बालबालिका तथा परिवारका लागि जानकारी: उत्पादनका सशुल्क विज्ञापन, प्रायोजन तथा अनुमोदन भनेका के हुन्?

उत्पादनको सशुल्क विज्ञापन भनेको के हो? (बच्चाहरूका लागि)

ताजा समाचार, अपडेट र सुझावहरूका लागि YouTube Viewers च्यानल सब्सक्राइब गर्नुहोस्।

कुनै भिडियो हेर्दा यो चिन्ह पप-अपका रूपमा देखिन सक्छ। यसका अतिरिक्त “यो च्यानलले यो भिडियो बनाउनका लागि पैसा वा निःशुल्क वस्तु प्राप्त गरेको थियो” वा "यो भिडियोमा सशुल्क प्रवर्धन समावेश छ" भन्ने म्यासेज पनि देखिन सक्छ। यसको अर्थ कुनै कम्पनीले यो भिडियो बनाउनेलाई पैसा वा निःशुल्क वस्तु प्रदान गरेको हुन सक्छ।

उदाहरणका लागि, कुनै भिडियोमा खेलौना देखाइएको छ भने भिडियो निर्माताले खेलौना देखाएबापत पैसा लिएको हुन सक्छ। खेलौना बनाउने कम्पनी तपाईंलाई खेलौना बेच्न चाहन्छ त्यसैले भिडियोमा खेलौना देखाइएको हो।

उत्पादनका सशुल्क विज्ञापन, प्रायोजन तथा अनुमोदन भनेका के हुन्?

उत्पादनका सशुल्क विज्ञापन:

  • पैसा, निःशुल्क वस्तु वा निःशुल्क सेवाहरू लिएर कुनै कम्पनी वा व्यवसायका लागि बनाइएका भिडियोहरू।
  • त्यो कम्पनी वा व्यवसायका ब्रान्ड, म्यासेज वा उत्पादन प्रत्यक्ष रूपमा समावेश गरिएका भिडियोहरू। साथै उक्त भिडियो बनाउनका लागि यो कम्पनीले निर्मातालाई पैसा वा निःशुल्क वस्तु दिएको छ।

अनुमोदन: निर्माता वा अनुमोदन गर्ने पक्षका विचार, आस्था वा अनुभव साझा गर्ने म्यासेजसहित कुनै विज्ञापनदाता वा बजारीकरणका क्षेत्रमा काम गर्ने व्यक्तिका लागि बनाइएका भिडियोहरू।

प्रायोजन: कुनै कम्पनीले आफ्नो ब्रान्ड, म्यासेज वा उत्पादन प्रत्यक्ष रूपमा समावेश नगरिकनै पूर्ण वा आंशिक रूपमा लगानी गरी निर्माण गराएका भिडियोहरू। यसको साटो चल्दै गरेको भिडियो बिचैमा रोकेर छोटो अवधिका लागि ब्रान्ड, म्यासेज वा प्रायोजित उत्पादनको प्रवर्धन गरिन सक्छ। उदाहरणका लागि, निर्माताले कुनै विषयमा बनाइएको भिडियो देखाउँदै गर्दा बिचैमा छोटो ब्रेक लिएर प्रायोजकको नयाँ उत्पादनका बारेमा प्रवर्धन गर्ने भिडियो देखाउन सक्छ।

आफ्ना बच्चालाई उत्पादनका सशुल्क विज्ञापन, प्रायोजन तथा अनुमोदनका बारेमा जानकारी दिनुहोस्

बच्चाहरूले निर्माताले भिडियोहरूमार्फत प्रवर्धन गर्दा वस्तु वा सेवा पाउन सक्छन् भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ। तपाईंका बच्चालाई सशुल्क प्रवर्धनका बारेमा सिकाउने केही सुझाव र जुक्तिहरू तल दिइएका छन्:
  • भिडियोहरूमा देखिने सशुल्क प्रवर्धनका बारेमा आफ्ना बच्चाहरूसँग कुरा गर्नुहोस् र सशुल्क प्रवर्धनको प्रतीक () चिनाउनुहोस्। यो छोटो भिडियो हेर्नुहोस् र आफ्नो बच्चालाई सशुल्क प्रवर्धनमूलक भिडियो चिन्ने तरिकाका बारेमा भन्न लगाउनुहोस्।
  • तपाईंको बच्चाको प्रिय निर्माताका बारेमा छलफल गर्नुहोस् र कतिपय निर्माताहरू उत्पादनको सशुल्क विज्ञापनमार्फत कसरी आफ्नो च्यानलको प्रवर्धन गर्छन् भन्ने कुरा विस्तारमा बुझाउनुहोस्। कैयौँ निर्माताहरू फुल टाइम जागिरका रूपमा YouTube भिडियो बनाउँछन्।
  • आफ्ना बच्चालाई “यसले प्रायोजन गरेको,” “योसँग साझेदारी गरिएको,” वा “#विज्ञापन" जस्ता वाक्यांशहरूका बारेमा सिकाउनुहोस्।

आफ्नो बच्चालाई YouTube हेर्न सिकाउने थप सुझावहरूका बारेमा जान्न हाम्रो पारिवारिक मार्गदर्शक डाउनलोड गरेर पढ्नुहोस्।

उत्पादनको सशुल्क विज्ञापन, प्रायोजन र अनुमोदनसम्बन्धी नीतिहरू

सशुल्क प्रवर्धनहरू अनिवार्य रूपमा निश्चित कोटीहरूमा विज्ञापन देखाउन निषेध गर्ने हाम्रा विज्ञापन नीतिहरू अनुसार हुनु पर्छ। निर्माता तथा उनीहरूले सहकार्य गर्ने ब्रान्डहरू आफ्ना भिडियोमा गरिएका सशुल्क प्रवर्धनको जानकारी खुलाउन स्थानीय नियम तथा कानुनी दायित्वहरू बुझ्ने र तिनको पालना गर्ने जिम्मेवार हुन्छन्। यस्ता केही उत्तरदायित्वहरूमा कहिले, कसरी र कोसँग खुलासा गर्ने भन्ने कुरा समावेश हुन्छन्।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
5668078976990015295
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false