YouTube को वार्षिक सदस्यताका लागि साइन अप गर्ने तरिका

Premium का वार्षिक सदस्यताहरू खरिद गर्दा पूर्व भुक्तानी गर्नु पर्ने हुन्छ र यी सदस्यता स्वतः नवीकरण हुँदैनन्। तपाईंले वार्षिक सदस्यता लिएपछि तपाईं १२ महिनासम्म Premium सदस्यताबाट पाइने लाभहरूको मजा लिन सक्नुहुन्छ। योग्यतासम्बन्धी विवरणहरू प्राप्त गर्न तल हेर्नुहोस्।

तपाईं वार्षिक सदस्यताका लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा थाहा पाउने तरिका

वार्षिक सदस्यताका लागि साइन अप गर्न तलका चरण पूरा गर्नुहोस्। खरिद प्रक्रिया पूरा गरेपछि तपाईं आफूले सदस्यता खरिद गर्न प्रयोग गरेको Google खातामार्फत जुनसुकै बेला कम्प्याटिबल स्मार्ट टिभी/गेमिङ कन्सोललगायतका डिभाइसमा साइन इन गरी YouTube Premium वा YouTube Music Premium सदस्यताबाट पाइने लाभहरू प्रयोग गर्न सक्नुहुन्छ।

वार्षिक सदस्यताका लागि साइन अप गर्न:

  • तपाईंले हाल YouTube Premium वा Music Premium को सदस्यता लिएको हुनु हुँदैन। तपाईंले हाल YouTube Premium वा YouTube Music Premium को सदस्यता लिनुभएको छ र तपाईं उक्त सदस्यता परिवर्तन गरी वार्षिक सदस्यता लिन चाहनुहुन्छ भने यहाँ गई त्यसो गर्ने तरिका सिक्नुहोस्
  • तपाईं निम्नमध्ये कुनै देशमा बसोबास गर्नु पर्छ:
    • संयुक्त राज्य अमेरिका, क्यानाडा, मेक्सिको, ब्राजिल, रुस, जर्मनी, थाइल्यान्ड, भारत र जापान।
    • भारतका सदस्यहरूले ख्याल गर्नु पर्ने कुरा: तपाईंले १ वा ३ महिने प्रिपेड सदस्यता लिनुभएको छ भने तपाईं आफ्नो प्रिपेड सदस्यताको म्याद सकिएपछि सुरु हुने वार्षिक सदस्यताका लागि साइन अप गर्न सक्नुहुन्छ।
ध्यान दिनु पर्ने कुरा: व्यक्तिगत प्रयोगकर्ता मात्र वार्षिक सदस्यता खरिद गर्न सक्छन्। हामी पारिवारिक सदस्यता खरिद गर्ने प्रयोगकर्ताहरूलाई वार्षिक सदस्यता प्रदान गर्दैनौँ।

YouTube Premium को वार्षिक सदस्यताले कसरी काम गर्छ?

वार्षिक सदस्यता खरिद गर्दा स्वतः नवीकरण नहुने व्यक्तिगत सदस्यताका लागि अग्रिम रूपमा भुक्तानी गर्नु पर्छ। यसको अर्थ तपाईंको सशुल्क सदस्यताबाट पाइने लाभहरू १२ महिनाको अवधि सकिएपछि प्रयोग गर्न मिल्दैन। तपाईं एक पटकमा बढीमा २ वर्षको YouTube Music Premium वा YouTube Premium को प्रिप्रेड सदस्यता खरिद गर्न सक्नुहुन्छ। आफूले प्राप्त गर्ने लाभहरू प्रयोग गरिराख्न तपाईंको सदस्यताको म्याद सकिएपछि तपाईंले अनिवार्य रूपमा अर्को सदस्यता खरिद गर्नु पर्छ।

