एकै पटक एकभन्दा बढी खातामा साइन इन गर्नुहोस्

तपाईंसँग एकभन्दा बढी Google खाता छन् भने तपाईं एकै पटक एकभन्दा बढी खातामा साइन इन गर्न सक्नुहुन्छ। यसरी तपाईं साइन आउट तथा पुनः साइन इन नगरी एक खाताबाट अर्को खातामा जान सक्नुहुन्छ।

तपाईंका सबै खाताका आ-आफ्नै सेटिङ हुन्छन् तर केही अवस्थामा तपाईंको पूर्वनिर्धारित खाताका सेटिङ लागू हुन सक्छन्।

खाता थप्नुहोस्

  1. तपाईं आफ्नो कम्प्युटरमा Google मा साइन इन गर्नुहोस्।
  2. सिरानको दायाँपट्टि रहेको आफ्नो प्रोफाइल तस्बिर वा नाम वा थरको सुरुको अक्षर चयन गर्नुहोस्।
  3. मेनुमा गएर खाता थप्नुहोस् नामक विकल्प छनौट गर्नुहोस्।
  4. आफूले प्रयोग गर्न चाहेको खातामा साइन इन गर्न निर्देशनहरूको पालना गर्नुहोस्।

एक खाताबाट अर्को खातामा जाने

  1. तपाईं कम्प्युटरमा Google मा साइन इन गर्नुहोस्।
  2. सिरानको दायाँपट्टि रहेको आफ्नो प्रोफाइल तस्बिर वा नाम वा थरको सुरुको अक्षर चयन गर्नुहोस्।
  3. मेनुमा गई आफूले प्रयोग गर्न चाहेको खाता चयन गर्नुहोस्।

साइन आउट गर्नुहोस्

महत्त्वपूर्ण जानकारी: कथमकदाचित् पुनः साइन इन गर्न समस्या नहोस् भन्नाका खातिर आफ्नो खाताबाट साइन आउट गर्नुअघि ब्याकअप प्रमाणीकरण विधिहरू सेटअप गरेको कुरा सुनिश्चित गर्नुहोला।

  1. आफ्नो यन्त्रमा www.google.com जस्ता Google को कुनै पृष्ठमा जानुहोस्।
  2. सिरानको दायाँपट्टि रहेको आफ्नो प्रोफाइल तस्बिर वा नाम वा थरको सुरुको अक्षर चयन गर्नुहोस्।
  3. मेनुमा गएर साइन आउट गर्नुहोस् वा सबै खाताबाट साइन आउट गर्नुहोस् नामक विकल्प छनौट गर्नुहोस्।

तपाईंको खाता साइन इन पृष्ठबाट हटाउनुहोस्

  1. आफ्नो यन्त्रमा, आफू साइन इन अवस्थामा रहेको कुनै ब्राउजर (जस्तै: Chrome) मा जानुहोस्।
  2. myaccount.google.com मा जानुहोस्।
  3. सिरानको दायाँपट्टि रहेको आफ्नो प्रोफाइल तस्बिर अथवा नाम वा थरको सुरुको अक्षर चयन गर्नुहोस्।
  4. साइन आउट गर्नुहोस् वा सबै खाताबाट साइन आउट गर्नुहोस् नामक बटन चयन गर्नुहोस्।
  5. खाता हटाउनुहोस् नामक बटन चयन गर्नुहोस्।
  6. खातासँगै रहेको Remove हटाउनुहोस् नामक विकल्प चयन गर्नुहोस्।
  7. ऐच्छिक: तपाईंले Firefox वा Safari जस्ता अन्य ब्राउजरहरू साइन इन गर्नुभएको छ भने यी चरणहरू हरेक पल्ट दोहोर्‍याउनुहोस्।

सबै खाताका आ-आफ्नै सेटिङ हुन्छन्

तपाईं आफ्नो प्रत्येक खाताको सेटिङ छुट्टाछुट्टै रूपमा नियन्त्रण गर्न सक्नुहुन्छ। तपाईंले एकभन्दा बढी खातामा साइन इन गर्नुभयो भने खाताहरूका सेटिङ सामान्यतया एकअर्कामा सेयर हुँदैनन्। उदाहरणका लागि, तपाईंका खातामा भाषासम्बन्धी छुट्टाछुट्टै सेटिङ वा साइन इन गर्ने चरणहरू प्रयोग भएका हुन सक्छन्।

कहिलेकाहीँ एउटा खाताको सेटिङ अर्को खातामा पनि लागू हुन सक्छ

तपाईं एकै पटक एकभन्दा बढी खातामा साइन इन हुनुहुन्छ भने कहिलेकाहीँ हामी तपाईं कुन खाता प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा बताउन सक्दैनौँ। उदाहरणका लागि, तपाईं दुई खातामा साइन इन हुनुहुन्छ र तपाईंले ब्राउजरको एउटा नयाँ विन्डो खोल्नुभयो भने हामी त्यतिबेला तपाईं कुन खाता प्रयोग गर्न चाहनुहुन्छ भन्ने कुरा यकिन गर्न सक्दैनौँ। यी र यस्ता अवस्थामा, Google ले तपाईंको पूर्वनिर्धारित खाता का वेब तथा अनुप्रयोगसम्बन्धी गतिविधिविज्ञापनको वैयक्तीकरण जस्ता सेटिङ लागू गर्न सक्छ।

पूर्वनिर्धारित खाता भनेको के हो

धेरैजसो अवस्थामा, तपाईं सुरुमा जुन खातामार्फत साइन इन गर्नुहुन्छ सोही खातालाई तपाईंको पूर्वनिर्धारित खाता मानिन्छ। मोबाइल यन्त्रहरूमा, तपाईंको पूर्वनिर्धारित खाता तपाईंको यन्त्रको अपरेटिङ सिस्टम र तपाईंले प्रयोग गर्ने अनुप्रयोगहरूमा भर पर्छ।

true
Welcome to your Google Account!

We see you have a new Google Account! Learn how to improve your experience with your Google Account checklist.

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
8422334827201175837
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false