YouTube मा उपलब्ध Playables

Playables भनेका डेस्कटप र मोबाइल डिभाइस दुवैमा YouTube मा सीधै खेल्न सकिने गेमहरू हुन्।

खेल्ने तरिका

Playables मुख्य YouTube एपको होम पेजमा रहेको Playables सेल्फ वा एक्स्प्लोर मेनुबाट पुग्न सकिने Playables को गन्तव्य पेजमा भेट्टाउन सकिन्छ। Playables तीन थोप्ले "थप" मेनुमार्फत गेम हेर्दै गर्दा वा खेल्दै गर्दा Search, सेयर गर्न मिल्ने लिंकहरू तथा पछि खेल्नका लागि गेम सेभ गरेपछि "मेरो पेज" ट्याब प्रयोग गरेर पनि भेट्टाउन सकिन्छ। हामी निरन्तर थप खेलहरू हाल्ने गर्छौँ, त्यसैले नयाँ गेमहरू खोज्न नछाड्नुहोस्।

सीधै गेम खेल्न थाल्न कुनै पनि गेम कार्डहरूमा क्लिक गर्नुहोस्। तपाईं कुनै कार्डबाट वा गेम खेलिरहेका बेला तीन वटा थोप्ला भएको थप  मेनु प्रयोग गरी गेम सेयर गर्न सक्नुहुन्छ।

Playables का बारेमा प्रायः सोधिने प्रश्न

यो सुविधा चल्ने डिभाइस तथा आवश्यक मापदण्डहरू

Playables खेल्न अतिरिक्त हार्डवेयर वा सफ्टवेयर चाहिँदैन र अरू केही पनि इन्स्टल गरिराख्नु पर्दैन। यसका निम्ति तपाईंसँग यो सुविधा चल्ने डिभाइस र YouTube को नवीनतम संस्करण हुनु पर्छ अनि उक्त डिभाइस Wi-Fi वा डेटा प्याकमा कनेक्ट भएको हुनु पर्छ (डेटा शुल्क लाग्न सक्छ)।

Playables हाल निम्न डिभाइसहरूमा प्रयोग गर्न मिल्छ:

  • Android
    • YouTube एपको संस्करण: १८.३३ वा सोभन्दा नयाँ
    • मोबाइल अपरेटिङ सिस्टमहरू:
      • Android S र सोभन्दा नयाँ
      • Android O, P, Q, R (६४ बिट वा उच्च मेमोरी भएका ३२ बिट डिभाइसहरू मात्र)
  • iOS
    • YouTube एपको संस्करण: १८.३३ वा सोभन्दा नयाँ
    • मोबाइल अपरेटिङ सिस्टमहरू: iOS 14 र सोभन्दा नयाँ
  • डेस्कटप/मोबाइल वेब
    • ब्राउजरहरू: Chrome, Safari र Firefox

Playables को उपलब्धता

हाल Playables परीक्षणको चरणमा रहेको छ र योग्य देश/क्षेत्रका खास प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध गराइँदै छ। साथै, ती क्षेत्रमा बसोबास गर्ने केही प्रयोगकर्ताहरू YouTube मा Playables नदेख्न सक्छन् तर उनीहरू सेयर गर्न मिल्ने हरेक गेमको अद्वितीय लिंकमार्फत भने ती गेमहरू खेल्न सक्छन्। हाम्रो लक्ष्य भनेको भविष्यमा यसको उपलब्धता विस्तार गर्नु हो।

तपाईं अझ कम Playables देखाइयोस् भन्ने चाहनुहुन्छ भने तपाईं YouTube मा “मलाई यसमा रुचि छैन” मा क्लिक गरेर Playables सेल्फ वा बेग्लाबेग्लै Playables को दर्जा घटाउन सक्नुहुन्छ।

गेममा गरेको प्रोग्रेस, उत्कृष्ट स्कोर तथा सेभ गरिएको हिस्ट्री

गेममा गरेको प्रोग्रेस स्वतः सेभ हुने छ र तपाईंले आफ्नो YouTube खातामा लग इन गरेको यो सुविधा चल्ने सबै डिभाइसमा सिंक हुने छ।

तपाईंले सेभ गरेको हरेक गेमको प्रोग्रेस "YouTube हिस्ट्री > अन्तर्क्रियाहरू" मा भण्डारण गरिन्छ। हरेक गेमको एउटा सेभ फाइल हुन्छ र गेममा तपाईंको प्रोग्रेस तपाईंलाई सिफारिस देखाउनका निम्ति प्रयोग गरिने छैन। तपाईंले कुनै गेमको सेभ फाइल मेटाउनुभयो भने तपाईंका सबै डिभाइसमा उक्त गेमको सबै प्रोग्रेस मेटिने छ।

तपाईंको हरेक गेमको हालसम्मको उत्कृष्ट स्कोर "YouTube हिस्ट्री > अन्तर्क्रियाहरू" मा पनि भण्डारण गरिन्छ। यो गेमको प्रोग्रेसमा भण्डारण नभई अन्य ठाउँमा भण्डारण गरिन्छ। त्यसैले सेभ गरिएको स्कोर मेटाउँदा गेमको प्रोग्रेस मेटिँदैन भने गेमको प्रोग्रेस मेटाउँदा सेभ गरिएको स्कोर मेटिँदैन।

तपाईं "YouTube हिस्ट्री > अन्तर्क्रिया" मा कुनै खास गेमको सेभ गरिएको प्रोग्रेस वा स्कोर वा दुवै कुरा देख्नुहुन्न भने यसको मतलब गेमले यो डेटा YouTube हिस्ट्रीमा भण्डारण गर्दैन भन्ने कुरा बुझ्नु पर्छ।

Playables को हिस्ट्री YouTube हिस्ट्रीमा भण्डारण गरिन्छ। तपाई त्यहाँ गई आफूले भर्खरै खेलेका गेमहरू सजिलैसँग भेट्टाउन सक्नुहुन्छ। हिस्ट्री अन गरिएका बेला त्यसले हामीलाई गेमसम्बन्धी सान्दर्भिक सिफारिसहरू देखाउन दिन्छ। तपाईं आफ्नो हिस्ट्री मेटाएर वा अफ गरेर Playables को हिस्ट्री नियन्त्रण गर्न सक्नुहुन्छ। हिस्ट्री अफ गरिएका बेला तपाईंले खेल्ने कुनै पनि गेम YouTube हिस्ट्रीमा देखिने छैनन्।

YouTube हिस्ट्रीका सेटिङ बदल्न

  1. myactivity.google.com मा जानुहोस्। 
  2. YouTube हिस्ट्रीमा क्लिक गर्नुहोस् र आफूले चाहेअनुसार सेटिङ मिलाउनुहोस्। 

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
7367569871477114611
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false