तपाईंको Premium सदस्यताको बिलिङका बारेमा बुझ्नुहोस्

तपाईंको YouTube Premium वा YouTube Premium Music सदस्यताका बारेमा कुनै प्रश्न छ? भुक्तानी विधि, बिलिङ मिति र कारोबारका रसिदहरूलगायतका आफ्नो सदस्यतासम्बन्धी विवरणहरू हेर्ने तरिकाका बारेमा जानकारी प्राप्त गर्न तल दिइएको विवरणहरू पढ्नुहोस्।

आफ्नो सदस्यताको प्रकार र स्थिति हेर्नुहोस्

आफ्नो सदस्यताको प्रकार हेर्नुहोस्

तपाईंले हाल कुन प्रकारको सदस्यता (ट्रायल, व्यक्तिगत, पारिवारिक, विद्यार्थी) लिनुभएको छ भन्ने कुरा हेर्न:

  1. youtube.com/paid_memberships मा जानुहोस्।
  2. तपाईंले लिनुभएका YouTube का सदस्यता र सब्सक्रिप्सनहरू “सदस्यताहरू” खण्डअन्तर्गत सूचीकृत गरिन्छन्।
  3. प्रत्येक सदस्यताको नामको मुनि तपाईंको सदस्यताको प्रकार र शुल्क लेखिएको हुन्छ।

तपाईंले Apple मार्फत Premium सदस्यता लिनुभएको छ भने तपाईंको सदस्यतासम्बन्धी विवरणहरूअन्तर्गत “Apple ले शुल्क लिएको” देख्नुहुन्छ। तपाईंले Apple मार्फत आफ्नो सदस्यता व्यवस्थापन गर्नु पर्ने हुन्छ।

आफ्नो सदस्यताको स्थिति हेर्नुहोस्

आफ्नो सदस्यताको स्थिति (सक्रिय वा पज गरिएको) पुष्टि गर्न:

  1. youtube.com/paid_memberships मा जानुहोस्।
  2. "सदस्यता व्यवस्थापन गर्नुहोस्" मा क्लिक गर्नुहोस्।​
  3. तपाईं ती विवरणहरूअन्तर्गत तपाईंको आगामी बिलिङ अवधि (तपाईंले मासिक सदस्यता लिनुभएको छ भने), तपाईंको ट्रायल अन्त्य हुने मिति (हाल तपाईंको सदस्यताको ट्रायल अवधि चलिरहेको छ भने) वा तपाईंको सदस्यता अनपज गर्ने विकल्पहरू (तपाईंको सदस्यता पज गरिएको छ भने) देख्नुहुन्छ।

आफ्नो बिलिङसम्बन्धी विवरणहरू हेर्नुहोस्

आफूले हाल प्रयोग गरिरहेको भुक्तानी विधि हेर्नुहोस् वा परिवर्तन गर्नुहोस्

  1. youtube.com/paid_memberships मा जानुहोस्।
  2. आफ्नो सदस्यतासम्बन्धी विवरणहरू एक्स्पान्ड गर्न "सदस्यता व्यवस्थापन गर्नुहोस्" को छेउमा रहेको एरोमा क्लिक गर्नुहोस्।
  3. तपाईं आफूले हाल प्रयोग गरिरहेको भुक्तानी विधि र आफूले कुनै ब्याकअप भुक्तानी विधि हालेको भएमा ती विधिहरूको सूची देख्नुहुन्छ।
  4. तपाईं “ब्याकअप भुक्तानी विधि” को छेउमा रहेको सम्पादन गर्नुहोस् बटनमा क्लिक गरेर अर्को भुक्तानी विधि हाल्न सक्नुहुन्छ। तपाईंले ब्याकअप भुक्तानी विधि हाल्नुभयो भने कुनै कारणवश तपाईंको पहिलो भुक्तानी विधिबाट शुल्क काट्न सकिएन भने पनि सो ब्याकअप भुक्तानी विधि प्रयोग गरी तपाईंको सदस्यता र लाभहरू कायम राख्न सकिन्छ।

