सुपरिवेक्षित मोड प्रयोग गर्न सामग्रीसम्बन्धी सेटिङ सेट गर्ने तरिका

हामी अभिभावकहरूलाई आफ्ना बच्चाको YouTube यात्रा मार्गदर्शन गर्ने सम्बन्धमा विभिन्न विकल्पहरू प्रदान गर्छौँ। हामी बालबालिकाहरूले YouTube मा उपलब्ध विभिन्न भिडियोहरू हेरेर नयाँ कुराहरूमा रुचि राख्न सक्छन्, विविध दृष्टिकोणहरूबाट ज्ञान प्राप्त गर्न सक्छन् र उहाँहरूलाई विश्वमा आफू जस्तै अन्य मान्छेहरू पनि छन् भन्ने महसुस हुन सक्छ भन्ने कुरामा विश्वास गर्छौँ। तपाईंलाई आफ्नो बच्चा YouTube मा उपलब्ध विभिन्न सामग्री हेर्न तयार हुनुहुन्छ जस्तो लाग्छ भने तपाईंका लागि केही विकल्पहरू उपलब्ध छन्। अझ सुरक्षित तथा सहज अनुभव गर्नका निम्ति तपाईं हाम्रो छुट्टै YouTube Kids एप प्रयोग गर्न वा YouTube मा सुपरिवेक्षित मोड बनाउन र त्यसको व्यवस्थापन गर्न सक्नुहुन्छ

सुपरिवेक्षित सुविधा प्रयोग गरिरहेका परिवारहरूका लागि उपलब्ध सामग्रीसम्बन्धी सेटिङ

ताजा समाचार, अपडेट र सुझावहरूका लागि YouTube Viewers च्यानल सब्सक्राइब गर्नुहोस्।

YouTube विविधतायुक्त सामग्री र आवाजले एक अर्काको बारेमा बुझ्न मद्दत गर्छ भन्ने कुरामा विश्वास गर्छ। यस विविधताको अर्थ भनेको आफू सहमत नहुने दृष्टिकोण सुन्नु पनि हो। हाम्रो प्लेटफर्म सबैका लागि सुरक्षित होस् भन्ने कुरा सुनिश्चित गर्न हामीले आचारसंहिता बनाएका छौँ। हामीले सामग्रीसम्बन्धी थप नीतिहरू पनि तयार पारेका छौँ र ती नीतिहरूका बारेमा तल वर्णन गरिएको छ। यी नीतिहरू खास गरी सुपरिवेक्षित मोड अन गरेर YouTube प्रयोग गर्ने दर्शकहरूका लागि लागू हुन्छन्। तपाईं आफ्नो बच्चालाई सुपरिवेक्षित मोड अन गरेर YouTube प्रयोग गर्न दिन चाहनुहुन्छ भने हामी तपाईंलाई सर्वप्रथम आफ्नो परिवारसँग यो गाइडको समीक्षा गर्न प्रोत्साहित गर्छौँ।

तपाईंले चयन गर्नुभएको सामग्रीसम्बन्धी सेटिङका आधारमा तपाईंका बच्चा भिडियोमा गरिएका कमेन्ट पनि हेर्न सक्छन्।

हाम्रो तरिका

YouTube ले सामग्रीको उपयुक्तताका सन्दर्भमा केही नीति बनाएको छ। यी नीति टिभी र चलचित्र सामग्री रेटिङसँग सम्बन्धित नीतिसँग मेल खान्छन्। यी नीतिहरूले के कस्ता सामग्रीहरू परिवारका लागि उपयुक्त हुन्छन् भन्ने यकिन गर्न सहयोग गर्छन्। बाल विकास, बालबालिकाको मिडिया, डिजिटल शिक्षा र नागरिकताका विभिन्न बाह्य विशेषज्ञहरूसँग परामर्शको आधारमा पनि यी नीतिहरू बनाइएका छन्। हाम्रा स्वचालित सिस्टमले यी नीतिहरूलाई मध्यनजर गरेर कुन सामग्री कुन वर्गीकरणमा पर्छ भन्ने कुरा निर्धारण गर्छन्। हाम्रा सिस्टम सधैँ सही हुँदैनन् भन्ने कुरा हामीलाई थाहा छ। हामीसँग इन्जिनियरहरू र मानव समीक्षकहरूको एउटा टोली छ। यो टोली हाम्रो सिस्टमको सुधार गर्न सहकार्य गर्छ र अग्रसर हुन्छ। हामी नियमित रूपमा हाम्रा नीतिहरूको पुन: मूल्याङ्कन पनि गर्छौं। त्यसैले तल सूचीकृत नीतिहरू पूर्ण नहुन सक्छन्।