वार्षिक सदस्यताको रकम फिर्ता हुँदैन र यस्तो सदस्यता पज गर्न मिल्दैन। तपाईंसँग आफ्नो वार्षिक सदस्यताका सम्बन्धमा कुनै प्रश्न छ भने YouTube को ग्राहक सेवा विभागमा सम्पर्क गर्नुहोस्। तपाईं कुनै झुटो कारोबारका बारेमा रिपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ गई दाबी पेस गर्नुहोस्।

तल गई साइन अप गर्ने तरिकाका बारेमा थप जान्नुहोस्। आफ्ना लागि कुन विकल्प उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्न तपाईं सशुल्क सदस्यतासम्बन्धी हाम्रा विकल्पहरूका बारेमा बुझ्न पनि सक्नुहुन्छ।

YouTube Premium को वार्षिक सदस्यताका लागि साइन अप गर्ने तरिका

YouTube Premium वा Music Premium को वार्षिक सदस्यताका लागि साइन अप गर्न तलका चरणहरूको पालना गर्नुहोस्।

YouTube Premium वा YouTube Music Premium को वार्षिक सदस्यताका लागि साइन अप गर्ने तरिका

  1. आफ्नो फोन वा ट्याब्लेटबाट YouTube वा YouTube Music एप खोल्नुहोस्।
  2. तपाईं जुन Google खातामार्फत आफ्नो सदस्यता सुरु गर्न चाहनुहुन्छ उक्त खातामा साइन इन गर्नुहोस्।
  3. आफ्नो प्रोफाइल फोटो  and then YouTube Premium खरिद गर्नुहोस् मा ट्याप गर्नुहोस्।
  4. सदस्यतासम्बन्धी विकल्पबाट “वार्षिक” चयन गर्नुहोस्।
  5. खरिद प्रक्रिया पूरा गर्नुहोस्।

तपाईंलाई तपाईंले खरिद गरेको सदस्यता सुरक्षित गर्न PIN पुष्टि गर्न लगाइन सक्छ। त्यस्तो अवस्थामा स्क्रिनमा देखाइएका चरणहरू पूरा गरेर पुष्टि गर्ने प्रक्रिया पूरा गर्नुहोस्।

खरिद प्रक्रिया पूरा गरेपछि तपाईं आफूले सदस्यता खरिद गर्न प्रयोग गरेको Google खाता प्रयोग गरी कम्प्युटर, Android वा Apple डिभाइसमा YouTube Premium वा YouTube Music Premium सदस्यताबाट पाइने लाभहरू प्रयोग गर्न सक्नुहुन्छ। तपाईं आफ्नो खाताको "सशुल्क सदस्यताहरू" खण्डमा गएर आफ्नो सदस्यताको म्याद सकिने मिति हेर्न सक्नुहुन्छ।

सदस्यताको प्रकार परिवर्तन गर्ने तरिका

तपाईंसँग हाल YouTube Premium वा Music Premium सदस्यता छ र तपाईं यो सदस्यता परिवर्तन गरेर वार्षिक सदस्यता लिन चाहनुहुन्छ भने तपाईंले आफू वार्षिक सदस्यता उपलब्ध भएको लोकेसनमा भएको कुरा पुष्टि गर्नु पर्ने हुन्छ:

  • संयुक्त राज्य अमेरिका
  • क्यानाडा
  • मेक्सिको
  • ब्राजिल
  • रुस
  • जर्मनी
  • थाइल्यान्ड
  • भारत
  • जापान

तपाईं वार्षिक सदस्यताका लागि योग्य हुनुहुन्छ भने तपाईंले आफ्नो हालको सदस्यता रद्द गर्नु पर्छ। आफ्नो सदस्यता रद्द गरेपछि तपाईं YouTube Premium वा Music Premium को वार्षिक सदस्यताका लागि साइन अप गर्न सक्नुहुन्छ। तपाईंको हालको बिलिङ अवधि सकिएपछि तपाईं आफ्नो वार्षिक सदस्यता प्रयोग गर्न थाल्न सक्नुहुन्छ।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
13542693839640006558
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false