वेब तथा एपसम्बन्धी क्रियाकलाप भेट्टाउने र नियन्त्रण गर्ने तरिका

वेब तथा एपसम्बन्धी क्रियाकलापले तपाईंले Google का अन्य सेवाहरूमा खोज्ने कुरा र तिनमा गर्ने क्रियाकलाप तपाईंको Google खातामा सेभ गर्छ। तपाईं यी जस्ता अझ पर्सनलाइज गरिएका सुविधाहरू प्राप्त गर्न सक्नुहुन्छ:

  • अझ छिटो खोज्ने सुविधा
  • अझ उपयोगी एपहरू
  • सामग्रीसम्बन्धी सिफारिसहरू

तपाईं जुनसुकै बेला वेब तथा एपसम्बन्धी क्रियाकलाप अफ गर्न वा आफूले विगतमा गरेका क्रियाकलाप मेटाउन सक्नुहुन्छ।

सुझाव: तपाईंको Google खाता तपाईंको रोजगारदाता वा शैक्षिक संस्थाले उपलब्ध गराएको हो भने तपाईंको सङ्गठनमा यो सेवा प्रयोग गर्न तपाईंले आफ्ना एड्मिनलाई वेब तथा एपसम्बन्धी क्रियाकलाप अन गरिदिन आग्रह गर्नु पर्ने हुन सक्छ।

वेब तथा एपसम्बन्धी क्रियाकलाप अन वा अफ गर्ने तरिका

  1. कम्प्युटरबाट गतिविधिसम्बन्धी सेटिङ पेजमा जानुहोस्। तपाईंलाई तपाईंको Google खातामा साइन इन गर्न लगाइन सक्छ।
  2. वेब तथा एपसम्बन्धी क्रियाकलाप अन वा अफ गर्नुहोस्।
  3. वेब तथा एपसम्बन्धी क्रियाकलाप अन हुँदा:
    • तपाईं "Chrome को ब्राउजिङ हिस्ट्री र Google का सेवाहरू प्रयोग गर्ने साइट, एप तथा डिभाइसहरूमा गरिएका क्रियाकलाप समावेश गरिऊन्" नामक विकल्पको छेउमा रहेको बक्समा चिन्ह लगाउन सक्नुहुन्छ।
    • तपाईं "आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप समावेश गरियोस्" नामक विकल्पको छेउमा रहेको बक्समा चिन्ह लगाउन सक्नुहुन्छ।
  4. तपाईंले वेब तथा एपसम्बन्धी क्रियाकलाप अफ गरेका बेला:
    • अफ गर्नुहोस् चयन गर्नुहोस्, त्यसपछि अफ गर्नुहोस् वा अफ गर्नुहोस् र क्रियाकलाप मेटाउनुहोस् विकल्प छनौट गर्नुहोस्।
    • तपाईंले अफ गर्नुहोस् र क्रियाकलाप मेटाउनुहोस् छनौट गर्नुभयो भने आफूले मेटाउन चाहेको क्रियाकलाप चयन गर्न र पुष्टि गर्न दिइएका चरणहरूको पालना गर्नुहोस्।

सुझाव: केही ब्राउजर तथा डिभाइसहरूमा यो क्रियाकलाप कसरी सेभ गरिन्छ भन्ने कुरा निर्धारण गर्ने थप सेटिङ उप‌लब्ध हुन सक्छन्।

"मैले Google मा गरेका क्रियाकलाप" मा वेब तथा एपसम्बन्धी क्रियाकलाप भेट्टाउने वा मेटाउने तरिका

तपाईं मैले Google मा गरेका क्रियाकलापमा गई वेब तथा एपसम्बन्धी क्रियाकलाप भेट्टाउन र मेटाउन सक्नुहुन्छ। 

सुझाव: तपाईं आफूले गरेका क्रियाकलापको हिस्ट्री अझ सुरक्षित राख्न चाहनुहुन्छ भने तपाईं "मेरा क्रियाकलाप" मा रहेका तपाईंका क्रियाकलापको सम्पूर्ण हिस्ट्री हेर्न प्रमाणीकरणको अतिरिक्त चरण पूरा गर्नु पर्ने बनाउन सक्नुहुन्छ।

