Chrome मा उपलब्ध Gemini प्रयोग गर्ने तरिका

तपाईं Chrome मा उपलब्ध Gemini प्रयोग गरी आफ्नो ब्राउजरमा AI सहायता प्राप्त गर्न सक्नुहुन्छ। यसका सहायताले तपाईं सजिलैसँग मुख्य बुँदाहरू प्राप्त गर्न, अवधारणाहरू स्पष्ट पार्न, जवाफहरू खोज्न र अन्य कार्य गर्न सक्नुहुन्छ। सबैभन्दा सान्दर्भिक जवाफहरू प्रदान गर्न Chrome मा उपलब्ध Gemini ले तपाईंको हालको ब्राउजर ट्याबमा भएको कन्टेन्ट प्रयोग गर्छ। कम्प्युटरमा तपाईं Gemini सँग खुला ट्याबहरूमध्ये बढीमा १० वटा ट्याब सेयर गर्न पनि सक्नुहुन्छ।

तपाईंसँग निम्न कुराहरू हुनु पर्छ

महत्त्वपूर्ण जानकारी: Chrome मा उपलब्ध Gemini हाल सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध छैन। हामी Chrome मा उपलब्ध Gemini क्रमिक रूपमा उपलब्ध गराउँदै छौँ। त्यसैले यो सुविधा तपाईंको खातामा अहिल्यै उपलब्ध भइसकेको नहुन सक्छ।

आफ्नो कम्प्युटरमा Chrome मा उपलब्ध Gemini प्रयोग गर्न तपाईंले निम्न मापदण्ड पूरा गर्नु पर्ने हुन्छ:

तपाईं कार्य वा विद्यालयको Google खातामार्फत Chrome मा उपलब्ध Gemini प्रयोग गर्नुहुन्छ भने तपाईंका एड्मिनले एक्सेस अन गर्नु पर्ने हुन्छ। कार्य वा विद्यालयको Google खाता प्रयोग गरी Gemini एपहरू प्रयोग गर्ने सम्बन्धमा थप जान्नुहोस्

Chrome मा उपलब्ध Gemini सँग च्याट गर्नुहोस्

  1. आफ्नो कम्प्युटरमा Chrome खोल्नुहोस्।
  2. आफ्नो ब्राउजरको सिरानमा रहेको "Gemini लाई भन्नुहोस्"  मा क्लिक गर्नुहोस्।
    • तपाईंले पहिलो पटक Chrome मा उपलब्ध Gemini प्रयोग गर्दा तपाईं यसमा सहभागी हुनु पर्ने हुन्छ। सहभागी हुन स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।
  3. टेक्स्ट बक्समा आफ्नो प्रश्न वा अनुरोध हाल्नुहोस्।

सुझाव: तपाईंले Chrome मा Gemini प्रयोग गर्न थालेपछि यसलाई तपाईंको Mac को मेनु बार वा Windows को सिस्टम ट्रेमा हालिन्छ र तपाईं किबोर्डका सर्टकटहरू प्रयोग गर्न सक्नुहुन्छ।

Chrome मा उपलब्ध Gemini प्रयोग गरी तपाईंले गर्न सक्ने कार्यहरू

तपाईंले साइड प्यानलमा गई Chrome मा उपलब्ध Gemini प्रयोग गर्न सहमति जनाएपछि तपाईं सीधै Gemini सँग च्याट गर्न सक्नुहुन्छ। उदाहरणका लागि, Chrome मा उपलब्ध Gemini लाई निम्न कार्य गर्न लगाई हेर्नुहोस्:

  • कुनै लेखका मुख्य कुराहरूको सारांश बनाउन
  • जटिल विषयका बारेमा फरक तरिकाले व्याख्या गर्न
  • आफूलाई आफूले सिकिरहेको नयाँ विषयको ज्ञान जाँच्न मद्दत गर्न
  • खानेकुरासम्बन्धी आवश्यकताहरू पूरा गर्न कुनै रेसिपी परिमार्जन गर्न
  • विभिन्न पेजहरूमा भएको जानकारी तुलना गर्न वा गाभ्न
  • तपाईंका प्राथमिकताका आधारमा सिफारिसहरू गर्न
  • तपाईंका तर्फबाट एकभन्दा बढी चरण भएका कारबाहीहरू पूरा गर्न
  • Gmail प्रयोग गरी अरूलाई पठाउनका निम्ति म्यासेजहरूको ड्राफ्ट बनाउन
  • तपाईंका विगतका फोटो तथा एल्बमहरू खोज्न