आफ्नो आगामी बिलिङ मिति र तिर्नु पर्ने शुल्क हेर्नुहोस्

  1. youtube.com/paid_memberships मा जानुहोस्।
  2. आफ्नो सदस्यतासम्बन्धी विवरणहरू एक्स्पान्ड गर्न "सदस्यता व्यवस्थापन गर्नुहोस्" को छेउमा रहेको एरोमा क्लिक गर्नुहोस्।
  3. त्यहाँ तपाईंको “आगामी बिलिङ मिति” र सदस्यता शुल्क लेखिएको हुन्छ।

आफ्नो सदस्यता रद्द वा पज गर्न यहाँ दिइएका चरणहरू पूरा गर्नुहोस्। तपाईंले आफ्नो सदस्यता रद्द गरेपछि तपाईंले फेरि सदस्यता नलिँदासम्म तपाईंबाट फेरि शुल्क लिइने छैन। तपाईं चालु बिलिङ अवधिको अन्त्यसम्म आफूले लिएको YouTube को सशुल्क सदस्यताका लाभहरू पाइराख्नुहुन्छ।

आफ्ना रसिदहरू हेर्नुहोस्

YouTube Premium वा YouTube Music Premium सदस्यताका रसिदहरू हेर्न payments.google.com and then क्रियाकलापमा जानुहोस्।

तपाईं त्यहाँ YouTube सदस्यताबापत लिइएका शुल्कसहित आफ्ना सबै कारोबारहरूको सूची देख्नुहुन्छ। तपाईंसँग लिइएको शुल्कसम्बन्धी निम्नलगायतका विवरणहरू हेर्न सम्बन्धित कारोबारमा क्लिक गर्नुहोस्:

  • तपाईंसँग लिइएको कुल शुल्क
  • शुल्क लिइएको मिति र समय
  • कारोबारको स्थिति
  • शुल्क लिन प्रयोग गरिएको भुक्तानी विधि

तपाईंले आफूलाई जानकारी नभएको कुनै शुल्क काटिएको देख्नुभयो वा तपाईंसँग तोकिएभन्दा बढी शुल्क लिइएको जस्तो लाग्यो भने जानकारी नगराइकन शुल्क काटिनुका सामान्य कारणहरूको यो सूची हेर्नुहोस्। तपाईंलाई अरूले उक्त शुल्क काटेको हो जस्तो लाग्छ भने अनधिकृत शुल्कका बारेमा रिपोर्ट गर्नुहोस्

तपाईं युरोपेली आर्थिक क्षेत्रमा बस्नुहुन्छ भने तपाईंले Google बाट सामान खरिद गर्दा मूल्य अभिवृद्धि कर (VAT) तिर्नु पर्ने हुन्छ। ती खरिदहरूका हकमा तपाईं VAT जोडिएको इन्भ्वाइस माग्न सक्नुहुन्छ।

तपाईंले सामग्री खरिद गर्न प्रयोग गर्नुभएको Google को सेवाका आधारमा तपाईंसँग लिइने शुल्कको मुद्रा तपाईंको गृह देशको मुद्राभन्दा फरक हुन सक्छ। मुद्रा विनिमयका बारेमा थप जान्नुहोस्

भारतमा पुनरावर्ती शुल्क लाग्ने सम्बन्धमा

भारतीय रिजर्भ बैंकले तोकेका eMandate सम्बन्धी मापदण्डहरूका कारण तपाईंले आफ्ना पुनरावर्ती सदस्यताहरू प्रयोग गरिराख्नका निम्ति आफ्ना भुक्तानीसम्बन्धी विवरणहरू पुष्टि गर्नु पर्ने वा ती विवरण फेरि हाल्नु पर्ने हुन सक्छ। यसो गर्न YouTube एप वा youtube.com मा दिइएका निर्देशनहरूको पालना गर्नुहोस्। तपाईंको बैंकले अहिले पुनरावर्ती भुक्तानी गर्ने सुविधा प्रदान नगर्न सक्छ भन्ने कुरा ख्याल राख्नुहोस्। पुनरावर्ती भुक्तानी गर्ने सुविधा प्रदान गर्ने बैंकहरूको सूची हेर्नुहोस् वा थप जान्नुहोस्
तपाईंले Pixel Pass को सदस्यतामार्फत YouTube Premium को सदस्यता प्राप्त गर्नुहुन्छ भने यहाँ गई आफ्नो खाता व्यवस्थापन गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।

 

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
14424463102496820769
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false