YouTube का सशुल्क उत्पादनहरूको शुल्कमा हुने परिवर्तनका बारेमा जान्नुहोस्

हामी बजारमा हुने मुद्रास्फीति र स्थानीय करलगायतका परिवर्तनहरूसँग तालमेल राख्न समय समयमा हाम्रा सदस्यता शुल्कहरू संशोधन गर्ने गर्छौँ।

आफ्नो हालको सदस्यता शूल्क थहा पाउन वा तपाईंबाट शुल्क लिइने तरिका बुझ्न आफ्नो खातामार्फत खरिद तथा सदस्यताहरू पेजमा जानुहोस्। तपाईं जुनसुकै बेला आफ्नो सदस्यता रद्द गर्न वा परिवर्तन गर्न पनि सक्नुहुन्छ।

म आफूले तिर्नु पर्ने शुल्क परिवर्तन भइरहेको छ किन छैन भन्ने कुरा कसरी थाहा पाउन सक्छु?

हामी तपाईंको देश/क्षेत्रमा शुल्क वृद्धि हुनुभन्दा कम्तीमा पनि ३० दिनअघि तपाईंलाई इमेलमार्फत जानकारी गराउने छौँ।

स्थानीय करमा परिवर्तनहरू हुन सक्ने भएकाले तपाईंले तिर्नु पर्ने कुल शुल्कमा पनि वृद्धि हुन सक्छ भन्ने कुरा ख्याल राख्नुहोस्। तपाईंका पुनरावर्ती सदस्यताहरूको हालको शुल्कका बारेमा जानकार रहन तपाईंको खाताको खरिद तथा सदस्यताहरू पेजमा जानुहोस्।

मेरो सेवा अवरूद्ध हुने छ?

तपाईंले आफ्नो सदस्यता रद्द नगरेसम्म यो परिवर्तनले गर्दा तपाईंको Premium सेवा अवरूद्ध हुने छैन। यद्यपि, केही देश/क्षेत्रहरूमा तपाईंले आफ्नो सदस्यता जारी राख्न शुल्कमा भएका परिवर्तनहरू स्वीकार गर्नु पर्ने हुन सक्छ।
आफ्नो सदस्यताको स्थिति जाँच्न खरिद तथा सदस्यताहरू पेजमा जानुहोस्। शुल्कमा भएको परिवर्तन स्वीकार गर्न कुनै कदम चाल्नु पर्ने भएमा तपाईं आफ्नो सदस्यताको विवरणभित्र एउटा सूचना फेला पार्नु हुने छ।
तपाईंको सदस्यता रद्द गरियो भने तपाईं youtube.com/premium मा गई पुनः सदस्यता लिन सक्नुहन्छ।

मैले कहिलेदेखि नयाँ शुल्क तिर्नु पर्ने हुन्छ?

नयाँ सदस्यहरूबाट भने उनीहरूले साइनअप गर्ने क्रममा अफरमा देखाइएकै शुल्क लिइने छ।

विद्यमान सदस्यहरूका हकमा, हामीले योजनाको शुल्क बढाएको कम्तीमा पनि ३० दिनपछि सुरु हुने पहिलो बिलिङ अवधिदेखि नयाँ मासिक शुल्क लिइने छ। उदाहरणका लागि, हामीले सेप्टेम्बर १ मा नयाँ प्रयोगकर्ताहरूका लागि शुल्क बढाएका खण्डमा भने तपाईंबाट अक्टोबरको अर्को बिलिङ अवधिसम्म बढाइएको शुल्क लिइने छैन।

तपाईंको सदस्यता हाल पज गरिएको छ भने तपाईंले आफ्नो सदस्यता पुनः सुरु नगरेसमम तपाईंबाट शुल्क लिइने छैन। तपाईंले सदस्यता पुनः सुरु गरेपछि एक पटकका लागि तपाईंबाट पुरानै दरअनुसार शुल्क लिइने छ र त्यसपछिको बिलिङ अवधिदेखि नयाँ शुल्क लिइने छ।

म आफ्नो हालको शुल्क कसरी थाहा पाउन सक्छु?

आफ्नो हालको सदस्यता शूल्क थहा पाउन वा तपाईंबाट शुल्क लिइने तरिका बुझ्न आफ्नो खाताको खरिद तथा सदस्यताहरू पेजमा जानुहोस्।

म मेरो योजना परिवर्तन गर्न पाउँछु?

तपाईं जुनसुकै बेला आफ्ना सदस्यताहरू हेर्न, व्यवस्थापन गर्न वा रद्द गर्न सक्नुहुन्छ। आफ्नो योजना परिवर्तन गर्न आफ्नो खाताको खरिद तथा सदस्यताहरू पेजमा जानुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
14000890319532442725
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false