वेब तथा एपसम्बन्धी क्रियाकलापमा गई अडियो रेकर्डिङ व्यवस्थापन गर्ने तरिका

तपाईं तपाईंले Google Search, सहायक र नक्सा प्रयोग गर्दा Google लाई यसका सर्भरहरूअन्तर्गत तपाईंको Google खातामा आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप सेभ गर्न दिने कि नदिने भन्ने कुरा छनौट गर्न सक्नुहुन्छ। Google ले तपाईंको आवाज तथा अडियोका सहायताले अडियो पहिचान गर्ने उसको प्रविधि तथा ती प्रविधि प्रयोग गर्ने उसका सेवाहरू विकास गर्न र तिनको गुणस्तर सुधार गर्न सक्छ।

तपाईंले आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको यो सेटिङ अन नगरेसम्म यो सेटिङ अफ नै रहन्छ।

महत्त्वपूर्ण जानकारी: अन्य सेटिङका आधारमा अडियो रेकर्डिङहरू अन्य ठाउँमा पनि सेभ गरिएका हुन सक्छन्

आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप अन वा अफ गर्ने तरिका

  1. तपाईंको Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप and then Google and then आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
  2. सिरानमा रहेको डेटा तथा गोपनीयता मा ट्याप गर्नुहोस्।
  3. "क्रियाकलापको इतिहाससम्बन्धी सेटिङ" मा रहेको वेब तथा एपसम्बन्धी क्रियाकलाप मा ट्याप गर्नुहोस्।
  4. "आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप समावेश गरियोस्" विकल्पको छेउमा रहेको बक्समा चिन्ह लगाउनुहोस् वा त्यहाँ लगाइएको चिन्ह हटाउनुहोस्।

"आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप" नामक यो सेटिङ अफ भएका बेला तपाईं आफ्नो Google खातामा साइन इन हुनुहुन्छ भने पनि तपाईंले बोलेर Google Search, सहायक र नक्सा प्रयोग गर्दा तपाईंका भ्वाइस इनपुट तपाईंको Google खातामा सेभ गरिने छैन। तपाईंले "आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप" नामक यो सेटिङ अफ गर्नुभयो भने पहिले सेभ गरिएको अडियो मेटाइने छैन। तपाईं जुनसुकै बेला आफ्नो Google खाताबाट अडियो रेकर्डिङहरू मेटाउन सक्नुहुन्छ।

आफ्ना अडियो रेकर्डिङहरू भेट्टाउने वा मेटाउने तरिका

अडियो रेकर्डिङ खोज्ने तरिका

महत्त्वपूर्ण जानकारी: अन्य सेटिङका आधारमा अडियो रेकर्डिङहरू अन्य ठाउँमा पनि सेभ गरिएका हुन सक्छन्

  1. तपाईंको Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप and then Google and then आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
  2. सिरानमा रहेको डेटा तथा गोपनीयता मा ट्याप गर्नुहोस्।
  3. "क्रियाकलापको इतिहाससम्बन्धी सेटिङ" मा रहेको वेब तथा एपसम्बन्धी क्रियाकलाप अनि त्यसपछि क्रियाकलाप व्यवस्थापन गर्नुहोस् मा ट्याप गर्नुहोस्। तपाईं यो पेजबाट निम्न कुराहरू गर्न सक्नुहुन्छ:
    • आफूले विगतमा गरेका क्रियाकलापहरूको सूची हेर्न: अडियो जनाउने आइकन Speak भएका वस्तुमा रेकर्डिङ समावेश हुन्छ।
    • रेकर्डिङ प्ले गर्न: अडियो Speak को छेउमा रहेको विवरणहरू अनि त्यसपछि रेकर्डिङ हेर्नुहोस् अनि त्यसपछि प्ले गर्नुहोस् Play मा ट्याप गर्नुहोस्।

