YouTube Music मा सङ्गीत तथा पोडकास्टहरू भेट्टाउने तरिका

तपाईं YouTube Music प्रयोग गरी आफूलाई मन पर्ने सङ्गीत तथा पोडकास्टहरू सुन्नुहोस्। YouTube Music एपमा सङ्गीत तथा पोडकास्टहरू ब्राउज गर्ने तथा भेट्टाउने तरिका सिक्नुहोस्।

How to use and navigate the YouTube Music App to customize your listening experience

ध्यान दिनु पर्ने कुरा: निश्चित देश/क्षेत्रमा बसोबास गर्ने प्रयोगकर्ताहरू उत्पादनका फरक फरक सुविधा प्राप्त गर्न सक्छन्।

होम ट्याबमा सङ्गीत तथा पोडकास्टहरू भेट्टाउने तरिका

आफ्नो हालको मुड, क्रियाकलाप र लिसनिङ हिस्ट्रीका आधारमा कस्टमाइज गरिएका स्टेसन र सिफारिसहरू हेर्नुहोस्। तपाईंले आफ्नो Google खातामार्फत YouTube Music मा साइन इन गर्दा तपाईं आफूले YouTube मा सुनेका सङ्गीत तथा पोडकास्टहरूका आधारमा सिफारिस गरिएका सामग्री पनि देख्नुहुन्छ। 

नयाँ सिफारिसहरू भेट्टाउन होम ट्याब मा जानुहोस्। सिफारिसहरू फिल्टर गर्न होम स्क्रिनको सिरानमा भएको कुनै कोटीमा ट्याप गर्नुहोस्।

नयाँ सङ्गीत तथा पोडकास्टहरूको अन्वेषण गर्ने तरिका

तपाईं एक्स्प्लोर ट्याब  मार्फत नयाँ सङ्गीत तथा पोडकास्टहरू भेट्टाउन र ती पोडकास्ट आफ्नो लाइब्रेरीमा हाल्न सक्नुहुन्छ। आफ्नो देश/क्षेत्रमा रिलिज गरिएका लोकप्रिय सङ्गीत, विधा, प्लेलिस्ट, पोडकास्ट, एपिसोड र अन्य सामग्री हेर्नुहोस् वा कोटीअनुसार ब्राउज गर्नुहोस्।

आफ्नो लाइब्रेरी बनाउने तरिका

तपाईंले आफ्नो लाइब्रेरीमा सेभ गरेका गीत, प्लेलिस्ट, एल्बम र पोडकास्टहरू हेर्न लाइब्रेरी मा ट्याप गर्नुहोस्। तपाईंले YouTube Music Premium को सदस्यता लिनुभएको छ भने तपाईं हालसालै प्ले गरिएका गीत तथा प्लेलिस्टहरूका साथै आफूले डाउनलोड गरेका सामग्री हेर्न पनि सक्नुहुन्छ।

सङ्गीत तथा पोडकास्टहरू खोज्ने तरिका

YouTube Music एपमा सङ्गीत तथा पोडकास्टहरू खोज्न सर्च बार मा टाइप गर्नुहोस्। खोज परिणामहरू फिल्टर गर्न सो पेजको सिरानमा रहेका कोटीहरू प्रयोग गर्नुहोस्।

आफूलाई मन पर्ने कलाकारहरूसँग जोडिइराख्नुहोस्

तपाईं गतिविधिसम्बन्धी फिड  प्रयोग गरेर आफूले फलो गर्ने कलाकारका नयाँ रिलिज, आफ्ना साथीहरूले बनाएका प्लेलिस्ट र अन्य सामग्री भेट्टाउन सक्नुहुन्छ। तपाईं भिडियोमा गरिएका कमेन्ट तथा लाइकहरू हेर्न वा आफ्ना सब्सक्राइबरसँग अन्तर्क्रिया गर्न पनि सक्नुहुन्छ। आफ्नो गतिविधिसम्बन्धी फिड हेर्न YouTube Music एपमा साइन इन गर्नुहोस् अनि स्क्रिनको सिरानमा रहेको मा ट्याप गर्नुहोस्।

कलाकारको पेज वा च्यानल पेज ब्राउज गर्ने तरिका

कलाकारको पेज वा च्यानल पेजमा कुनै निश्चित क्रिएटरका अन्य सामग्री देखाइन्छ। तपाईं कलाकारको पेज वा च्यानल पेजमा गई विवरणहरू हेर्न, आफ्नो लाइब्रेरीमा सङ्गीत वा पोडकास्टहरू हाल्न वा सामग्री डाउनलोड गर्न पनि सक्नुहुन्छ।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
16100030145259324789
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false