YouTube को परिवार योजना व्यवस्थापन गर्ने तरिका

पारिवारिक प्रबन्धक बन्नका लागि YouTube को परिवार योजना सेटअप गर्नुहोस्। पारिवारिक प्रबन्धकका रूपमा तपाईं आफ्नो YouTube Premium वा YouTube Music Premium को सदस्यता साझा गर्न सक्नुहुन्छ। तपाईं आफ्नो परिवारका बढीमा ५ जना सदस्यसँग आफ्नो सदस्यता साझा गर्न सक्नुहुन्छ। तपाईं परिवारको सदस्य हुनुहुन्छ भने YouTube परिवार योजना साझा गर्न तपाईं परिवार समूहमा सामेल हुन सक्नुहुन्छ। 

ख्याल गर्नुहोला: तपाईं Google को कुनै परिवार समूहका सदस्य हुनुहुन्छ भने YouTube को परिवार योजना खरिद गर्न सक्नुहुन्छ। तपाईंको परिवार समूहका प्रबन्धकले मात्र परिवार योजना खरिद गर्न सक्छन्।

परिवार योजना सुरु गर्नुअघि तपाईंले ख्याल गर्नु पर्ने कुरा

  • YouTube को साझा गरिएको परिवार योजनामा सामेल परिवारका सदस्यहरू र पारिवारिक प्रबन्धकको घरको ठेगाना अनिवार्य रूपमा एउटै हुनु पर्छ। परिवार समूहमा सामेल हुन आवश्यक सर्तहरू तथा परिवार योजना सेटअप गर्दा त्रुटि भयो भने के गर्ने भन्ने बारेमा थप जान्नुहोस्। 
  • तपाईं १२ महिनामा एक पटक मात्र परिवार समूहहरू बदल्न सक्नुहुन्छ।
  • परिवारका प्रत्येक सदस्यको नाम, फोटो र इमेल ठेगाना समूहमा सेयर गरिने छ।
  • YouTube TV को परिवार योजनाका बारेमा मद्दत चाहियो भने तपाईं जुनसुकै बेला  ग्राहक सेवा विभाग लाई सम्पर्क गर्न सक्नुहुन्छ। 

YouTube र YouTube TV मा पारिवारिक समूह बनाउने तरिका

पारिवारिक प्रबन्धक: साइन अप गरेर परिवारिक समूह बनाउने तरिका

YouTube Premium वा Music Premium का नयाँ सदस्यहरू

पारिवारिक समूह बनाउन १८ वर्ष वा सोभन्दा बढी उमेरको एक जना पारिवारिक प्रबन्धक चयन गर्नुहोस्। पारिवारिक योजना खरिद गर्ने वा सदस्यताका बारेमा निर्णय गर्ने अधिकार केवल पारिवारिक प्रबन्धकको हुन्छ। YouTube को सशुल्क सदस्यता लिन साइन अप गर्ने बारेमा थप जान्नुहोस्।

YouTube Premium वा Music Premium को सदस्यता लिन साइन अप गर्ने र पारिवारिक समूह बनाउने तरिका:

  1. YouTube एपमा गई आफ्नो प्रोफाइल फोटो and then खरिद तथा सदस्यताहरूमा ट्याप गर्नुहोस्।
  2. तपाईं YouTube Music Premium र YouTube Premium का सशुल्क सदस्यताका विकल्प देख्नु हुने छ। तपाईंले खरिद गर्न चाहनुभएको सदस्यतासँग रहेको थप जान्नुहोस् मा क्लिक गर्नुहोस्।
  3. वा परिवार वा विद्यार्थी योजनामार्फत पैसा बचत गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  4. पारिवारिक योजना खरिद गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  5. तपाईं कुनै विद्यमान Google पारिवारिक समूहको पारिवारिक प्रबन्धक हुनुहुन्छ भने तपाईं आफ्नो पारिवारिक समूह पुष्टि गर्ने एउटा डायलग देख्नु हुने छ। खरिद गर्ने प्रक्रिया अघि बढाउन जारी राख्नुहोस् चयन गर्नुहोस् र आफ्नो विद्यमान पारिवारिक समूहका सदस्यहरूसँग पारिवारिक योजना सेयर गर्नुहोस्। पाचौँ चरण तपाईंमा लागू हुँदैन भने छैटौँ चरणमा जानुहोस्।
  6. तपाईं अहिले कुनै पनि Google पारिवारिक समूहको प्रबन्धक होइन भने निम्न चरणहरूको पालना गरी सर्वप्रथम सदस्यता खरिद गर्नुहोस्। त्यसपछि तपाईंलाई पारिवारिक समूह बनाउने प्रक्रिया बताइने छ।
ख्याल गर्नुहोला: तपाईंलाई कुनै परिवार योजनामा साइन अप गर्न समस्या आइरहेको छ भने तपाईंसँग Google Play का थुप्रै भुक्तानी प्रोफाइल भएकाले त्यस्तो भएको हुन सक्छ। त्यस्तो भएको हो भने आफ्नो देश/क्षेत्रको प्रोफाइल अपडेट गर्ने वा बदल्ने तरिका सिक्नुहोस्।