Chrome मा उपलब्ध Gemini सँग गरेको च्याट व्यवस्थापन गर्नुहोस्

Chrome मा उपलब्ध Gemini को विन्डोमा तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:

  • ब्राउज गर्ने क्रममा लाइभ च्याट गर्ने र कुराकानी गर्ने तरिका: पुछारमा रहेको "लाइभ च्याट गर्नुहोस् " मा क्लिक गर्नुहोस्। Chrome मा Gemini प्रयोग गरी लाइभ च्याट सुरु गर्ने तरिकाका बारेमा थप जान्नुहोस्
  • आफ्नो हालको ट्याब सेयर गर्ने सुविधा पज गर्न: हालको ट्याब वा हालको ट्याब सेयर गर्ने सुविधा पज गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  • आफ्नो हालको ट्याब सेयर गर्न: हालको ट्याब सेयर गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  • नयाँ च्याट सुरु गर्न: थप विकल्पहरू अनि त्यसपछि नयाँ च्याट सुरु गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  • Gemini का मोडेलहरू अदलबदल गर्न: मोडेलको नाम मा क्लिक गर्नुहोस् अनि मोडेल चयन गर्नुहोस्।
  • आफूले हालसालै Gemini सँग गरेका च्याटहरू भेट्टाउन: थप विकल्पहरू अनि त्यसपछि हालसालैका च्याटहरू मा क्लिक गर्नुहोस्।

Chrome मा उपलब्ध Gemini सँग सेयर गरिएका ट्याबहरू व्यवस्थापन गर्नुहोस्

तपाईंले Chrome मा उपलब्ध Gemini खोल्दा तपाईंको हालको ट्याबको पेजको कन्टेन्ट डिफल्ट रूपमा सेयर गरिन्छ। Gemini ले जवाफ दिनका निम्ति उक्त पेजमा भएको कन्टेन्ट प्रयोग गर्छ। तपाईं जुनसुकै बेला आफ्नो हालको ट्याब सेयर गर्न छाड्न सक्नुहुन्छ। Chrome मा उपलब्ध Gemini ले तपाईंको डेटा प्रयोग गर्ने तरिका जान्नुहोस्

ट्याब सेयर गर्न छाड्ने तरिका
  1. Chrome मा उपलब्ध Gemini मा टेक्स्ट बक्सको माथिपट्टि रहेको "सेयर गरिएका ट्याबहरू देखाउनुहोस् " मा क्लिक गर्नुहोस्।
  2. आफूले सेयर गर्न छाड्न चाहेको ट्याबको छेउमा रहेको "ट्याब हटाउनुहोस् " मा क्लिक गर्नुहोस्।
    • कुनै ट्याब सेयर गर्न छाडिएपछि उक्त ट्याबमा देखिने चम्किलो अन्डरलाइन देखिन छाड्छ।

सुझाव: तपाईंले नयाँ च्याट सुरु गर्नुभयो भने तपाईंको हालको ट्याब Gemini सँग स्वतः सेयर गरिन्छ। यो कुरा परिवर्तन गर्न तपाईं Chrome का सेटिङमा गई हालको ट्याब स्वतः सेयर गर्नुहोस् अफ गर्न सक्नुहुन्छ। Chrome का सेटिङमा गई यसलाई अफ गर्ने तरिका जान्नुहोस्

ट्याब सेयर गर्ने तरिका

तपाईं आफ्नो हालको ट्याबका साथै आफूले हालसालै खोलेका बढीमा १० वटा ट्याब आफ्ना ब्राउजर विन्डोहरूमा सेयर गर्न सक्नुहुन्छ। Chrome मा उपलब्ध Gemini ले तपाईंको डेटा प्रयोग गर्ने तरिका जान्नुहोस्

