भिडियो विज्ञापनमा उपलब्ध अन्तर्क्रियात्मक सुविधासम्बन्धी जानकारी

तपाईं आफ्ना दर्शकहरूमाझ पुग्न र जागरुकता बढाउनका लागि भिडियो विज्ञापन देखाइरहनुभएको छ भने तपाईं अन्तर्क्रियात्मक सुविधाहरू प्रयोग गरेर दर्शकहरूको अन्तर्क्रिया बढाउन सक्नुहुन्छ।

तपाईंले अन्तर्क्रियात्मक एलिमेन्टहरू समावेश गर्नुभयो भने दर्शकहरूले तपाईंको भिडियो विज्ञापन हेर्ने र ती विज्ञापनको आनन्द लिने मात्र नभएर तपाईंको ब्रान्डसँग अझ गहन रूपमा अन्तर्क्रिया गर्ने अवसर प्राप्त गर्छन्। तपाईंले आफ्ना भिडियो विज्ञापनमा अन्तर्क्रियात्मक सुविधाहरू समावेश गर्नुभयो भने तपाईं विज्ञापनसम्बन्धी विशेष लक्ष्यहरू (जस्तै, तपाईंको ब्रान्डका बारेमा जागरुकता बढाउने, तपाईंको वेबसाइट हेर्ने दर्शकहरूको सङ्ख्या बढाउने वा दर्शकहरूलाई उत्पादन खरिद गर्न प्रोत्साहित गर्ने) हासिल गर्ने गरी विज्ञापनहरू देखाउन सक्नुहुन्छ।

ध्यान दिनु पर्ने कुरा: केही अन्तर्क्रियात्मक सुविधाहरू सबै डिभाइस र प्लेटफर्ममा उपलब्ध नहुन सक्छन्।

प्रयोग गर्न मिल्ने अन्तर्क्रियात्मक सुविधाहरू

Google Ads प्रयोग गरेर

  • स्वतः बनाइने इन्ड स्क्रिन: आफ्नो भिडियो विज्ञापनको अन्त्यमा दर्शकहरूलाई एप इन्स्टल गर्ने जस्ता कार्य गर्न प्रोत्साहित गर्ने खालका स्वतः बनाइने स्क्रिन देखाउनुहोस्।
  • कल-टु-एक्सन बटन: कल-टु-एक्सन बटन समावेश गरेर दर्शकलाई तपाईंको वेबसाइटमा जान प्रोत्साहित गर्नुहोस्।
  • एसेटहरू: आफ्नो व्यवसायका बारेमा थप जानकारी प्रदान गर्नुहोस् (जस्तै, तपाईंको वेबसाइटको विशेष भागमा लिंकहरू हाल्नुहोस् वा मान्छेहरूले उनीहरूको सम्पर्क जानकारी हाल्न सकून् भन्नाका लागि लिड फाराम हाल्नुहोस्)।
  • Merchant Center बाट प्राप्त उत्पादनको फिड: उत्पादनको अन्तर्क्रियात्मक फिड (Merchant Center मार्फत बनाइएको) का सहायताले आफ्नो भिडियो विज्ञापनलाई भर्चुअल स्टोरफ्रन्टमा रूपान्तरण गर्नुहोस्।
  • सम्बन्धित भिडियोहरू: YouTube मा भिडियो विज्ञापन प्ले भइरहेका बेला उक्त विज्ञापनसँग सम्बन्धित भिडियोहरूको सूची देखाउनुहोस्।

YouTube Studio प्रयोग गरेर

  • इन्ड स्क्रिन: दर्शकहरूलाई तपाईंको ब्रान्डसँग अझ बढी अन्तर्क्रिया गर्न प्रोत्साहित गर्ने प्रयोजनका लागि YouTube भिडियोमा इन्ड स्क्रिनहरू बनाउनुहोस्।
ध्यान दिनु पर्ने कुरा: तपाईंका भिडियो विज्ञापनमा अन्तर्क्रियात्मक सुविधाहरू प्रयोग गर्दा अनिवार्य रूपमा Google Ads का नीतिहरू पालना गर्नु पर्ने हुन्छ।