तपाईंलाई YouTube मा कुनै सामग्री अनुपयुक्त लागेका खण्डमा तपाईं उक्त सामग्रीका बारेमा रिपोर्ट गर्न सक्नुहुन्छ।

सामाग्रीसम्बन्धी सेटिङ

सामग्री हेर्नुहोस् सामान्यतया ९ वर्ष पुगेका दर्शकका लागि उपयुक्त हुने सामग्रीसँग मेल खान्छ
थप हेर्नुहोस् सामान्यतया १३ वर्ष पुगेका दर्शकका लागि उपयुक्त हुने सामग्रीसँग मेल खान्छ
YouTube का अधिकांश भिडियोहरू च्यानल, हाम्रा प्रणाली वा हाम्रा समीक्षकहरूले '१८ वर्षभन्दा माथि' भनेर चिन्ह लगाएका सामग्रीबाहेकका YouTube मा रहेका अन्य सबै जसो सामग्री।

सामग्रीसम्बन्धी नीति

तपाईंले आफ्नो बच्चाको लागि सुपरिवेक्षण गरिएको खाता बनाउनु भएको छ भने तपाईंको बच्चाको हकमा अर्कै सामग्रीसम्बन्धी नीति लागू हुन सक्छ। हाम्रा स्वचालित सिस्टमले यी नीतिहरूलाई मध्यनजर गरेर कुन सामग्री कुन वर्गीकरणमा पर्छ भन्ने कुरा निर्धारण गर्छन्। हाम्रा सिस्टम सधैँ सही हुँदैनन् भन्ने कुरा हामीलाई थाहा छ।

Explore

तपाईंका बच्चा YouTube Kids को साटो YouTube प्रयोग गरेर त्यहाँ उपलब्ध सबै भिडियोहरू हेर्न तयार हुनुहुन्छ भने तपाईंको परिवारका लागि "Explore" उपयुक्त हुने छ। यो सेटिङ ९ वर्ष पुगेका दर्शकको लागि उपयुक्त हुने सामग्रीमा लागू हुन्छ। यो सेटिङअन्तर्गत पर्ने भिडियोहरूमा भ्लग, ट्यूटोरियल, गेमिङ भिडियो, म्युजिक भिडियो, समाचार, शैक्षिक सामग्री, DIY, कला र शिल्पहरू, नृत्य आदि कुरा समावेश हुन्छन्। केही भिडियोहरूमा निम्न कुरा समावेश हुन सक्छन्:

वयस्क लक्षित सामग्री: स्नेह र आकर्षणको हल्का प्रदर्शन गर्ने लगायताका रोमान्टिक विषयवस्तुहरू भएका भिडियोहरू। यौन तथा लैङ्गिक पहिचान र यौनसम्बन्धी शिक्षाका विषयहरूका बारेमा बनाइने उमेर सुहाउँदा भिडियोहरू।

हिंसा: हालको वा विगतको शैक्षिक घटनासँग सम्बन्धित उमेर सुहाउँदा भिडियोहरू। तर यिनमा हल्का हिंसा समावेश हुन सक्छ। सामान्यतयाः कार्टुन, गेमिङ, टेलिभिजन सो र चलचित्र जस्ता स्क्रिप्टका आधारमा तयार पारिएका र एनिमेट गरिएका भिडियोहरूमा भएका नन ग्राफिक हिंसा।

हतियारहरू: खेलौना, गेमिङ, एनिमेसन र ऐतिहासिक प्रसङ्गमा कलासँग सम्बन्धित हतियारहरू देखाउने भिडियोहरू।

