युटुब मा सुपरिवेक्षित सुविधा बारे निर्माताहरूको लागि जानकारी

युटुबमा सुपरिवेक्षित सुविधा आमाबाबुका लागि आफ्ना बालबालिकाहरू (13 वर्ष भन्दा कम वा उनीहरूको देश/क्षेत्रमा सान्दर्भिक उमेर) लाई सुपरिवेक्षण गरिएको खातामार्फत YouTube पहुँच गर्न अनुमति दिन को लागी एक नयाँ विकल्प हो। निर्माताको रूपमा, यसको मतलब तपाईंको भिडियोहरू यस अनुभवमा उपलब्ध हुन सक्छ।

युटुब मा सुपरीवेक्षित सुविधा के हो?

अभिभावकहरूले युटुब मा 3 फरक सामग्रीसम्बन्धी सेटिङ'हरू (अन्वेषण, थप अन्वेषण, र युटुब को अधिकांश) बाट छनौट गर्न सक्नुहुन्छ। हामी प्रत्येक सामग्रीसम्बन्धी सेटिङमा कुन भिडियोहरू समावेश गरिएको छ भनेर निर्धारण गर्न प्रयोगकर्ता इनपुट, मेसिन लर्निङ र मानव समीक्षाको मिश्रण प्रयोग गर्नेछौं। यी सामग्री सेटिङहरूमा थप यहाँ

जब आमाबाबुले युटुबमा पहुँच प्रदान गर्छन्, उनीहरूको बच्चाको अनुभव नियमित Yयुटुब जस्तै महसुस हुनेछ, तर उनीहरूले फेला पार्न र हेर्न सक्ने भिडियोहरूमा समायोजनको साथ, उनीहरूले प्रयोग गर्न सक्ने सुविधाहरू, डिफल्ट खाता सेटिङहरू र विज्ञापन सुरक्षाहरू

युटुब मा सुपरिवेक्षित सुविधाहरूमा प्रतिक्रिया दिँदै

यदि तपाईंका भिडियोहरू हाल सामग्री सेटिङहरू मध्ये एकमा उपलब्ध छैनन् र तपाईंलाई विश्वास छ कि तिनीहरू हुनुपर्दछ, कृपयाहामीलाई तपाईंको प्रतिक्रिया पठाउनुहोस्

जबकि हाम्रो प्रणालीहरू सिद्ध छैनन् र केही गल्तीहरू गर्नेछन्, तपाईंको प्रतिक्रियाले हामीलाई सुधार गर्न मद्दत गर्नेछ। यद्यपि तपाईंले आफ्नो सबमिशनको प्रतिक्रिया प्राप्त गर्नुहुने छैन, हामी तपाईंले पेश गर्नु भएको प्रत्येक भिडियोको समीक्षा गर्नको लागी हाम्रो सबै भन्दा राम्रो प्रयास गर्दछौं।

तपाईंको प्रतिक्रिया पेश गर्नु अघि, सुनिश्चित गर्नुहोस् कि तपाईंले सुपरिवेक्षित सुविधाहरू प्रयोग गरेर परिवारहरूको लागि सामग्रीसम्बन्धी सेटिङहरू को बारेमा पढ्नुभएको छ।

प्राय: जसो सोधिने प्रश्नहरू

सुपरिवेक्षण गरिएका खाताहरूको लागि के सुविधाहरू उपलब्ध छैनन्?

सामान्यतया युटुबमा उपलब्ध केही सुविधाहरू विभिन्न सामग्रीसम्बन्धी सेटिङ विकल्पहरूको लागि बन्द गरिनेछ। हामी समयको साथ थप सुविधाहरू परिचय गर्न अभिभावक र उद्योग विशेषज्ञहरूसँग काम गर्न जारी राख्नेछौं। यहाँ सुविधाहरूको सूचीमा जानुहोस्।

के निर्माताकर्ताहरूले यी सामग्रीसम्बन्धी सेटिङहरूबाट अप्ट-इन वा अप्ट-आउट गर्न रोज्न सक्छन्?

यो समयमा होइन - हामी प्रयोगकर्ता इनपुट, मेसिन लर्निङ र मानव समीक्षाको मिश्रण प्रयोग गर्नेछौं जुन भिडियोहरू समावेश गरिएको छ भनेर निर्धारण गर्न।

के सुपरिवेक्षण गरिएको खाताहरूले YouTube मा सबै दर्शकहरूलाई असर गर्छ?

अहाँ, सुपरिवेक्षण गरिएका खाताहरू आमाबाबुको लागि एक नयाँ समाधान हो र युटुबमा नियमित खाताहरू (सुपरिवेक्षण नगरिएको) को लागि तपाईंको सामग्रीको मनिटाइजेसन वा खोजमा कुनै प्रभाव पार्दैन।

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
6167527587520629856
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false