एकभन्दा बढी अडियो रेकर्डिङहरू: Google Assistant अन गरिएका तपाईंका एकभन्दा बढी डिभाइसहरूले तपाईंको अडियो प्रोसेस गरेका खण्डमा तपाईं एउटा गतिविधिसँग सम्बन्धित एकभन्दा बढी अडियो रेकर्डिङहरू देख्न सक्नुहुन्छ। हामी तपाईंलाई कुन डिभाइसले जवाफ दिनु पर्छ भन्ने कुरा निर्धारण गर्ने हाम्रा प्रविधिहरू सुधार गर्ने प्रयोजनका लागि यो अडियो प्रयोग गर्छौँ।

तपाईंले "ट्रान्सक्रिप्ट उपलब्ध छैन" भन्ने म्यासेज देख्नुभयो भने उक्त क्रियाकलाप गरिरहेका बेला ब्याकग्राउन्डमा अत्यधिक होहल्ला भएको हुन सक्छ।

तपाईं Google Takeout का सहायताले आफ्नो Google खातामा सेभ गरिएको अडियो डाउनलोड गर्न सक्नुहुन्छ। आफ्नो अडियो र अन्य Google डेटा डाउनलोड गर्ने तरिका जान्नुहोस्

सुझाव: आफूले गरेका क्रियाकलापको इतिहास अझ सुरक्षित राख्न तपाईं तपाईंका क्रियाकलापको सम्पूर्ण इतिहास हेर्न प्रमाणीकरणको अतिरिक्त चरण पूरा गर्नु पर्ने बनाउन सक्नुहुन्छ

वेब तथा एपसम्बन्धी क्रियाकलापमा गई अडियो रेकर्डिङ मेटाउने तरिका

महत्त्वपूर्ण जानकारी: अन्य सेटिङका आधारमा अडियो रेकर्डिङहरू अन्य ठाउँमा पनि सेभ गरिएका हुन सक्छन्

वस्तुहरू एक एक गरी मेटाउने तरिका

  1. तपाईंको Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप and then Google and then आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
  2. सिरानमा रहेको डेटा तथा गोपनीयता मा ट्याप गर्नुहोस्।
  3. "क्रियाकलापको इतिहाससम्बन्धी सेटिङ" मा रहेको वेब तथा एपसम्बन्धी क्रियाकलाप अनि त्यसपछि क्रियाकलाप व्यवस्थापन गर्नुहोस् मा ट्याप गर्नुहोस्। तपाईं यो पेजमा आफूले विगतमा गरेका क्रियाकलापहरूको सूची भेट्टाउनु हुने छ। अडियो जनाउने आइकन Speak भएका वस्तुमा रेकर्डिङ समावेश हुन्छ।
  4. आफूले मेटाउन चाहेको वस्तुको छेउमा रहेको "मेटाउनुहोस्" अनि त्यसपछि "मेटाउनुहोस्" मा ट्याप गर्नुहोस्।

सबै वस्तुहरू एकै पटक मेटाउने तरिका

महत्त्वपूर्ण जानकारी: तपाईंले यी चरणमा भनिएका कुराहरू गर्नुभयो भने रेकर्डिङ समावेश भएका वस्तुहरू मात्र नभई तपाईंका वेब तथा एपसम्बन्धी सबै क्रियाकलाप मेटिने छ।

  1. आफ्नो Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप अनि त्यसपछि Google अनि त्यसपछि आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
  2. सिरानमा रहेको डेटा तथा गोपनीयता मा ट्याप गर्नुहोस्।
  3. "क्रियाकलापको इतिहाससम्बन्धी सेटिङ" मा रहेको वेब तथा एपसम्बन्धी क्रियाकलाप अनि त्यसपछि क्रियाकलाप व्यवस्थापन गर्नुहोस् मा ट्याप गर्नुहोस्। तपाईं यो पेजमा आफूले विगतमा गरेका क्रियाकलापहरूको सूची भेट्टाउनु हुने छ। अडियो जनाउने आइकन Speak भएका वस्तुमा रेकर्डिङ समावेश हुन्छ।
  4. तपाईंको क्रियाकलापको माथिपट्टि रहेको "मेटाउनुहोस्" बटनमा ट्याप गर्नुहोस्।
  5. "सुरुदेखि अहिलेसम्मका" चयन गर्नुहोस्।
  6. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

