तपाईंले यसो गर्नुभयो भने उहाँ तपाईंका भिडियो वा लाइभ स्ट्रिमबाट क्लिपहरू बनाउन पनि सक्नुहुन्न।

दुरुपयोग, उत्पीडन, अनुचित सामग्री वा गोपनीयतासम्बन्धी गुनासोका बारेमा रिपोर्ट गर्न सुरक्षा केन्द्रमा जानुहोस्।

प्रयोगकर्तालाई लुकाउनुहोस्

कसैलाई आफ्नो च्यानलबाट लुकाउन:

  1. YouTube मा साइन इन गर्नुहोस्।
  2. उक्त व्यक्तिले तपाईंको च्यानल वा भिडियोमा गरेको कमेन्ट भेट्टाउनुहोस्।
  3. उक्त कमेन्टको छेउमा रहेको थप and then प्रयोगकर्तालाई च्यानलबाट लुकाउनुहोस् चयन गर्नुहोस्।

YouTube Studio मा गई प्रयोगकर्तालाई लुकाउने तरिका

YouTube Studio मा गई कसैलाई आफ्नो च्यानलबाट लुकाउन:

  1. कुनै प्रयोगकर्ताको च्यानलको होमपेजमा गई उक्त प्रयोगकर्ताको च्यानलको URL भेट्टाउनुहोस्।
  2. YouTube Studio मा जानुहोस्।
  3. बायाँ मेनुमा गई सेटिङ and then समुदाय चयन गर्नुहोस्।
  4. “स्वचालित फिल्टरहरू” खण्डअन्तर्गत “लुकाइएका प्रयोगकर्ताहरू” बक्समा उक्त च्यानलको URL पेस्ट गर्नुहोस्।
  5. सेभ गर्नुहोस् चयन गर्नुहोस्।

आफूले लुकाएका प्रयोगकर्ताहरू भेट्टाउनुहोस्

तपाईंले लुकाएका दर्शकहरूको सूची YouTube Studio मा उपलब्ध हुन्छ। उक्त सूची भेट्टाउन:

  1. YouTube Studio मा साइन इन गर्नुहोस्।
  2. बायाँ मेनुमा गई सेटिङ and then समुदाय चयन गर्नुहोस्।
  3. “स्वचालित फिल्टरहरू” खण्डअन्तर्गत “लुकाइएका प्रयोगकर्ताहरू” बक्समा सूचीकृत गरिएका तपाईंले लुकाएका प्रयोगकर्ताहरू हेर्नुहोस्।

प्रयोगकर्ता देखाउने तरिका

कसैले गर्ने नयाँ कमेन्टहरू देखाउने प्रयोजनका लागि तपाईं "लुकाइएका प्रयोगकर्ताहरू" नामक सूचीबाट उक्त प्रयोगकर्तालाई हटाउन सक्नुहुन्छ। कसैलाई देखाउन:

  1. YouTube Studio मा साइन इन गर्नुहोस्।
  2. बायाँ मेनुमा गई सेटिङ and then समुदाय चयन गर्नुहोस्।
  3. "लुकाइएका प्रयोगकर्ताहरू" बक्समा आफूले देखाउन चाहेको प्रयोगकर्ताको नाम भेट्टाउनुहोस्।
  4. उक्त प्रयोगकर्ताको नामको छेउमा रहेको हटाउनुहोस् चयन गर्नुहोस्।
  5. सेभ गर्नुहोस् चयन गर्नुहोस्।

प्रयोगकर्तालाई लुकाउने तरिकाका बारेमा थप जान्नुहोस्

तपाईंले कसैलाई लुकाउनुभयो भयो भने के हुन्छ?

उक्त च्यानलले यसअघि तपाईंका भिडियोमा गरेका सबै कमेन्ट ४८ घण्टाभित्र लुकाइने छन्।

तपाईंले कसैलाई लुकाउनुभयो भने उक्त प्रयोगकर्तालाई सूचित गरिन्छ?

अहँ। तपाईंले कसैलाई लुकाउनुभयो भने उक्त प्रयोगकर्ता सूचना प्राप्त गर्नुहुन्न।

तपाईंले कसैलाई देखाउनुभयो भने के हुन्छ?

उक्त च्यानलमार्फत भविष्यमा तपाईंका भिडियोमा गरिने सबै कमेन्टहरू तपाईंका भिडियो र YouTube Studio मा देखिने छन्।
उक्त व्यक्तिले यसअघि तपाईंका भिडियोमा गरेका कमेन्टहरू भने अझै पनि लुकाइन्छन्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
13667398128680076883
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false