  1. Chrome ब्राउजरको सिरानमा रहेको "Gemini लाई भन्नुहोस्"  मा क्लिक गर्नुहोस्।
  2. टेक्स्ट बक्समा रहेको "ट्याबहरू हाल्नुहोस् " मा क्लिक गर्नुहोस्।
  3. आफूले हाल्न चाहेका ट्याबहरू चयन गर्नुहोस्।
    • सेयर गरिएको ट्याबमा जाँच चिन्ह देखिन्छ।
    • तपाईंले यसो गर्नुभयो भने तपाईंले सेयर गरेका ट्याबहरूमा भएको पेजको कन्टेन्ट सेयर गरिन्छ र Gemini ले उक्त कन्टेन्ट प्रयोग गरी जवाफ दिन्छ।
    • Gemini ले कुनै पेज प्रयोग गरिरहेका बेला उक्त पेजको ट्याबमा चम्किलो अन्डरलाइन देखिन्छ।

सुझाव: तपाईं @ हालेर र ट्याब चयन गरेर पनि खुला ट्याबहरू खोज्न र हाल्न सक्नुहुन्छ।

तपाईंले Workspace वेबपेज सेयर गर्दा

तपाईंले Chrome मा सेयर गरेको Workspace वेबपेज (जस्तै, docs.google.com) का बारेमा तपाईंलाई जवाफ दिन Gemini ले तपाईंको Workspace खाता एक्सेस गर्न सक्छ। तपाईंले यसो गर्नुभयो भने Gemini ले तपाईंले सोधेको Google डकुमेन्टको ट्याबमा उपलब्ध कन्टेन्ट मात्र नभई उक्त डकुमेन्टमा भएका सबै कन्टेन्टका बारेमा जानकारी दिन सक्छ। Workspace मा भएको आफ्नो थप व्यक्तिगत कन्टेन्ट प्रयोग गर्न Workspace एप कनेक्ट गर्नुहोस्। Gemini एपहरूमा Google Workspace का एप तथा सेवाहरू कनेक्ट गर्ने तरिका जान्नुहोस्

Chrome का सेटिङमा गई Gemini व्यवस्थापन गर्ने तरिका

ब्राउजर र डेस्कटपमा Gemini को आइकन लुकाउने वा देखाउने तरिका
  1. आफ्नो कम्प्युटरमा Chrome खोल्नुहोस्।
  2. सिरानमा रहेको थप अनि त्यसपछि सेटिङमा क्लिक गर्नुहोस्।
  3. सेटिङ मेनुमा गई AI सम्बन्धी नयाँ सुविधाहरू अनि त्यसपछि Chrome मा उपलब्ध Gemini मा क्लिक गर्नुहोस्।
    • मेनु लुकाइएको छ भने सर्वप्रथम मेनु मा क्लिक गर्नुहोस्।
  4. “प्राथमिकताहरू” को मुनिपट्टि रहेका निम्न सेटिङ अन वा अफ गर्नुहोस्:
    • Gemini लाई ब्राउजरको सिरानमा देखाउनुहोस्
    • Mac मा Mac को मेनु बारमा Gemini देखाउनुहोस् र किबोर्डको सर्टकट अन गर्नुहोस्
    • Windows मा सिस्टम ट्रेमा Gemini देखाउनुहोस् र किबोर्डको सर्टकट अन गर्नुहोस्

सुझाव: तपाईं आफ्नो ब्राउजरको सिरानमा राइट क्लिक गरेर Gemini अनपिन गर्नुहोस् वा Gemini पिन गर्नुहोस् मा क्लिक गर्न पनि सक्नुहुन्छ।

Chrome मा उपलब्ध Gemini लाई दिइएका अनुमति व्यवस्थापन गर्नुहोस्
  1. आफ्नो कम्प्युटरमा Chrome खोल्नुहोस्।
  2. सिरानमा रहेको थप अनि त्यसपछि सेटिङमा क्लिक गर्नुहोस्।
  3. सेटिङ मेनुमा गई AI सम्बन्धी नयाँ सुविधाहरू अनि त्यसपछि Chrome मा उपलब्ध Gemini मा क्लिक गर्नुहोस्।
    • मेनु लुकाइएको छ भने सर्वप्रथम मेनु मा क्लिक गर्नुहोस्।
  4. तपाईं “अनुमतिहरू” को मुनिपट्टि गई निम्न अनुमतिहरू अन वा अफ गर्न सक्नुहुन्छ:
    • सटीक लोकेसन
    • माइक्रोफोन
    • हालको ट्याब स्वतः सेयर गर्नुहोस्
    • Gemini लाई तपाईंको तर्फबाट ब्राउज गर्न दिनुहोस्

