Youtube.com/new मा परीक्षण सुविधाको प्रयोग

तपाईं youtube.com/new मा प्रयोगात्मक YouTube सुविधाहरूको बारेमा जान्न र ती सुविधाहरू प्रयोग गर्न अप्ट इन गर्न सक्नुहुन्छ।

सबै परीक्षणहरू लाइभ हुने छैनन्। आफूले YouTube को भविष्यलाई आकार दिन सो सुविधाको प्रयोग गर्दा सम्भव भएसम्म बढी प्रतिक्रिया दिनुहोस्।

सहभागी हुनका लागि:

  1. youtube.com/new मा जानुहोस् र आफ्नो Google खातामा साइन इन गर्नुहोस्। केही परीक्षणहरू सीमित समयका लागि मात्र उपलब्ध हुन्छन्। यी परीक्षणहरू प्रिमियम सदस्यहरूका लागि मात्र उपलब्ध हुन्छन्। यसैले परीक्षणहरूमा सहभागी हुनका लागि तपाईंसँग सक्रिय YouTube Premium को सदस्यता चाहिन्छ।
  2. आफूले प्रयोग गर्न चाहेको परीक्षण देख्नु देख्नुभयो भने प्रयोग गरी हेर्नुहोस् रोज्नुहोस्।
  3. आफूले रोज्नु भएको सुविधा प्रयोग गरी प्रतिक्रिया दिनुहोस्। 

प्रतिक्रिया दिने थप अवसरहरूका लागि तपाईं सधैं हाम्रो कुनै एक अनुसन्धान अध्ययनमा सहभागी हुन साइन अप गर्न सक्नुहुन्छ।

प्रतिक्रिया सेयर गर्नका लागि: ​

  1. youtube.com/new मा जानुहोस्।
  2. प्रतिक्रिया पठाउनुहोस् रोज्नुहोस्।

तपाईं YouTube मा आफूलाई प्रतिक्रिया दिन सम्झाउने म्यासेज पनि देख्न सक्नुहुन्छ। यस्तो म्यासेज विषेश गरी कुनै प्रयोगको म्याद सकिन लाग्दा देखिन्छ।

कुनै परीक्षणबाट बाहिरिनका लागि:

  1. youtube.com/new मा जानुहोस्।
  2. परीक्षणको छेउमा रहेको अफ गर्नुहोस् बटन रोज्नुहोस्।
नोट: तपाईं प्रिमियम सदस्य हुनु हुन्छ भने मात्र परीक्षणहरू अफ गर्न सकिन्छ। तपाईं अग्रिम रूपमा बाहिरिनुभएन भने सो प्रयोगात्मक सुविधा तोकिएको मितिमा स्वतः हराउने छ र तपाईंको YouTube पहिलाकै अवस्थामा फर्किने छ।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
16124147663098165371
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false