iPhone र iPad प्रयोग गरी लोकेसन हिस्ट्री व्यवस्थापन गर्ने तरिका

 

In the coming months, the Location History setting name will change to Timeline. If Location History is turned on for your account, you may find Timeline in your app and account settings.

Location History is a Google Account setting that creates Timeline, a personal map that helps you remember places you’ve been, and routes and trips you’ve taken. Location History works when:

  • You're signed into your Google Account.
  • Location History is turned on.
  • Location Reporting is turned on.

Important: Your device location may also  periodically be used in the background. When Location History is on, even when Google apps aren’t in use, your device’s precise location is regularly saved to your devices and Google servers.

When Location History is on, you may get a number of benefits across Google products and services, such as: 

  • Personalized maps
  • Recommendations based on places you’ve visited 
  • Help to find:
    • Your phone 
    • Real-time traffic updates about your commute

By default, Location History is disabled for your Google Account. You must opt in to Location History to turn it on.

  • You can turn off Location History at any time in your Google Account's Activity controls.
  • You control what’s saved in your Location History. You can view the places you’ve been in Google Maps Timeline, which you can edit or use to delete your Location History.

टाइमलाइनबाट आफ्नो लोकेसन हिस्ट्री हेर्ने र व्यवस्थापन गर्ने तरिका

  1. आफ्नो टाइमलाइनमा जानुहोस्।
  2. सिरानको बायाँपट्टिबाट आफूले हेर्न चाहेको समयावधि छनौट गर्नुहोस्।

लोकेसन हिस्ट्री मेटाउने तरिका

तपाईं Google नक्साको टाइमलाइन प्रयोग गरी आफ्नो लोकेसन हिस्ट्रीको जानकारी व्यवस्थापन गर्न र मेटाउन सक्नुहुन्छ। तपाईं आफ्नो सबै हिस्ट्री वा यसका केही अंशहरू मात्र पनि मेटाउन सक्नुहुन्छ।

महत्त्वपूर्ण जानकारी: तपाईंले टाइमलाइनबाट लोकेसन हिस्ट्रीको जानकारी मेटाउनुभयो भने तपाईं उक्त जानकारी फेरि हेर्न सक्नु हुने छैन।

Google नक्सा एप प्रयोग गरेर

सबै लोकेसन हिस्ट्री मेटाउने तरिका

  1. आफ्नो iPhone वा iPad मा Google नक्सा एप Maps खोल्नुहोस्।
  2. Tap your profile picture or initial Account Circle अनि त्यसपछि Your Timeline Timeline.
  3. सिरानको दायाँपट्टि रहेको थप 더보기अनि त्यसपछि सेटिङ मा ट्याप गर्नुहोस्।
  4. "लोकेसन सेटिङ" को तलपट्टि रहेको घुमेका ठाउँसम्बन्धी सबै विवरण मेटाइयोस् मा ट्याप गर्नुहोस्।
  5. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

लोकेसन हिस्ट्रीबाट कुनै खास अवधिको विवरण मेटाउने तरिका

  1. आफ्नो iPhone वा iPad मा Google नक्सा एप Maps खोल्नुहोस्।
  2. Tap your profile picture or initial Account Circle अनि त्यसपछि Your Timeline Timeline.
  3. सिरानको दायाँपट्टि रहेको थप 더보기अनि त्यसपछि सेटिङ मा ट्याप गर्नुहोस्।
  4. "लोकेसन सेटिङ" को तलपट्टि रहेको कुनै खास अवधिको लोकेसन हिस्ट्री मेटाइयोस् मा ट्याप गर्नुहोस्।
  5. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

लोकेसन हिस्ट्रीबाट एक दिन मेटाउने तरिका

  1. आफ्नो iPhone वा iPad मा Google नक्सा एप Maps खोल्नुहोस्।
  2. Tap your profile picture or initial Account Circle अनि त्यसपछि Your Timeline Timeline.
  3. पात्रो देखाइयोस् Show calendar मा ट्याप गर्नुहोस्।
  4. तपाईंले जुन दिनको हिस्ट्री मेटाउन चाहनुभएको हो त्यो दिन चयन गर्नुहोस्।
  5. थप 더보기अनि त्यसपछि यो दिन मेटाउनुहोस् मा ट्याप गर्नुहोस्।
  6. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

