तपाईंले आफ्नो Google खाता, Gmail वा Google का अन्य उत्पादनहरूमा कुनै असामान्य गतिविधि भएको देख्नुभयो भने कसैले तपाईंको अनुमति नलिइकन उक्त सेवा प्रयोग गरिरहेको हुन सक्छ। तपाईंलाई आफ्नो Google खाता वा Gmail ह्याक भएको छ जस्तो लाग्छ भने शङ्कास्पद गतिविधि पत्ता लगाउन, आफ्नो खाता फिर्ता पाउन र यसलाई अझ सुरक्षित बनाउन निम्न चरणहरूको पालना गर्नुहोस्।
चरण १: आफ्नो Google खातामा साइन इन गर्नुहोस्
तपाईंले साइन इन गर्न सक्नुभएन भने
खाताको पुनः प्राप्ति नामक पृष्ठमा जानुहोस् र त्यहाँ सोधिएका प्रश्नहरूको सकेसम्म सही जवाफ दिनुहोस्। यी सुझावहरू हेर्नुभयो भने सजिलो हुन्छ।
निम्न अवस्थामा खाताको पुनः प्राप्ति नामक पृष्ठ प्रयोग गर्नुहोस्:
- कसैले तपाईंको खाताको पासवर्ड वा पुनः प्राप्तिका लागि दिइएको फोन नम्बर जस्ता जानकारी परिवर्तन गरेको छ।
- कसैले तपाईंको खाता मेटेको छ।
- तपाईं कुनै अर्को कारणले गर्दा साइन इन गर्न सक्नुहुन्न।
सुझाव: तपाईं सही खातामा साइन इन गर्ने प्रयास गर्दै हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्न आफ्नो युजरनेम रिकभर गरी हेर्नुहोस्।
चरण २: गतिविधिको समीक्षा गर्नुहोस् र आफ्नो ह्याक भएको Google खाता सुरक्षित राख्नुहोस्
- आफ्नो Google खातामा जानुहोस्।
- बायाँपट्टिको नेभिगेसन प्यानलमा सुरक्षा नामक विकल्प चयन गर्नुहोस्।
- "हालसालैका सुरक्षासँग जोडिएका घटनाहरू" नामक प्यानलमा सुरक्षासँग जोडिएका घटनाहरूको समीक्षा गर्नुहोस् नामक विकल्प चयन गर्नुहोस्।
- कुनै शङ्कास्पद गतिविधि गरिएको छ कि छैन जाँच्नुहोस्:
- तपाईंले आफूले नगरेको कुनै गतिविधि भेट्टाउनुभयो भने: अहँ, यो गतिविधि गर्ने व्यक्ति म होइन नामक विकल्प चयन गर्नुहोस्। त्यसपछि आफ्नो खाता सुरक्षित राख्न स्क्रिनमा देखाइएका चरणहरूको पालना गर्नुहोस्।
- उक्त गतिविधि तपाईंले नै गर्नुभएको हो भने:अँ नामक विकल्प चयन गर्नुहोस्। तपाईंलाई अरू कसैले आफ्नो खाता प्रयोग गर्दै छ जस्तो लाग्छ भने तपाईंको खाता ह्याक गरिएको छ कि छैन भन्ने कुरा पत्ता लगाउनुहोस्।
- आफ्नो Google खातामा जानुहोस्।
- बायाँपट्टिको नेभिगेसन प्यानलमा सुरक्षा नामक विकल्प चयन गर्नुहोस्।
- "तपाईंका यन्त्रहरू" नामक प्यानलमा यन्त्रहरू व्यवस्थापन गर्नुहोस् नामक विकल्प चयन गर्नुहोस्।
- तपाईंले पहिचान गर्न नसकेका डिभाइसहरू तपाईंले प्रयोग गरेका डिभाइसहरू हुन् कि होइनन् जाँच गर्नुहोस्।
