उत्पादनका सशुल्क विज्ञापन, प्रायोजन तथा अनुमोदन समावेश गरिएका भिडियोहरू हेर्ने सम्बन्धमा

कुनै भिडियोमा सशुल्क विज्ञापन, अनुमोदन वा प्रायोजन समावेश गरिएको छ भने तपाईं उक्त भिडियोको सुरुवातमै सो कुराको खुलासा गरिएको जानकारी देख्नु हुने छ। क्रिएटरले उक्त कुराको जानकारी समावेश गरेपछि यस्तो हुन्छ।

ख्याल गर्नुहोस्: तपाईं YouTube Premium को सदस्यता लिएर विज्ञापनरहित भिडियोहरू हेर्न सक्नुहुन्छ। तर तपाईं अझै पनि क्रिएटरहरूले सीधै भिडियोमा हालेका प्रायोजित सामग्री भने देख्न सक्नुहुन्छ।

उत्पादनका सशुल्क विज्ञापन, प्रायोजन तथा अनुमोदन भनेका के हुन्?

उत्पादनका सशुल्क विज्ञापन:

  • क्रिएटर र उत्पादन वा सेवा बनाउने एकाइबिच कुनै सम्बन्ध भएकाले उत्पादन वा सेवाका बारेमा बताइएका भिडियोहरू।
  • पैसा वा निःशुल्क उत्पादन/सेवाहरू लिएर कुनै कम्पनी वा व्यवसायका लागि बनाइएका भिडियोहरू।
  • त्यो कम्पनी वा व्यवसायको ब्रान्ड, म्यासेज वा उत्पादन प्रत्यक्ष रूपमा समावेश गरिएका र त्यो कम्पनीले क्रिएटरलाई भिडियो बनाएबापत पैसा वा निःशुल्क उत्पादन दिएका भिडियोहरू।

अनुमोदन: क्रिएटरका विचार, आस्था वा अनुभव साझा गर्ने म्यासेजसहित कुनै विज्ञापनदाता वा बजारीकरणका क्षेत्रमा काम गर्ने व्यक्तिका लागि बनाइएका भिडियोहरू।

प्रायोजन: कुनै कम्पनीले आफ्नो ब्रान्ड, म्यासेज वा उत्पादन प्रत्यक्ष रूपमा समावेश नगरिकनै पूर्ण वा आंशिक रूपमा लगानी गरी निर्माण गराएका भिडियोहरू। प्रायोजनले सामान्यतया निम्न कुराको प्रवर्धन गर्छ:

  • ब्रान्ड
  • म्यासेज
  • तेस्रो पक्षको उत्पादन

तपाईं क्रिएटर हुनुहुन्छ भने यहाँ गई भिडियोमा उत्पादनका सशुल्क विज्ञापन, प्रायोजन तथा अनुमोदन समावेश गर्ने तरिका सिक्नुहोस्।

सुपरिवेक्षण गरिएका खातामार्फत हेरिने सामग्री वा "बालबालिकाका लागि बनाइएको" का रूपमा तोकिएको सामग्रीमा उत्पादनका सशुल्क विज्ञापन, प्रायोजन तथा अनुमोदन कसरी देखाउन मिल्छ?

बालबालिकाका लागि बनाइएका भिडियोहरूमा देखाइने सबै सशुल्क प्रवर्धनमा बालबालिकाले बुझ्न सक्ने डिस्क्लोजर समावेश गरिन्छ।

सबै सशुल्क प्रवर्धनहरू निश्चित कोटीहरूमा विज्ञापन देखाउन निषेध गर्ने विज्ञापनसम्बन्धी हाम्रा नीतिअनुसार हुनु पर्छ। “बालबालिकाका लागि बनाइएको” का रूपमा तोकिएको सामग्रीमा देखाइने विज्ञापन अनिवार्य रूपमा लक्षित दर्शकका लागि भ्रामक, अनुचित वा अनुपयुक्त हुनु हुँदैन। उक्त सामग्रीमा अनिवार्य रूपमा कुनै पनि तेस्रो पक्षीय ट्र्याकर प्रयोग गर्नु हुँदैन वा सुरुमा अभिभावकको सहमति प्राप्त नगरिकनै उक्त सामग्रीमार्फत व्यक्तिगत जानकारी सङ्कलन गर्ने प्रयास गर्नु हुँदैन। उक्त सामग्री अनिवार्य रूपमा सबै सम्बन्धित कानुन तथा नियमावलीबमोजिम पनि हुनु पर्छ। क्रिएटर तथा उनीहरूले सहकार्य गर्ने ब्रान्डहरू स्थानीय नियम तथा कानुनी दायित्वहरू बुझेर र तिनको पालना गरेर आफ्नो सामग्रीमा समावेश गरिएका सशुल्क प्रवर्धनको जानकारी खुलाउन जिम्मेवार हुन्छन्। यस्ता केही उत्तरदायित्वहरूमा कहिले, कसरी र कोसँग खुलासा गर्ने भन्ने कुरा समावेश हुन्छन्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
13240810345970128231
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false