आफ्नो च्यानलका आचारसंहिता तोक्नुहोस्

हामी अहिले निर्माताहरूको एउटा सानो समूह बनाएर च्यानलका आचारसंहिता तोक्ने सुविधाको परीक्षण गरिरहेका छौँ। परीक्षण सम्पन्न भएपछि प्राप्त भएको प्रतिक्रियाका आधारमा हामी भविष्यमा यो सुविधा थप निर्माताहरूलाई उपलब्ध गराउन सक्छौँ।
ध्यान दिनु पर्ने कुरा:  डेस्कटपबाट च्यानलका आचारसंहिता हेर्न मिल्दैन। 

च्यानलका आचारसंहिताले तपाईंको च्यानलमा कस्तो प्रकारको वार्तालाप गर्न पाइन्छ भन्ने कुरा बताउँछ। 

दर्शकहरूले तपाईंको भिडियो कमेन्ट गर्नुअघि वा लाइभ च्याटमा म्यासेज पठाउनुअघि तपाईंको च्यानलका आचारसंहिता देख्छन्।

यो सुविधा प्रयोग गर्ने तरिका तल दिइएको छ:

  1. YouTube Studio मा साइन इन गर्नुहोस्।
  2. बायाँ मेनुमा गई सेटिङहरूमा क्लिक गर्नुहोस्।
  3. समुदाय and then च्यानलका आचारसंहिता चयन गर्नुहोस्।
  4. स्वागत सन्देश र आफ्नो च्यानलका आचारसंहिताको पहिलो नियम हाल्नुहोस्। तपाईं ३ वटासम्म नियम हाल्न सक्नुहुन्छ।
  5. थप दुई वटा नियम हाल्न  नियम हाल्नुहोस् बटनमा क्लिक गर्नुहोस्।
  6. सेभ गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्।

तपाईंका कस्टम आचारसंहिताका कारणले कमेन्ट वा लाइभ च्याटमा पठाइने म्यासेजहरू स्वतः लुकाइँदैन वा हटाइँदैन। बरु तपाईंका कस्टम आचारसंहिताले तपाईंलाई तपाईं वा तपाईंका च्यानलका मध्यस्थकर्ताहरूले समीक्षा गर्ने प्रयोजनका लागि रोक्का गर्न सक्ने कमेन्टका सम्बन्धमा मार्गदर्शन तोक्न मद्दत गर्छ।

YouTube ले तपाईंका कुनै पनि कस्टम आचारसंहिता स्वतः लागू नगर्ने भए तापनि हामी हाम्रो आचारसंहिता भने स्वतः लागू गरिराख्ने छौँ।

च्यानलका आचारसंहिताका बारेमा थप जान्नुहोस्

स्वागत सन्देश र च्यानलका आचारसंहितामा के लेख्ने?

तपाईंको च्यानलका नयाँ दर्शकहरूलाई तपाईंको भिडियोमा कमेन्ट गर्दा वा लाइभ च्याटमा सहभागी हुँदा पालना गर्नु पर्ने आचारसंहिताका बारेमा थाहा नहुन सक्छ। तपाईंका दर्शकलाई अभिनन्दन गर्ने तथा तपाईंको च्यानलका आचारसंहिता पालना गर्न प्रोत्साहन गर्ने स्वागत सन्देश लेख्नुहोस्। तपाईं यस्तो लेख्न सक्नुहुन्छ:

“मेरो च्यानलमा स्वागत छ! कृपया कमेन्ट गर्दा वा लाइभ च्याटमा म्यासेज पठाउँदा मेरो च्यानलका आचारसंहिता पालना गर्नुहोस्।”

तपाईंका आचारसंहिताले दर्शकहरूलाई तपाईंको च्यानलमा कसरी वार्तालाप गर्ने भन्नेबारेमा जानकारी दिन्छ। तपाईं आफ्नो च्यानलमा जस्तो किसिमको वार्तालाप होस् भन्ने चाहनुहुन्छ त्यस्तै वार्तालापको प्रवर्धन गर्ने आचारसंहिता लेख्नुहोस्। राम्रा नियमहरूका केही उदाहरण यस प्रकार छन्:

  • सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्
  • सम्बन्धित विषयमा केन्द्रित रहनुहोस्
  • नहिचकिचाइकन प्रश्न सोध्नुहोस्
  • आफ्नो च्यानलको प्रचार नगर्नुहोस् वा स्प्याम नपठाउनुहोस्
  • तर्क गर्ने व्यक्तिमाथि व्यक्तिगत आक्षेप नलगाउनुहोस्

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
3017053508418451916
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false