- तपाईंले आफूले पहिचान गर्न नसकेको कुनै डिभाइस भेट्टाउनुभयो भने: कुनै डिभाइस पहिचान गर्न सक्नुभएन? नामक विकल्प चयन गर्नुहोस्। त्यसपछि आफ्नो खाता सुरक्षित राख्न स्क्रिनमा देखाइएका चरणहरूको पालना गर्नुहोस्।
- तपाईंले सबै डिभाइसहरू पहिचान गर्नुभयो तर तपाईंलाई अझै पनि अरू कसैले आफ्नो डिभाइस प्रयोग गरिरहेको छ जस्तो लाग्छ भने: तपाईंको खाता ह्याक गरिएको छ कि छैन भन्ने कुरा पत्ता लगाउनुहोस्।
चरण ३: अझ धेरै सुरक्षात्मक कदमहरू चाल्नुहोस्
तपाईं २ चरण प्रमाणीकरण प्रयोग गरेर आफ्नो खातालाई ह्याकरबाट सुरक्षित राख्न सक्नुहुन्छ। २ चरण प्रमाणीकरण सक्रिय गरेपछि तपाईंले निम्न कुराहरू प्रयोग गरी साइन इन गर्नु पर्ने हुन्छ:
- तपाईंलाई थाहा भएको केही कुरा (तपाईंको पासवर्ड)
- तपाईंसँग भएको केही कुरा (तपाईंको फोन, सुरक्षा साँचो वा प्रिन्ट गरिएको कोड)
यस प्रकार तपाईंको पासवर्ड चोरी भए पनि तपाईंको खाता सुरक्षित नै रहन्छ।
कसैले तपाईंको बैंक वा सरकारी निकायलाई खाता खोल्ने वा रकम ट्रान्स्फर गर्ने जस्ता निर्देशनहरू दिएको छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्। तपाईंले निम्न अवस्थामा यसो गर्नु जरुरी हुन्छ:
- तपाईंले आफ्नो खातामा सुरक्षित गरिएको क्रेडिट कार्ड जस्ता बैंकसम्बन्धी जानकारी Google Pay वा Chrome मा सुरक्षित गर्नुभएको छ भने।
- तपाईंले आफ्नो खातामा पाठ सन्देश वा पासपोर्टसम्बन्धी जानकारी जस्ता व्यक्तिगत जानकारी सुरक्षित गर्नुभएको छ भने। उदाहरणका लागि, तपाईंले Google Photos, Google Drive वा Gmail मा व्यक्तिगत जानकारी सुरक्षित गर्नुभएको हुन सक्छ।
- तपाईंलाई कसैले आफ्नो परिचय प्रयोग गरिरहेको छ वा नक्कल गरिरहेको छ जस्तो लाग्छ भने।
तपाईंलाई आफ्नो खातामा शङ्कास्पद गतिविधि भएको छ जस्तो लाग्छ भने तपाईंले हानिकारक सफ्टवेयर हटाउनु पर्ने हुन सक्छ। आफ्नो खाता अझ सुरक्षित बनाउन विश्वसनीय एन्टिभाइरस सफ्टवेयर इन्स्टल गरी चलाउनुहोस्।
तपाईं आफ्नो कम्प्युटर फर्म्याट गरी यसमा फेरि अपरेटिङ सिस्टम इन्स्टल गर्न पनि सक्नुहुन्छ।
- कम सुरक्षित एपले तपाईंको खातालाई कम सुरक्षित बनाउन सक्ने भएकाले कम सुरक्षित एपहरूलाई पहुँच दिनुहोस् नामक सेटिङ अन गरिएको छ भने हामी तपाईंलाई उक्त सेटिङ अफ गर्न जोडदार सिफारिस गर्छौँ।
- तपाईंको डिभाइस स्क्रिन लक गर्न मिल्छ भने त्यसो गर्नुहोस्।
- Gmail: सुरक्षासम्बन्धी यी सुझावहरू हेर्नुहोस् र आफूले सेटअप नगरेका सबै लेबल, फिल्टर वा फर्वार्ड गर्ने तरिकासम्बन्धी नियमहरू हटाउनुहोस्।
