खाता रिकभर गर्न पालना गर्नु पर्ने चरणहरू पूरा गर्ने प्रक्रियासम्बन्धी सुझावहरू

If you can't sign in, to try to get back into your Google Account, follow these steps:

  1. Go to the Account recovery page.
  2. As you complete the steps, use as many of the tips below as you can.

Tip: You may not find all the questions described here.

तपाईंले यसअघि आफ्नो खाता रिकभर गर्ने प्रयास गरिसक्नुभएको छ र त्यस बखत तपाईंलाई "Google ले यो खाता तपाईंकै हो भन्ने कुरा पुष्टि गर्न सकेन" भन्ने म्यासेज देखाइएको थियो भने तपाईं फेरि प्रयास गर्न सक्नुहुन्छ।

जतिसक्दो धेरै प्रश्नहरूको जवाफ दिनुहोला

सकेसम्म कुनै पनि प्रश्न नछाड्नुहोस्। तपाईंलाई कुनै प्रश्नको जवाफ ठ्याक्कै थाहा छैन भने त्यो प्रश्न छाडेर अर्को प्रश्नमा जानुको साटो आफ्नो उत्कृष्ट अनुमानका आधारमा जवाफ दिनुहोस्। तपाईंले गलत जवाफ दिनुभयो भने पनि तपाईं यो प्रक्रियाबाट बाहिरिनु पर्दैन।

यसका लागि आफू सामान्यतया बस्ने ठाउँमा बस्नुहोस् र आफूले प्रायः चलाउने डिभाइस प्रयोग गर्नुहोस्

सम्भव भएसम्म:

  • आफूले प्रायः जसो साइन इन गर्ने कम्प्युटर, फोन वा ट्याब्लेट प्रयोग गर्नुहोस्
  • आफूले सामान्यतया चलाउने ब्राउजर (जस्तै Chrome वा Safari) नै प्रयोग गर्नुहोस्
  • घर वा कार्यालय जस्ता आफूले सामान्यतया साइन इन गर्ने ठाउँमा बसेर यो काम गर्नुहोस्

सही पासवर्ड प्रयोग गर्नुहोस्

सानो कुराले पनि फरक पार्न सक्छ, त्यसैले टाइप गर्दा गल्ती नगर्नुहोस् अनि अपरकेस र लोअरकेसका अक्षरहरू प्रयोग गर्दा ध्यान दिनुहोस्।

पासवर्डहरू

तपाईंलाई याद भएको पछिल्लो पासवर्ड हाल्न लगाइएका खण्डमा आफूलाई याद भएको सबैभन्दा पछिल्लो पासवर्ड हाल्नुहोस्।

  • तपाईंलाई आफ्नो पछिल्लो पासवर्ड याद छैन भने: आफूलाई याद भएको अघिल्लो पासवर्ड हाल्नुहोस्। पासवर्ड जति भर्खरैको भयो त्यति राम्रो हुन्छ।
  • तपाईंलाई आफ्ना पछिल्ला पासवर्डमध्ये कुनै पनि पासवर्ड ठ्याक्कै याद छैन भने: आफ्नो उत्कृष्ट अनुमानका आधारमा सबैभन्दा पछिल्लो पासवर्ड हाल्नुहोस्।

आफ्नो खातासँग लिंक गरिएको इमेल ठेगाना हाल्नुहोस्

तपाईंलाई आफूले अहिले जाँच गर्न सक्ने इमेल ठेगाना हाल्न लगाइएका खण्डमा तपाईंले आफ्नो खातासँग लिंक गर्नुभएको इमेल ठेगाना हाल्नुहोस्। यसका केही उदाहरणहरू यस प्रकार छन्:

  • तपाईं रिकभरी इमेल ठेगानाको सहयोगले आफ्नो खाता रिकभर गर्न सक्नुहुन्छ। हामी सुरक्षासम्बन्धी सूचनाहरू पनि यही ठेगानामा पठाउँछौँ।
  • वैकल्पिक इमेल ठेगाना भनेको चाहिँ साइन इन गर्न प्रयोग गर्न सकिने इमेल ठेगाना हो।
  • सम्पर्क इमेल ठेगाना भनेको तपाईंले आफूले प्रयोग गर्ने Google का अधिकांश सेवाहरूका बारेमा जानकारी प्राप्त गर्ने इमेल ठेगाना हो।

हाम्रो टोलीले पठाएको इमेल भेट्टाउनुभएन भने आफ्नो स्प्याम फोल्डरमा हेर्नुहोस्

महत्त्वपूर्ण जानकारी: Google ले इमेल वा म्यासेज पठाएर अथवा फोन गरेर कहिल्यै पनि तपाईंको पासवर्ड माग्दैन। accounts.google.com बाहेक अन्य कुनै पनि वेबसाइटमा आफ्नो पासवर्ड नहाल्नुहोस्।

तपाईं हाम्रो टोलीले पठाउने इमेलको प्रतीक्षा गर्दै हुनुहुन्छ तर उक्त इमेल अझै आइपुगेन भने आफ्नो स्प्याम वा जङ्क फोल्डरमा हेर्नुहोस्। हामीले पठाउने इमेलको शीर्षक नामक फिल्डमा “तपाईंले Google ग्राहक सेवा विभागमा गर्नुभएको सोधपुछ" लेखिएको हुन्छ। 

तपाईंले अझै पनि आफ्नो खाता रिकभर गर्न सक्नुभएन? यसको साटो अर्को Google खाता सिर्जना गर्नुहोस्
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
4733721686663707948
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false