YouTube Premium को विद्यार्थी सदस्यता लिनुहोस्

तपाईं विद्यार्थी हुनुहुन्छ भने तपाईं YouTube को विद्यार्थी सदस्यता लिन योग्य हुन सक्नुहुन्छ। विद्यार्थी सदस्यताको लागि को योग्य हुन्छ र यसमा कसरी साइन अप गर्न सकिन्छ भन्ने बारेमा जान्नुहोस्।

तपाईंको YouTube को सशुल्क सदस्यता सक्रिय छ (YouTube वा YouTube TV बाट खरिद गरिएको NFL Sunday Ticket बाहेक) र तपाईं उक्त सदस्यता बदलेर विद्यार्थी सदस्यता बनाउन चाहनुहुन्छ भने पहिला आफ्नो हालको सदस्यता रद्द गर्नहोस्। आफ्नो हालको सदस्यता रद्द गरेपछि तपाईं YouTube को विद्यार्थी सदस्यतामा साइन अप गर्न सक्नुहुन्छ।

YouTube को विद्यार्थी सदस्यता लिनका लागि आवश्यक योग्यता

YouTube को विद्यार्थी सदस्यतामा साइन अप गर्न तपाईंले अनिवार्य रूपमा निम्न कुराहरू पूरा गर्नु पर्ने हुन्छ:

  • YouTube को विद्यार्थी सदस्यता लिने सुविधा दिइएको लोकेसनमा रहेको उच्च शिक्षा अध्ययन गर्ने कुनै संस्थामा विद्यार्थीको रूपमा भर्ना हुनुहोस्।
  • उक्त उच्च शिक्षा अध्ययन गर्ने संस्था SheerID बाट अनुमोदन गरिएको हुनु पर्ने हुन्छ। संस्थाको योग्यताको निर्णय SheerID प्रोग्रामबाट गरिन्छ।

    तपाईंको शिक्षण संस्थामा विद्यार्थी सदस्यता योजना उपलब्ध छ कि छैन भनेर जाँच गर्न:
    1. YouTube Premium वा YouTube Music Premium को विद्यार्थी सदस्यता योजना भएको ल्यान्डिङ पेजमा जानुहोस्।
    2. Premium को सदस्यता लिनुहोस् चयन गर्नुहोस्।
    3. SheerID को फाराममा आफ्नो शिक्षण संस्थाको नाम टाइप गर्नुहोस्। यदि तपाईको स्कूल सूचीमा छ भनेतपाईको को लागि विद्यार्थी सदस्यता उपलब्ध छ।
  • SheerID मार्फत विद्यार्थीको रुपमा प्रमाणित हुनुहोस्। पहिचान पुष्टि गर्ने प्रक्रियामा कुनै मद्दत चाहिएमा customerservice@sheerid.comमा SheerID लाई इमेल गर्नुहोस्।

तपाईंले सदस्यता लिन आवश्यक योग्यताका मापदण्डहरू पूरा गर्नुभयो भने तपाईं बढीमा लगातार ४ वर्षसम्म विद्यार्थी सदस्यता लिन योग्य हुनु हुने छ। तपाईंले हरेक वर्ष आफ्नो योग्यता पुनः पुष्टि गर्नु पर्ने हुन्छ।

विद्यार्थी सदस्यता लोकेसनहरू

YouTube विद्यार्थी सदस्यताहरू वर्तमानमा निम्न लोकेसनहरूमा उपलब्ध छन्:

  • अल्जेरिया
  • अस्ट्रेलिया
  • अष्ट्रिया
  • अजरबैजान
  • बहाराइन
  • बङ्गलादेश
  • बेल्जियम
  • बोलिभिया
  • ब्राजिल
  • बुल्गेरिया
  • कम्बोडिया
  • क्यानाडा
  • चिली
  • कोलोम्बिया
  • कोस्टारिका
  • साइप्रस
  • चेक गणतन्त्र
  • डेनमार्क
  • डोमिनिकन गणतन्त्र
  • इक्वेडर
  • इजिप्ट
  • एल् साल्भाडोर
  • फिनल्यान्ड
  • फ्रान्स
  • फ्रान्सेली गुयाना
  • फ्रान्सेली पोलिनेसिया
  • जर्जिया
  • जर्मनी
  • घाना
  • ग्रिस
  • ग्वाटेमाला
  • होन्डुरस
  • हङकङ
  • हङ्गेरी
  • भारत
  • इन्डोनेसिया
  • इराक
  • इजरायल
  • आयरल्यान्ड
  • इटाली
  • जमैका
  • जापान
  • जोर्डन
  • काजाकस्तान
  • केन्या
  • कुवेत
  • लाओस
  • लेबनान
  • लिबिया
  • लक्जेमबर्ग
  • मलेसिया
  • माल्टा
  • मेक्सिको
  • मोरक्को
  • नेपाल
  • नेदरल्यान्ड्स
  • न्युजिल्यान्ड
  • निकारागुवा
  • उत्तर म्यासेडोनिया
  • नर्वे
  • ओमान
  • पाकिस्तान
  • पानामा
  • पाराग्वे
  • पेरू
  • फिलिपिन्स
  • पोल्याण्ड
  • पोर्चुगल
  • कतार
  • रियुनियन
  • रोमानिया
  • रुस
  • साउदी अरब
  • सेनेगल
  • सिङ्गापुर
  • स्लोभाकिया
  • दक्षिण अफ्रिका
  • स्पेन
  • श्रीलंका
  • स्विडेन
  • स्विजरल्यान्ड
  • ताइवान
  • तान्जानिया
  • थाइल्यान्ड
  • ट्युनिसिया
  • टर्की
  • युगान्डा
  • युक्रेन
  • संयुक्त अरब इमिरेट्स
  • संयुक्त्त अधिराज्य
  • संयुक्त राज्य अमेरिका
  • उरुग्वे
  • भियतनाम
  • यमन
  • जिम्बावे

विद्यार्थी सदस्यता विकल्पहरू

हामी तपाइँको YouTube अनुभवलाई प्रवर्द्धन गर्न विभिन्न विकल्पहरू अफर गर्दछौं। तपाईं विद्यार्थीको रूपमा या त YouTube Music Premium वा YouTube Premium सदस्यताको लागि साइन अप गर्न सक्नुहुन्छ। तपाईले छुटसहितको दरमा पनि समान सुविधाहरू पाउनु हुनेछन। तपाईंको लागि कुन सही छ भनेर निर्णय गर्न हाम्रो सशुल्क सदस्यता विकल्पहरू बारेमा जान्नुहोस्।

सशुल्क विद्यार्थी सदस्यता शुरु गर्नुहोस्

YouTube Premium

YouTube Premium सदस्य भएपश्चात आफ्नो लाभहरूलाई तपाई YouTube Music र YouTube Kids मा प्रयोग गर्न सक्नुहुन्छ
  1. तपाईको कम्प्युटर वा मोबाइल वेब ब्राउजर मा youtube.com/premium/studentमा जानुहोस्।
  2. Premium प्राप्त गर्नुहोस् चयन गर्नुहोस्।
  3. SheerID बाट योग्यता पुष्टि गर्ने कार्य पूरा गर्न निम्न चरणहरू पूरा गर्नुहोस्। यदि SheerID ले तपाइको योग्यता पुष्टि गर्न सक्छ भने साइन अप प्रक्रिया जारी राख्न तपाईंलाई YouTube मा रिडिरेक्ट गरिने छ।
    • SheerID ले तपाईंको योग्यता पुष्टि गर्ने कार्य पूरा गरेका खण्डमा साइन-अप गर्ने प्रक्रिया जारी राख्न तपाईंलाई YouTube मा रिडिरेक्ट गरिने छ।
    • यदि तपाईको प्रमाणीकरण तुरुन्तै नभए तपैक्को योग्यता पुष्टि गर्नको निम्ति तपाईलाई थप डकुमेन्ट अपलोड गर्न सोधिनेछ। यी डकुमेन्टहरूको समीक्षा म्यानुअल रूपमा गरिने छ। तपाईंले २० मिनेट भित्र आफ्नो योग्यता स्थितिको जानकारी दिने इमेल पाउनुहुनेछ संयुक्त राज्य अमेरिकामा। अरू गैर-U.S. लोकेसन हरूलागि, इमेलमार्फत पठाइने सूचनाले ४८ घण्टासम्म लिन सक्छ।
    • यदि तपाईको योग्यता अतिरिक्त प्रमाणीकरण चरण मार्फत पुष्टि भयो भने तपाईंले आफ्नो खातामा पुन: लग इन गर्न आवश्यक छ। आफ्नो प्रोफाइल फोटोमा ट्याप गरेर आफ्नो प्रोफाइलमा जानुहोस्। सशुल्क सदस्यता चयन गर्नुहोस्, त्यसपछि तपाईं निम्न चरणहरू पूरा गरी साइन-अप गर्ने प्रक्रिया पूरा गर्न अनुरोध गरिएको सूचना प्राप्त गर्नु हुने छ।
  4. आफूले प्रयोग गर्न चाहेको भुक्तानी विधि चयन गर्नुहोस् वा नयाँ भुक्तानी विधि हाल्नुहोस्।
  5. कारोबार प्रक्रिया पूरा गर्न खरिद गर्नुहोस् मा क्लिक गर्नुहोस्।

