उमेरको हदबन्दी लगाइएको सामग्री

कहिलेकाहीँ कुनै सामग्री हाम्रो आचारसंहिता अनुरूप नै भए तापनि उक्त सामग्री YouTube का सेवाका सर्तहरू अनुरूप नहुन सक्छ वा १८ वर्षभन्दा कम उमेरका दर्शकका लागि उपयुक्त नहुन सक्छ। यस्ता अवस्थाहरूमा हामी उक्त भिडियोमा उमेरको हदबन्दी लगाउन सक्छौँ। यो नीति भिडियो, भिडियोसम्बन्धी विवरण, कमेन्ट, लाइभ स्ट्रिम तथा YouTube का अन्य उत्पादन वा सुविधामा लागू हुन्छ।

उमेरको हदबन्दीका बारेमा थप जान्नुहोस्

कस्ता सामग्रीहरूमा उमेरको हदबन्दी लाग्छ भन्ने बारेमा तल विस्तृत जानकारी दिइएको छ। तपाईंको सामग्रीमा यीमध्ये कुनै एक विषयवस्तुहरू छन् भने हामी उमेरको हदबन्दी लगाउन सक्छौँ। हामीले उमेरको हदबन्दी लाग्न सक्ने सामग्रीका उदाहरणहरू तल दिएका छौँ। यी विषयवस्तुहरूलाई स्पष्ट पार्ने उदाहरणहरू प्राप्त गर्न नीति खण्डमा क्लिक गर्नुहोस्। यो सूची पूरा सूची होइन भन्ने कुरा याद राख्नुहोस्।

बाल सुरक्षा

  • केटाकेटीहरूले सजिलै नक्कल गर्न सक्ने, वयस्कहरू खतरनाक गतिविधिमा भाग लिएको भिडियो। जस्तै: विस्फोटक पदार्थ चलाएको वा शारीरिक चोटपटक लाग्न सक्ने चुनौती समावेश भएका भिडियो
  • वयस्क दर्शकहरूलाई लक्षित गरी बनाइएको तर दर्शकहरू पारिवारिक सामग्री भनेर सजिलै झुक्किन सक्ने सामग्री।
नोट:: तपाईंले सेटिङमा गएर "बालबालिकाका लागि बनाइएको" भन्ने विकल्प रोज्नुभएको छ भने पनि त्यसले तपाईंका भिडियोहरूमा लागेको उमेरको हदबन्दीलाई असर गर्दैन।

हानिकारक वा खतरनाक गतिविधिहरूका साथै कानुनद्वारा नियमन गरिएका वस्तुहरू वा लागु पदार्थ

  • दर्शकले भिन्नता बताउन नसक्ने एकदमै वास्तविक देखिने खालको हानिकारक प्र्याङ्क भिडियो।
  • गाँजा पसलको प्रवर्धन गर्ने भिडियो

नग्नता देखाइएका तथा यौनोत्तेजक सामग्री

  • यौन क्रियाकलाप गर्न उक्साउने भिडियो। जस्तै: उत्तेजक नृत्य वा यौनाङ्ग सुमसुमाउने काम
  • दर्शकमा यौन उत्तेजना जगाउने उद्देश्यले पोज दिएको दृश्य समावेश भएको भिडियो
  • सार्वजनिक रूपमा लगाउन अनुपयुक्त पहिरन लगाएको भिडियो। जस्तै भित्री कपडा लगाएको भिडियो

हिंसात्मक वा ग्राफिक कन्टेन्ट

  • ठूलो सडक दुर्घटनाबाट बाँचेका घाइतेहरू देखाएको भिडियो
  • हिंसात्मक वा रक्तपापूर्ण दृश्यमा केन्द्रित भिडियो। जस्तै: कुनै फ्लिम वा भिडियो गेमको सबैभन्दा विचलित पार्ने भागमा केन्द्रित गरिएको भिडियो

अश्लील भाषा

  • शीर्षक, थम्बनेल वा सम्बन्धित मेटाडेटामा असाध्यै अश्लील गालीगलौज प्रयोग गरिएको भिडियो
  • सामग्रीबाट सन्दर्भ निकालेर बनाइएको सङ्ग्रह वा क्लिपजस्ता अश्लील गालीगलौजको प्रयोगमा केन्द्रित भिडियो

कुनै सामग्रीमा उमेरको हदबन्दी लागेको छ भने के हुन्छ?