सुझाव: सटीक लोकेसन अन गरिएको छ भने Chrome मा उपलब्ध Gemini ले तपाईंको सटीक लोकेसन एक्सेस गर्न र प्रयोग गर्न सक्छ। यो सुविधा अफ छ भने Chrome मा उपलब्ध Gemini ले तपाईंको सटीक लोकेसन एक्सेस तथा प्रयोग गर्न सक्दैन र यसले तपाईंको IP एड्रेसबाट अनुमानित लोकेसन मात्र प्राप्त गर्न सक्ने छ।

समस्या समाधान गर्ने वा समस्याका बारेमा रिपोर्ट गर्ने र प्रतिक्रिया दिने तरिका

Chrome मा उपलब्ध Gemini भेट्टाउन वा प्रयोग गर्न नसकिएका खण्डमा

महत्त्वपूर्ण जानकारी: Chrome मा उपलब्ध Gemini क्रमिक रूपमा प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइँदै छ। त्यसैले यो सुविधा तपाईंको देश वा क्षेत्रमा उपलब्ध भइसकेको नहुन सक्छ।

तपाईंको देश वा क्षेत्रमा Chrome मा उपलब्ध Gemini उपलब्ध छ भने यी चरणहरू पूरा गरी हेर्नुहोस्:

  1. योग्य प्रयोगकर्ताका रूपमा Chrome मा साइन इन गर्नुहोस्।
  2. तपाईं यो सुविधा प्रयोग गर्न मिल्ने देशमा हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्
    • Chrome मा उपलब्ध Gemini निश्चित क्षेत्रहरूमा उपलब्ध छ। तपाईं Chrome मा उपलब्ध Gemini प्रयोग गर्न मिल्ने क्षेत्रमा हुनुहुन्छ तर तपाईंले अझै पनि Gemini प्रयोग गर्न सक्नुभएको छैन भने निम्न चरणहरू पूरा गरी हेर्नुहोस्:
      • आफ्नो ब्राउजर रिस्टार्ट गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्। तपाईंले हालसालै यी देशहरूभन्दा बाहिर यात्रा गर्नुभएको छ भने तपाईंको लोकेसन तपाईंको पहिलेको लोकेसनबाट अपडेट नभएको हुन सक्छ।
      • आफ्नो VPN अफ गर्नुहोस्। VPN अफ गर्न तपाईंले प्रायः VPN एप खोल्नु पर्ने हुन्छ र "डिस्कनेक्ट गर्नुहोस्" चयन गर्नु पर्ने हुन्छ वा स्विच टगल गरी "अफ" बनाउनु पर्ने हुन्छ।
    • तपाईंले माथि उल्लिखित सबै कुराहरू गरी हेर्दा पनि समस्या समाधान भएन भने Chrome को अर्को संस्करण उपलब्ध भएपछि उक्त संस्करण अपडेट गर्नुहोस् र समस्या समाधान भएको छ कि छैन भन्ने कुरा जाँच गर्नुहोस्।
  3. Chrome ब्राउजर सही तरिकाले सेटअप गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्:
  4. अन्य कुराहरू गरी हेर्नुहोस्
    तपाईंलाई अझै पनि Chrome मा उपलब्ध Gemini एक्सेस गर्न समस्या भइरहेको छ भने निम्न चरणहरू पूरा गरी हेर्नुहोस्:
    • Chrome मा उपलब्ध Gemini को साइड प्यानल वा फ्लोटिङ च्याट बक्समा राइट क्लिक गर्नुहोस् र रिलोड गर्नुहोस् चयन गर्नुहोस्।
    • भर्चुअलाइज गरिएका इन्भारोमेन्ट सट डाउन गर्नुहोस्: तपाईं भर्चुअल मेसिनमार्फत Chrome एक्सेस गर्दै हुनुहुन्छ भने निश्चित सुविधाहरू चलाउन नमिल्ने पारिएका हुन सक्छन्।
    • आफ्ना सिस्टम एड्मिनलाई सम्पर्क गर्नुहोस्: तपाईंको सङ्गठनले Chrome मा उपलब्ध Gemini प्रयोग गर्न नमिल्ने बनाएको छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
Chrome मा उपलब्ध Gemini का बारेमा कुनै समस्याका बारेमा रिपोर्ट गर्ने वा प्रतिक्रिया पठाउने सम्बन्धमा जानकारी
  1. Chrome मा उपलब्ध Gemini को सिरानमा रहेको "थप अनि त्यसपछि सेटिङ तथा मद्दत अनि त्यसपछि प्रतिक्रिया पठाउनुहोस्" मा क्लिक गर्नुहोस्।
  2. समस्या वा आफ्नो प्रतिक्रियाको वर्णन हाल्नुहोस्।
  3. हामीलाई यो समस्या अझ राम्रोसँग बुझ्न मद्दत गर्न एउटा स्क्रिनसट हाल्नुहोस् तर त्यसो गर्नै पर्छ भन्ने छैन।
  4. पठाउनुहोस् मा क्लिक गर्नुहोस्।