 

वेब तथा एपसम्बन्धी क्रियाकलापअन्तर्गत सेभ गरिने जानकारी

तपाईंले खोज्ने कुरा र गर्ने अन्य क्रियाकलापसम्बन्धी जानकारी

वेब तथा एपसम्बन्धी क्रियाकलाप अन भएका बेला Google ले निम्नलगायतका जानकारी सेभ गर्छ:

  • तपाईंले नक्सा र Play जस्ता Google का उत्पादन र सेवाहरूमा खोज्ने कुरा र गर्ने क्रियाकलापहरू।
  • तपाईंको भाषा, सिफारिसकर्ता, तपाईं ब्राउजर वा एपमध्ये कुन प्रयोग गर्नुहुन्छ वा तपाईंले प्रयोग गर्ने डिभाइसको प्रकार जस्ता तपाईंका क्रियाकलापसँग सम्बन्धित जानकारी।
    • यी क्रियाकलापमा तपाईंको डिभाइसको सामान्य क्षेत्रको लोकेसनसम्बन्धी जानकारी र IP एड्रेस पनि समावेश हुन सक्छन्। लोकेसनका बारेमा जान्नुहोस्
  • तपाईंले क्लिक गर्ने विज्ञापन र तपाईंले विज्ञापनदाताको साइटमार्फत खरिद गर्ने सामग्री।
  • हालसालै खोजिएका एप वा कन्ट्याक्टका नामहरू जस्ता तपाईंको डिभाइसमा भएको जानकारी।
  • तपाईंले Google सहायक एक्टिभेट गर्न नचाहेका बेला झुक्किएर एक्टिभेट भएका बेला हुने अन्तर्क्रियालगायतका तपाईंले सहायकसँग गर्ने अन्तर्क्रिया।

सुझाव: तपाईं अफलाइन भएका बेला पनि तपाईंले गर्नुभएका क्रियाकलाप सेभ गरिन सक्छ।

Google का सेवाहरू प्रयोग गर्ने साइट, एप र डिभाइसहरूमा तपाईंले ब्राउज गर्नुभएका कुरा र तपाईंले गर्नुभएका अन्य क्रियाकलापसम्बन्धी जानकारी

वेब तथा एपसम्बन्धी क्रियाकलाप अन भएका बेला तपाईं निम्नलगायतका थप क्रियाकलापहरू पनि सेभ गर्न सक्नुहुन्छ:

  • Google सँग साझेदारी गरेर विज्ञापन देखाउने साइट र एपहरू
  • Google का सेवाहरू प्रयोग गर्ने साइट र एपहरू (यसमा एपहरूले Google सँग सेयर गर्ने डेटा पनि पर्छ)
  • तपाईंको Chrome को ब्राउजिङ हिस्ट्री
  • Android को प्रयोग तथा निदानसम्बन्धी जानकारी (जस्तै, ब्याट्रीको स्तर र प्रणालीसम्बन्धी त्रुटिहरू)

तपाईं Google लाई यो जानकारी सेभ गर्ने अनुमति दिन चाहनुहुन्छ भने:

  • वेब तथा एपसम्बन्धी क्रियाकलाप अनिवार्य रूपमा अन गरिएको हुनु पर्छ।
  • "Chrome को ब्राउजिङ हिस्ट्री र Google का सेवाहरू प्रयोग गर्ने साइट, एप तथा डिभाइसहरूमा गरिएका क्रियाकलाप समावेश गरिऊन्" नामक विकल्पको छेउमा रहेको बक्समा अनिवार्य रूपमा चिन्ह लगाइएको हुनु पर्छ।

तपाईं Chrome मा साइन इन अवस्थामा हुनुहुन्छ र त्यसमा आफ्नो हिस्ट्री सिंक गर्दै हुनुहुन्छ भने मात्र Chrome मा तपाईंको ब्राउजिङ हिस्ट्री सेभ गरिन्छ। Chrome मा साइन इन गर्ने सम्बन्धमा जान्नुहोस्

