YouTube Premium तथा Music Premium सम्बन्धी अपडेट र प्रवर्धन

तपाईंको YouTube Premium वा YouTube Music Premium सदस्यताका सबै नवीनतम प्रवर्धन अफर र अपडेटका साथ जानकार रहन यो लेख प्रयोग गर्नुहोस्। यहाँ YouTube (विज्ञापनसहित) का बारेमा थप जान्नुहोस्।

नवीनतम अपडेट

विगत २ हप्तादेखिका अपडेट

  • \Garmin स्मार्ट वाचहरूमा YouTube Music सुन्नुहोस्: तपाईंले YouTube Music Premium वा YouTube Premium को सदस्यता लिनुभएको छ भने तपाईं यो सुविधा चल्ने Garmin स्मार्ट वाचहरूमा डाउनलोड गरिएका सङ्गीत तथा पोडकास्टहरू सुन्न सक्नुहुन्छ। थप जान्नुहोस्
  • इजरायलमा पारिवारिक तथा विद्यार्थी सदस्यता योजनाहरू खरिदका लागि उपलब्ध छन्: अब इजरायलमा Premium र Music Premium का पारिवारिक तथा विद्यार्थी सदस्यता योजनाहरू खरिदका लागि उपलब्ध छन्। पारिवारिक सदस्यता योजना खरिद गरेपछि तपाईं एकैसाथ आफ्नो परिवारका बढीमा ५ जना सदस्यहरूका साथ आफ्ना लाभहरूको मजा लिन सक्नुहुन्छ। तपाईं विद्यार्थी हुनुहुन्छ भने तपाईं छुटसहितको दरमा आफ्ना लाभहरूको मजा लिन सक्नुहुन्छ। तपाईं Premium सदस्यता लिएर YouTube मा विज्ञापनरहित भिडियो हेर्न, YouTube Music एपमा असीमित सङ्गीत सुन्न, अफलाइन मोडमा हेर्न चाहेका भिडियोहरू सेभ गर्न र यस्तै अन्य कार्य गर्न सक्नुहुन्छ। तपाईं Music Premium सदस्यताको सहायताले YouTube Music एपमार्फत अफलाइन मोडमा र स्क्रिन अफ भएका बेला विज्ञापनरहित सङ्गीत सुन्न सक्नुहुन्छ। Premium वा Music Premium सदस्यताका लागि साइन अप गर्नुहोस् Premium सदस्यताबाट पाइने लाभ तथा Music Premium सदस्यताबाट पाइने लाभका बारेमा थप जान्नुहोस्।

अघिल्ला अपडेटहरू

पछिल्ला ६ महिनामा गरिएका अपडेटहरू

मार्च २०२४

  • YouTube Premium र YouTube Music Premium नयाँ देश/क्षेत्रहरूमा उपलब्ध भएका सम्बन्धमा: YouTube Premium र YouTube Music Premium अब अजरबैजान, जमैका, काजाकस्तान, लिबिया, मोरक्को, रियुनियन, तान्जानिया, युगान्डा, यमन तथा जिम्बावेका प्रयोगकर्ताहरूका लागि उपलब्ध भएका छन्। तपाईं Premium सदस्यता लिएर YouTube मा विज्ञापनरहित भिडियो हेर्न, YouTube Music एपमा असीमित सङ्गीत सुन्न, अफलाइन मोडमा हेर्न चाहेका भिडियोहरू सेभ गर्न र यस्तै अन्य कार्य गर्न सक्नुहुन्छ। तपाईं Music Premium सदस्यता लिएर YouTube Music एपमार्फत अफलाइन मोडमा र स्क्रिन अफ भएका बेला विज्ञापनरहित सङ्गीत सुन्न सक्नुहुन्छ। Premium वा Music Premium सदस्यता लिनुहोस् र Premium सदस्यताबाट पाइने लाभ तथा Music Premium सदस्यताबाट पाइने लाभका बारेमा थप जान्नुहोस्।