अडियो रेकर्डिङ स्वतः मेटाउने तरिका

महत्त्वपूर्ण जानकारी: तपाईंले यी चरणमा भनिएका कुराहरू गर्नुभयो भने अडियो रेकर्डिङ समावेश भएका वस्तुहरूमा मात्र नभई तपाईंको वेब तथा एपसम्बन्धी क्रियाकलापमा भएका सबै वस्तुमा पनि स्वतः मेटाउने विकल्प अन हुने छ।

  1. आफ्नो Android फोन वा ट्याब्लेटमा रहेको सेटिङ एप खोल्नुहोस्।
  2. Google and then तपाईंको Google खाता व्यवस्थापन गर्नुहोस् मा ट्याप गर्नुहोस्।
  3. सिरानमा रहेको डेटा तथा गोपनीयता मा ट्याप गर्नुहोस्।
  4. "क्रियाकलापको इतिहाससम्बन्धी सेटिङ" मा रहेको वेब तथा एपसम्बन्धी क्रियाकलाप अनि त्यसपछि क्रियाकलाप व्यवस्थापन गर्नुहोस् मा ट्याप गर्नुहोस्। तपाईं यो पेजमा आफूले विगतमा गरेका क्रियाकलापहरूको सूची भेट्टाउनु हुने छ। अडियो जनाउने आइकन Speak भएका वस्तुमा रेकर्डिङ समावेश हुन्छ।
  5. सर्च बारमा तपाईंको क्रियाकलापको माथिपट्टि रहेको थप More अनि त्यसपछि यति समयसम्म क्रियाकलाप सेभ गरियोस् चयन गर्नुहोस्।
  6. तपाईं आफ्ना क्रियाकलाप जतिन्जेल सेभ गर्न चाहनुहुन्छ त्यो अवधि जनाउने बटन अनि त्यसपछि अर्को अनि त्यसपछि पुष्टि गर्नुहोस् मा ट्याप गर्नुहोस्।

Google ले तपाईंका अडियो रेकर्डिङहरू आफ्ना अडियो पहिचान गर्ने प्रविधि र ती प्रविधि प्रयोग गर्ने सेवाहरू विकास गर्ने र तिनको गुणस्तर सुधार गर्ने प्रयोजनका लागि प्रयोग गर्छ। तपाईंका अडियो रेकर्डिङहरूको उपादेयता सकिएका खण्डमा Google ले आफ्ना सर्भरहरूबाट ती अडियो रेकर्डिङहरू तपाईंले छनौट गरेको समयावधिभन्दा अझ चाँडै मेटाउन सक्छ। उदाहरणका लागि, कतिपय भाषाका हकमा समयक्रमसँगै थोरै अडियो भए पुग्ने हुन सक्छ।

आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको यो सेटिङका बारेमा

तपाईंले Google का सेवाहरूसँग बोलेर अन्तर्क्रिया गर्दा Google ले तपाईंले बोल्नुभएको कुरा प्रोसेस गर्न तथा तपाईंलाई जवाफ दिन अडियो पहिचान गर्ने प्रविधि प्रयोग गर्छ। उदाहरणका लागि, तपाईंले बोलीमार्फत खोजी गर्नका निम्ति माइकको आइकनमा छुनुभयो भने Google को अडियो पहिचान गर्ने प्रविधिले तपाईंले बोलेका कुरालाई शब्द वा पदावलीमा बदल्छ। तपाईंलाई सबैभन्दा बढी सान्दर्भिक परिणाम देखाउनका लागि Search ले ती शब्द वा पदावली अनुक्रमणिकामा खोज्छ।

