आफ्नो परिचान वा भुक्तानीसम्बन्धी जानकारी पुष्टि गर्नुहोस्

Google का उत्पादन वा सेवा, कारोबार वा भुक्तानी विधिका परिवर्तनहरूका लागि साइन अप जस्ता, विशेष Google खाताबाट गरिएका गतिविधिहरूका लागि, तपाईंले प्रयोग गरिएको भुक्तानी विधिको आफ्नो पहिचान वा स्वामित्व प्रमाणित गर्न आवश्यक हुन सक्छ।

प्रमाणीकरण गर्ने प्रक्रियाका बारेमा जानकारी

किन हामी तपाईंलाई प्रमाणित गर्न अनुरोध गर्न सक्छौँ
  • तपाईंले विशेष सामग्री पहुँच गर्दा तपाईंको जानकारी सही छ भनी पुष्टि गर्नका लागि।
  • तपाईंले Google को सहायताले कारोबार पूरा गर्दा आफ्नो पहिचान पुष्टि गर्नका लागि।
  • हामीले असामान्य क्रियाकलाप वा कारोबारहरू फेला पारेमा।
  • हामीलाई कानुनी वा नियामक कारणहरूले गर्दा थप जानकारी आवश्यक पर्ने भएकाले।

महत्त्वपूर्ण: हामीले तपाईंलाई आफ्नो खाता प्रमाणित गर्न अनुरोध गर्‍यौँ भने, कुनै पनि विचाराधीन कारोबार रद्द गरिन्छ। तपाईंको बैंक स्टेटमेन्टमा देखाइएका विचाराधीन शुल्कहरू बिदाबाहेकका १४ दिनभित्र हराउने छ।

तपाईंसँग के कस्ता जानकारी माग्न सकिन्छ

पुष्टि गर्ने कार्य पूरा गर्न तपाईंलाई हरेक भुक्तानी विधि पुष्टि गर्न अनुरोध गर्न सकिन्छ। यसका लागि तपाईं पुष्टि कोड माग्न सक्नुहुन्छ।

तपाईंसँग निम्न जानकारी तथा कागजातहरू माग्न सकिन्छ:

  • नाम थर
  • तपाईंको भुक्तानी प्रोफाइलमा प्रयोग गरिएको नाम
  • ठेगाना
  • जन्म मिति
  • सरकारले जारी गरेको परिचय पत्रको फोटो
  • ठेगानाको प्रमाण
  • तपाईंको भुक्तानी विधिको फोटो
हामीले तपाईंको जानकारी प्रयोग गर्ने तरिका

Google ले तपाईंले निम्न कुराहरू गर्नका लागि उपलब्ध गराउनुभएको जानकारी प्रयोग गर्छ:

  • तपाईंको पहिचान वा भुक्तानी विधि प्रमाणित गर्न।
  • जालसाजी र दुरुपयोगबाट सुरक्षित राख्न।
  • Google का उत्पादनहरूका लागि प्रमाणीकरण सेवाहरूमा सुधार गर्न।

नाम र ठेगानालगायतका तपाईंको पुष्टि गरिएको जानकारी तपाईंको Google खातामा भण्डारण गरिन्छ। तपाईं payments.google.com मा गई आफ्नो पुष्टि गरिएको जानकारी व्यवस्थापन गर्न सक्नुहुन्छ।

लागूयोग्य हुँदा, तपाईंले पेश गर्नुभएको जानकारी Google को गोपनीयता नीति Google भुक्तानीहरूको गोपनीयता सूचना अनुसार प्रबन्ध गरिन्छ।

पुष्टि गर्ने प्रक्रिया पूरा गर्ने तरिका

आफ्नो जानकारी पुष्टि गर्न तपाईंले कागजातहरू पेस गर्नु पर्ने वा कोड माग्नु पर्ने हुन सक्छ। तपाईंले खरिद गर चाहनुभएको उत्पादन वा पूरा गर्न चाहनुभएको क्रियाकलापका आधारमा पुष्टि गर्ने केही विधिहरू उपलब्ध नहुन सक्छन्।