- Chrome: आफूले इन्स्टल नगरेका एक्स्टेन्सनहरू अनइन्स्टल गर्नुहोस् र Chrome अपडेट गरी नवीनतम संस्करण बनाउनुहोस्।
- Google Drive: आफ्ना गतिविधि र फाइलका संस्करणहरूमा कुनै असामान्य कुरा छ कि छैन राम्ररी हेर्नुहोस्।
- Google Photos: तपाईंले एल्बम सेयर भइरहेको पाउनुभयो तर उक्त सेयर तपाईंले गर्नुभएको होइन भने एल्बम सेयर गर्न छाड्नुहोस्।
- लोकेसन: तपाईंले असामान्य लाग्ने गरी लोकेसन सेयर भइरहेको पाउनुभयो भने लोकेसन सेयरिङ अफ गर्नुहोस्।
तपाईंको Google खाता ह्याक भएको छ कि छैन पत्ता लगाउनुहोस्
तपाईंले यीमध्ये कुनै पनि सङ्केत देख्नुभयो भने अरू कसैले तपाईंको Google खाता प्रयोग गरिरहेको हुन सक्छ।
महत्त्वपूर्ण सूचना: तपाईंलाई अरू कसैले आफ्नो Google खातामा साइन इन गरेको छ जस्तो लाग्छ भने निम्न कुराको आफ्नो पासवर्ड तुरुन्तै बदल्नुहोस्:
- तपाईंको Google खाता, तपाईंले यो खाता बदलिसक्नुभएको छैन भने
- निम्न एप तथा साइटहरू:
- तपाईंले आफ्नो Google खाताका लागि प्रयोग गर्ने पासवर्ड नै प्रयोग गर्ने एप तथा साइटहरू
- तपाईंलाई तपाईंको Google खाताको इमेल ठेगानामार्फत सम्पर्क गर्ने एप तथा साइटहरू
- तपाईंले आफ्नो Google खाताको इमेल ठेगाना प्रयोग गरी साइन इन गर्ने अन्य एप तथा साइटहरू
- तपाईंले आफ्नो Google खातामा पासवर्डहरू सुरक्षित गर्दा प्रयोग गर्नुभएका एप तथा साइटहरू
तपाईं त्यसपछि जुन जुन अपरिचित डिभाइसमार्फत आफ्नो खातामा साइन इन गरिएको छ सो डिभाइहरू हेर्न तथा हटाउन सक्नुहुन्छ।
खाताबाट गरिएको शङ्कास्पद गतिविधि
तपाईंले यी सेटिङमा आफूले नगरेका परिवर्तनहरू भएको देख्नुभयो भने यी सेटिङ तुरुन्तै सँच्याउनुहोस्:
- तपाईंले पुनः प्राप्तिका लागि दिनुभएको फोन नम्बर।
- तपाईंले पुनः प्राप्तिका लागि दिनुभएको इमेल ठेगाना।
- वैकल्पिक वा सम्पर्क इमेल ठेगाना।
- तपाईंको Google खातामा भएको नाम।
- तपाईंको सुरक्षासम्बन्धी प्रश्न।
- सुझाव: सुरक्षासम्बन्धी अतिरिक्त प्रश्नहरू अब उप्रान्त उपलब्ध छैनन्।
- तपाईंको खाता चलाउन सक्ने एपहरू।
- तपाईंलाईथाहै नदिई यो सेटिङ अन वा अफ गरिएको थियो भने:
- २ चरण प्रमाणीकरणका विधिहरू।
- लोकेसन सेयरिङ।
निम्न अवस्थामा तपाईंको वित्तीय गतिविधि शङ्कास्पद हुन सक्छ:
- Google Pay मा
- कुनै कुरा खरिद गरिएको छ तर तपाईंले उक्त कुरा खरिद गर्नुभएको होइन भने: रकम फिर्ता गरिदिन अनुरोध गर्न अनधिकृत रूपमा लिइएको शुल्कका बारेमा रिपोर्ट गर्नुहोस्।