लोकेसन हिस्ट्रीबाट कुनै स्टप मेटाउने तरिका

  1. आफ्नो iPhone वा iPad मा Google नक्सा एप Maps खोल्नुहोस्।
  2. Tap your profile picture or initial Account Circle अनि त्यसपछि Your Timeline Timeline.
  3. पात्रो देखाइयोस् Show calendar मा ट्याप गर्नुहोस्।
  4. तपाईंले जुन लोकेसनको हिस्ट्री मेटाउन चाहनुभएको हो त्यो लोकेसनको हिस्ट्री भएको दिन चयन गर्नुहोस्।
  5. आफूले मेटाउन चाहेको लोकेसन अनि त्यसपछि मेटाउनुहोस् Delete मा ट्याप गर्नुहोस्।
  6. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।
वेब ब्राउजर प्रयोग गरेर

सबै लोकेसन हिस्ट्री मेटाउने तरिका

  1. वेब ब्राउजरबाट Google नक्साको टाइमलाइन खोल्नुहोस्।
  2. मेटाउनुहोस् Delete मा ट्याप गर्नुहोस्।
  3. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

लोकेसन हिस्ट्रीबाट एक दिन मेटाउने तरिका

  1. वेब ब्राउजरबाट Google नक्साको टाइमलाइन खोल्नुहोस्।
  2. आफूले लोकेसन हिस्ट्री मेटाउन चाहेको साल, महिना र तारिख छान्नुहोस्।
  3. मेटाउनुहोस् Delete मा ट्याप गर्नुहोस्।
  4. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

लोकेसन हिस्ट्रीबाट कुनै स्टप मेटाउने तरिका

  1. वेब ब्राउजरबाट Google नक्साको टाइमलाइन खोल्नुहोस्।
  2. आफूले लोकेसन हिस्ट्री मेटाउन चाहेको साल, महिना र तारिख छान्नुहोस्।
  3. आफूले मेटाउन चाहेको लोकेसनको छेउमा रहेको थप Moreअनि त्यसपछि यो दिनबाट यस लोकेसनको हिस्ट्री मेटाउनुहोस् मा टयाप गर्नुहोस्।
  4. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

लोकेसन हिस्ट्री स्वतः मेटाउने तरिका

तपाईं ३ महिना, १८ महिना वा ३६ महिनाभन्दा पुरानो लोकेसन हिस्ट्री स्वतः मेटाउने विकल्प छनौट गर्न सक्नुहुन्छ।

  1. आफ्नो iPhone वा iPad मा Google नक्सा एप Maps खोल्नुहोस्।
  2. Tap your profile picture or initial Account Circle अनि त्यसपछि Your Timeline Timeline.
  3. सिरानको दायाँपट्टि रहेको थप 더보기अनि त्यसपछि सेटिङ मा ट्याप गर्नुहोस्।
  4. "लोकेसनसम्बन्धी सेटिङ"को तलपट्टि रहेको लोकेसन हिस्ट्री स्वतः मेटाइयोस् मा ट्याप गर्नुहोस्।
  5. स्क्रिनमा देखाइएका निर्देशनहरूको पालना गर्नुहोस्।

तपाईंले सबै लोकेसन हिस्ट्री वा यसका केही अंशहरू मेटाएपछि के हुन्छ

तपाईंले सबै लोकेसन हिस्ट्री वा यसका केही अंशहरू मेटाउनुभयो भने तपाईं Google का विभिन्न सेवाहरूबाट प्राप्त हुने पर्सनलाइज गरिएका सुविधाहरू नपाउन सक्नुहुन्छ वा पाए पनि तिनको गुणस्तर पहिलेको जस्तो नहुन सक्छ। उदाहरणका लागि:

  • तपाईंलाई तपाईंले घुमेका ठाउँका आधारमा सिफारिसहरू नदेखाइन सक्छ।
  • तपाईंलाई कार्यालय जाँदा वा घर फर्कँदा कति बेला निस्क्यो भने ट्राफिक जाममा पर्नु पर्दैन भन्ने कुराका बारेमा प्रत्यक्ष जानकारी प्रदान नगरिन सक्छ।

महत्त्वपूर्ण जानकारी: तपाईंले वेब तथा एपसम्बन्धी गतिविधि जस्ता अन्य सेटिङ अन गर्नुभएको छ र तपाईंले लोकेसन हिस्ट्रीमा गई लोकेसन हिस्ट्री पज गर्नुभयो वा लोकेसनसम्बन्धी डेटा मेटाउनुभयो भने पनि तपाईंले Google का अन्य साइट, एप र सेवाहरू चलाएका कारण तपाईंको Google Account मा लोकेसनसम्बन्धी डेटा सेभ भएका हुन सक्छन्। उदाहरणका लागि, वेब तथा एपसम्बन्धी गतिविधिको सेटिङ अन हुँदा तपाईंले Search र नक्सामा गर्नुभएका गतिविधिको सूचीमा लोकेसन डेटा सेभ गरिन सक्छ र तपाईंको क्यामेरा एपको सेटिङका आधारमा यो जानकारी तपाईंका फोटोहरूमा समावेश गरिन सक्छ। यो गतिविधिमा तपाईंको डिभाइसको सामान्य क्षेत्रको लोकेसनसम्बन्धी जानकारी र IP एड्रेस पनि समावेश हुन सक्छन्।