आफ्नो सदस्यताको विवरणहरू लेनदेन पूरा गर्न कुनै पनि समय http://youtube.com/purchases मा जानुहोस्।

YouTube Music Premium

विज्ञापनरहित लाखौं गीत र सङ्गीत भिडियोहरूको आनन्द लिन YouTube Music Premium को सदस्य बन्नुहोस्। अफलाइन सुन्न र थपको सुविधाको लागि आफ्नो मन पर्ने गीतहरू र भिडियोहरू डाउनलोड गर्नुहोस्।
  1. आफ्नो कम्प्युटर वा मोबाइल वेब ब्राउजर मा youtube.com/musicpremium/student मा जानुहोस्।
  2. Premium को सदस्यता लिनुहोस् चयन गर्नुहोस्।
  3. SheerID बाट योग्यता पुष्टि गर्ने कार्य पूरा गर्न निम्न चरणहरू पूरा गर्नुहोस्। यदि SheerID ले तपाईंको योग्यता पुष्टि गर्न सक्छ भने साइन-अप प्रक्रिया जारी राख्न तपाईंलाई YouTube मा रिडिरेक्ट गरिने छ।
    • SheerID ले तपाईंको योग्यता पुष्टि गर्ने कार्य पूरा गरेका खण्डमा साइन-अप गर्ने प्रक्रिया जारी राख्न तपाईंलाई YouTube मा रिडिरेक्ट गरिने छ।
    • यदि तपाईको प्रमाणीकरण तुरुन्तै नभए तपैक्को योग्यता पुष्टि गर्नको निम्ति तपाईलाई थप डकुमेन्ट अपलोड गर्न सोधिनेछ। यी डकुमेन्टहरूको समीक्षा म्यानुअल रूपमा गरिने छ। तपाईंले २० मिनेट भित्र आफ्नो योग्यता स्थितिको जानकारी दिने इमेल पाउनुहुनेछ अरू गैर-U.S. लोकेसन हरूलागि, इमेलमार्फत पठाइने सूचनाले ४८ घण्टासम्म लिन सक्छ।
    • तपाईंको योग्यता थप चरण पूरा गरी पुष्टि गरिएको भएमा तपाईंले पुनः आफ्नो खातामा लग इन गर्नु पर्ने हुन्छ। आफ्नो प्रोफाइल फोटोमा ट्याप गरेर आफ्नो प्रोफाइलमा जानुहोस्। सशुल्क सदस्यता चयन गर्नुहोस् र निम्न चरणहरुको प्रयोग गर्दै तपाईले साइन-अप पूरागर्ने अनुरोध प्राप्त गर्नुहुनेछ।
  4. आफूले प्रयोग गर्न चाहेको भुक्तानी विधि चयन गर्नुहोस् वा नयाँ भुक्तानी विधि हाल्नुहोस्।
  5. कारोबार प्रक्रिया पूरा गर्न खरिद गर्नुहोस् मा क्लिक गर्नुहोस्।

आफ्नो सदस्यताको विवरणहरू लेनदेन पूरा गर्न कुनै पनि समय http://youtube.com/purchases मा जानुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
14120822830558064835
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false