यी अन्तर्क्रियात्मक सुविधाहरूका बारेमा थप जान्न तलको खण्ड एक्स्पान्ड गर्नुहोस्।

कल-टु-एक्सन बटन

कल-टु-एक्सन बटनले दर्शकहरूलाई तपाईंको वेबसाइटमा जान प्रोत्साहित गर्छ। तपाईं भिडियो विज्ञापन बनाउने बेलामा "कल-टु-एक्सन" फिल्डमा टेक्स्ट हालेर कल-टु-एक्सन बटन सेटअप गर्न सक्नुहुन्छ। तपाईं "मूल्यसूची प्राप्त गर्नुहोस्", "अहिले नै बुक गर्नुहोस्" वा "साइन अप गर्नुहोस्" जस्ता विशेष प्रयोजनका लागि कल-टु-एक्सन बटन कस्टमाइज गर्न सक्नुहुन्छ।
दर्शकहरू YouTube मा भिडियो विज्ञापन हेर्दै गर्दा फोन, कम्प्युटर र टिभीबाट कल-टु-एक्सन बटनमा क्लिक गर्न सक्छन्।

दर्शकहरू मोबाइल र डेस्कटपबाट कल-टु-एक्सन बटन चयन गरी ब्राउजरमार्फत कुनै वेबसाइटमा जान सक्छन्।

Example ad displayed on a YouTube watch page on a mobile phone

Example ad displayed on the YouTube watch page for desktop computers

दर्शकहरू टिभीमा चल्ने एपमार्फत YouTube मा साइन इन अवस्थामा भएका बेला कल-टु-एक्सन बटन चयन गरी उनीहरूको मोबाइल डिभाइसमा लिंक पठाउन र मोबाइल डिभाइसमा भएको ब्राउजरबाट तपाईंको वेबसाइट एक्सेस गर्न सक्छन्। "ब्रान्डप्रतिको जागरुकता र पहुँच" र उत्पादन तथा ब्रान्डप्रतिको विचार" लक्ष्यहरू प्रयोग गर्ने भिडियो क्याम्पेनका हकमा मात्र टिभीमा कल-टु-एक्सन बटन प्रयोग गर्न मिल्छ।
An illustration that provides an example of a skippable in-stream ad.

इन्ड स्क्रिनहरू

इन्ड स्क्रिन २ प्रकारका हुन्छन्: स्वतः बनाइने इन्ड स्क्रिन र YouTube इन्ड स्क्रिन। स्वतः बनाइने इन्ड स्क्रिन Google Ads मा बनाइन्छ र तपाईंका भिडियो विज्ञापनमा देखाइन्छ। YouTube इन्ड स्क्रिन YouTube Studio मा बनाइन्छ र तपाईंको च्यानलमा भएका भिडियो र तपाईंका भिडियो विज्ञापनमा देखाउन सकिन्छ।

स्वतः बनाइने इन्ड स्क्रिनहरू

स्वतः बनाइने इन्ड स्क्रिनले दर्शकहरूलाई कारबाही गर्न (जस्तै, तपाईंको मोबाइल एप इन्स्टल गर्ने वा तपाईंका उत्पादन खरिद गर्ने) प्रोत्साहित गर्ने जानकारी उपलब्ध गराएर तपाईंको विज्ञापनको पर्फर्मेन्स बढाउन मद्दत गर्छ। तपाईंका क्याम्पेनबाट प्राप्त जानकारी प्रयोग गरेर स्वतः बनाइने इन्ड स्क्रिन Google Ads मा स्वतः बनाइन्छ र भिडियो विज्ञापनको अन्त्यमा केही सेकन्ड देखाइन्छ। जस्तै, कुनै एप क्याम्पेनको इन्ड स्क्रिनमा तपाईंको एप इन्स्टल गर्ने लिंकका साथै उक्त एपसम्बन्धी निश्चित विवरणहरू (जस्तै, नाम र मूल्य) देखाइने छ।
ध्यान दिनु पर्ने कुरा: इन्ड स्क्रिन स्वतः बनाउने सुविधा अन गरिएका बेला YouTube इन्ड स्क्रिन देखाइँदैन।