डिसेम्बर २०२३

  • दक्षिण कोरियामा लागू हुने सदस्यता शुल्कका सम्बन्धमा पछिल्लो जानकारी: डिसेम्बर ८, २०२३ KST मा गरिएको निर्णयअनुसार YouTube Premium र YouTube Music Premium को सदस्यता शुल्क बढाइने छ। हामी राम्रोसँग सोचविचार नगरिकन यस्ता निर्णय लिँदैनौँ। सदस्यता शुल्कमा गरिने यस्तो परिवर्तनले हामीलाई Premium सदस्यताको गुणस्तर सुधार गर्न र तपाईंले YouTube मा हेर्ने क्रिएटर तथा कलाकारलाई सहयोग गर्न जारी राख्न मद्दत गर्ने छ। हालका सदस्यहरूले आफ्नो आगामी बिलिङ अवधिबाट आफ्नो नयाँ मासिक शुल्क दर हेर्न सक्ने छन्। तपाईंको हालको शुल्क फेला पार्न वा तपाईंको शुल्क हिसाब गर्ने तरिका बुझ्न आफ्नो खातामार्फत खरिद तथा सदस्यताहरू पेजमा जानुहोस्। यहाँ बाट यो शुल्क परिवर्तनका बारेमा थप जान्नुहोस्।
  • YouTube Premium र YouTube Music Premium नयाँ देश/क्षेत्रमा उपलब्ध छ: YouTube Premium र YouTube Music Premium अब अल्जेरिया, कम्बोडिया, जर्जिया, घाना, इराक, जोर्डन, केन्या, लाओस, ट्युनिसिया तथा सेनेगलका प्रयोगकर्ताहरूका निम्ति उपलब्ध छन्। Premium को सदस्यता लिएर तपाईं विज्ञापनविनै YouTube भिडियो हेर्न, YouTube Music एपमार्फत असीमित सङ्गीत सुन्न र इन्टरनेट नहुँदा पनि भिडियो हेर्नका निम्ति ती भिडियो सेभ गर्नेलगायतका सुविधा प्रयोग गर्न सक्नुहुन्छ। Music Premium को सदस्यता लिएपछि तपाईं अफलाइन मोडमा र स्क्रिन अफ भएका बेला पनि विज्ञापनरहित सङ्गीत सुन्न सक्नुहुन्छ। Premium वा Music Premium को सदस्यता लिनुहोस् र Premium सदस्यताबाट पाइने लाभहरूMusic Premium सदस्यताबाट पाइने लाभहरू का बारेमा थप जान्नुहोस्।

नोभेम्बर २०२३

  • हाम्रा नवीनतम प्रिमियम सुविधा हेर्नुहोस्: प्रिमियम सुविधा लिएर YouTube चलाइरहेका खास प्रयोगकर्ताहरूका निम्ति AI मा आधारित परीक्षणमूलक सुविधाहरू अग्रिम रूपमा प्रयोग गर्ने, आफ्नो स्मार्ट वाचसम्बन्धी सुविधा थप नियन्त्रण गर्ने, विज्ञापनरहित रूपमा, अफलाइन मोडमा, ब्याकग्राउन्ड प्ले गर्ने र निर्बाध रूपमा सङ्गीत सुन्नका निम्ति हाम्रा पछिल्ला प्रिमियम सुविधाहरू उपलब्ध छन्। यसका साथै, तपाईं आजै थप नयाँ जानकारी प्राप्त गर्न सक्नुहुन्छ। यस विषयमा हाम्रो ब्लग मा गई थप जानकारी लिनुहोस्।
  • अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, चिली, जर्मनी, पोल्यान्ड र टर्कीमा लागू हुने सदस्यता शुल्कका सम्बन्धमा पछिल्लो जानकारी: १ नोवेम्बर २०२३ देखि YouTube Premium तथा YouTube Music Premium को व्यक्तिगत, पारिवारिक तथा विद्यार्थी सदस्यता योजनाको शुल्क बढाइने छ। हामी जर्मनी र टर्कीका हकमा वार्षिक योजनाको शुल्क पनि बढाउने छौँ। हामीले यी निर्णय सतही रूपमा गरेका होइनौँ र यो अपडेटले हामीलाई Premium तथा Music Premium को गुणस्तर सुधार गर्न र तपाईंले YouTube मा हेर्ने वा सुन्ने सामग्रीका क्रिएटर तथा कलाकारहरूलाई सहयोग गर्छौँ। हालका सदस्यहरूले आफ्नो आगामी बिलिङ अवधिबाट आफ्नो नयाँ मासिक शुल्क दर हेर्न सक्ने छन्। तपाईंको हालको शुल्क फेला पार्न वा तपाईंको शुल्क हिसाब गर्ने तरिका बुझ्न आफ्नो खातामार्फत खरिद तथा सदस्यताहरू पेजमा जानुहोस्। यहाँ गई YouTube का सशुल्क उत्पादनहरूको मूल्यमा भएको परिवर्तनका बारेमा थप जान्नुहोस्।

