सशुल्क सदस्यताको बिलिङ वा प्रयोगसम्बन्धी समस्याहरू निवारण गर्ने सम्बन्धमा

तपाईंको सशुल्क सदस्यता अस्वीकार गरिएका खण्डमा तपाईं आफ्नो सदस्यता नवीकरण गर्न सक्नुहोस् भन्नाका लागि हामी तपाईंलाई इमेलमार्फत सूचित गर्ने छौँ।

यो इमेल प्राप्त गरेपछि:

  • तपाईंले ३ दिनभित्र यो समस्या समाधान गर्नु पर्ने हुन्छ। तपाईंले यसो गर्नुभएन भने तपाईं सशुल्क सदस्यता लिएबापत आफूले प्राप्त गरेका लाभहरू प्रयोग गर्ने अनुमति गुमाउनु हुने छ। ३ दिनको यो अवधिमा हामी नियमित रूपमा तपाईंको मासिक भुक्तानी प्रोसेस गर्ने प्रयास गरिरहने छौँ।

  • हामीले ३ दिनपछि पनि शुल्क लगाउन सकेनौँ भने तपाईंको सदस्यता ३० दिनको लागि "पज गरिएको" स्थितिमा जान्छ। यसरी पज गरिएको अवस्थामा, आफ्नो सदस्यता रद्द गर्नुभएको छैन भने तपाईंको सदस्यता रिस्टोर गर्न हामी बेलाबेला भुक्तानीको प्रक्रिया अघि बढाउने प्रयास गर्ने छौँ।

यो अवधिमा तपाईंले आफ्नो भुक्तानी जानकारी अपडेट गर्नुभयो भने हामीले अर्को पटक तपाईंको भुक्तानी विधिलाई शुल्क लगाउने प्रयास गर्दा तपाईंको सदस्यता स्वतः रिस्टोर हुनु पर्छ। तपाईं सिस्टमले फेरि प्रयास गरुन्जेल प्रतीक्षा गर्न चाहनुहुन्न भने तपाईं आफ्नो सदस्यता रद्द गर्न र फेरि साइन अप गरी तुरुन्तै एक्सेस प्राप्त गर्न सक्नुहुन्छ।

Fix billing issues with a Premium membership

तपाईंलाई आफूसँग सशुल्क सदस्यताको शुल्क लिइएको छ तर तपाईं आफ्ना लाभहरू प्रयोग गर्न सक्नुहुन्न जस्तो लाग्छ भने यो लेख पढ्नुहोस्

YouTube को शुल्कसम्बन्धी कुनै समस्या निवारण गर्नुहोस्

YouTube ले तपाईंलाई पठाएको बिलसम्बन्धी समस्या निवारण गर्न वा सो बिलका बारेमा जान्न तलको बटनमा क्लिक गर्नुहोस्।

YouTube को शुल्कसम्बन्धी कुनै समस्या निवारण गर्नुहोस्

तपाईंले सशुल्क सदस्यताका लागि गरेको भुक्तानी अस्वीकार गरिएका खण्डमा तपाईंले आफ्नो भुक्तानी विधिमा देखिएको समस्या समाधान गर्नु पर्ने हुन सक्छ। यी समस्याहरू समाधान गर्ने तरिकाबारे तल दिइएका हाम्रा सुझावहरू हेर्नुहोस्।

अस्वीकार गरिएको भुक्तानीसम्बन्धी समस्या समाधान गर्ने तरिका

तपाईंको कार्ड वा अन्य भुक्तानी विधिसँग सम्बन्धित समस्याको कारण तपाईंको मासिक सदस्यताको भुक्तानी अस्वीकार गरिएको हुन सक्छ। भुक्तानीसम्बन्धी समस्या छ भने त्यो समाधान गरेपछि सिस्टमले स्वतः तपाईंलाई फेरि शुल्क लगाउन र सदस्यताबाट प्राप्त भइरहेका लाभहरू रिस्टोर गर्न प्रयास गर्ने छ।

आफ्नो कार्डको जानकारी अद्यावधिक रहेको कुरा सुनिश्चित गर्ने

अहिले नै अपडेट गर्नुहोस्                

म्याद सकिएको क्रेडिट कार्ड वा गलत बिलिङ ठेगानाको कारण प्रायः भुक्तानी असफल हुने गर्छ। यो जानकारी अपडेट गर्न निम्न कदमहरू चाल्नुहोस्:

