YouTube उपहार कार्ड वा कोड रिडिम गर्नुहोस्

YouTube मार्फत सामग्री खरिद गर्न YouTube उपहार कार्ड वा कोड प्रयोग गर्नुहोस्। तपाईंले आफ्नो उपहार कार्ड वा कोड रिडिम गरेपछि तपाईंको Google Play ब्यालेन्स बढ्ने छ। तपाईं त्यसपछि निम्न कुराहरूको शुल्क तिर्नका निम्ति उक्त ब्यालेन्स प्रयोग गर्न सक्नुहुन्छ:

  • YouTube Premium
  • YouTube Music Premium
  • YouTube TV
  • YouTube मा उपलब्ध चलचित्र तथा टिभी सोहरू
  • Google Play मा उपलब्ध डिजिटल सामग्री
  • च्यानलका सदस्यताहरू
  • सुपर च्याट र Super Stickers (मोबाइलमा)

यहाँ गई Google Play ब्यालेन्सका बारेमा थप जान्नुहोस्। आफ्नो Google Play ब्यालेन्ससम्बन्धी समस्याहरूका लागि Google Play को ग्राहक सेवा विभागमा सम्पर्क गर्नुहोस्।

मेक्सिकोमा उपहार कार्ड खरिद गर्न

तपाईं मेक्सिकोका थुप्रै Oxxo लोकेसन जस्ता खुद्रा विक्रेताबाट उपहार कार्ड खरिद गर्दा MX$१००, MX$३०० वा MX$६०० बराबरको इन्क्रिमेन्ट पाउन सक्नुहुन्छ।

आफ्नो YouTube उपहार कार्ड वा कोड रिडिम गर्नुहोस्

  1. आफूले उपहार कार्ड रिडिम गर्नका निम्ति प्रयोग गर्न चाहेको Google खातामा साइन इन गर्नुहोस्।
  2. आफ्नो उपहार कार्डमा उल्लेख गरिएको URL मा वा youtube.com/redeem मा जानुहोस्।
  3. आफ्नो उपहार कार्डमा भएको कोड हाल्नुहोस्।
  4. अर्कोमा क्लिक गर्नुहोस्।
  5. तपाईं अहिले नै आफ्नो ब्यालेन्स प्रयोग गर्न चाहनुहुन्छ भने आफूले खरिद गर्न चाहेको सामग्री छनौट गर्नुहोस्। आफ्नो भुक्तानी विधिका रूपमा Google Play ब्यालेन्स चयन गर्नुहोस्।
  6. कारोबार प्रक्रिया पूरा गर्न खरिद गर्नुहोस् मा क्लिक गर्नुहोस्।

YouTube को हालको सशुल्क सदस्यताको शुल्क तिर्नका निम्ति आफ्नो Google Play ब्यालेन्समा पैसा हाल्नुहोस्

  1. आफूले उपहार कार्ड रिडिम गर्नका निम्ति प्रयोग गर्न चाहेको Google खातामा साइन इन गर्नुहोस्।
  2. आफ्नो उपहार कार्डमा उल्लेख गरिएको URL मा वा youtube.com/redeem मा जानुहोस्। 
  3. आफ्नो उपहार कार्डमा भएको कोड हाल्नुहोस्।
  4. अर्कोमा क्लिक गर्नुहोस्।

तपाईंले आफ्नो उपहार कार्ड रिडिम गरेपछि यसलाई YouTube Premium, YouTube Music Premium वा YouTube TV को सदस्यता शुल्क तिर्नका लागि प्रयोग गरिने भुक्तानी विधिका रूपमा चयन गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्:

  1. payments.google.com मा साइन इन गर्नुहोस्।
  2. आफ्नो YouTube को सशुल्क सदस्यता भेट्टाउनुहोस् र व्यवस्थापन गर्नुहोस् चयन गर्नुहोस्।
  3. "भुक्तानी गर्ने तरिका" अन्तर्गत रहेको भुक्तानी विधि परिवर्तन गर्नुहोस् मा क्लिक गर्नुहोस्।
  4. आफ्नो Google Play ब्यालेन्स छनौट गर्नुहोस्।
  5. सेभ गर्नुहोस् मा क्लिक गर्नुहोस्।

उपहार कार्ड वा कोडका लागि तिरेको रकम फिर्ता गरिदिन अनुरोध गर्नुहोस्

Amazon वा उपहार कार्ड खरिद गरिएको खुद्रा विक्रेतालाई सम्पर्क गरेर आफूले तिरेको रकम फिर्ता गरिदिन अनुरोध गर्नुहोस्।
ख्याल गर्नुहोस्: उपहार कार्ड प्रयोग गर्न तपाईंको Google खातामा लिंक गरिएको देश/क्षेत्र र उपहार कार्ड प्रदान गरिएको देश/क्षेत्र दुरुस्त मिल्नु पर्छ। तपाईं YouTube उपहार कार्ड तपाईंको देश/क्षेत्रमा प्रयोग गर्न मिल्दैन भन्ने कुरा उल्लेख गरिएको म्यासेज देख्नुहुन्छ भने उपहार कार्डमा उल्लेख गरिएको देश/क्षेत्र र तपाईं बसोबास गर्ने देश/क्षेत्र दुरुस्त मिल्छ भन्ने कुरा पुष्टि गर्नुहोस्। तपाईंले Google खातामा आफ्नो ठेगाना वा देश/क्षेत्र मिलाउनु पर्ने भएमा तपाईंले आफ्नो हालको Google Play क्रेडिट प्रयोग गर्न पाउने सम्भावना हुँदैन।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
8805719778505669542
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false