च्यानलहरू स्थानान्तरण गरी ब्रान्ड खातामा सारिएका बारेमा जानकारी

सन् २०१४ भन्दा अघि बनाइएका खातामा भएका बदलावहरूका बारेमा जानकारी

हाल नयाँ खाताहरूमा भएका सबै सुविधाहरू सन् २०१४ भन्दा अघि बनाइएका च्यानलहरूमा थिएनन्। सबै च्यानलहरूसँग उस्तै सुविधाहरू उपलब्ध होऊन् भन्ने कुरा सुनिश्चित गर्नका लागि हामीले तपाईंको खाता ब्रान्ड खाता सँग जोडेर अपडेट गरेका छौँ। तपाईंको च्यानलको नाम, यसका भिडियो तथा सब्सक्राइबरहरू उस्तै रहने छन् तर तपाईं अब आफ्नो पहिचान निजी बनाउन सक्नुहुन्छ। फलस्वरूप, तपाईंको नाम र इमेल ठेगाना जस्ता तपाईंका निजी जानकारी अब सार्वजनिक रूपमा देखिने छैनन्।

तपाईंलाई आफ्नो खाता सन् २०१४ भन्दा अघि वा पछि बनाइएको हो भन्ने कुरा थाहा छैन भने YouTube मा गई जाँच्नुहोस्

के के कुरा बदलिएका छन्:

ध्यान दिनुहोला: ब्रान्ड खाता प्रयोग गरिरहेका बेला तपाईं केही ठाउँमा channel-name-1234@pages.plusgoogle.com जस्ता असामान्य इमेल ठेगाना देख्न पनि सक्नु हुने छ। यो इमेल वास्तविक हैन। यो ब्रान्ड खाताको आइडेन्टिफायर मात्र हो। Google+ अब उपलब्ध नभए तापनि तपाईं ब्रान्ड खाता बनाउन सक्नुहुन्छ।
YouTube च्यानलका हकमा इमेलमार्फत पठाइने सूचना ब्रान्ड खाताका लागि तपाईंले निर्धारण गर्नुभएको सूचना प्राप्ति ठेगाना मा पठाइन्छन्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
479318347136105385
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false