  1. payments.google.com मा जानुहोस्।
  2. आफ्नो खातामा साइन इन गर्नुहोस्।
  3. सिरानको दायाँपट्टि रहेको Alerts Alertअनि त्यसपछिपुष्टि गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  4. तपाईंले पुष्टि गर्न चाहनुभएको कार्डको छेउमा रहेको पुष्टि गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्।
  5. तपाईंले चयन गर्नुभएको पुष्टि गर्ने विधिसँग सम्बन्धित स्क्रिनमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस्।
  6. तपाईंले पुष्टि गर्न चाहेका हरेक भुक्तानी विधि पुष्टि गर्न माथिका चरणहरू फेरि पूरा गर्नुहोस्।

पुष्टि गर्ने विधिहरू

पुष्टि गर्ने प्रक्रिया पूरा गर्न तपाईंलाई निम्न विधिहरूमध्ये कुनै एउटा विधि प्रयोग गर्न अनुरोध गरिने छ।

पुष्टि कोड मागेर पुष्टि गर्ने विधि
  1. कोड प्राप्त गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  2. तपाईंको भुक्तानी विधि जारी गर्ने संस्थाको वेबसाइटमा जानुहोस् र आफ्नो खातामा साइन इन गर्नुहोस्।
  3. आफ्नो कारोबारको हिस्ट्रीमा १.९५ अमेरिकी डलरभन्दा कम रकमको अस्थायी शुल्क लिने "GOOGLE" नामक कारोबार भेट्टाउनुहोस्। तपाईंलाई प्रदान गरिएको कोडको अन्तिम ६ अङ्क पुष्टि कोडका रूपमा प्रयोग गर्नुहोस्।
    • अस्थायी शुल्कको रकम मुद्राको प्रकारअनुसार फरक हुन्छ।
    • कोड सामान्यतया तुरुन्तै प्राप्त हुने भए तापनि कहिलेकाहीँ बढीमा ७ दिनसम्म लाग्न सक्छ।
    • सुझाव: तपाईंको खातामा शुल्क वा होल्ड स्थायी छ। तपाईंबाट लिइएको शुल्क ३० दिनभित्र फिर्ता गरिन्छ।
  4. ६ अङ्कको कोड हाल्नुहोस्।
  5. पुष्टि गर्नुहोस् मा क्लिक गर्नुहोस्।
कागजातहरू अपलोड गरेर पुष्टि गर्ने विधि

महत्त्वपूर्ण जानकारी:

  • तपाईंले यस प्रक्रियाका क्रममा अपलोड गर्नु हुने जानकारी स्थानीय नियम कानुनबमोजिम तपाईंको पहिचान पुष्टि गर्ने प्रयोजनका लागि मात्र प्रयोग गरिन्छ।
  • YouTube मा विभिन्न कुराहरू खरिद गर्दा कागजात अपलोड गरेर पुष्टि गर्ने विधि उपलब्ध हुँदैन।

आफ्नो पहिचान वा भुक्तानी विधि पुष्टि गर्न पुष्टि गर्ने अनुरोध भेट्टाउनुहोस्। स्वीकार गरिने कागजातहरूको सूची र निर्देशनहरू हेर्न पुष्टि गर्ने अनुरोधमा समावेश गरिएको लिंक खोल्नुहोस्।

तपाईंका कागजातहरूले निम्न मापदण्ड पूरा गरेका छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्:

  • तपाईंले पेस गर्न लाग्नुभएका सबै कागजातहरूमा एउटै नाम थर प्रयोग गरिएको छ।
  • सबै कागजातहरू अप टु डेट छन् र तिनका म्याद सकिएको छैन।
  • कागजातहरू स्पष्ट छन्।

तपाईंले अपलोड गर्न लाग्नुभएको फोटोले निम्न मापदण्ड पूरा गरेका छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्:

  • उक्त फोटो कागजातकै फोटो मात्र हो
  • फोटो स्पष्ट छ
  • फोटो श्यामश्वेत नभई रङ्गीन छ
  • फोटो धमिलो, ज्यादै उज्यालो वा ज्यादै मधुरो छैन
  • पूरै कागजातका चारै वटा कुना देखिएका छन्

तपाईंले कागजातबाट केही जानकारी लुकाउनु पर्ने भएमा:

  • बैंक स्टेटमेन्टबाट निम्न जानकारी लुकाउनुहोस्:
    • खाता नम्बर तर अन्तिम ४ अङ्क भने देखिएको हुनु पर्छ
    • खातामा भएको रकम वा कारोबारसम्बन्धी जानकारी। पुष्टि गर्ने प्रयोजनका लागि खातामा भएको रकम तथा कारोबारसम्बन्धी जानकारी देखाउनु पर्दैन
  • कागजात अपलोड गर्नुअघि संवेदनशील जानकारी लुकाउन उक्त जानकारीमा कालो रङ लगाउनुहोस्।