वेब तथा एपसम्बन्धी क्रियाकलापले तपाईंले Google का साइट, एप तथा सेवाहरूमा गर्ने कुरा Google का सर्भरहरूअन्तर्गत तपाईंको Google खातामा सेभ गर्छ। यसमा लोकेसन जस्ता सम्बन्धित जानकारी पनि समावेश हुन सक्छन्। निश्चित अन्तरक्रियाहरू भने सेभ नगरिन सक्छ।

तपाईं आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको यो वैकल्पिक सेटिङका सहायताले Google Search, सहायक र नक्सासँग अन्तर्क्रिया गर्दा वेब तथा एपसम्बन्धी क्रियाकलापसँगै अडियो रेकर्डिङ पनि सेभ गर्न सक्नुहुन्छ। तपाईंले आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको यो सेटिङ अन नगरेसम्म यो सेटिङ अफ नै रहन्छ।

यो सेटिङ तपाईं साइन इन अवस्थामा रहेका सबै एप र डिभाइसका Search, सहायक र नक्सामा लागू हुन्छ। उदाहरणका लागि, यो सेटिङ Google सहायक एप र Google Home स्मार्ट स्पिकर दुवैका सहायकमा लागू हुन्छ।

अडियो रेकर्डिङहरू कसरी प्रयोग गरिन्छन्

Google ले अडियो पहिचान गर्ने प्रविधि र ती प्रविधि प्रयोग गर्ने Google सहायक जस्ता Google का सेवाहरूको गुणस्तर सुधार गर्ने प्रयोजनका लागि यो सेटिङ अन भएका बेला सेभ गरिएको अडियो प्रयोग गर्छ।

अडियोको समीक्षा गर्ने प्रक्रिया

Google का सेवाहरूले अडियो अझ राम्ररी बुझ्न सकून् र अडियोसम्बन्धी केही प्रविधिको गुणस्तर सुधार गर्न सकून् भन्नाका लागि तालिम प्राप्त समीक्षकहरू यो सेटिङ अन गरिएका बेला Google सर्भरहरूअन्तर्गत सेभ गरिएका अडियोका नमुना सुनेर, ट्रान्स्क्राइब गरेर तथा एनोटेसन गरेर तिनको विश्लेषण गर्छन्। उदाहरणका लागि, होहल्लायुक्त वातावरणमा वा कुनै विशेष भाषामा कुनै व्यक्तिले के भनिरहेका छन् भन्ने कुरा बुझ्न समीक्षकहरू यसो गर्छन्। यस प्रक्रियाअन्तर्गत हामी तपाईंको गोपनीयता सुरक्षित राख्न विभिन्न कदमहरू चाल्छौँ। उदाहरणका लागि, समीक्षकहरूले तपाईंको अडियो विश्लेषण गरिरहेका बेला तपाईंको खाताबाट उक्त अडियो अनलिंक गरेर तपाईंको गोपनीयता सुरक्षित राखिन्छ।

यो प्रक्रियाले सेवाहरूलाई मान्छेले बोलेका कुरा अझ राम्रोसँग बुझ्न मद्दत गर्छ। उदाहरणका लागि, Google ले प्रचुर मात्रामा डेटा उपलब्ध भएका भाषाहरूको एउटा मोडेललाई अडियो चिन्न सिकाएर डेटाको अभाव भएका भाषाहरूमा स्वतः वाक् पहिचान गर्ने सुविधाको गुणस्तर सुधार गरेको छ। यसले गर्दा एकभन्दा बढी भाषामा प्रत्यक्ष रूपमा वाक् पहिचान गर्न सम्भव भएको छ।

आवाजसम्बन्धी प्रविधिहरू

महत्त्वपूर्ण जानकारी: तपाईंले जुलाई ६, २०२२ पछि आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप अन गर्नुभयो भने यो जानकारी लागू हुन्छ।