सुझाव: तपाईं साझा डिभाइस प्रयोग गर्नुहुन्छ वा तपाईं एकभन्दा बढी खातामार्फत साइन इन अवस्थामा हुनुहुन्छ भने तपाईंका क्रियाकलाप तपाईंले प्रयोग गर्ने ब्राउजर वा डिभाइसको मुख्य खातामा सेभ गरिन सक्छ।

अडियो रेकर्डिङहरू

वेब तथा एपसम्बन्धी क्रियाकलाप अन भएका बेला तपाईं आफ्ना क्रियाकलापअन्तर्गत तपाईंले Google Search, सहायक र नक्सालाई बोलेर कमान्ड दिँदा रेकर्ड गरिएका अडियोहरू समावेश गर्न सक्नुहुन्छ। अडियो रेकर्डिङका बारेमा जान्नुहोस्

तपाईं Google लाई यो जानकारी सेभ गर्ने अनुमति दिन चाहनुहुन्छ भने:

  • वेब तथा एपसम्बन्धी क्रियाकलाप अनिवार्य रूपमा अन गरिएको हुनु पर्छ।
  • "आवाज तथा अडियोसम्बन्धी क्रियाकलाप समावेश गरियोस्" नामक विकल्पको छेउमा रहेको बक्समा अनिवार्य रूपमा चिन्ह लगाउनु पर्ने हुन्छ।

तपाईंले सेभ गर्नुभएका क्रियाकलाप प्रयोग गरिने तरिका

Google ले तपाईंले सेभ गर्नुभएका क्रियाकलाप कसरी प्रयोग गर्छ र ती क्रियाकलाप कसरी गोप्य राख्छ भन्ने सम्बन्धमा थप जान्नुहोस्।

तपाईं Google ले सामान्यतया किवर्डहरू कसरी प्रयोग गर्छ भन्ने सम्बन्धमा थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने गोपनीयता नीतिसम्बन्धी प्रायः सोधिने प्रश्नहरू पढ्नुहोस्।

तपाईं साइन आउट भएका बेला वेब तथा एपसम्बन्धी क्रियाकलापले कसरी काम गर्छ

तपाईं साइन आउट अवस्थामा हुनुहुन्छ भने पनि खोजसँग सम्बन्धित क्रियाकलाप प्रयोग गरी तपाईंले खोजेका कुरा र तपाईंलाई देखाइने विज्ञापनसम्बन्धी परिणामहरू कस्टमाइज गर्न सकिन्छ। तपाईं यस्तो प्रकारको सर्च कस्टमाइजेसन अफ गर्न चाहनुहुन्छ भने तपाईं कुनै कुरा गोप्य तरिकाले खोज्न र ब्राउज गर्न सक्नुहुन्छ। गोप्य तरिकाले खोज्ने र ब्राउज गर्ने तरिका सिक्नुहोस्

ब्राउजर हिस्ट्री

तपाईंको डिभाइसलाई तपाईंको क्रियाकलाप सेभ गर्न दिने कि नदिने भन्ने कुरा नियन्त्रण गर्नुहोस्: 

  1. गतिविधिसम्बन्धी सेटिङ पेजमा जानुहोस्।
  2. "Chrome को ब्राउजिङ हिस्ट्री र Google का सेवाहरू प्रयोग गर्ने साइट, एप तथा डिभाइसहरूमा गरिएका क्रियाकलाप समावेश गरिऊन्" नामक विकल्पको छेउमा रहेको बक्समा चिन्ह लगाउनुहोस्। 

तपाईंको ब्राउजर‌ले पनि तपाईंले खोजेका कुरा र खोलेका साइटहरू सेभ गर्न सक्छ। यी ब्राउजरबाट आफ्नो ब्राउजिङ हिस्ट्री मेटाउने तरिका सिक्नुहोस्:

सम्बन्धित स्रोतहरू

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
12818288984515907539
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false