- तपाईंले एक वा सोभन्दा बढी बैंक खाता, क्रेडिट कार्ड, डेबिट कार्ड वा उपहार कार्ड आफ्नो नभएको कुरा यकिन गर्नुभयो भने: सो भुक्तानी विधि हटाउनुहोस्।
- Google Play मा कुनै कुरा खरिद गरिएको छ तर उक्त खरिद तपाईंले गर्नुभएको होइन भने: अनधिकृत रूपमा लिइएको शुल्कबारे रिपोर्ट गर्नुहोस्।
- Google Chrome मा भुक्तानीसम्बन्धी जानकारी हालिएको छ तर उक्त जानकारी तपाईंले सेट अप गर्नुभएको होइन भने: भुक्तानीसम्बन्धी अज्ञात जानकारी मेट्नुहोस्।
- तपाईंले Google Ads मा अनधिकृत रूपमा शुल्क काटिएको वा विज्ञापन राखिएको देख्नुभयो भने: Google Ads टोलीलाई आफ्नो खाताबाट असामान्य गतिविधि गरिएको छ कि छैन भन्ने कुराको समीक्षा गरिदिन आग्रह गर्नुहोस्।
- तपाईंले Google AdSense मा आफूले आर्जन गरेको रकम गलत बैंक खातामा जम्मा भइरहेको देख्नुभयो भने: AdSense मा लिंक गरिएको आफ्नो भुक्तानी विधि ठिक छ कि छैन जाँच्नुहोस्।
सुझाव: तपाईंको खातामा शङ्कास्पद गतिविधि भइरहेको छ भन्ने कुरा बताउन हामी तपाईंको रिकभरी फोन नम्बर र इमेल ठेगाना प्रयोग गर्ने छौँ।
हामी तपाईंलाई निम्न माध्यममार्फत तपाईंको खातामा भइरहेको असामान्य गतिविधिका बारेमा जानकारी दिने छौँ:
- तपाईंको खातामा असामान्य साइन इन वा कुनै नयाँ यन्त्रको प्रयोग भएको छ भन्ने सूचना पठाएर।
- तपाईंको युजरनेम, पासवर्ड वा सुरक्षासम्बन्धी अन्य सेटिङ परिवर्तन भएको छ तर तपाईंले उक्त परिवर्तन गर्नुभएको होइन भन्ने सूचना पठाएर।
- तपाईंले नगर्नुभएका केही अन्य गतिविधिसम्बन्धी सूचना पठाएर।
- तपाईंको स्क्रिनको सिरानमा रहेको रातो बारमा "हामीले तपाईंको खाताबाट शङ्कास्पद गतिविधि गरिएको कुरा पत्ता लगाएका छौँ" भन्ने म्यासेज देखाएर।
- तपाईंको "डिभाइसको गतिविधि तथा सुरक्षासँग जोडिएका घटनाहरू" नामक पेज।
तपाईंले प्रयोग गर्ने Google का उत्पादनहरूमा हुने शङ्कास्पद गतिविधि
Gmail सम्बन्धी सेटिङ
तपाईंले निम्न कुरासम्बन्धी सेटिङमा असामान्य परिवर्तनहरू देख्नुभयो भने ती सेटिङ तुरुन्तै सँच्याउनुहोस्:
- मेल प्रत्यायोजन: तपाईंको Gmail चलाउने अनुमति भएका मान्छेहरू
- मेल स्वतः फर्वार्ड गर्ने सुविधा
- पठाउने समय निर्धारण गरिएका इमेलहरू
- Gmail मा देखाइने तपाईंको नाम
- स्वचालित जवाफ: आफू उपलब्ध नहुँदा स्वचालित जवाफ पठाउने सुविधा
- पठाइने मेलमा भएको ठेगाना
- ब्लक गरिएका इमेल ठेगानाहरू
- तपाईंको Gmail माथिको दूरवर्ती पहुँच: IMAP वा POP