  1. तपाईं कम्प्युटर चलाउँदै हुनुहुन्छ भने youtube.com/paid_memberships मा जानुहोस्। तपाईं YouTube मोबाइल एप चलाउँदै हुनुहुन्छ भने आफ्नो प्रोफाइल फोटो  and then खरिद तथा सदस्यताहरूमा क्लिक गर्नुहोस्।
  2. "हालको भुक्तानी विधि प्रयोग गरी प्रक्रिया अघि बढाउन सकिएन" भन्ने सन्देशको छेउमा भएको  मा क्लिक गर्नुहोस्।
  3. भुक्तानी विधि अपडेट गर्नुहोस् मा क्लिक गर्नुहोस्।

हामी तपाईंलाई म्याद सकिने मितिलगायत आफ्नो कार्डसम्बन्धी सबै जानकारी सही छ कि छैन भन्ने कुरा जाँच गर्न सिफारिस गर्छौँ। तपाईंको भुक्तानी विधिमा उल्लेख गरिएको zip कोड र तपाईंको कार्डको हालको बिलिङ ठेगानाको zip कोड पनि एउटै हुनुपर्छ।

फाइलमा भएको तपाईंको भुक्तानी विधि अबउसो प्रयोग गर्न सकिँदैन भने अर्को भुक्तानी विधि थप्नुहोस् वा छनौट गर्नुहोस्।

सुझाव: तपाईंले "भुक्तानी विधि अपडेट गर्नुहोस्" भन्ने विकल्प देख्नुभएन भने Google Pay को सदस्यता तथा सेवाहरू पेजबाट पनि अपडेट गर्न सक्नुहुन्छ।

जानकारी अनुरोध गरिएको छ भने पेस गर्ने

तपाईंले थप जानकारी Google लाई पेस गर्न अनुरोध गरेको त्रुटिसम्बन्धी सन्देश देख्नुभएमा दिइएका निर्देशन पछ्याउँदै ती विवरणहरू पेस गर्नुहोस्। उदाहरणका लागि, आफ्नो Google खाता प्रयोग गरेर खरिद गर्नुअघि तपाईंले Google Pay मा आफ्नो पहिचान पुष्टि गर्नु पर्ने हुन सक्छ।

अलर्टहरू वा खाताको समस्या समाधान गर्नेसम्बन्धी अनुरोधहरू आएका छन् कि भनेर तपाईं जुनसुकै बेला Google Pay जाँच गर्न पनि सक्नुहुन्छ।

तपाईंसँग खरिद गर्न पर्याप्त रकम छ कि छैन जाँच गर्नुहोस्

कहिलेकहीँ पर्याप्त रकम भएन भने करोबार अस्वीकार गरिन्छ। तपाईंसँग खरिद गर्न पुग्ने पर्याप्त रकम छ भन्ने कुरा सुनिश्चित गर्न आफ्नो खाता जाँच गर्नुहोस्।

आफ्नो बैंक वा कार्ड जारीकर्तालाई सम्पर्क गर्नुहोस्

तपाईंको कार्डमा केही खास प्रतिबन्धहरू भएकोले भुक्तानी सफल हुन नसकेको हुन सक्छ। तपाईंको कार्ड जारी गर्ने बैंक वा कम्पनीलाई सम्पर्क गरेर कारोबारको बारेमा सोध्नुहोस्।

अर्को भुक्तानी विधिमार्फत भुक्तानी गर्ने प्रयास गर्नुहोस् 

अहिले नै अपडेट गर्नुहोस्

निम्न कदमहरू चालेर तपाईं अर्को भुक्तानी विधिमा स्विच हुने प्रयास गर्न सक्नुहुन्छ:

  1. तपाईं कम्प्युटर चलाउँदै हुनुहुन्छ भने youtube.com/paid_memberships मा जानुहोस्। तपाईं YouTube मोबाइल एप चलाउँदै हुनुहुन्छ भने आफ्नो प्रोफाइल फोटो  and then खरिद तथा सदस्यताहरूमा क्लिक गर्नुहोस्।
  2. "हालको भुक्तानी विधि प्रयोग गरी प्रक्रिया अघि बढाउन सकिएन" भन्ने सन्देशको छेउमा भएको आइकनमा क्लिक गर्नुहोस्।
  3. भुक्तानी विधि अपडेट गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  4. अर्कै भुक्तानी विधि चयन गर्नुहोस्।