YouTube Premium वा Music Premium का विद्यमान सदस्यहरू

आफ्नो व्यक्तिगत Premium वा Music Premium सदस्यता अपग्रेड गरी पारिवारिक योजना लिन:
  1. YouTube एपमा गई आफ्नो प्रोफाइल फोटो and then खरिद तथा सदस्यताहरूमा ट्याप गर्नुहोस्।
  2. पारिवारिक योजना खरिद गर्नुहोस् मा ट्याप गर्नुहोस्।
  3. पारिवारिक योजना खरिद गर्नुहोस् मा फेरि ट्याप गर्नुहोस्।
  4. खरिद गर्नुहोस् मा ट्याप गर्नुहोस्।
  5. आफ्नो Google पारिवारिक समूह सेटअप गर्नुहोस्।
    • तपाईं कुनै विद्यमान Google पारिवारिक समूहको पारिवारिक प्रबन्धक हुनुहुन्छ? विद्यमान पारिवारिक समूहका सदस्यहरूसँग YouTube Premium सुविधा सेयर गर्ने कार्य अघि बढाउन जारी राख्नुहोस् चयन गर्नुहोस्।
    • तपाईं कुनै Google पारिवारिक समूह बनाउँदै हुनुहुन्छ? पारिवारिक समूह सेट अप गर्न:
      • इमेल वा म्यासेजमार्फत निम्तो पठाएर परिवारका पाँच जनासम्म सदस्यहरूलाई तपाईंको पारिवारिक समूहमा सामेल हुन आमन्त्रित गर्नुहोस्।
      • पठाउनुहोस् चयन गर्नुहोस्।
      • निम्तो पाएपछि परिवारका सदस्यहरू सुरु गर्नुहोस् चयन गरी आफ्नो खाता पुष्टि गर्न सक्ने छन्।
      • तपाईंको निम्तो स्वीकार गर्ने परिवारका सदस्यहरू पारिवारिक समूहमा सामेल हुने छन् र उनीहरूसँग YouTube Premium को एक्सेस हुने छ।
    • तपाईं कुनै विद्यमान Google पारिवारिक समूहको सदस्य हुनुहुन्छ? हुनुहुन्छ भने, तपाईं YouTube Premium खरिद गर्न सक्नुहुन्न तर तपाईं आफ्ना पारिवारिक प्रबन्धकलाई उक्त योजना खरिद गर्न लगाउन सक्नुहुन्छ।
नोट:
  • विशेष अफरहरू YouTube को पारिवारिक योजनासँग गाभ्न मिल्दैन। तपाईंले १ महिनाभन्दा लामो ट्रायल अवधिभित्र आफ्नो योजना अपग्रेड गरी कुनै पारिवारिक योजना लिनुभयो भने तपाईंको ट्रायल अवधि छोट्याएर १ महिनाको बनाइने छ। तपाईंले पछि आफ्नो पारिवारिक योजना रद्द गर्नुभयो भने तपाईं आफ्नो अघिल्लो ट्रायल अफर फेरि प्रयोग गर्न पाउनुहुन्न। आफ्नो YouTube को सशुल्क सदस्यता अपडेट गर्ने बारेमा थप जान्नुहोस्।
  • तपाईंलाई कुनै पारिवारिक योजना लिनका लागि साइन अप गर्न समस्या भइरहेको छ भने तपाईंसँग Google Play का थुप्रै भुक्तानी प्रोफाइल भएकाले त्यस्तो भएको हुन सक्छ। त्यस्तो भएको हो भने आफ्नो देश/क्षेत्रको प्रोफाइल अपडेट गर्ने वा बदल्ने तरिका सिक्नुहोस्।
  • तपाईंले वार्षिक योजना लिनुभएको छ भने तपाईंले आफ्नो योजनाको म्याद सकिएपछि मात्र पारिवारिक योजना अपग्रेड गर्नु पर्ने हुन्छ।