१८ वर्षभन्दा कम उमेरका वा साइन इन अवस्थामा नरहेका प्रयोगकर्ताहरूले उमेरको हदबन्दी लगाइएका भिडियोहरू हेर्न सक्दैनन्। त्यस्तै, उमेरको हदबन्दी लगाइएका भिडियोहरू धेरैजसो तेस्रो पक्षीय वेबसाइटहरूमा हेर्न मिल्दैन। कसैले इम्बेडेड प्लेयरजस्ता अर्को वेबसाइटमा उमेरको हदबन्दी लागेको भिडियो हेर्न खोज्दा निजलाई रिडिरेक्ट गरेर YouTube वा YouTube Music मा लगिने छ। उनले साइन इन गरेर वा उनी १८ वर्षका पुगेका छन् भने मात्र उनी सो सामग्री हेर्न पाउँछन्। यो प्रक्रियाले कुनै भिडियो जहाँसुकै भेट्टाइएको भए पनि YouTube द्वारा होस्ट गरिएको हो भने उपयुक्त दर्शकहरूले मात्र त्यो हेर्न सक्ने छन् भन्ने कुरा सुनिश्चित गर्छ।

तपाईंलाई हामीले भूलवस त्यसो गरेका छौँ जस्तो लाग्छ भने तपाईं उमेरको हदबन्दीविरुद्ध अपिल गर्न सक्नुहुन्छ।

मनिटाइजेसन र उमेरको हदबन्दी

तपाईंको च्यानल विज्ञापनका लागि योग्य छ भने आफूले हाम्रो विज्ञापनदाता मैत्री सामग्रीसम्बन्धी मार्गनिर्देशनहरू पढेको भन्ने कुरा सुनिश्चित गर्नुहोस्। उमेरको हदबन्दी लागेका भिडियोहरूमा विज्ञापन राखेर मनिटाइज गर्न सकिन्छ। केही विज्ञापनदाताहरू परिवारमैत्री सामग्री वा माथि उल्लेख गरिएका विषयवस्तुबाहेकका सामग्रीमा विज्ञापन गर्न रुचाउँछन्। यस्तो अवस्थामा तपाईंको भिडियोमा सीमित विज्ञापन मात्र देखाउन पाइने वा विज्ञापन नै देखाउन नपाइने हुन सक्छ।

कहिलेकाहीँ कुनै सामग्री हाम्रो आचारसंहिता अनुरूप नै भए तापनि उक्त सामग्री YouTube का सेवाका सर्तहरू अनुरूप नहुन सक्छ वा १८ वर्षभन्दा कम उमेरका दर्शकका लागि उपयुक्त नहुन सक्छ।

तपाईंको सामग्रीमा उमेरको हदबन्दी लगाइएको छ कि छैन भन्ने कुरा हेर्ने तरिका

तपाईं YouTube Studio मा गएर 'उमेरको हदबन्दी' सम्बन्धी फिल्टर प्रयोग गरी आफ्नो सामग्रीमा उमेरको हदबन्दी लाग्छ कि लाग्दैन छैन भनेर पक्का गर्न सक्नुहुन्छ। साथै, आफ्नो भिडियो पेजको हदबन्दी कोलमबाट ”उमेरको हदबन्दी” लागेको छ कि छैन पक्का गर्न सक्नुहुन्छ।हाम्रा प्रणाली निरन्तर रूपमा अपडेट भइरहेका हुन्छन्। हामीले तपाईंको मूल्याङ्कनसँग नमिल्ने कुनै कुरा फेला पाऱ्यौँ भने तपाईंको सामग्रीमा उमेरको हदबन्दी लाग्न सक्छ।

१८ वर्षभन्दा बढी उमेरका र साइन इन भएका दर्शकहरूले भिडियोको वर्णनमा हेरेर भिडियोमा उमेरको हदबन्दी लागेको छ कि छैन भनेर थाह पाउन सक्छन्। उमेरको हदबन्दी लगाइएका भिडियो हेर्ने तरिकाका बारेमा थप जान्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
1488944768099024313
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false