दोहोरिएको सदस्यताहरू व्यवस्थापन गर्नुहोस्

हामी YouTube मा विभिन्न सशुल्क सदस्यताका विकल्पहरू अफर गर्छौं। एक थरिको सदस्यता विकल्पबाट अर्कोमा बदल्दा वा अपग्रेड गर्दा तपाईंबाट दुई पटक भुक्तानी लिइन सक्छ। हाम्रा केही सशुल्क सदस्यताले स्वचालित रूपमा तपाइलाई अन्य सदस्यताहरूको पनि एक्सेस दिन्छन्। त्यसैले तपाईं तल्लो तहको सदस्यता रद्द गरेर पैसा बचत गर्न सक्नुहुन्छ।

हरेक सशुल्क सदस्यता अर्को सदस्यतासँग कसरी जोडिएको हुन्छ र दोहोरो सदस्यता लिनबाट कसरी बच्ने वा दोहोरो सदस्यता लिइएको छ भने एउटा सदस्यता कसरी खारेज गर्ने भन्ने बारेमा जान्नुहोस्।

तपाईंले दोहोरो शुल्क लिएको देख्नुभयो र तपाईंलाई सो शुल्क अर्को सदस्यताको लागि लिएको हैन जस्तो लाग्छ भने कृपया यो पृष्ठमा जानुहोस्. तपाईं अथोराइजेसन होल्ड वा बिचाराधीन शुल्क वा अन्य अनपेक्षित शुल्क पनि देख्न सक्ने सम्भावना हुन्छ।

सदस्यताका विकल्पहरू र बिलिङ

YouTube Premium:

  • यसले तपाईंलाई YouTube Premium का सम्पूर्ण लाभहरू + YouTube Music Premium का सम्पूर्ण लाभहरूको एक्सेस दिन्छ।
  • YouTube वा तपाईंले iOS बाट साइन अप गर्नुभएको थियो भने Apple बाट बिल जारी गरिने।

YouTube Music Premium:

  • यसले तपाईंलाई YouTube Music Premium का सम्पूर्ण लाभको एक्सेस दिन्छ।
  • YouTube वा तपाईंले iOS बाट साइन अप गर्नुभएको थियो भने Apple बाट बिल जारी गरिने।

दोहोरिएको सदस्यता कसरी रद्द गर्ने

तपाईंले झुक्किएर YouTube Premium अनि YouTube Music Premium को सदस्यता लिनुभएको छ भने : YouTube Music को सदस्यता Premium सदस्यतामै समावेश हुने भएकाले तपाईं YouTube Music को सदस्यता रद्द गरेर पैसा बचाउन सक्नुहुन्छ। तपाईंले Apple मार्फत YouTube Music Premium को सदस्यता लिनुभएको छ भने Apple बाटै आफ्नो सदस्यता रद्द गर्नुहोस्। तपाईंले YouTube बाट सदस्यता लिनुभएको छ भने कसरी आफ्नो सदस्यता रद्द गर्ने तरिका जान्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
6467721371947777084
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false