सुपरिवेक्षण गरिएका खाताहरू चलाउने तरिका

तपाईंलाई अब आफ्नो १३ वर्ष (वा तपाईंको क्षेत्र वा देशमा तोकिएको उमेर) मुनिका बच्चा YouTube मा भएका अनगिन्ती भिडियो र सङ्गीतको आनन्द लिन तयार छन् भन्ने लाग्छ भने तपाईं सुपरिवेक्षण गरिएको खाता बनाउन सक्नुहुन्छ। सुपरिवेक्षण गरिएका खाताहरू अभिभावकको आफ्नै Google खातासँग जोडिएका हुन्छन्।

सुपरिवेक्षण गरिएको खाता सेटअप गर्दा अभिभावकहरू १३ वर्ष मुनिका बच्चालाई हेर्न र सुन्न दिने सागम्री तोक्ने सामग्री सेटिङ चयन गर्न सक्छन्। सुपरिवेक्षण गरिएका खाताहरूका बारेमा थप जान्नुहोस्।

YouTube मा आफ्ना बच्चाको खातामा सुपरिवेक्षित सुविधा सेटअप गर्ने तरिका

ताजा समाचार, अपडेट र सुझावहरूका लागि YouTube Viewers च्यानल सब्सक्राइब गर्नुहोस्।

सुपरिवेक्षण गरिएको खाता बनाउने तरिका

सुपरिवेक्षण गरिएको खाता बनाउनुअघि आफ्नो बच्चाको Google खाता बनाउन नभुल्नुहोस्।

सुपरिवेक्षण गरिएको खाता बनाउन यी विकल्पहरूमध्ये एउटा रोज्नुहोस्:

विकल्प १: अभिभावकको डिभाइसमा YouTube वा YouTube Music बाट

  1. आफ्नो बच्चाको खाताको व्यवस्थापन गर्न प्रयोग गर्ने Google खाता प्रयोग गरेर निम्नमध्ये कुनै एक एपमा साइनइन गर्नुहोस्:

२. आफ्नो प्रोफाइल फोटोमा जानुहोस् 

३. सेटिङ  चयन गर्नुहोस्।

४. अभिभावकीय सेटिङ चयन गर्नुहोस्।

५. आफ्नो बच्चा चयन गर्नुहोस् र दिइएका चरणहरू पालना गर्नुहोस्।

विकल्प २: बच्चाको डिभाइसमा रहेको YouTube वा YouTube Music बाट

  1. मुख्य YouTube एप, YouTube Music एप वा स्मार्ट TV वा स्ट्रिमिङ डिभाइसमा रहेको YouTube एपमा साइन इन गर्नुहोस्। आफ्नो खातासँग जोडिएको आफ्नोको Google खाता प्रयोग गर्नुहोस्।
  2. सुरु गर्नुहोस् चयन गर्नुहोस् र दिइएका चरणहरू पालना गर्नुहोस्।
    • नोट: तपाईंले अनुमति दिन आफै खाताको पासवर्ड हाल्नु पर्ने हुन्छ।

विकल्प ३: families.youtube.com बाट

  1. families.youtube.com मा जानुहोस्।
  2. आफ्नो बच्चाको खाताको व्यवस्थापन गर्न प्रयोग गर्ने Google खाता प्रयोग गरेर साइन इन गर्नुहोस्।
  3. आफ्नो परिवारिक समूहबाट बच्चा चयन गर्नुहोस् र दिइएका चरणहरू पालना गर्नुहोस्।

विकल्प ४: Family Link एपबाट

  1. आफ्नो Family Link एपमा साइन इन गर्नुहोस् Family Link
  2. आफ्नो बच्चा चयन गर्नुहोस्।
  3. YouTube and then YouTube र YouTube Music and then नियन्त्रण and then सामग्री प्रतिबन्धहरू चयन गर्नुहोस्।
  4. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

सुपरिवेक्षित खाता सुरु गर्नुहोस्

सुपरिवेक्षित खाताबाट YouTube चलाउन थाल्न:

  1. एप अपडेट गर्नु: तपाईंको बच्चाले मोबाइल डिभाइस चलाउँछन् भने उनको डिभासइको YouTube एप अपडेटेड होस् भन्ने कुरा निश्चित गर्नुहोस्।
  2. साइन इन गर्नुहोस्: बच्चाले प्रयोग गर्ने सबै डिभाइसमा YouTube मा साइन इन गर्नुहोस्।

तपाईंको बच्चालाई सुपरिवेक्षित खाता चलाउन दिनका लागि विविध अभिभावकीय नियन्त्रणहरू र सेटिङहरू उपलब्ध गराइएका छन्।

नोटहरू:

यो उपयोगी थियो?

हामी यसलाई कसरी सुधार गर्न सक्छौँ?
true
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
5072875490474343290
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
59
false
false