आफ्नो Google खातामा साइन इन वा साइन आउट अवस्थामा रहनुहोस्

तपाईं आफ्नो खातामा साइन इन अवस्थामा रहनुभयो भने तपाईं Google का सेवाहरू खोल्नेबित्तिकै ती सेवा प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं Gmail खोल्नेबित्तिकै आफ्ना इमेल हेर्न वा Chrome मा आफ्ना विगतका खोजहरू हेर्न सक्नुहुन्छ।

साइन इन अवस्थामा रहनुहोस्

तपाईं Google बाट साइन आउट भइराख्नुहुन्छ भने निम्न चरणमा दिइएका निर्देशन पालना गरी हेर्न सक्नुहुन्छ:

  • कुकी अन छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्। केही एन्टिभाइरस वा सोसँग सम्बन्धित सफ्टवेयरले तपाईंका कुकी मेटाउन सक्छन्।
  • कुकी अन नै छन् भने आफ्नो ब्राउजरको क्यास मेटाउनुहोस्याद राख्नुहोस्: कुकी मेटाउनाले यो समस्या समाधान गर्न सक्ने भए पनि यस कार्यले तपाईं जानुभएका साइटमा सुरक्षित गरिएका तपाईंका सेटिङ पनि हटाउने छ।
  • तपाईंले आफ्नो ब्राउजरको नवीनतम संस्करण प्रयोग गरिरहनुभएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
  • आफ्ना पासवर्ड याद राख्नका लागि Chrome जस्तो ब्राउजर प्रयोग गर्नुहोस्।
  • तपाईं २ चरण प्रमाणीकरण प्रयोग गर्नुहुन्छ भने विश्वसनीय कम्प्युटरहरू थप्नुहोस्

साइन आउट अवस्थामा रहनुहोस्

तपाईं आफ्नो Google खातामा साइन इन भएपछि तपाईंले साइन आउट नगरेसम्म साइन इन अवस्थामा रहनु हुने छ।

तपाईं कुनै सार्वजनिक कम्प्युटर वा अरू कसैको यन्त्र प्रयोग गर्दै हुनुहुन्छ भने:

  1. निजी मोड प्रयोग गरी ब्राउज गर्नुहोस्
  2. आफ्नो काम पूरा भएपछि सबै निजी ब्राउजिङ विन्डोहरू बन्द गर्नुहोस्। तपाईं स्वतः साइन आउट हुनु हुने छ।

Google बाहेकका खातामा साइन आउट अवस्थामा रहनुहोस्

तपाईं यी सुझावहरूको पालना गरी Google बाहेकका खातामा स्वतः साइन हुन नदिन सक्नुहुन्छ।

अरू कसैको यन्त्रबाट साइन आउट गर्नुहोस्

महत्त्वपूर्ण सूचना: तपाईंको पासवर्ड अरू कसैको यन्त्रमा सुरक्षित गरिएको छ भने आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस्तपाईं ती व्यक्तिको यन्त्रबाट साइन आउट हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्। यसो गर्दा, अरू कोही व्यक्ति तपाईंको खातामा साइन इन गर्न सक्ने छैनन्।

  1. आफ्नो Google खातामा जानुहोस्।
  2. बायाँ नेभिगेसन प्यानलमा रहेको सुरक्षा नामक विकल्पमा क्लिक गर्नुहोस्।
  3. तपाईंका यन्त्रहरू नामक प्यानलमा गई यन्त्रहरू व्यवस्थापन गर्नुहोस् नामक बटनमा क्लिक गर्नुहोस्।
  4. कुनै यन्त्र चयन गर्नुहोस्।
  5. हटाउनुहोस् नामक बटनमा क्लिक गर्नुहोस्।
खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
10036619278926458844
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false