सुझावहरू:

  • pay.google.com मा गई आफ्नो नाम, ठेगाना र भुक्तानीसम्बन्धी जानकारी अप टु डेट छ भन्ने कुरा पुष्टि गर्नुहोस्।
  • तपाईंले आफ्ना कागजातहरू पेस गरेपछि पुष्टि गर्ने प्रक्रिया पूरा हुन केही दिन लाग्न सक्छ।

बैंक स्टेटमेन्ट अपलोड गरेर पुष्टि गर्नुहोस् (यो विधि Google Play का विकासकर्ताहरूका लागि मात्र उपलब्ध छ)

निश्चित देश वा क्षेत्रहरूमा रहेका Google Play का विकासकर्ताहरूले बैंक स्टेटमेन्ट अपलोड गरेर रकम वितरण गर्ने प्रयोजनका लागि प्रयोग गरिने भुक्तानी विधि पुष्टि गर्नु पर्ने हुन सक्छ। १८० दिनभन्दा पुराना बैंक स्टेटमेन्टहरू अपलोड नगर्नुहोला।

  1. payments.google.com मा साइन इन गर्नुहोस्।
  2. सदस्यता तथा सेवा मा क्लिक गर्नुहोस्।
  3. "Google Play Apps” को मुनिपट्टि व्यवस्थापन गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  4. “भुक्तानी प्राप्त गर्ने तरिका” को मुनिपट्टि भुक्तानी विधि लिंक गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  5. तपाईंले रकम वितरण गर्ने प्रयोजनका लागि आफ्नो भुक्तानी विधिका रूपमा लिंक गर्नुभएको बैंक खाता भेट्टाउनुहोस्।
  6. पुष्टि गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  7. आफ्नो बैंक स्टेटमेन्टको एउटा कपी अपलोड गर्नुहोस्। तपाईं फोटो वा PDF अपलोड गर्न सक्नुहुन्छ।
    • बैंक स्टेटमेन्टमा रहेको संवेदनशील जानकारी लुकाउनुहोस् तर निम्न जानकारी भने स्पष्ट रूपमा देखिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्:
      • बैंक खाता नम्बरको अन्तिम ४ अङ्क
      • राउटिङ नम्बर, बैंक कोड, IFSC कोड, सर्ट कोड, SWIFT कोड वा यस्तै खालको ID सम्बन्धी पूर्ण जानकारी।
      • तपाईं बसोबास गर्ने ठाउँका आधारमा बैंकको पहिचान कोडको नाम फरक हुन सक्छ।

तपाईंले आफ्नो बैंक स्टेटमेन्ट पेस गरेपछि पुष्टि गर्ने प्रक्रिया पूरा हुन केही दिन लाग्न सक्छ।

पुष्टि गर्ने प्रक्रियासम्बन्धी समस्याहरू समाधान गर्नुहोस्

पुष्टि कोड र केही बेरका लागि होल्ड गर्ने कामका साथ समस्याहरू समाधान गर्नुहोस्

तपाईंले पुष्टि कोड प्रयोग गरी भुक्तानी विधिहरू प्रमाणित गर्ने प्रयास गर्दा समस्याहरू कसरी समाधान गर्ने भन्ने बारेमा जान्नुहोस्

डकुमेन्ट प्रमाणीकरण गरेर समस्याहरू समाधान गर्नुहोस्

यो समस्या समाधान गर्न:

  • तपाईंले इमेल वा त्रुटिसम्बन्धी म्यासेज प्राप्त गर्नुभयो भने: म्यासेजमा दिइएका निर्देशनहरूको पालना गर्नुहोस्।
  • तपाईंलाई समस्या समाधान गर्नमा मद्दत गर्नका लागि हाम्रो टोलीबाट मद्दत चाहिएमा: हामी तपाईंलाई तपाईंको जानकारी समीक्षा गरिसकेपछि सम्पर्क गर्ने छौँ।

प्रमाणीकरण गर्न सकिएन

तपाईं प्रमाणीकरण गर्न असफल हुनुभयो भने, तपाईंले निर्णयपछि चाँडै नै इमेल प्राप्त गर्नु हुने छ। निर्णय अपिल गर्नका लागि, इमेलका निर्देशनहरू फलो गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
488278408207294847
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false