YouTube Premium र YouTube Music Premium साइन अप गर्दा देखिने त्रुटि समाधान गर्ने तरिका

तपाईंले YouTube Premium वा YouTube Music Premium मा सामेल हुन प्रयास गर्ने क्रममा त्रुटिसम्बन्धी म्यासेज प्राप्त गर्नुभयो भने तल दिएका म्यासेजका आधारमा आफ्नो त्रुटि पहिचान गर्नुहोस्।

"हामीले तपाईंको देश पुष्टि गर्न सकेनौँ"

तपाईंलाई उपलब्ध योजना र अफरहरू देखाउन YouTube ले तपाईंको देश पुष्टि गर्नु पर्ने हुन्छ। तपाईंले "हामीले तपाईंको देश पुष्टि गर्न सकेनौँ" लेखिएको म्यासेज प्राप्त गर्नुभयो भने सो समस्या समाधान गर्नका लागि निम्न कदमहरू चाल्नुहोस्।

  • कुनै अर्को नेटवर्कमा कनेक्ट गर्नुहोस्।
  • कुनै अर्को डिभाइस प्रयोग गर्नुहोस्।
  • तल बताइएअनुसार मोबाइल एपमा YouTube Premium खरिद गर्नुहोस्:
  1. आफ्नो फोन वा ट्याब्लेटमा YouTube एप खोल्नुहोस्।
  2. तपाईं जुन Google खातामा सदस्यता सुरु गर्न चाहनुहुन्छ उक्त खातामा साइन इन गर्नुहोस्।
  3. आफ्नो प्रोफाइल फोटो  > YouTube Premium सदस्यता प्राप्त गर्नुहोस् वा Music Premium सदस्यता प्राप्त गर्नुहोस् चयन गर्नुहोस्
  4. तपाईं योग्य हुनुहुन्छ भने आफ्नो ट्रायल सुरु गर्नुहोस्। अन्यथा आफ्नो सशुल्क सदस्यता सुरु गर्नुहोस्।
तपाईं सक्रिय रूपमा VPN वा प्रोक्सी सेवा प्रयोग गरिरहनुभएको छ भने सो सेवा कसरी बन्द गर्ने भन्ने बारेमा जानकारी लिन कृपया सो सेवाको मद्दत केन्द्रमा वा वेबसाइटमा जानुहोस्। योकार्य पूरा भइसकेपछि youtube.com/premium वा youtube.com/musicpremium मा गएर आफ्नो सदस्यताका लागि साइन अप गर्नुहोस्।

Workspace खाताहरू

  • तपाईंसँग Workspace को व्यक्तिगत संस्करणको खाता छैन भने तपाईं Workspace खाता प्रयोग गरी YouTube Premium को व्यक्तिगत वा पारिवारिक सदस्यता लिन सक्नुहुन्न।
  • तपाईं जुनसुकै Workspace खाता प्रयोग गरी YouTube Premium को विद्यार्थी सदस्यता लिन सक्नुहुन्छ।
  • तपाईंलाई आफू ट्रायल सदस्यता पाउन योग्य छु जस्तो लाग्छ तर तपाईंले ट्रायल सदस्यता लिने विकल्प देख्नुभएन भने आफ्नो व्यक्तिगत खातामा साइन इन गरेर youtube.com/premium मा गई साइन अप गर्नुहोस्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
3050440239383707962
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false