- तपाईंले प्राप्त गर्ने मेलको व्यवस्थापन गर्ने फिल्टरहरू
- तपाईंले प्राप्त गर्ने इमेल व्यवस्थित गर्ने लेबलहरू
Gmail बाट गरिएको गतिविधि
निम्न अवस्थामा Gmail बाट गरिएको गतिविधि शङ्कास्पद हुन सक्छ:
- तपाईंले इमेलहरू प्राप्त गरिरहनुभएको छैन भने।
- तपाईंका साथीहरूले तपाईंलाई तपाईंबाट स्प्याम वा असामान्य इमेलहरू प्राप्त भए भनी जानकारी दिनुभयो भने।
- तपाईंको युजरनेम परिवर्तन भएको छ भने।
- तपाईंका इमेलहरू इनबक्सबाट मेटाइएका छन् तर ती इमेलहरू "ट्र्यास" मा छैनन् भने। तपाईं आइनपुगेका इमेलबारे रिपोर्ट गर्न र सम्भवतः तिनलाई पुनः प्राप्त गर्न सक्नुहुन्छ।
- तपाईंले आफूले नलेखेका इमेलहरू "पठाइएका इमेलहरू" नामक फोल्डरमा भेट्टाउनुभयो भने।
निम्न अवस्थामा YouTube बाट गरिएको गतिविधि शङ्कास्पद हुन सक्छ:
- तपाईंको YouTube च्यानलमा तपाईंले अपलोड नगरेका भिडियो तथा तपाईंले नगरेका कमेन्टहरू छन् वा तपाईंका निम्न कुरामा असामान्य परिवर्तनहरू गरिएका छन् भने:
- च्यानलको नाम
- प्रोफाइल फोटो
- विवरणहरू
- इमेलसम्बन्धी सेटिङ
- पठाइएका म्यासेजहरू
निम्न अवस्थामा Google Drive बाट गरिएको गतिविधि शङ्कास्पद हुन सक्छ:
- तपाईंले आफ्नो Google Drive मा आफूले नगरेका गतिविधि फेला पार्नुभयो भने।
- तपाईंलाई थाहै नदिई तपाईंको Drive बाट फाइलहरू मेटाइएका छन् भने। तपाईं आफ्ना फाइलहरू रिकभर गर्ने प्रयास गर्न सक्नुहुन्छ।
निम्न अवस्थामा Google Photos बाट गरिएको गतिविधि शङ्कास्पद हुन सक्छ:
- तपाईंको अनुमति नलिइकन तपाईंका फोटो एल्बमहरू सेयर गरिएका छन् भने।
- तपाईंका फोटोहरू कुनै साझेदारसँग सेयर गरिएका छन् तर तपाईंले कुनै पनि साझेदारको खाता लिंक गर्नुभएको थिएन भने।
निम्न अवस्थामा Blogger बाट गरिएको गतिविधि शङ्कास्पद हुन सक्छ:
- तपाईंले प्रकाशित नगरेका पोस्टहरू तपाईंको ब्लगमा देखिन्छन् भने।
- तपाईं आफूले प्रकाशित नगरेका पोस्टहरूमा टिप्पणीहरू प्राप्त गर्नुहुन्छ भने।
- तपाईंको mail-to-Blogger ठेगाना परिवर्तन भएको छ तर उक्त परिवर्तन तपाईंले गर्नुभएको होइन भने।
- तपाईंको ब्लग अदृश्य भएको छ वा सो ब्लग ब्लक गरिएको छ भने।
तपाईंले Google Ads बाट गरिएका क्रियाकलापको सूचीमा निम्नलगायतका क्रियाकलापहरू देख्नुभयो भने ती क्रियाकलाप शङ्कास्पद हुन सक्छन्:
- अज्ञात लिंक वा गन्तव्यहरूमा लैजाने विज्ञापनहरू
- तपाईंको विज्ञापन खर्चमा बढोत्तरी
- खाताका मालिक, प्रबन्धक वा प्रयोगकर्ताहरू परिवर्तन गर्ने कार्य