तपाईं सुरक्षा प्रयोजनका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा आफ्नो पासवर्ड बिर्सेका खण्डमा उक्त पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। तपाईंको Google खाताको पासवर्ड Gmail र YouTube जस्ता Google का विभिन्न उत्पादनहरू चलाउन प्रयोग गरिन्छ।
तपाईं कार्यालय वा विद्यालयमा Google का एपहरूबाट बढीभन्दा बढी फाइदा लिन चाहनुहुन्छ? कुनै शुल्क नतिरिकनै Google Workspace का लागि साइन अप गर्नुहोस्।
पासवर्ड परिवर्तन गर्ने तरिका
-
आफ्नो Android फोन वा ट्याब्लेटमा रहेको "सेटिङ एप Google आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" खोल्नुहोस्।
- सिरानमा रहेको सुरक्षा मा ट्याप गर्नुहोस्।
- "Google मा साइन इन गर्ने तरिका" अन्तर्गत रहेको पासवर्ड मा ट्याप गर्नुहोस्। तपाईंले साइन इन गर्नु पर्ने हुन सक्छ।
- आफ्नो नयाँ पासवर्ड हाल्नुहोस् अनि पासवर्ड परिवर्तन गर्नुहोस् मा ट्याप गर्नुहोस्।
- सुझाव: तपाईंले मोबाइलमा आफ्नो पासवर्ड हाल्दा पहिलो अक्षर केस सेन्सेटिभ हुँदैन।
पासवर्ड रिसेट गर्ने तरिका
- तपाईं आफ्नो खाता रिकभर गर्न चाहनुहुन्छ भने निम्न चरणहरू पालना गर्नुहोस्। यो तपाईंकै खाता हो भन्ने कुरा पुष्टि गर्न तपाईंसँग केही प्रश्नहरू सोधिने छन् र तपाईंलाई एउटा इमेल पठाइने छ। तपाईंले इमेल पाउनुभएन भने:
- आफ्नो इमेलमा रहेको "स्प्याम" फोल्डर वा सबै इमेल देखाउने फोल्डरमा हेर्नुहोस्।
- आफ्नो एड्रेस बुकमा
noreply@google.com
थप्नुहोस्। - तपाईं अर्को इमेल पठाइयोस् भनी अनुरोध गर्न चाहनुहुन्छ भने खाता रिकभर गर्न पालना गर्नु पर्ने चरणमा भनिएबमोजिम गर्नुहोस् ।
- तपाईंले आफ्नो खातामा साइन अप वा साइन इन गर्न प्रयोग गरेका हुन सक्ने सबै इमेल ठेगानाहरू जाँच्नुहोस्।
२. तपाईंले यसअघि यो खातामा प्रयोग नगरेको पासवर्ड रोज्नुहोस्। भरपर्दो पासवर्ड सिर्जना गर्ने तरिका जान्नुहोस्।
तपाईंले आफ्नो पासवर्ड परिवर्तन गरेपछि के हुन्छ
तपाईंले आफ्नो पासवर्ड परिवर्तन वा रिसेट गर्नुभयो भने तपाईं निम्न डिभाइसबाहेक अन्य सबै डिभाइसबाट साइन आउट हुनु हुने छ:
- तपाईंले साइन इन गर्दा साइन इन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरा पुष्टि गर्न प्रयोग गर्ने डिभाइसहरू।
- तपाईंले आफ्नो खाता चलाउने अनुमति दिएका तेस्रो पक्षीय एप इन्स्टल गरिएका केही डिभाइसहरू।
- तपाईंले खाता प्रयोग गर्ने अनुमति दिएका उपयोगी घरायसी डिभाइसहरू।
पासवर्डमा भएका समस्याहरू समाधान गर्ने तरिका
तपाईंलाई आफ्नो पासवर्ड रिसेट गर्न समस्या भइरहेको छ वा तपाईं आफ्नो खातामा साइन इन गर्न सकिरहनुभएको छैन भने थप मद्दत प्राप्त गर्नुहोस्।