Voice Match जस्ता Google का अडियोसम्बन्धी केही प्रविधिहरूले मिल्दाजुल्दा आवाज चिन्न, आवाजबिच फरक छुट्याउन र कुनै आवाजलाई अर्को अद्वितीय आवाज प्रयोग गरी परिष्कार गर्न सक्छन्। तपाईं Google सहायकको Voice Match सुविधा प्रयोग गर्नुहुन्छ र तपाईंले आवाज तथा अडियोसम्बन्धी गतिविधिको यो सेटिङ अन गर्नुभएको छ भने Google ले आवाजसम्बन्धी आफ्ना प्रविधि र ती प्रविधि प्रयोग गर्ने आफ्ना सेवाहरूको गुणस्तर सुधार गर्ने प्रयोजनका लागि सेभ गरिएको अडियोमा भएको तपाईंको आवाजको नमुना पनि केही समयका लागि प्रयोग गर्न सक्छ। तपाईंको आवाजका हकमा अन्य सेटिङ कसरी लागू हुन्छन् भन्ने कुरा थाहा पाउनुहोस्

यस प्रक्रियाअन्तर्गत हामी तपाईंको गोपनीयता सुरक्षित राख्न विभिन्न कदमहरू चाल्छौँ। उदाहरणका लागि, सेभ गरिएको अडियोबाट तपाईंको आवाजको नमुना लिइएका खण्डमा उक्त नमुना तपाईंको खाताबाट अनलिंक गरिन्छ, अडियो पहिचान गर्ने हाम्रा प्रविधिको गुणस्तर सुधार गर्ने प्रयोजनका लागि उक्त नमुना केही समयका लागि मात्र प्रयोग गरिन्छ र यो प्रयोजन समाप्त हुनासाथ सो नमुना मेटाइन्छ। आवाजको नमुना लिने एउटा प्रक्रिया पूरा हुन ७ दिनसम्म लाग्न सक्छ। केही क्षेत्रामा आवाजको मोडेललाई बायोमेट्रिक डेटा मानिन सक्छ।

आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको यो सेटिङ अन भएका बेला

तपाईंको वेब तथा एपसम्बन्धी क्रियाकलापमा आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको सेटिङ अन गरिएका बेला Google ले तपाईंको Google खातामा तपाईंले Google Search, सहायक र नक्सा प्रयोग गर्दा रेकर्ड भएका अडियो सेभ गर्ने छ।

तपाईंको डिभाइसले अडियो रेकर्ड गर्ने सुविधा एक्टिभेट गरिएको कुरा पत्ता लगाएपछि माथि उल्लेख गरिएअनुसार तपाईंको अडियो रेकर्डिङ सेभ गरिन्छ। तपाईं "Ok Google" भनेर, आफ्नो रोजाइको संक्षिप्त वाक्यांश भनेर, निरन्तर वार्तालाप गर्ने सुविधा प्रयोग गरेर, माइक बटनमा थिचेर वा अन्य तरिकाले आफ्नो डिभाइसमा अडियो रेकर्ड गर्ने सुविधा एक्टिभेट गर्न सक्नुहुन्छ। केही डिभाइसहरूले तपाईंको पूरै अनुरोध सुन्नका निम्ति तपाईंले अडियो रेकर्ड गर्ने सुविधा एक्टिभेट गर्नुभन्दा केही सेकेन्डअघिको अडियो पनि रेकर्ड गर्छन्।

तपाईंको डिभाइसले “Ok Google” जस्तै सुनिने आवाज पत्ता लगाउँदा वा यस्तै अन्य परिस्थितिमा झुक्किएर अडियो रेकर्ड गर्ने सुविधा एक्टिभेट भएको ठान्छ। यस्तो अवस्थामा त्यस बखत रेकर्ड भएको अडियो पनि सेभ गरिन सक्छ। हामी हाम्रा सिस्टमलाई अझ निपुण बनाई अडियो रेकर्ड गर्ने सुविधा भूलवश एक्टिभेट हुने समस्या कम गर्न निरन्तर प्रयासरत छौँ।