पारिवारिक प्रबन्धक: परिवारका सदस्य सामेल गर्ने वा हटाउने तरिका

पारिवारका सदस्यहरू सामेल गर्नुहोस्

तपाईं पारिवारिक प्रबन्धक हुनुहुन्छ भने तपाईं परिवारका बढीमा ५ जनासम्म सदस्यलाई तपाईंको पारिवारिक समूहमा आमन्त्रित गर्न सक्नुहुन्छ।
पारिवारिक समूहमा सदस्य थप्ने तरिका:
  1. तपाईंले लिनुभएको YouTube को सशुल्क सदस्यतासँग सम्बद्ध आफ्नो Google खातामा साइन इन गर्नुहोस्।
  2. YouTube एपको आफ्नो प्रोफाइल फोटो and then खरिद तथा सदस्यताहरूमा ट्याप गर्नुहोस्।
  3. परिवारसँग सेयर गर्ने सुविधासम्बन्धी सेटिङसँगै रहेको सम्पादन गर्नुहोस् मा ट्याप गर्नुहोस्।
  4. परिवारका सदस्यलाई आमन्त्रित गर्नुहोस् मा ट्याप गर्नुहोस्।
  5. आफूले आमन्त्रित गर्न चाहेको व्यक्तिको इमेल ठेगाना वा फोन नम्बर हाल्नुहोस्।
  6. पठाउनुहोस् चयन गर्नुहोस्। कोही व्यक्ति तपाईंको पारिवारिक समूहमा सामेल भए भने तपाईं इमेलमार्फत सूचना पाउनु हुने छ।

पारिवारिक समूहबाट सदस्यहरू हटाउने तरिका

तपाईं पारिवारिक प्रबन्धक हुनुहुन्छ भने तपाईं जुनसुकै बेला आफ्नो पारिवारिक समूहबाट मान्छेहरू हटाउन सक्नुहुन्छ।
पारिवारिक समूहबाट सदस्य हटाउने तरिका:
  1. तपाईंले लिनुभएको YouTube को सशुल्क सदस्यतासँग सम्बद्ध आफ्नो Google खातामा साइन इन गर्नुहोस्।
  2. YouTube एपमा गई आफ्नो प्रोफाइल फोटो and then खरिद तथा सदस्यताहरूमा ट्याप गर्नुहोस्।
  3. आफ्नो सदस्यतामा ट्याप गर्नुहोस्।
  4. परिवारसँग सेयर गर्ने सुविधासम्बन्धी सेटिङसँगै रहेको सम्पादन गर्नुहोस् मा ट्याप गर्नुहोस्।
  5. आफूले पारिवारिक समूहबाट हटाउन चाहेको व्यक्तिको नाम चयन गर्नुहोस्।
  6. सदस्य हटाउनुहोस् मा क्लिक गर्नुहोस्।

पारिवारिक प्रबन्धक: पारिवारिक प्रबन्धकका अन्य कार्यहरू

आफ्नो भुक्तानी विधि परिवर्तन गर्ने तरिका

आफ्नो भुक्तानी विधिलगायत YouTube को सशुल्क सदस्यता अपडेट गर्ने तरिका सिक्नुहोस्।

आफ्नो सशुल्क सदस्यता रद्द गर्ने तरिका

तपाईं जुनसुकै बेला आफ्नो YouTube को सशुल्क सदस्यता रद्द गर्न सक्नुहुन्छ। तपाईंले सदस्यता रद्द गर्नुभयो भने पनि तपाईं आफ्नो मासिक बिलिङ अवधि समाप्त नहुँदासम्म YouTube को सशुल्क सदस्यता प्रयोग गरिराख्न सक्नुहुन्छ। .त्यसपछि परिवारका सबै सदस्य सशुल्क सदस्यता प्रयोग गर्न पाउने छैनन् तर उनीहरू आफ्नो Google खाता भने चलाइराख्न पाउने छन्।

