आफ्नो भिडियोको गुणस्तर परिवर्तन गर्नुहोस्

तपाईंलाई उत्कृष्ट अनुभव प्रदान गर्नका लागि तपाईंको इन्टरनेटको गति जस्ता कुरामा आधारित भएर YouTube ले तपाईंको भिडियो स्ट्रिमको गुणस्तर परिवर्तन गर्छ। इन्टरनेटको गति जस्ता कुराहरूले तपाईंले भिडियो हेर्दा हेर्दै भिडियोको गुणस्तर परिवर्तन गर्छन्।

यहाँ भिडियोको गुणस्तर निर्धारण गर्ने केही कारकहरू दिइएका छन्:

  • तपाईंको इन्टरनेट कनेक्सनको गति।
  • भिडियो प्लेयर/स्क्रिनको साइज: उच्च गुणस्तरीय भिडियोहरू सामान्यतया ठुलो स्क्रिनमा प्ले गर्दा राम्रो देखिन्छन्।
  • अपलोड गरिएको मूल भिडियोको गुणस्तर: भिडियो डिफल्ट डेफिनेसनमा रेकर्ड गरिएको छ भने सो भिडियो हाइ डेफिनेसनमा उपलब्ध हुँदैन।
  • तपाईंको ब्राउजर: केही ब्राउजरहरूमा नयाँ फर्म्याटका भिडियो वा गुणस्तरसम्बन्धी नयाँ विकल्पहरू प्रयोग गर्न मिल्दैन।
नोट: YouTube Premium मार्फत तपाईंले Apple फोन र ट्याब्लेटहरूमा 1080p प्रिमियममा भिडियोहरू हेर्न सक्नुहुन्छ। YouTube Premium को सदस्य बन्नुहोस् वा YouTube Premium सदस्यताबाट पाइने लाभहरूका बारेमा थप जान्नुहोस्

भिडियोको गुणस्तर परिवर्तन गर्ने तरिका

तपाईं कम्प्युटर, टिभी वा मोबाइल डिभाइसमा हेरिरहेको जुनसुकै भिडियोको गुणस्तर म्यानुअल तरिकाले परिवर्तन गर्न सक्नु हुन्छ।

How to change the quality of a video you’re watching

ताजा समाचार, अपडेट र सुझावहरूका लागि YouTube Viewers च्यानल सब्सक्राइब गर्नुहोस्।

टिभीमा भिडियोको गुणस्तर परिवर्तन गर्ने तरिका:

  1. भिडियो प्लेयरमा सेटिङहरू छनौट गर्नुहोस्।
  2. गुणस्तर छनौट गर्नुहोस्।
  3. आफूले चाहेको गुणस्तर छनौट गर्नुहोस्।
ध्यान दिनु पर्ने कुरा: १०८० पिक्सेल वा 4K जस्ता केही उच्च गुणस्तरका फर्म्याटहरूमा भिडियो कम्प्रेस गर्ने नयाँ प्रविधि (VP9) प्रयोग गर्न नमिल्ने हुन सक्छ। त्यसैले ती फर्म्याट सबै डिभाइसहरूमा नचल्न सक्छन्।

आफ्नो कम्प्युटरमा भिडियो हेर्दै गर्दा भिडियोको गुणस्तर परिवर्तन गर्न:

  1. भिडियो प्लेअरमा सेटिङहरू छनौट गर्नुहोस्।
  2. गुणस्तर मा क्लिक गर्नुहोस्।
  3. आफूलाई मन पर्ने भिडियोको गुणस्तर छनौट गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
10341189985517816650
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false