लोकेसन हिस्ट्री अन गर्ने कि नगर्ने भन्ने कुरा तपाईंकै नियन्त्रणमा हुन्छ। तपाईं यहाँबाट वा activity.google.com वा आफ्नो टाइमलाइनमा गई आफ्नो जानकारी वा आफूले छनौट गरेका सेटिङको समीक्षा गर्न सक्नुहुन्छ।

लोकेसन हिस्ट्री अन वा अफ गर्ने तरिका

तपाईं जुनसुकै बेला आफ्नो खाताको लोकेसन हिस्ट्री अफ गर्न सक्नुहुन्छ। तपाईं कार्यालय वा विद्यालयको खाता चलाउनुहुन्छ भने तपाईंका एड्मिनले तपाईंलाई यो सेटिङ प्रयोग गर्न दिनु पर्ने हुन्छ। उहाँले तपाईंलाई यो सेटिङ प्रयोग गर्न दिनुभएका खण्डमा तपाईं अन्य सबै प्रयोगकर्ताले जस्तै लोकेसन हिस्ट्री प्रयोग गर्न सक्नु हुने छ।

  1. Google app Google app खोल्नुहोस्।
  2. सिरानको दायाँपट्टि रहेको आफ्नो खाताको फोटो and then आफ्नो Google Account व्यवस्थापन गर्नुहोस् मा ट्याप गर्नुहोस्। तपाईंले साइन इन गर्नु पर्ने हुन सक्छ।
  3. सिरानमा रहेको जानकारी तथा गोपनीयतामा ट्याप गर्नुहोस्।
  4. स्क्रोल गरेर "हिस्ट्रीसम्बन्धी सेटिङ" मा जानुहोस्।
  5. लोकेसन हिस्ट्रीमा ट्याप गर्नुहोस्।
  6. लोकेसन हिस्ट्री अन वा अफ गर्नुहोस्। तपाईंले लोकेसन हिस्ट्री अफ गर्नुभयो भने उक्त कुरा पुष्टि गर्नुहोस् र पज गरियोस् and then ठिक छ मा ट्याप गर्नुहोस्।

तपाईं ब्राउजर चलाउँदै हुनुहुन्छ भने आफ्नो Google Account को लोकेसन हिस्ट्री खण्डमा जानुहोस्। तपाईंले साइन इन गर्नु पर्ने हुन सक्छ। लोकेसन हिस्ट्री अन वा अफ गर्नुहोस्।

लोकेसन हिस्ट्री अन हुँदा

  • लोकेसन हिस्ट्री अन हुँदा Google एपहरू प्रयोग नगरिएका अवस्थामा पनि तपाईंको सटीक लोकेसन नियमित रूपमा निम्न ठाउँहरूमा सेभ गरिन्छ:
    • तपाईंका डिभाइसहरू
    • Google का सर्भरहरू
  • कुन कुन डिभाइसहरूमा लोकेसन रिपोर्टिङ अन गरिएको छ भन्ने कुरा हेर्न "Google लोकेसन हिस्ट्री" का मुनिपट्टि "यो खाताअन्तर्गतका डिभाइसहरू" मा ट्याप गर्नुहोस्।
    • आफ्नो iPhone वा iPad मा लोकेसन हिस्ट्री अन गर्न Google एपलाई आफ्नो लोकेसन हेर्ने अनुमति दिनुहोस्: त्यसो गर्न आफ्नो डिभाइसका सेटिङ खोल्नुहोस् अनि Google and then लोकेसनमा ट्याप गर्नुहोस्। "सधैँ" छान्नुहोस्।
  • तपाईं आफू साइन इन भएका हरेक डिभाइसमा "लोकेसन रिपोर्टिङ" सम्बन्धी सेटिङ मिलाउनुका साथै लोकेसन हिस्ट्रीमा कुन कुन डिभाइसबाट प्राप्त लोकेसन डेटा समावेश गर्ने भन्ने कुरा पनि तोक्न सक्नुहुन्छ। तपाईं लोकेसन हिस्ट्रीसम्बन्धी सेटिङ मिलाउन चाहनुहुन्छ भने तपाईं निम्नमध्ये कुनै विकल्प रोज्न सक्नुहुन्छ:
    • आफ्ना केही डिभाइसलाई मात्र आफ्नो लोकेसनका बारेमा रिपोर्ट गर्न दिने तर अन्य डिभाइसलाई त्यसो गर्न नदिने।
    • आफ्नो सबै डिभाइसहरूबाट आफ्नो लोकेसनको रिपोर्ट गर्ने।
    • आफ्नो Google खाताबाट लोकेसन हिस्ट्री अफ गर्ने। तपाईंका कुनै पनि डिभाइसमार्फत तपाईंको लोकेसनका बारेमा रिपोर्ट गरिने छैन र तपाईंको खातामा तपाईंले घुमेका नयाँ ठाउँको विवरण रेकर्ड गरिने छैन।
  • तपाईंको डिभाइसमा रहेका Google लोकेसन सर्भिस, लोकेसन सेयरिङ र Find My Device लगायतका लोकेसनसम्बन्धी अन्य सेवाहरूका हकमा तपाईंले तय गर्नुभएका सेटिङ बदलिँदैन।