 परिवारका सदस्य: पारिवारिक समूहमा सामेल हुने वा समूह छाड्ने तरिका

पारिवारिक समूहमा सामेल हुने तरिका

YouTube को सशुल्क सदस्यता लिएका पारिवारिक प्रबन्धकले तपाईंलाई पारिवारिक समूहमा सामेल हुन आमन्त्रित गर्नुभएको छ भने तपाईं इमेल वा म्यासेजमार्फत निम्तो पाउनु हुने छ। परिवार समूहमा सामेल हुन उक्त निम्तोमा दिइएका निर्देशनहरूको पालना गर्नुहोस्।
पारिवारिक समूहमा सामेल हुने बारेमा थप जान्नुहोस्।

कुनै पारिवारिक समूह छाड्ने वा YouTube को छुट्टै सशुल्क सदस्यता लिने तरिका

पारिवारिक समूहहरू छाड्ने वा बदल्ने तरिका सिक्नुहोस्। आफैँ YouTube को सशुल्क सदस्यता खरिद गर्ने तरिका:
  1. आफ्नो पारिवारिक समूह छाड्न निम्न निर्देशनहरूको पालना गर्नुहोस्।
  2. YouTube को सशुल्क सदस्यता लिन साइन अप गर्नुहोस्।
नोट: तपाईंले आफ्नो पारिवारिक समूह छाडेपछि तपाईं अर्को पारिवारिक समूहमा सामेल हुने निम्तो स्वीकार गर्न वा आफ्नै समूह बनाउन सक्नुहुन्छ। तपाईं हरेक १२ महिनामा एक पटक मात्र पारिवारिक समूह बदल्न सक्नुहुन्छ। तपाईं कुनै पारिवारिक समूह छाडेर नयाँ समूहमा सामेल हुनुभयो भने तपाईं १२ महिनासम्म अर्को समूहमा सामेल हुन पाउनुहुन्न।

पारिवारिक योजना लिनका लागि पूरा गर्नु पर्ने ठेगानासम्बन्धी मापदण्डहरू

पारिवारिक योजना लिनका लागि पूरा गर्नु पर्ने ठेगानासम्बन्धी मापदण्डहरू

परिवारका सबै सदस्यहरू र पारिवारिक प्रबन्धक एउटै ठेगानामा बस्छन् भने मात्र YouTube को पारिवारिक सदस्यता सेयर गर्न मिल्छ। प्रत्येक ३० दिनमा इलेक्ट्रोनिक माध्यमबाट चेक इन गरेर यो मापदण्ड पूरा गरिएको छ कि छैन भन्ने कुराको पुष्टि गरिने छ।

पारिवारिक योजना सेटअप गर्दा कुनै समस्या भइरहेको छ? तपाईं निम्नमध्येको कुनै त्रुटिसम्बन्धी म्यासेज देखिरहनुभको छ भने:

  • "तपाईंको परिवारका लागि यो सुविधा उपलब्ध छैन"

वा

  • "तपाईंको देशमा यो सुविधा उपलब्ध छैन"

तपाईंको Google Pay खातामा सूचीबद्ध गरिएको देश/क्षेत्र तपाईंको हालको ठेगानासँग नमिलेको हुन सक्छ।

तपाईंको हालको ठेगानासँग मिल्ने गरी देश/क्षेत्र सेट गर्न आफ्नो Google Pay प्रोफाइल अपडेट गर्नुहोस् र पारिवारिक योजना सेटअप गर्ने कार्य जारी राख्नुहोस्।

परिवारका कुनै सदस्यको देश/क्षेत्रको ठेगाना तपाईंको ठेगानासँग मिलेन भने ती सदस्य पारिवारिक समूहमा सामेल हुन सक्दैनन्।

तपाईंलाई आफ्नो YouTube को पारिवारिक योजनाका बारेमा मद्दत चाहिएमा जुनसुकै बेला ग्राहक सेवा विभागलाई सम्पर्क गर्नुहोस्

YouTube को परिवार योजनाका बारेमा मद्दत चाहियो भनेग्राहक सेवा विभाग लाई सम्पर्क गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
161303825113801237
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false