YouTube TV एपमा सर्वसुलभता कायम गर्ने निश्चित सुविधाहरू प्रयोग गर्न सकिन्छ। दृष्टिविहीन र दृष्टि कमजोर भएका सदस्यहरू TalkBack र BrailleBack एपहरूमार्फत सर्वसुलभ सुविधाहरू प्रयोग गर्न सक्छन्।
हाम्रो TV एपबाट YouTube TV चलाउने तरिका
सुरु गर्ने तरिका
-
तपाईं मद्दत केन्द्रमा रहेको "साइन अप गर्ने र YouTube TV कस्टमाइज गर्ने तरिका" नामक लेख पढेर YouTube TV मा साइन अप गर्ने र यो प्लेटफर्म प्रयोग गर्ने तरिकाका बारेमा विस्तृत रूपमा जान्न सक्नुहुन्छ।
तपाईंले खाता साइन अप गरिसकेपछि:
- आफ्नो टिभी वा स्ट्रिमिङ डिभाइसमा YouTube TV डाउनलोड गर्नुहोस्।
- नोट: हाल हाम्रो TV एप निश्चित डिभाइसहरूमा उपलब्ध छ। यो एप उपलब्ध भएका डिभाइसहरूका बारेमा जानकारी प्राप्त गर्न "आफ्नो टिभीमा YouTube TV हेर्नुहोस्" शीर्षक भएको मद्दतसम्बन्धी लेख पढ्नुहोस्।
- YouTube TV एप खोल्नुहोस्।
- आफूले YouTube TV मा साइन अप गर्न प्रयोग गरेको खाताबाट साइन इन गर्नुहोस्।
एप चलाउने तरिका
YouTube TV का मुख्य ट्याबहरू होम, लाइब्रेरी र लाइभ हुन्।
- होम ट्याबमा YouTube TV मा के हेर्ने भन्ने कुरासँग सम्बन्धित सिफारिसहरू हुन्छन्। यी सिफारिसहरू YouTube TV र YouTube मा भएका तपाईंका वाच हिस्ट्रीमा आधारित हुन्छन्। तपाईं लाइभ टिभी सो, चाहेका बेला हेर्न सकिने कार्यक्रम र YouTube भिडियोहरू मिलाएर गरिएका सिफारिसहरू भेट्टाउनु हुने छ।
- लाइभ ट्याबमा नेटवर्कहरू (जस्तै, Fox) स्क्रोल गरी अहिले कुन कुन कार्यक्रम प्रसारण भइरहेका छन् भन्ने कुरा हेर्न सकिन्छ। लाइभ प्रसारण भइरहेका कार्यक्रम हेर्न कुनै पनि कार्यक्रम चयन गर्नुहोस्।
- लाइब्रेरी ट्याब भनेको तपाईंले सेभ गरिएका रेकर्डिङहरू हेर्ने सक्ने ठाउँ हो।
आफ्नो खातामा साइन इन गर्ने तरिका
- आफ्नो टिभी वा स्ट्रिमिङ डिभाइसबाट YouTube TV एप खोल्नुहोस्।
- तपाईंको YouTube TV को सदस्यतासँग लिंक गरिएको खाता तथा पासवर्डसम्बन्धी जानकारी हाल्नुहोस्।
- साइन इन गर्नुहोस् चयन गर्नुहोस्।
आफ्नो खाताबाट साइन आउट गर्ने तरिका
- YouTube TV एपबाट आफ्नो प्रोफाइल फोटो चयन गर्नुहोस्।
- आफ्नो खाताको युजरनेम पुनः चयन गर्नुहोस्।
- उपलब्ध मेनुबाट साइन आउट गर्नुहोस् चयन गर्नुहोस्।
सो, कार्यक्रम तथा मुभीहरू खोज्ने तरिका
तपाईं सर्च बार प्रयोग गरी सो, मुभी, स्पोर्ट्स टिम, कार्यक्रम, अभिनेता, नेटवर्क र अन्य कुराहरू खोज्न सक्नुहुन्छ।
खोज्ने तरिका:
- जुनसुकै स्क्रिनबाट सर्च फिल्ड चयन गर्नुहोस्।
- सर्च फिल्डमा खोज पद हाल्नुहोस् र इन्टर थिच्नुहोस्।
क्लोज्ड क्याप्सन अन गर्ने तरिका
- कुनै कार्यक्रमको क्लोज्ड क्याप्सन उपलब्ध छ भने तपाईं भिडियो प्लेयरमा प्रोग्रेस बारको छेउमा वा भिडियो प्लेयरमा रहेको ओभरफ्लो मेनु
मा CC बटन देख्नु हुने छ।
- आफ्नो स्मार्ट टिभी डिभाइस प्रयोग गरी क्लोज्ड क्याप्सन अन गर्न प्लेयर कन्ट्रोलहरूमा जान रिमोटमा रहेको डाउन बटन थिच्नुहोस्। त्यसपछि स्क्रोल गरेर CC आइकन चयन गर्नुहोस्।
- चाहेका बेला हेर्न सकिने कार्यक्रमहरूका हकमा तपाईं भिडियो प्लेयरबाट क्याप्सनहरू देखिने तरिका बदल्न सक्नुहुन्छ।
- वेब ब्राउजरमार्फत विन्डो कोल्याप्स गरेर भिडियो हेर्दा क्लोज्ड क्याप्सन उपलब्ध हुँदैन।