Google ले तपाईंको प्रतिक्रिया कसरी प्रयोग गर्छ भन्ने बारेमा थप जान्नुहोस्

Gemini को जवाफका बारेमा रिपोर्ट गर्ने वा प्रतिक्रिया दिने तरिका

तपाईंको प्रतिक्रियाले Gemini एपहरूलाई अझ उपयोगी, सटीक र सुरक्षित बनाउन मद्दत गर्छ।

जवाफका बारेमा प्रतिक्रिया दिन:

  1. Gemini को जवाफको तलपट्टि रहेको राम्रो जवाफ वा नराम्रो जवाफ मा क्लिक गर्नुहोस्।
  2. तपाईं कुनै कारण चयन गर्न सक्नुहुन्छ तर त्यसो गर्नै पर्छ भन्ने छैन।
    • उदाहरणका लागि, तपाईंले गलत जवाफ पाउनुभयो वा आफू असुरक्षित भएको महसुस गर्नुभयो भने तपाईं क्रमशः तथ्याङ्कका आधारमा सही छैन वा अपमानजनक / असुरक्षित छ चयन गर्न सक्नुहुन्छ।

कानुनी समस्याका बारेमा रिपोर्ट गर्न Gemini को जवाफको मुनिपट्टि रहेको कानुनी समस्याका बारेमा रिपोर्ट गर्नुहोस् मा क्लिक गर्नुहोस्।

Google ले तपाईंको प्रतिक्रिया कसरी प्रयोग गर्छ भन्ने बारेमा थप जान्नुहोस्

तपाईंको डिभाइसको भाषा सेट गरी प्रयोग गर्न मिल्ने भाषा बनाइएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्
Chrome मा उपलब्ध Gemini सबै भाषाहरूमा उपलब्ध छैन। तपाईंको डिभाइसमा निम्नमध्ये कुनै एउटा भाषा सेट गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्:
  • अफ्रिकान्स
  • अम्हारिक
  • बास्क
  • बङ्गाली
  • बुल्गेरियाली
  • क्याटलन
  • चिनियाँ
  • क्रोएसियाली
  • चेक
  • डेनिस
  • डच
  • अङ्ग्रेजी
  • एस्टोनियाली
  • फिलिपिनो
  • फिनिस
  • फ्रान्सेली
  • गालिसियाली
  • जर्मन
  • ग्रिक
  • गुजराती
  • हिन्दी
  • हंगेरियन
  • आइसल्यान्डिक
  • इन्डोनेसियाली
  • इटालियन
  • जापानी
  • कन्नड
  • कोरियाली
  • लात्भियाली
  • लिथुआनियाली
  • मले
  • मलयालम
  • मराठी
  • नर्वेली
  • पोलिस
  • पोर्तुगाली
  • रोमानियन
  • रुसी
  • सर्बियाली
  • स्लोभाकियाली
  • स्लोभेनियाली
  • स्पेनी
  • स्वाहिली
  • स्विडिस
  • तामिल
  • तेलगू
  • थाई
  • टर्किस
  • युक्रेनियन
  • भियतनामी
  • जुलू (Chrome OS मा मात्र)
तपाईंको डिभाइसको क्षेत्र सेट गरी प्रयोग गर्न मिल्ने क्षेत्र बनाइएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्

Chrome मा उपलब्ध Gemini निम्न भाषाहरूमा उपलब्ध छ:

