YouTube Premium र Music Premium बाट फिर्ता रकम

रकम फिर्ता गर्नेसम्बन्धी नीतिहरूका बारेमा थप जान्नुहोस् र तपाईंको YouTube Premium वा YouTube Music Premium सदस्यताका लागि रकम फिर्ता गर्ने अनुरोध गर्नुहोस्।
तपाईंसँग सक्रिय सशुल्क सदस्यता छ भने रकम फिर्ता माग्न साइन इन गर्नुहोस्।
च्यानलको सदस्यताको रकम फिर्ता लिन खोज्दै हुनुहुन्छ? च्यानलका सदस्यता भनेको YouTube Premium र YouTube Music Premium को सदस्यता होइन। तपाईं कसरी रकम लिइन्छ भनी हेर्न, Google Play मार्फत रकम फिर्ता गर्ने अनुरोध गर्न वा Apple सेवा विभागमा सम्पर्क गर्न पनि सक्नुहुन्छ। 

YouTube Premium सदस्यताको सदस्यता शुल्क फिर्ता गर्न अनुरोध गर्नुहोस्

YouTube Premium र Music Premium का रकम फिर्ता गर्नेसम्बन्धी नीतिहरू

तपाईं जुनसुकै समय YouTube को सशुल्क सदस्यता रद्द गर्न सक्नुहुन्छ। रद्द गर्नुभयो भने तपाईंको सदस्यताको स्वतः नवीकरण हुने छैन। तपाईंले सदस्यता रद्द गरेपछि तपाईंसँग फेरि शुल्क लिइने छैन तर बिलिङ अवधिको अन्त्य नहुन्जेल तपाईं सदस्यताका लाभहरू भने लिइरहन सक्नु हुने छ। तपाईंले आफ्नो च्यानलको सदस्यता रद्द गरेको मिति र तपाईंको च्यानलको सदस्यता आधिकारिक रूपमा समाप्त हुने मिति बिचको अवधिको रकम तपाईंलाई फिर्ता गरिने छैन।

रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइसकेपछि तपाईं आफ्ना लाभहरू प्रयोग गर्न सक्नु हुने छैन। तपाईंले आफ्नो सदस्यता नवीकरण गर्ने निर्णय नगरुन्जेल तपाईंलाई फेरि शुल्क लगाइने छैन।

तपाईंले YouTube बाट खरिद गरेका भिडियो वा सुविधा चलेनन् भने तपाईं रकम फिर्ता पाउन योग्य हुन सक्नुहुन्छ। फिर्ता रकमसम्बन्धी अनुरोध स्वीकार गरियो भने हामी तपाईंको Premium सदस्यता हटाउने छौँ र तपाईंको पैसा यहाँ तोकिएको अवधिभित्र फिर्ता गरिने छ।

  • Google Play Billing को सन्दर्भमा भने तपाईं आफ्नो सदस्यता पज गर्न सक्नु हुने छैन। यसको साटो, तपाईं आफ्नो सदस्यता रद्द गर्न र जुनसुकै समयमा फेरि सदस्यता लिन सक्नुहुन्छ। कसरी रकम तिराइन्छ भन्ने बारेमा बुझ्न payments.google.com मा जानुहोस्। तपाईं तुरुन्तै आफ्नो YouTube को सशुल्क सदस्यता रद्द गर्न र रकम फिर्ता पाउन चाहनुहुन्छ भने YouTube को ग्राहक सेवा विभागमा सम्पर्क गर्नुहोस्
  • आंशिक रूपमा प्रयोग गरिएका प्रिपेड योजनाहरूको रकम फिर्ता हुँदैन। तपाईंले वार्षिक योजना वा अन्य प्रिपेड योजना खरिद गर्नुभएको छ र तपाईं मासिक पुनरावृत्ति योजना प्रयोग गर्न चाहनुहुन्छ भने तपाईं यी चरण पूरा गरेर त्यसो गर्न सक्नुहुन्छ। 

  • Apple स्टोरबााट गरिने खरिदहरूका लागि Apple बाट अनुमति लिनु पर्ने हुन्छ र यी खरिदका सम्बन्धमा पनि Apple कै रकम फिर्ता गर्नेसम्बन्धी नीतिहरू लागू हुन्छन्। आफ्नो सशुल्क च्यानलको सदस्यताको रकम फिर्ता माग्न Apple को ग्राहक सेवा विभागमा सम्पर्क गर्नुहोस्।
 

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
11829429328450427777
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false