खतरनाक सामग्री: नाबालिगहरूले सजिलैसँग नक्कल गर्न नसक्ने स्टन्ट, प्र्याङ्क र चुनौतीलगायतका खतरनाक कार्यहरू देखाउने भिडियो वा डिस्क्लेमरमा सुरक्षासम्बन्धी उपयुक्त कुराहरू बताउने भिडियोहरू। केही बेरका लागि मदिरा वा सुर्तिजन्य पदार्थ देखाउने भिडियोहरू।

अनुचित भाषा: उत्पीडन नगर्ने प्रसङ्गमा "तेरो बौ" वा "चुतिया" जस्ता मध्यम रूपमा अलिकति अपमानजनक भाषा प्रयोग गरिने भिडियोहरू।

आहार, फिटनेस र सौन्दर्य: सौन्दर्यसम्बन्धी उत्पादनका समीक्षा, उमेर सुहाँउदो मेकअप ट्युटोरियल र तन्दुरुस्तीसम्बन्धी शैक्षिक सामग्री समावेश गरिने भिडियोहरू। यो सामग्रीमा स्वस्थ खानपान र व्यायाम समावेश गरिएको छ।

संवेदनशील विषय: मानसिक स्वास्थ्य, कुलत, खानपानसम्बन्धी विकार र शोक जस्ता संवेदनशील समस्याहरूका बारेमा छलफल गर्ने उमेर सुहाँउदा भिडियोहरू। यस सेटिङका भिडियोहरूले स्पष्ट दृश्य देखाउँदैनन् र समस्या समाधान गर्न केन्द्रित हुने तरिका सिकाउनुका साथै सहायता लिनुको महत्त्व देखाउँछन्।

म्युजिक भिडियो: म्युजिक भिडियोमा यौनजन्य सन्दर्भ, कहिलेकाहीँ मात्र प्रयोग गरिने अश्लील भाषा वा उत्पीडन नगर्ने वा घृणास्पद रूपमा प्रयोग नगरिएका गालीगलौच भएका शब्दहरू समावेश हुन सक्छन्। भिडियोहरूमा यौनजन्य नृत्य र मदिरा, सुर्तीजन्य पदार्थ वा गाँजा सेवन गरिएको दृश्य देखाइन सक्छ।

थप हेर्नुहोस्

तपाईंलाई अब आफ्ना बच्चा YouTube मा भएका अनगिन्ती भिडियो र सङ्गीतको आनन्द लिन तयार छन् भन्ने लाग्छ भने तपाईं यो सुविधा चलाउन सक्नुहुन्छ। यो सेटिङ Explore मा भएका सबै सामग्री र १३ वर्ष पुगेका दर्शकले हेर्न मिल्ने लाइभ स्ट्रिम, भ्लग, ट्युटोरियल, गेमिङ भिडियो, समाचार, शैक्षिक भिडियो, DIY, कला, क्राफ्ट, नृत्य आदि जस्ता भिडियो समावेश हुन्छन्। केही भिडियोहरूमा निम्न कुरा समावेश हुन सक्छन्:

वयस्क लक्षित सामग्री: अश्लीलता नभएका यौनजन्य क्रियाकलाप र शारीरिक क्रियाकलाप जस्ता यौनजन्य गतिविधिसम्बन्धी विषयवस्तु समावेश गरिने भिडियोहरू। यौन तथा लैङ्गिक पहिचान र यौनसम्बन्धी शिक्षाका विषयहरूका बारेमा बनाइने भिडियोहरू। ती विषयहरूअन्तर्गत यौनिक विकास, प्रजनन स्वास्थ्य, यौनबाट टाढा रहने शपथ र रोगको रोकथाम जस्ता विषयहरू समावेश हुन्छन्।

हिंसा: हालका वा ऐतिहासिक घटनाहरूसँग सम्बन्धित स्पष्ट रूपमा नदेखाइने शैक्षिक भिडियोहरू। सामान्यतयाः कार्टुन, गेमिङ, टेलिभिजन सो र चलचित्रहरू जस्ता स्क्रिप्ट तयार पारिएका र एनिमेट गरिएका भिडियोहरूमा स्पष्ट रूपमा नदेखाइने हिंसा।