अल्जेरिया

अमेरिकन समोआ

अङ्गोला

अंटार्टिका

एन्टिगुआ एन्ड बारबुडा

अर्जेन्टिना

अर्मेनिया

अस्ट्रेलिया

अजरबैजान

बहराइन

बङ्गलादेश

बारबाडोस

बेलीज

बेनिन

भुटान

बोलिभिया

बोस्निया एन्ड हर्जेगोभिना

बोत्सवाना

ब्राजिल

ब्रूनेई

बुर्किना फासो

बुरुण्डी

क्याबो भर्ड

कम्बोडिया

क्यामरून

क्यानाडा

केन्द्रीय अफ्रिकी गणतन्त्र

चाड

चिली

क्रिस्मस टापु

कोकोस (किलिङ) द्वीपसमूह

कोलम्बिया

कोमोरोज़

कुक टापु

कोस्टा रिका

आइभरी कोस्ट

प्रजातान्त्रिक गणतन्त्र कङ्गो

जिबुटी

डोमिनिका

डोमिनिकन गणतन्त्र

इक्वेडर

इजिप्ट

अल सल्वाडोर

इक्वेटोरियल गानिया

इरिट्रिया

इस्वातिनी

इथियोपिया

फिजी

फ्रेन्च पोलिनेसिया

गेबन

जर्जिया

घाना

ग्रेनाडा 

गुआम

ग्वाटेमाला

गिनी

गिनिया - बिसाउ

गुयाना

हैटी

हर्ड द्वीप र म्याकडोनाल्ड द्वीपसमूह

होन्डुरस

हङकङ

भारत

इन्डोनेसिया

इराक

इजरायल

जमैका

जापान

जोर्डन

काजाखस्तान

केन्या

किरबाती

कोसोभो

कुवेत

किर्गिस्तान

लाओस

लेबनान

लेसोथो

लाइबेरिया

लिबिया

मकाउ

माडागास्कर

मलावी

मलेसिया

माल्दीव्स

माली

मार्सल द्वीपसमूह

मौरिटानिया

मौरीसस

मेक्सिको

माइक्रोनेशिया

माल्डोभा

मङ्गोलिया

मोन्टेनेग्रो

मोरक्को

मोजाम्बिक

म्यान्मार

नामिबिया

नरू

नेपाल

न्यू क्यालेडोनिया

न्युजिल्यान्ड

निकारागुआ

नाइजर

नाइजेरिया

नीयू

नरफल्क टापु

उत्तर म्यासेडोनिया

उत्तरी मारिआना द्वीपसमूह

ओमान

पाकिस्तान

पलाऊ

प्यालेस्टाइन

पनामा

पपुआ न्यू गिनी

पाराग्वे

पेरू

फिलिपिन्स

पिटकेर्न द्वीपसमूह

पोर्टो रीको

कतार

गणतन्त्र कङ्गो

रुवान्डा

सेन्ट किट्स एन्ड नेभिस

सेन्ट लुसिया

सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्स

सामोआ

साओ टोमे तथा प्रिन्सिप

साउदी अरेबिया

सेनेगल

सर्बिया

सिचेलस

सियरा लियोन

सिङ्गापुर

सोलोमन टापु

सोमालिया

दक्षिण अफ्रिका

दक्षिण कोरिया

दक्षिण सुडान

श्रीलङ्का

सुडान

सुरिनाम

ताइवान

ताजिकिस्तान

तान्जानिया

थाइल्यान्ड

दि बहामास

गाम्बिया

टिमोर-लेस्टे

टोगो

टोकेलाऊ

टोन्गा

त्रिनिडाड एन्ड टोबागो

ट्युनिसिया

तुर्कमेनिस्तान

टुभालु

अमेरिकी भर्जिन द्वीपसमूह

युगान्डा

युक्रेन

संयुक्त अरब इमिरेट्स

संयुक्त राज्य अमेरिका

संयुक्त राज्य अमेरिकी माइनर आउटलाइङ द्वीपसमूह

उरुग्वे

उज्बेकिस्तान

भानुआतु

भेनेजुएला

भियतनाम

वालिस एन्ड फुटुना

पश्चिमी साहारा

यमन

जाम्बिया

जिम्बावे

   

सम्बन्धित स्रोतहरू

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
16358385802237433740
true
खोजसम्बन्धी मद्दत केन्द्र
false
true
true
true
true
true
5295044
false
false
false
false
false