अक्टोबर २०२३

  • HomePod तथा Fitbit मा YouTube Music सुन्नुहोस्: तपाईंले YouTube Music Premium वा YouTube Premium को सदस्यता लिनुभएको छ भने तपाईं कम्प्याटिबल Fitbits तथा Apple HomePods मा डाउनलोड गरिएका सङ्गीत तथा पोडकास्टहरू सुन्न सक्नुहुन्छ। थप जान्नुहोस्

सेप्टेम्बर २०२३

  • YouTube Music मा पोडकास्टहरू सुन्नुहोस्: तपाईं युरोप, मध्य पूर्व वा अफ्रिकामा हुनुहुन्छ भने अब YouTube Music एपमा पोडकास्टहरू उपलब्ध भएका छन्। आफ्नो सदस्यताको अवस्था जेसुकै भए तापनि आफूलाई मन पर्ने पोडकास्टहरू फेला पार्नुहोस् र ती पोडकास्टहरू ब्याकग्राउन्डमा सुन्नुहोस्। YouTube Music मा पोडकास्ट फेला पार्ने तरिकाका बारेमा थप जान्नुहोस्
  • YouTube Music मा पोडकास्टहरू सुन्नुहोस्: तपाईं क्यानाडा, ल्याटिन अमेरिका, एसिया वा प्यासिफिक द्वीपसमूहमा हुनुहुन्छ भने अब YouTube Music एपमा पोडकास्टहरू उपलब्ध भएका छन्। आफ्नो सदस्यताको अवस्था जेसुकै भए तापनि आफूलाई मन पर्ने पोडकास्टहरू फेला पार्नुहोस् र ती पोडकास्ट ब्याकग्राउन्डमा सुन्नुहोस्। YouTube Music मा पोडकास्ट फेला पार्ने तरिकाका बारेमा थप जान्नुहोस्
  • १०८० पिक्सेल Premium गुणस्तरका भिडियो हेर्नुहोस्: YouTube Premium को सदस्यता लिएर तपाईं कम्प्युटर, टिभी तथा मोबाइल डिभाइसहरूमा १०८० पिक्सेल Premium गुणस्तरका भिडियो हेर्न सक्नुहुन्छ।  भिडियोको गुणस्तर बदल्ने तरिकाका बारेमा यहाँजानकारी लिनुहोस्।

जुलाई २०२३

YouTube Premium नयाँ देश/क्षेत्रमा उपलब्ध छ: YouTube Premium अब बङ्गलादेश, नेपाल, पाकिस्तान र श्रीलङ्काका प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। Premium को सदस्यता लिएर तपाईं विज्ञापनविनै YouTube भिडियो हेर्न, YouTube Music एपमार्फत असीमित सङ्गीत सुन्न र इन्टरनेट नहुँदा पनि भिडियो हेर्नका निम्ति ती भिडियो सेभ गर्नेलगायतका सुविधा प्रयोग गर्न सक्नुहुन्छ। YouTube Premium को सदस्यता लिनुहोस् वा Premium सदस्यताबाट पाइने लाभहरूका बारेमा थप जान्नुहोस्

अप्रिल २०२३

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
17938393652852124992
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false