तपाईंले आफ्नो डिभाइस इन्टरनेटमा कनेक्ट नगरी चलाउनुभएका खण्डमा तपाईंको डिभाइस इन्टरनेटमा कनेक्ट भएपछि ती अडियो रेकर्डिङ तपाईंको Google खातामा सेभ गरिन सक्छ।

आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको यो सेटिङ अफ भएका बेला

तपाईंले आवाज तथा अडियोसम्बन्धी गतिविधिको यो सेटिङ अफ गर्नुभयो भने Google ले आफ्ना सर्भरहरूअन्तर्गत तपाईंको Google खातामा भएको तपाईंको वेब तथा एपसम्बन्धी गतिविधिअन्तर्गत तपाईंले Google Search, सहायक र नक्सा प्रयोग गर्दा रेकर्ड भएका अडियो सेभ गर्न छाड्ने छ। तपाईंले Google का सेवाहरूसँग बोलेर अन्तर्क्रिया गर्दा तपाईंलाई जवाफ दिने प्रयोजनका लागि Google ले तपाईंले बोलेका कुरा प्रोसेस गर्न जारी राख्ने छ।

तपाईंले आवाज तथा अडियोसम्बन्धी गतिविधिका सेटिङ अफ गर्नुभयो भने सहायकका छुट्टै अडियोसम्बन्धी सेटिङ भने अफ हुँदैन।

आवाज तथा अडियोसम्बन्धी गतिविधिका सेटिङ अफ गरिएका बेला Google ले Voice Match जस्ता आवाज पहिचान गर्ने प्रविधिको गुणस्तर सुधार गर्ने प्रयोजनका लागि यो सेटिङ अन भएका बेला यसअघि सेभ गरिएको अडियो प्रयोग गर्दैन। तपाईंले यसअघि सेभ गरिएका अडियो रेकर्डिङ मेटाएको अवस्थामा बाहेक अडियोसम्बन्धी प्रविधिको गुणस्तर सुधार गर्ने प्रयोजनका लागि ती रेकर्डिङ प्रयोग गर्न जारी राखिन सक्छ।

तपाईं activity.google.com मा गई यसअघि आफ्ना वेब तथा एपसम्बन्धी क्रियाकलापमा सेभ गरिएका अडियो रेकर्डिङ मेटाउन सक्नुहुन्छ।

अडियो रेकर्डिङ सेभ गरिन सक्ने अन्य ठाउँहरू

आवाज तथा अडियोसम्बन्धी क्रियाकलापको यो सेटिङ निम्न अडियोका हकमा लागू हुँदैन:

  • Google Voice र YouTube लगायतका Google का अन्य सेवाहरूले सेभ तथा व्यवस्थापन गरेका अडियो।
  • तपाईंको व्यक्तिगत Voice Match सेट अप गर्ने र उक्त सुविधाको कार्यसम्पादन सुधार गर्ने वा अन्य तरिकाले तपाईंको डिभाइसमा अडियोसम्बन्धी प्रविधि पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईंको डिभाइसमा सेभ गरिएका अडियो।

फेडेरेटेड लर्निङ वा इफेमरल लर्निङ विधि प्रयोग गरी अडियो पहिचान गर्ने प्रविधिको गुणस्तर सुधार गर्ने प्रयोजनका लागि यो सेटिङ लागू नहुने अन्य मेसिन लर्निङ प्रक्रियाहरू प्रयोग गरिन सक्छ।

Google ले स्पिच मोडेलहरूको गुणस्तर कसरी सुधार्छ भन्ने कुराका बारेमा थप जान्नुहोस्

सम्बन्धित स्रोतहरू

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
10006474434946977206
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false