हतियार: टिभी सो र मुभी जस्ता स्क्रिप्टको आधारमा तयार गरिने भिडियोमा प्रयोग भएका वास्तविक वा वास्तविक जस्तो देखिने हतियार समावेश भएका भिडियो। बन्दुक सुरक्षाको खेलकुदजनक वा शैक्षिक सन्दर्भमा प्रयोग भएका वास्तविक बन्दुकहरू।

खतरनाक सामग्री: गम्भीर चोटपटक लाग्न सक्ने तर नाबालिगहरूले सजिलैसँग नक्कल गर्न नसक्ने स्टन्ट, प्र्याङ्क र चुनौतीलगायतका खतरनाक कार्यहरू देखाउने भिडियोहरू। मदिरा वा सुर्तीजन्य पदार्थ बारम्बार सेवन गरिएको दृश्य देखाउने भिडियोहरू।

अनुचित भाषा: उत्पीडन नगर्ने वा गैरयौनिक प्रसङ्गमा "कुकुर्नी" वा "लाटो" जस्ता अपमानजनक भाषा वा गालीगलौज बारम्बार प्रयोग गरिने भिडियोहरू। गालीगलौज कहिलेकाहीँ मात्र र उत्पीडन नगर्ने प्रसङ्गमा शैक्षिक वा म्युजिक भिडियोमा मात्र प्रयोग गर्न सकिन्छ।

आहार, फिटनेस र सौन्दर्य: मेकअप ट्युटोरियल, सौन्दर्यसम्बन्धी सुझाव तथा लाइफ ह्याक समावेश गरिने भिडियो र स्वस्थ खानपान र व्यायामसँग सम्बन्धित भिडियोहरू।

संवेदनशील विषयहरू: मानसिक स्वास्थ्य, आत्महत्याको विचार, आत्म-हानि, लत, खाने विकार, र हानि र दुःख जस्ता संवेदनशील मुद्दाहरूसँग सम्बन्धित गैर-ग्राफिक भिडियोहरू। यी भिडियोहरूले स्पष्ट दृश्य देखाउँदैनन् र समस्या समाधान गर्न केन्द्रित हुने तरिका सिकाउनुका साथै सहायता लिनुको महत्त्व देखाउँछन्।

म्युजिक भिडियो: म्युजिक भिडियोमा यौनजन्य सन्दर्भ, कहिलेकाहीँ मात्र प्रयोग गरिने अश्लील भाषा वा उत्पीडन नगर्ने वा घृणास्पद रूपमा प्रयोग नगरिएका गालीगलौच भएका शब्दहरू समावेश हुन सक्छन्। भिडियोहरूमा यौनजन्य नृत्य र मदिरा, सुर्तीजन्य पदार्थ वा गाँजा सेवन गरिएको दृश्य देखाइन सक्छ।

सामग्रीसम्बन्धी यो सेटिङमा तपाईंका बच्चा भिडियोमा गरिएका कमेन्ट पढ्न पनि सक्छन् तर कमेन्ट लेख्न चाहिँ सक्दैनन्। 

YouTube का अधिकांश भिडियोहरू
"YouTube का धेरैजसो भिडियोहरू" YouTube को विशाल प्लेटफर्म चलाउन तयार सबै बालबालिकाको लागि हो। यो सेटिङमा १८ वर्ष पुगेका दर्शकका लागि उपयुक्त भिडियोहरू र सुपरिवेक्षित सुविधाहरू प्रयोग गर्ने दर्शकहरूको लागि उपयुक्त नहुन सक्ने अन्य भिडियोबाहेकका YouTube का लगभग सबै सामग्री समावेश हुन्छन्। भिडियोहरूअन्तर्गत लाइभ स्ट्रिम, भ्लग, ट्युटोरियल, गेमिङ भिडियो, समाचार, शैक्षिक भिडियो DIY, कला एवं शिल्पसम्बन्धी भिडियो, नृत्यसम्बन्धी भिडियोलगायत थप कुरा पर्दछन्।
सामग्रीसम्बन्धी यो सेटिङमा तपाईंका बच्चा भिडियोमा गरिएका कमेन्ट पढ्न पनि सक्छन् तर कमेन्ट लेख्न चाहिँ सक्दैनन्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
5364215626841345067
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false