मोबाइल सेवा प्रदायक (सेवा प्रदायकको बिल भुक्तानी गर्ने सोझो सेवा) मार्फत भुक्तानी गर्दा आउने समस्या निवारण गर्नुहोस्

तपाईंलाई मोबाइल फोन सेवा प्रदायकमार्फत बिलिङ भएको कुनै खरिदमा समस्या भइरहेको छ भने समस्या निवारणका लागि तल दिइएका सुझावहरू पछ्याई हेर्नुहोस्।

सेवा प्रदायकको बिल भुक्तानी गर्ने सोझो सेवा पहिलो पटक प्रयोग गर्ने ग्राहकहरूका लागि सुझाव

तपाईंलाई सेवा प्रदायकमार्फत गरिने बिलिङ प्रयोग गरेर खरिद गर्न समस्या भइरहेको छ भने सुरुमा निम्न कुराहरू पक्का गर्न हामी सिफारिस गर्छौँ:

  • तपाईं YouTube मा पहिलो पटक सेवा प्रदायकमार्फत गरिने बिलिङ प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं आफ्नो सेवा प्रदायकको नेटवर्कसँग जोडिनुभएको छ।
  • तपाईं मोबाइल ब्राउजर वा कम्प्युटर नभई YouTube एप चलाउँदै हुनुहुन्छ।

हामी तपाईंलाई आफ्नो डिभाइस अफ गर्न र केही सेकन्डपछि फेरि अन गरी हेर्न पनि सिफारिस गर्छौं। आफ्नो डिभाइस अन गरेपछि फेरि खरिद गर्ने प्रयास गर्नुहोस्।

समस्या निवारणका लागि अतिरिक्त सुझावहरू

अझै पनि समस्या समाधान भएन भने निम्न कदमहरू चाल्नुहोस्:

  • तपाईं व्यक्तिगत खाता प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्। कतिपय कम्पनीहरूले कर्पोरेट खाताहरूमा सेवा प्रदायकमार्फत गरिने बिलिङ ब्लक गरेका हुन सक्छन्।
  • तपाईंले रुट गरिएको डिभाइस प्रयोग गरिरहनुभएको छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
  • तपाईं डुअल SIM कार्ड लाग्ने डिभाइस प्रयोग गर्नुहुन्छ भने स्लट १ मा सही SIM कार्ड हालेको छ र स्लट २ खाली छोडेको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्।

सेवा प्रदायकको सेटिङहरू जाँच गर्नुहोस्

माथिका कुनै पनि सुझावले तपाईंको समस्या समाधान गरेन भने सेवा प्रदायकको कुनै सेटिङले तपाईंको सेवालाई असर गरिरहेको हुन सक्छ। तपाईंको सेवा प्रदायकसँग निम्न कुराहरू सुनिश्चित गर्नुहोस्:

  • तपाईंले महिनाभरिमा खर्च गर्न सक्ने वा प्रत्येक खरिदको लागि भुक्तानी गर्न सक्ने मूल्यको रूपमा तपाईंको सेवा प्रदायकले तोकेको सीमा कटेको छैन (यो सीमा कटेपछि बिलिङ विकल्प देखिँदैन)।
  • तपाईं प्रिपेड योजना चलाउँदै हुनुहुन्छ भने तपाईंसँग खरिद रकम भुक्तानी गर्न पुग्ने रकम बाँकी छ।
  • तपाईंको डिभास र सेवा योजनाले प्रिमियम सामग्री खरिद गर्न मिल्छ।
  • तपाईंको डिभाइसमा मोबाइल फोनमार्फत गरिने बिलिङ प्रयोग गर्न मिल्छ।

तपाईंले यी कदमहरू चालेर हेरिसकेपछि पनि अझै समस्या आइरहेको छ भने थप मद्दतको लागि तपाईंको मोबाइल फोन सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस्।

मोबाइल फोन सेवा प्रदायकमार्फत बिलिङ भएका विद्यमान सदस्यका लागि सुझावहरू:

जनवरी २४, २०२३ उप्रान्त क्यानाडामा पुनरावर्ती भुक्तानी सदस्यताहरूका लागि Rogers Communications लाई भुक्तानी विधिको रूपमा स्वीकारिने छैन। तपाईंले YouTube Premium, YouTube Music Premium वा च्यानलको सदस्यताका लागि Rogers Communications मार्फत साइन अप गर्नुभएको छ भने आफ्नो भुक्तानी विधि बदलेर प्रयोग गर्न मिल्ने भुक्तानी विधि चयन गर्नुहोस्।

तपाईंले YouTube को सशुल्क सदस्यता रकम भुक्तानी गर्न सेवा प्रदायकको बिल भुक्तानी गर्ने सोझो सेवा प्रयोग गर्दै आउनुभएको छ र भुक्तानीसम्बन्धी समस्या अनुभव गर्दै हुनुहुन्छ भने अस्वीकार गरिनुको कारण पत्ता लगाउन आफ्नो सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस्। खर्चको सीमा नाघेको जस्ता तपाईंको खातासम्बन्धी समस्या हुन सक्छ।

तपाईंले प्रयोग गर्ने सेवा प्रदायकको खातामा कुनै पनि समस्या छैन भने निम्न चरणहरू पूरा गरी उक्त भुक्तानी विधि हटाएर त्यसलाई पुनः हाली हेर्नुहोस्:

  1. Google Pay मा तपाईंका भुक्तानी विधिहरू भएको पेजमा जानुहोस् र सेवा प्रदायकमार्फत गरिने बिलिङको भुक्तानी विधि हटाउनुहोस्। नोट: तपाईंले यो भुक्तानी विधि हाल सक्रिय कुनै सदस्यताको लागि प्रयोग गर्नुभएको छ भने तपाईंले आफ्नो खाताबाट सेवा प्रदायकमार्फत गरिने बिलिङ हटाउन सक्नु हुन्न।
  2. YouTube एपमा जानुहोस् र आफ्नो प्रोफाइल फोटोमा ट्याप गर्नुहोस्।
  3. खरिद र सदस्यता ट्याप गर्नुहोस् अनि साइन अपको प्रक्रिया फेरि पूरा गर्नुहोस्।

तपाईंले सेवा प्रदायकमार्फत गरिने बिलिङ फेरि हाल्दा समस्या आयो भने पहिलो पटक प्रयोग गर्नेहरूका लागि माथि दिइएको समस्या निवारणका सुझावहरू पछ्याई हेर्नुहोस्।

यति गर्दा पनि भएन भने थप मद्दतका लागि कृपया आफ्नो मोबाइल फोन सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
17857704141093947631
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false