YouTube TV को सदस्यताका लागि तिरेको रकम फिर्ता गरिदिन अनुरोध गर्नुहोस्

तपाईंको YouTube TV को सदस्यतामै समावेश गरिएका सुविधाहरू त्रुटिपूर्ण भएका खण्डमा वा ती सुविधाले उल्लेख गरिएबमोजिम काम नगरेका खण्डमा तल दिइएको बटन क्लिक गरी रकम फिर्ता गरिदिन अनुरोध गर्नुहोस्। तपाईंले रकम फिर्ता गरिदिन गरेको अनुरोध स्वीकृत गरिएका खण्डमा तपाईं YouTube TV को एक्सेस तुरुन्तै गुमाउनु हुने छ। साथै, तपाईं आफ्नो पैसा फिर्ता पाउनु हुने छ।

रकम फिर्ता गरिदिन अनुरोध गर्नुहोस्

तपाईंले आफूले खरिद नगरेको सामग्रीको शुल्क लिइएको देख्नुभयो भने तपाईं अनधिकृत शुल्कका बारेमा रिपोर्ट गर्न सक्नुहुन्छ।

YouTube TV को रकम फिर्ता गर्नेसम्बन्धी नीतिका बारेमा थप जान्नुहोस्

  • क्रेडिट कार्डमा रकम फिर्ता हुन सामान्यतया ३ देखि ५ कार्य दिन लाग्छ।
    • प्रोसेस गर्न लाग्ने समय कार्ड जारीकर्ताअनुसार फरक हुन सक्छ। कहिलेकाहीँ फिर्ता गरिनु पर्ने रकम प्रोसेस गर्न १० कार्य दिनसम्म लाग्न सक्छ।
    • तपाईंको क्रेडिट कार्ड अहिले सक्रिय छैन भने तपाईंलाई फिर्ता गरिनु पर्ने रकम तपाईंको कार्ड जारी गर्ने बैंकको खातामा जम्मा हुने छ। पैसा फिर्ता पाउन सो बैँकमा सम्पर्क गर्नुहोस्।
       
  • तपाईंले आफ्नो मोबाइलको सेवा प्रदायक वा इन्टरनेट प्रदायकमार्फत YouTube TV को सदस्यता लिनुभयो भने:
    • YouTube रकम फिर्ता गर्न सक्दैन।
    • तपाईंको सेवा प्रदायकका रकम फिर्ता गर्नेसम्बन्धी नीतिहरू लागू हुने छन्। रकम फिर्ता गरिदिन अनुरोध गर्न वा आफ्नो बिलसँग सम्बन्धित कुनै पनि प्रश्न सोध्न सो सेवा प्रदायकलाई सीधै सम्पर्क गर्नुहोस्।
       
  • तपाईं जुनसुकै बेला आफ्नो सदस्यता रद्द गर्न वा पज गर्न सक्नुहुन्छ।
    • हामी आंशिक बिलिङ अवधिको रकम वा क्रेडिट फिर्ता गर्दैनौँ।
    • तपाईंले आफ्नो सदस्यता रद्द गरेपछि पनि तपाईंको बिलिङ अवधि समाप्त नहुन्जेल तपाईं सो सदस्यता प्रयोग गर्न पाइरहनु हुने छ। 

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
13997905769622735731
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false