YouTube Premium र YouTube Music Premium चल्ने डिभाइसहरू

तपाईंसँग YouTube Premium वा YouTube Music Premium छ भने सदस्यता लिएबापत प्राप्त हुने लाभहरू YouTube चल्ने सबै डिभाइसहरूमा उपलब्ध हुन्छन्। हाम्रो सशुल्क YouTube सदस्यताका बारेमा थप जान्नुहोस्।

मोबाइल डिभाइसहरू

  • विज्ञापनरहित भिडियो र ब्याकग्राउन्ड प्लेलगायतका YouTube Premium र Music Premium का सबै लाभहरू YouTube मोबाइल एप र YouTube Music एपमा उपलब्ध छन्।
  • तपाईंले YouTube Premium का सदस्यले पाउने सबै लाभहरू प्राप्त गर्नुभएको छ भन्ने कुरा सुनिश्चित गर्न YouTube वा YouTube Music एप अपडेट गरी नवीनतम संस्करण बनाउनुहोस्।

TV सँग कनेक्ट गरिएका डिभाइसहरू

YouTube Premium सदस्यको रूपमा तपाईं आफ्नो TV मा विज्ञापनरहित भिडियोहरू र YouTube Originals हेर्न सक्नुहुन्छ। YouTube Premium सदस्यताबाट पाइने लाभहरू तपाईंले YouTube एपमा साइन इन गर्न सक्ने सबै स्ट्रिमिङ डिभाइस, स्मार्ट TV वा गेम कन्सोलमा उपलब्ध हुन्छ।

सुझावहरू:
  • YouTube Music एप बैठक कोठाका डिभाइसहरूमा उपलब्ध हुँदैन।
  • अफलाइन र ब्याकग्राउन्ड प्ले YouTube, YouTube Kids र YouTube Music मोबाइल एपहरूमा मात्र उपलब्ध हुन्छ। YouTube Premium सदस्यताबाट पाइने लाभहरूको प्रयोगका बारेमा थप जन्नुहोस्।
  • तपाईंले YouTube एपको नवीनतम संस्करण इन्स्टल गर्नुभएको छ र आफ्नो YouTube Premium खातामा साइन इन गर्नुभएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्।

सङ्गीत स्ट्रिम गर्ने डिभाइसहरू

  • YouTube Music एपमा Chromecast अडियो प्ले गर्ने तरिका: Premium सदस्यता लिएका सदस्यहरू Chromecast अडियो डिभाइस वा Google Cast सँग कनेक्ट गरिएका स्पिकरमा YouTube Music एपमार्फत अडियो प्ले गर्न सक्छन्।

प्रयोग गर्न मिल्ने वेब ब्राउजरहरू

  • आफ्नो कम्प्युटरको वेब ब्राउजरमा विज्ञापनरहित भिडियोहरू हेर्न आफ्नो प्रिमियम खातामार्फत youtube.com वा music.youtube.com मा साइन इन गर्नुहोस्। YouTube कुन कुन वेब ब्राउजरमा चल्छ भन्ने बारेमा जान्नुहोस्।

Chromecast

निम्न Chromecast मोडलमा TV मार्फत YouTube मा सोझै साइन इन गर्न मिल्दैन: 

  • अल्ट्रा
  • तेस्रो पुस्ता
  • दोस्रो पुस्ता
  • पहिलो पुस्ता

Chromecast प्रयोग गरी आफ्नो TV मा YouTube भिडियो कास्ट गर्न:

  1. मोबाइल डिभाइसमार्फत आफ्नो YouTube Premium खातामा साइन इन गर्नुहोस्।
  2. तपाईंको डिभाइसलाई  आइकन को प्रयोग गरी आफ्नो TV सँग कनेक्ट गर्नुहोस् ।
  3. अन्य YouTube भिडियोहरू ब्राउज गर्न र चयन गर्न आफ्नो मोबाइल डिभाइस प्रयोग गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
10025633353203120316
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false