YouTube इन्ड स्क्रिनहरू

तपाईं आफ्नो Google खातामार्फत YouTube Studio प्रयोग गरी YouTube मा आफ्ना भिडियोका अन्त्यमा हाल्नका लागि कस्टम इन्ड स्क्रिनहरू बनाउन सक्नुहुन्छ। तपाईंको भिडियो २५ सेकेन्डभन्दा लामो छ भने मात्र तपाईंको भिडियोमा इन्ड स्क्रिन हाल्न मिल्छ। तपाईं ती इन्ड स्क्रिन प्रयोग गरी दर्शकहरूको सङ्ख्या बढाउन र निम्न कार्य गर्न सक्नुहुन्छ:

  • दर्शकहरूलाई YouTube मा भएका अन्य भिडियो, प्लेलिस्ट वा च्यानलमा लैजान
  • आफ्नो च्यानल सब्स्क्राइब गर्न प्रोत्साहित गर्न
  • आफ्नो वेबसाइट, व्यापारिक सामान र क्राउडफन्डिङ क्याम्पेनहरूको प्रवर्धन गर्न

YouTube भिडियोमा इन्ड स्क्रिन हाल्ने तरिकाका बारेमा थप जान्नुहोस्

एसेटहरू

आफ्ना विज्ञापनहरू एक्स्पान्ड गर्न र मान्छेहरूलाई तपाईंको व्यवसायसँग अन्तर्क्रिया गर्ने थप कारणहरू देखाउन एसेटहरू हाल्नुहोस्। एसेटले तपाईंको विज्ञापनमा व्यवसायसम्बन्धी उपयोगी जानकारी (जस्तै, उपयोगी लिंकहरू) समावेश गर्छ।
तपाईं भिडियो विज्ञापनमा निम्न कुरा समावेश गर्न सक्नुहुन्छ:
  • साइटलिंक एसेटहरू: साइटलिंक एसेटले मान्छेहरूलाई तपाईंको साइटको खास पेज (जस्तै, कुनै विशेष उत्पादन वा स्टोर खुला रहने समयसम्बन्धी जानकारी दिने पेज) मा लैजान्छन्। तपाईंका लिंकमा क्लिक गर्ने व्यक्तिलाई सीधै ती व्यक्तिले जान्न चाहेको कुरा वा खरिद गर्न चाहेको उत्पादनको पेजमा लगिने छ।
  • लिड फाराम एसेटहरू: तपाईं लिड फाराम एसेटका सहायताले मान्छेहरूलाई सीधै तपाईंको विज्ञापनमा जानकारी (जस्तै, इमेल ठेगाना वा फोन नम्बर) पेस गर्ने सुविधा प्रदान गरेर सम्भावित ग्राहकहरूको सङ्ख्या बढाउन सक्नुहुन्छ।
    ​​​​Lead forms convergence, video example
  • लोकेसन एसेटहरूअफिलिएट लोकेसन एसेटहरू: लोकेसन एसेटहरूले तपाईंका विज्ञापनमा तपाईंको ठेगाना, तपाईंको लोकेसनको नक्सा वा तपाईंको व्यवसाय भएको ठाउँको दूरी समावेश गरेर मान्छेहरूलाई तपाईंको व्यवसायका लोकेसनहरू पत्ता लगाउन मद्दत गर्न सक्छन्। तपाईं रिटेल चेन वा अटो डिलरमार्फत आफ्ना उत्पादनहरू बिक्री गर्नुहुन्छ भने तपाईं अफिलिएट लोकेसन एसेटहरू पनि सेटअप गर्न सक्नुहुन्छ। तपाईं यी एसेटका सहायताले मान्छेहरूलाई यी लोकेसनमा तपाईंका उत्पादनहरू भेट्टाउन मद्दत गर्न सक्नुहुन्छ।