आफ्नो कम्प्युटरबाट YouTube TV चलाउने तरिका
सुरु गर्ने तरिका
-
तपाईं मद्दत केन्द्रमा रहेको "साइन अप गर्ने र YouTube TV कस्टमाइज गर्ने तरिका" नामक लेख पढेर YouTube TV मा साइन अप गर्ने र यो प्लेटफर्म प्रयोग गर्ने तरिकाका बारेमा विस्तृत रूपमा जान्न सक्नुहुन्छ।
-
सुरु गर्न साइन अप गरिसकेपछि आफ्नो कम्प्युटरबाट tv.youtube.com मा जानुहोस् वा एप खोल्नुहोस्। तपाईंले साइन इन गरिसक्नुभएको छैन भने आफ्नो YouTube TV को सदस्यतासँग लिंक गरिएको Google खाता प्रयोग गरी साइन इन गर्नुहोस्।
एप चलाउने तरिका
- होम ट्याबमा YouTube TV मा के हेर्ने भन्ने कुरासँग सम्बन्धित सिफारिसहरू हुन्छन्। यी सिफारिसहरू YouTube TV र YouTube मा भएका तपाईंका वाच हिस्ट्रीमा आधारित हुन्छन्। तपाईं लाइभ टिभी सो, चाहेका बेला हेर्न सकिने कार्यक्रम र YouTube भिडियोहरू मिलाएर गरिएका सिफारिसहरू भेट्टाउनु हुने छ।
- लाइभ ट्याबमा नेटवर्कहरू (जस्तै, Fox) स्क्रोल गरी अहिले कुन कुन कार्यक्रम प्रसारण भइरहेका छन् भन्ने कुरा हेर्न सकिन्छ। लाइभ प्रसारण भइरहेका कार्यक्रम हेर्न कुनै पनि कार्यक्रम चयन गर्नुहोस्।
- लाइब्रेरी ट्याब भनेको तपाईंले सेभ गरिएका रेकर्डिङहरू हेर्ने सक्ने ठाउँ हो।
ध्यान दिनु पर्ने कुरा: तपाईं YouTube TV मा ठाडो र तेर्सो दुवै तरिकाले स्क्रोल गर्न सक्नुहुन्छ। तपाईंले ठाडो स्क्रोल गर्नुभयो भने तपाईं विभिन्न प्रकारका कार्यक्रम तथा कोटीहरू भेट्टाउनु हुने छ। तेर्सो स्क्रोल गर्न एरोमा क्लिक गर्नुहोस्। तपाईं खेलकुद जस्ता कुनै निश्चित विषयसँग सम्बन्धित कार्यक्रमहरू भेट्टाउन चाहनुहुन्छ भने तेर्सो स्क्रोल गर्नुहोस्।
आफ्नो खातामा साइन इन गर्ने तरिका
- YouTube TV बाट साइन इन गर्नुहोस् चयन गर्नुहोस्।
- तपाईंको सदस्यतासँग लिंक गरिएको खाताका विवरण हाल्नुहोस् वा चयन गर्नुहोस्।
- आफ्नो पासवर्ड र पहिचान पुष्टि गर्न चाहिने अन्य जानकारी हाल्नुहोस्।
आफ्नो खाताबाट साइन आउट गर्ने तरिका
- YouTube TV मा आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस्।
- आफ्नो खाताको युजरनेम पुनः चयन गर्नुहोस्।
- देखिएको ड्रपडाउनको पुछारमा गई साइन आउट गर्नुहोस् मा क्लिक गर्नुहोस्।
सो, कार्यक्रम तथा मुभीहरू खोज्ने तरिका
तपाईं सर्च बार प्रयोग गरी सो, मुभी, स्पोर्ट्स टिम र अन्य कुराहरू खोज्न सक्नुहुन्छ।
खोज्न:
- कुनै पनि स्क्रिनबाट सर्च फिल्ड चयन गर्नुहोस्।
- उक्त सर्च फिल्डमा खोज पद टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्।
क्लोज्ड क्याप्सन अन गर्ने तरिका
- क्लोज्ड क्याप्सन उपलब्ध छ भने तपाईं भिडियो प्लेयरमा प्रोग्रेस बारको छेउमा CC बटन देखिन्छ।
- CC बटनमा क्लिक गर्नुहोस् र उपलब्ध क्याप्सन ट्र्याकको सूचीबाट कुनै क्याप्सन ट्र्याक चयन गर्नुहोस्।
- चाहेका बेला हेर्न सकिने कार्यक्रमहरूका हकमा तपाईं भिडियो प्लेयर (वेब ब्राउजरमा) बाट क्याप्सनहरू देखिने तरिका बदल्न सक्नुहुन्छ।
- लाइभ प्रसारण हुने कार्यक्रमहरूका हकमा क्लोज्ड क्याप्सन कस्टमाइज गर्न सकिँदैन।
- वेब ब्राउजरमार्फत विन्डो कोल्याप्स गरेर भिडियो हेर्दा क्लोज्ड क्याप्सन उपलब्ध हुँदैन।