लोकेसन हिस्ट्री अफ हुँदा

  • तपाईंको डिभाइसका सटीक लोकेसन तपाईंको लोकेसन हिस्ट्रीमा नियमित रूपमा सेभ गरिने छैन।
  • तपाईंको लोकेसन हिस्ट्रीबाट यसअघिका गतिविधि मेटाइएको छैन। तपाईं आफूले घुमेका ठाउँको विवरण एक एक गरी मेटाउन सक्नुहुन्छ।
  • तपाईंको डिभाइसमा रहेका Google लोकेसन सर्भिस, लोकेसन सेयरिङ र Find My Device लगायतका लोकेसनसम्बन्धी अन्य सेवाहरूका हकमा तपाईंले तय गर्नुभएका सेटिङ बदलिँदैन।
  • तपाईंले लोकेसन हिस्ट्री अफ गरेपछि पनि केही लोकेसन डेटा तपाईंले प्रयोग गर्ने Search र नक्सा जस्ता अन्य सेवाअन्तर्गत वेब तथा एपसम्बन्धी गतिविधिलगायतका अन्य सेटिङमा सेभ भइरहन सक्छ। वेब तथा एपसम्बन्धी गतिविधिमा तपाईंको डिभाइसको सामान्य क्षेत्रको लोकेसनसम्बन्धी जानकारी र IP एड्रेस पनि समावेश हुन सक्छन्।

लोकेसनसम्बन्धी सेवा प्रयोग गर्दा सामान्यतया देखिने समस्याहरू

उपलब्धता

निम्न अवस्थामा लोकेसन हिस्ट्री उपलब्ध नहुन सक्छ:

  • तपाईंको क्षेत्रमा यो सेवा उपलब्ध नहुँदा।
  • उमेरको बन्देजका कारण तपाईं अयोग्य हुँदा।
  • तपाईंको Google खाता कार्यालय, विद्यालय वा अन्य समूहमार्फत सञ्चालित भएका खण्डमा। तपाईंका एड्मिनले तपाईंलाई यो सेटिङ प्रयोग गर्न दिनु पर्ने हुन सक्छ।
  • तपाईंले लोकेसनसम्बन्धी सेवा वा एप ब्याकग्राउन्डमा रिफ्रेस गर्ने सुविधा अफ गर्नुभएको छ।
एप ब्याकग्राउन्डमा रिफ्रेस गर्ने सुविधा

लोकेसनसम्बन्धी सेवाहरू सधैँ मा सेट गरिएको छ र ब्याकग्राउन्ड एप रिफ्रेस अन छ भने मात्र लोकेसन हिस्ट्रीले राम्ररी काम गर्न सक्छ।

  • लोकेसनसम्बन्धी सेवाहरूले तपाईंको लोकेसन निर्धारण गर्न GPS, Wi-Fi हटस्पट र सेलुलर नेटवर्क टावरहरूको प्रयोग गर्दछन्।
  • तपाईंले सक्रिय रूपमा Google app प्रयोग नगरिरहनुभएको अवस्थामा एप ब्याकग्राउन्डमा रिफ्रेस गर्ने सुविधाले लोकेसनको रिपोर्टिंङ गर्न दिन्छ।

लोकेसनसम्बन्धी सेवा तथा एप ब्याकग्राउन्डमा रिफ्रेस गर्ने सुविधा व्यवस्थापन गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।

डेटाको खपत

लोकेसन हिस्ट्री प्रयोग गर्दा अत्यधिक डेटा खपत हुन सक्छ। तपाईंले लिनुभएको डेटा प्याक यो डिभाइसका निम्ति पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुराको जाँच गरेर मात्र यो सुविधा प्रयोग गर्नुहोस्।

खोज
खोजको परिणाम खाली गर्नुहोस्
खोज बन्द गर्नुहोस्
मुख्य मेनु
12338247936696465757
true
खोजसम्बन्धी मद्दत केन्द्र
true
true
true
true
true
70975
false
false