२ चरण प्रमाणीकरण अन गर्ने तरिका

तपाईं २ चरण प्रमाणीकरण (यसलाई दुई चरण प्रमाणीकरण पनि भनिन्छ) प्रयोग गरी आफ्नो पासवर्ड चोरी भएको खण्डमा पासवर्डका अतिरिक्त सुरक्षाको अर्को तह थप्न पनि सक्नुहुन्छ। तपाईंले २ चरण प्रमाणीकरण सेटअप गरेपछि तपाईं निम्न कुरा प्रयोग गरी आफ्नो खातमा साइन इन गर्न सक्नुहुन्छ:

  • तपाईंको पासवर्ड
  • तपाईंको फोन

२ चरण प्रमाणीकरण प्रयोग गर्ने अनुमति दिनुहोस्

  1. आफ्नो Google खाता खोल्नुहोस्।
  2. नेभिगेसन प्यानलमा गई सुरक्षा चयन गर्नुहोस्।
  3. “तपाईंले Google मा साइन इन गर्ने तरिका” अन्तर्गत रहेका २ चरण प्रमाणीकरण अनि त्यसपछि सुरु गरौँ चयन गर्नुहोस्।
  4. स्क्रिनमा देखाइएका चरणहरू पालना गर्नुहोस्।

सुझाव: तपाईं आफ्नो कार्यस्थल, विद्यालय वा अन्य समूहमार्फत कुनै खाता प्रयोग गर्नुहुन्छ भने यी चरणहरूले काम नगर्न सक्छन्। तपाईंले २ चरण प्रमाणीकरण सेटअप गर्न सक्नुभएन भने मद्दत प्राप्त गर्न आफ्ना एड्मिनलाई सम्पर्क गर्नुहोस्

Turn on 2-step verification

दोस्रो चरण पूरा गरेर आफ्नो पहिचान पुष्टि गर्नुहोस्

तपाईंले २ चरण प्रमाणीकरण अन गरेपछि तपाईंले आफ्नो खातामा साइन इन गर्दा आफ्नो पहिचान पुष्टि गर्नका निम्ति दोस्रो चरण पूरा गर्नु पर्ने हुन्छ। तपाईंको खाता सुरक्षित राख्न Google ले तपाईंलाई कुनै निश्चित दोस्रो चरण पुरा गर्न अनुरोध गर्ने छ।

Google प्रम्प्ट प्रयोग गर्नुहोस्

हामी तपाईंलाई Google प्रम्प्ट प्रयोग गरी साइन इन गर्न सिफारिस गर्छौँ। पुष्टि कोड हाल्नुभन्दा प्रम्प्टमा ट्याप गर्न सजिलो हुन्छ। यसका साथै, तपाईंले प्रम्प्ट प्रयोग गर्नुभयो भने तपाईंको खाता SIM अदलबदल गर्नेलगायतका फोन नम्बरमा आधारित ह्याकहरूबाट सुरक्षित राख्न मद्दत पुग्छ।

Google प्रम्प्ट भनेको तपाईंले निम्न डिभाइसमा प्राप्त गर्ने पुस सूचना हो:

  • तपाईंको Google खातामा साइन इन गरिएका Android फोनहरू।
  • Smart Lock एप , Gmail एप , Google Photos एप Photos, YouTube एप YouTube वा Google एप मार्फत तपाईंको Google खातामा साइन इन गरिएका iPhone।

डिभाइस र नोटिफिकेसनमा उल्लिखित लोकेसनसम्बन्धी जानकारीका आधारमा तपाईं:

  • आफूले साइन इन गर्ने अनुरोध गरेको हो भने "अँ" मा ट्याप गरेर साइन इन गर्ने अनुमति दिन सक्नुहुन्छ।
  • आफूले साइन इन गर्ने अनुरोध गरेको होइन भने "अहँ" मा ट्याप गरेर साइन इन गर्न रोक लगाउन सक्नुहुन्छ।

साइन इन गर्ने प्रक्रिया अझ सुरक्षित बनाउन Google ले तपाईंसँग PIN माग्न वा तपाईंलाई अन्य तरिकाले पहिचान पुष्टि गर्न लगाउन सक्छ।

पहिचान पुष्टि गर्ने अन्य विधि प्रयोग गर्नुहोस्

निम्न अवस्थामा तपाईं आफ्नो पहिचान पुष्टि गर्ने अन्य विधि सेटअप गर्न सक्नुहुन्छ:

  • तपाईं फिसिङविरुद्ध अतिरिक्त सुरक्षा चाहनुहुन्छ
  • तपाईंको डिभाइसमा Google प्रम्प्ट प्राप्त हुँदैन
  • तपाईंले आफ्नो फोन हराउनुभयो
फिसिङविरुद्ध अतिरिक्त सुरक्षाका लागि सुरक्षा साँचो प्रयोग गर्नुहोस्

भौतिक सुरक्षा साँचो भनेको खरिद गर्न सकिने एउटा सानो डिभाइस हो। तपाईं यो साँचोका सहायताले साइन इन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरा पुष्टि गर्न सक्नुहुन्छ। हामीले तपाईंलाई साइन इन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरा पुष्टि गर्न अनुरोध गर्दा तपाईंले यो साँचो आफ्नो फोन, ट्याब्लेट वा कम्प्युटरमा जोडे पुग्छ। सुरक्षा साँचो अर्डर गर्नुहोस्

सुझाव: ह्याकरले तपाईंलाई झुक्याएर तपाईंको पासवर्ड वा अन्य व्यक्तिगत जानकारी धुत्न खोज्दा सुरक्षा साँचोले तपाईंलाई तपाईंको Google खाता फिसिङ आक्रमणबाट सुरक्षित राख्न मद्दत गर्छ। फिसिङका बारेमा थप जान्नुहोस्।

Google Authenticator वा पुष्टि कोड सिर्जना गर्ने अन्य एप प्रयोग गर्नुहोस्
महत्त्वपूर्ण कुरा: आफ्नो पुष्टि कोड कहिले पनि अरूलाई नदिनुहोस्।

तपाईं इन्टरनेट कनेक्सन वा मोबाइल सेवा नभएका बेला Google Authenticator वा एक पटके पुष्टि कोडहरू सिर्जना गर्ने अन्य कुनै एप सेटअप गर्न सक्नुहुन्छ।

हामीलाई यी व्यक्ति तपाईं नै हो भन्ने कुरा पुष्टि गर्नमा मद्दत गर्नका लागि साइन इन स्क्रिनमा उक्त पुष्टि कोड हाल्नुहोस्।

टेक्स्ट म्यासेज वा कलमार्फत प्राप्त भएको पुष्टि कोड प्रयोग गर्नुहोस्
महत्त्वपूर्ण कुरा: आफ्नो पुष्टि कोड कहिले पनि अरूलाई नदिनुहोस्।
तपाईंले पहिले नै प्रदान गर्नुभएको कुनै फोन नम्बरमा ६ अङ्कको कोड पठाइन सक्छ। तपाईंले छनौट गर्नुभएको सेटिङका आधारमा उक्त कोड टेक्स्ट म्यासेज (SMS) वा भ्वाइस कलमार्फत पठाइन सक्छ। तपाईं साइन इन स्क्रिनमा उक्त कोड हालेर साइन इन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरा पुष्टि गर्न सक्नुहुन्छ।
सुझाव: तपाईंले २ चरण प्रमाणीकरणका लागि जुनसुकै विधि प्रयोग गरे पनि तपाईंको खाताको सुरक्षा बढ्छ। तर म्यासेज वा कलमार्फत पठाइने कोडहरू भने फोन नम्बरका सहायताले ह्याक गर्न सकिने भएकाले सुरक्षा जोखिम हुन सक्छ।
ब्याकअप कोड प्रयोग गर्नुहोस्
महत्त्वपूर्ण कुरा: आफ्ना ब्याकअप कोडहरू कहिले पनि अरूलाई नदिनुहोस्।
तपाईं ८ अङ्कका एक सेट ब्याकअप कोड प्रिन्ट वा डाउनलोड गरेर सुरक्षित ठाउँमा राख्न सक्नुहुन्छ। तपाईंको फोन हराएका खण्डमा ब्याकअप कोडहरू उपयोगी हुन सक्छ।

विश्वसनीय डिभाइसमा दोस्रो चरण स्किप गर्ने तरिका

तपाईं आफ्नो कम्प्युटर वा फोनमा साइन इन गर्दा हरेक पटक प्रमाणीकरणको दोस्रो चरण पूरा गर्नु पर्ने झन्झटबाट मुक्त हुन चाहनुहुन्छ भने "यो कम्प्युटरमा फेरि नमागियोस्" वा "यो डिभाइसमा फेरि नमागियोस्" को छेउमा रहेको बाकसमा चिन्ह लगाउनुहोस्।
महत्त्वपूर्ण कुरा: तपाईंले नियमित रूपमा चलाउने डिभाइस र अरूलाई चलाउने अनुमति नदिनुभएका डिभाइसहरूका हकमा मात्र यो बाकसमा चिन्ह लगाउनुहोस्।

सम्बन्धित स्रोतहरू

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
11297445254289801664
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false