शुल्क लगाइसकेपछि पनि सुविधाहरू प्रयोग गर्न नसकिने समस्या समाधान गर्नुहोस्

तपाईंले खरिद गरेपछि पनि आफूले खरिद गरेको सुविधा प्रयोग गर्न सक्नुभएन भने शुल्क भुक्तानीको प्रक्रिया पूरा नभइसकेको हुन सक्छ। शुल्क भुक्तानी अस्वीकार गरियो भने पनि सुविधा प्रयोग गर्न नसक्ने हुन सक्छ।

अधिकार दिने कार्य होल्डमा रहेको वा विचाराधीन कारोबारहरू

Google Pay वा तपाईंको कार्ड स्टेटमेन्टमा देखिने विचाराधीन शुल्कहरू अहिलेसम्म भुक्तानी प्रक्रिया पूरा नभएको अधिकार दिने कार्य होल्डमा रहेका कारोबारहरू हुन्।

एउटै सदस्यता भुक्तानीको लागि एकभन्दा बढी विचाराधीन शुल्क देखिन सक्छ किनकि जति पटक अधिकार दिने प्रयास गरियो त्यति नै वटा विचाराधीन शुल्क देखिन्छ। कुनै शुल्कको प्रक्रिया पूरा भएको छैन तर "विचाराधीन" छ भने तपाईंलाई शुल्क लगाइएको हुँदैन अनि भुक्तानीको लागि कार्डमा अधिकार दिने कार्य सफल हुन सकेन भने उक्त शुल्क तपाईंको स्टेटमेन्टबाट स्वतः हटाइने छ र तपाईंलाई बिलिङ गरिने छैन।

विचाराधीन शुल्क जाँच गर्ने तरिका

  • तपाईंको कारोबारको विवरण वा Google Pay जाँच गर्नुहोस्। तपाईंले Google Pay मा भएको कारोबारमा क्लिक गर्नुभयो भने खरिद प्रक्रिया पूरा भएको रूपमा नभई "विचाराधीन शुल्क" को रूपमा देखिनु पर्छ।
  • इमेलमा प्राप्त भएको रसिद खोज्नुहोस्। शुल्क लगाउने प्रक्रिया पूरा भएको छ भने तपाईंले YouTube बाट इमेलमा एउटा रसिद प्राप्त गर्नु हुने छ।
  • अलर्टहरू वा खाताको समस्या समाधान गर्नेसम्बन्धी अनुरोधहरू आएका छन् कि भनेर तपाईं जुनसुकै बेला Google Pay जाँच गर्न पनि सक्नुहुन्छ। उदाहरणका लागि, आफ्नो Google खाता प्रयोग गरेर खरिद गर्नुअघि तपाईंले Google Pay मा आफ्नो पहिचान पुष्टि गर्नु पर्ने हुन सक्छ। Google Pay मा कुनै अलर्टहरू छैन भने यो विचाराधीन शुल्क बिदाका दिनबाहेक १-१४ दिनभित्रमा भुक्तानी हुन्छ वा भुक्तानी अस्वीकार गरियो भने देखिन छोड्छ। त्यति समय बितिसकेपछि पनि तपाईंले अझै विचाराधीन शुल्क देखिरहनुभयो भने आफ्नो भुक्तानी प्रदायकलाई सम्पर्क गर्नुहोस्।

अस्वीकार गरिएको शुल्क जाँच गर्ने तरिका

Google Pay मा गएर तपाईं आफ्नो खरिदको स्थिति फेरि एक पटक जाँच गर्न सक्नुहुन्छ। Google Pay ले कारोबारको स्थिति "अस्वीकार गरिएको" रूपमा देखाएको हुनु पर्छ। अस्वीकार गरिएको भुक्तानीसम्बन्धी समस्या समाधान गर्ने तरिका जान्न माथिको खण्डमा दिइएको हाम्रा सुझावहरू हेर्नुहोस्।
तपाईंको कारोबारको विवरणमा अझै पनि "विचाराधीन" शुल्क देखिएको छ भने यो शुल्क बिदाका दिनबाहेक १-१४ दिनभित्रमा हट्छ वा अस्वीकार गरियो भने देखिन छोड्छ। त्यति समय बितिसकेपछि पनि तपाईंले अझै विचाराधीन शुल्क देखिरहनुभयो भने आफ्नो भुक्तानी प्रदायकलाई सम्पर्क गर्नुहोस्।

 

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
11770226012692441749
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false