“पासवर्ड नमिलेको” जनाउने त्रुटि

तपाईंले Apple’s Mail एप, Mozilla Thunderbird वा Microsoft Outlook जस्ता तेस्रो पक्षीय एप प्रयोग गरी साइन इन गर्नुभएको छ भने तपाईंले कहिलेकाहीँ “पासवर्ड नमिलेको” जनाउने त्रुटि देख्नु हुने छ। तपाईंले आफ्नो पासवर्ड सही तरिकाले हालिसकेपछि पनि त्रुटिसम्बन्धी सूचाना प्राप्त गरिरहनुभएको छ भने तपाईंले एप अपडेट गर्नु पर्ने वा थप सुरक्षित एप प्रयोग गर्नु पर्ने हुन सक्छ।

आफ्नो एप वा अपरेटिङ सिस्टम अपडेट गर्नुहोस्

तपाईंको डिभाइसमा भएको एप वा अपरेटिङ सिस्टमको म्याद सकिएको छ भने तपाईं यसलाई आफ्नो Google खातामा कनेक्ट गर्न सक्नु हुने छैन। एप वा आफ्नो डिभाइसको अपरेटिङ सिस्टम अपडेट गरी हेर्नुहोस्।

अझै बढी सुरक्षित एप प्रयोग गर्नुहोस्

एपले सुरक्षासम्बन्धी मापदण्ड पूरा गर्दैन भने Google ले एपबाट तपाईंको खातामा साइन इन गर्ने प्रयास गरिरहेको जुनसुकै व्यक्तिलाई ब्लक गर्न सक्छ।

तपाईं "Google प्रयोग गरी साइन इन गर्नुहोस्" विकल्प भएको जुनसुकै तेस्रो पक्षीय एपबाट आफ्नो Google खातामा साइन इन गर्न सक्नुहुन्छ। तपाईं Gmail जस्ता Google का सबै उत्पादनहरू प्रयोग गरेर आफ्नो Google खातामा साइन इन गर्न पनि सक्नुहुन्छ।

कम सुरक्षित एप र आफ्नो Google खाताका बारेमा थप जान्नुहोस्।

एप पासवर्ड प्रयोग गर्नुहोस्

एप पासवर्ड भनेको १६-अङ्कको पासकोड हो। यो एप पासवर्डले Google बाहिर निर्मित एप वा डिभाइसमा तपाईंको Google खाता प्रयोग गर्ने अनुमति दिन्छ। एप पासवर्ड प्रयोग गरी साइन इन गर्ने तरिकाको बारेमा थप जान्नुहोस्।

अझै पनि साइन इन गर्न समस्या भइरहेको छ?

तपाईंले अझै पनि एपमा आफ्नो खातामा साइन इन गर्न सक्नुभएन भने निम्न कार्य गरी हेर्नुहोस्:

  1. तपाईंको डिभाइसको ब्राउजरमा https://accounts.google.com/DisplayUnlockCaptcha मा जानुहोस्।
  2. तपाईंको युजरनेम र पासवर्ड हाल्नुहोस् अनि स्क्रिनमा भएका अक्षरहरू हाल्नुहोस्।
  3. एपमा फर्कनुहोस् र फेरि साइन इन गरी हेर्नुहोस्।
true
Welcome to your Google Account!

We see you have a new Google Account! Learn how to improve your experience with your Google Account checklist.

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
8064992584638671078
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false