उत्पादनका फिडहरू

Animation of a Video action campaign with products attached to it
तपाईं उत्पादनको फिड हाल्ने बेलामा YouTube भिडियो विज्ञापनहरूलाई भर्चुअल स्टोरफ्रन्टमा रूपान्तरण गर्न सक्नुहुन्छ। तपाईं यो सिर्जनशील एडअनका सहायताले आफ्ना भिडियो विज्ञापनमा ब्राउज गर्न सकिने उत्पादनको फोटो देखाउन सक्नुहुन्छ। यसले मान्छेहरूलाई तपाईंको उत्पादन खरिद गर्न प्रेरित गर्नुका साथै क्लिक तथा वार्तालापको सङ्ख्या बढाउन सक्छ।
तपाईं Merchant Center खातामा फिड सेटअप गरेपछि, सपिङसम्बन्धी विज्ञापन अन गरेपछि र आफ्नो Google Ads खातामा Merchant Center खाता लिंक गरेपछि मात्र आफ्नो भिडियो विज्ञापनमा उत्पादनको फिड प्रयोग गर्न सक्नुहुन्छ।

सम्बन्धित भिडियोहरू

An example of a video ad on YouTube, with related videos shown underneath
तपाईं YouTube मा विज्ञापन प्ले भइरहेका बेला भिडियो विज्ञापनको तल सम्बन्धित भिडियोहरूको सूची देखाउन सक्नुहुन्छ। तपाईं यी भिडियोका सहायताले तपाईंको मुख्य भिडियोमा उल्लेख गरिएको म्यासेज मान्छेहरूलाई अझ राम्रो तरिकाले देखाउन सक्नुहुन्छ। तपाईं हरेक क्याम्पेनमा २ देखि ५ वटा सम्बन्धित भिडियोहरू समावेश गर्न सक्नुहुन्छ। मोबाइल डिभाइसमा चल्ने YouTube एपमा भिडियो विज्ञापन प्ले भइरहेका बेला सम्बन्धित भिडियोहरू उक्त विज्ञापनको तल देखाइन्छन्।
"उत्पादन तथा ब्रान्डप्रतिको विचार" र "ब्रान्डप्रतिको जागरुकता र पहुँच" लक्ष्यहरू प्रयोग गरिएका क्याम्पेनमा सम्बन्धित भिडियोहरू हाल्न मिल्छ (वा तपाईं बिडिङसम्बन्धी CPV वा tCPM रणनीति प्रयोग गरेर लक्ष्यविनै भिडियो क्याम्पेन बनाउन सक्नुहुन्छ)।

भिडियो एक्सन क्याम्पेनमा अन्तरक्रियात्मक सुविधाहरू प्रयोग गर्नुहोस्

तपाईं भिडियो एक्सन क्याम्पेनका सहायताले एउटै स्वचालित क्याम्पेनबाट YouTube र YouTube बाहिरका थप ठाउँहरूमा अझ धेरै कन्भर्जन प्राप्त गर्न सक्नुहुन्छ। यो तरिका सरल र सस्तो छ। भिडियो एक्सन क्याम्पेनमा कल-टु-एक्सन बटन, साइटलिंक एसेट, लिड फाराम एसेट र उत्पादनका फिडहरू प्रयोग गर्न मिल्छ। तपाईं आफ्नो क्याम्पेनमा यी अन्तर्क्रियात्मक एलिमेन्टहरू प्रयोग गरेर मान्छेहरूलाई आफ्नो उत्पादन वा सेवाका बारेमा थप जान्न, उनीहरूको सम्पर्क जानकारी सेयर गर्न र तपाईंको व्यवसायका लागि महत्त्वपूर्ण हुने अन्य कारबाहीहरू गर्न प्रोत्साहित गर्न सक्नुहुन्छ। भिडियो एक्सन क्याम्पेनका बारेमा थप जान्नुहोस्

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
13862772661937269429
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false